भजनसंग्रह 93:3

अनलक शाब्दिक बाइबल

हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्‍नो स्‍वर उचाल्‍छन् । महासागरहरूका छालहरू ठोकिन्‍छन् र गर्जन्‍छन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • भजन 96:11 : 11 आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।
  • भजन 18:4 : 4 मृत्युका डोरीहरूले मलाई बाँधे र व्‍यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
  • भजन 69:1-2 : 1 ¶ हे परमेश्‍वर, मलाई बचाउनुहोस् । किनकि पानीले मेरो जीवनलाई खतरामा पारेको छ । 2 म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।
  • भजन 69:14-16 : 14 मलाई दलदलबाट नकाल्नुहोस् र मलाई डुब्‍न नदिनुहोस् । मलाई घृणा गर्नेहरूबाट मलाई टाढा लानुहोस् र गहिरो पानीबाट मलाई बचाउनुहोस् । 15 बढीको पानीले मलाई व्याकुल पार्न नदिनुहोस्, न त सागरले मलाई निल्‍न दिनुहोस् । खाडलले ममाथि आफ्‍नो मुख बन्द नगरोस् । 16 हे परमप्रभु, मलाई जवाफ दिनुहोस्, किनकि तपाईंको करारको विश्‍वस्‍तता असल छ । मेरो निम्ति तपाईंका कृपाहरू धेरै भएको हुनाले, मतिर फर्कनुहोस् ।
  • भजन 2:1-3 : 1 ¶ जातिहरूले किन कोलाहल मच्‍चाउँछन् र मानिसहरूले किन असफल हुने षड्यान्त्र रच्छन्? 2 पृथ्वीका राजाहरू एकसाथ मिलेर साँठगाँठ गर्छन् अनि परमप्रभु र उहाँको अभिषिक्‍त जनको विरुद्धमा शासकहरू यसो भनेर षड्यान्त्र रच्‍छन्, 3 “तिनीहरूले हामीलाई लगाएका हतकडीहरू हामी तोडौं र तिनीहरूका साङ्लाहरू फालौं ।”
  • भजन 98:7-8 : 7 समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ । 8 नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।
  • भजन 107:25-26 : 25 किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो । 26 तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।
  • भजन 124:3-5 : 3 तब हाम्रा विरुद्धमा तिनीहरूका रिस दन्किंदा तिनीहरूले हामीलाई जिउँदै निल्नेथिए । 4 पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो । 5 तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”
  • यशा 17:12-13 : 12 धिक्‍कार! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ! 13 जातिहरू धेरै पानी बगेझैं गर्जन्‍छन्, तर उहाँले तिनीहरूलाई हप्‍काउनुहुनेछ र तिनीहरू टाढा भाग्‍नेछन्, डाँडाहरूमाथि भुसझैं तिनीहरू हावाको सामु उड्‍नेछन् र आँधीको सामु मडारिएको झारझैं हुनेछन् ।
  • यशा 55:12 : 12 किनकि तिमीहरू आनन्दमा जानेछौ र शन्तिसित डोर्‍याइनेछौ । तिमीहरूका सामु पर्वतहरू र पहाडहरू आनन्दको सोरमा गाउनेछन्, अनि मैदानका सबै रूखले आफ्‍ना हातले ताली बजाउनेछन् ।
  • यिर्मि 46:7-8 : 7 नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ? 8 मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'
  • योना 2:3 : 3 तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।
  • प्रेरि 4:25-27 : 25 तपाईं जो पवित्र आत्माद्वारा तपाईंका सेवक हाम्रा पिता दाऊदको मुखद्वारा बोल्नुभयो, ‘अरू जातिहरू किन क्रोधित भए र मानिसहरूले अर्थहीन कुराहरू कल्पना गरे? 26 परमप्रभु र उहाँका ख्रीष्‍टको विरुद्धमा पृथ्वीका राजाहरू एक मत भए र शासकहरू एकसाथ भेला भए । 27 वास्तवमा, गैरयहूदीहरू र इस्राएलका मानिसहरूसँगै हेरोद र पन्तियस पिलातस दुवै यो शहरमा तपाईंले अभिषेक गर्नुभएका तपाईंका पवित्र सेवक येशूको विरुद्धमा भेला भए ।
  • प्रका 12:15 : 15 त्यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।
  • प्रका 17:15 : 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 4तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्‍दा माथि परमप्रभु उच्‍चमा शक्तिशाली हुनुहुन्‍छ ।

  • भजन 29:3-4
    2 पदहरू
    81%

    3परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।

    4परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।

  • 3त्‍यसको पानीहरू गर्जेर उल्लिए पनि र त्यसको गर्जनले पर्वतहरू कामे पनि । सेला

  • 10परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।

  • 10पर्वतहरूले तपाईंलाई देखे र पीडामा मडारिए । तिनीहरूमाथि मुसलधार पानी पर्‍यो । गहिरो समुद्रले आफ्नो आवाज उठायो । त्यसले आफ्ना छालहरू उठायो ।

  • 9तपाईंले उर्लंदो समुद्रलाई वशमा पार्नुहुन्छ । जब छालहरू उर्लिन्छन्, तब तपाईंले तिनीहरूलाई शान्त पार्नुहुन्छ ।

  • भजन 107:24-26
    3 पदहरू
    76%

    24यिनीहरूले समुद्रमा परमप्रभुका कामहरू र उहाँका चमत्कारहरू देखे ।

    25किनकि उहाँले आज्ञा दिनुभयो र समुद्रलाई नै छल्काउने आँधी चल्यो ।

    26तिनीहरू माथि आकाशसम्म पुगे । तिनीहरू तल गहिराइहरूमा गए । तिनीहरूका जीवन संकष्‍टमा बिलेर गयो ।

  • 7तपाईंका झरनाहरूका हल्‍लामा सागरले सागरलाई बोलाउँछ । तपाईंका सबै छाल र तरङ्गहरू ममाथि गएका छन् ।

  • भजन 93:1-2
    2 पदहरू
    75%

    1¶ परमप्रभुले राज्‍य गर्नुहुन्‍छ । ऐश्‍वर्य मा उहाँ आभुषित हुनुहुन्‍छ । परमप्रभुले आफूलाई बलले पहिर्‍याउनुभएको र घेर्नुभएको छ । संसार दृढ रूपमा स्‍थापित छ । यो हल्‍लाउन सकिन्‍न ।

    2प्राचीन समयदेखि सिंहासन स्‍थापित छ । तपाईं अनादिदेखि नै हुनुहुन्छ ।

  • 16हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे ।

  • 2उहाँले त्‍यसलाई समुद्रहरूमाथि बसाल्नुभएको छ र त्‍यसलाई नदीहरूमाथि स्थापित गर्नुभएको छ ।

  • 5किनकि मृत्युका छालहरूले मलाई घेरे, विनाशको पानीको बाढीले मलाई व्याकुल बनायो ।

  • भजन 98:7-8
    2 पदहरू
    74%

    7समुद्र र त्‍यसमा भएका हरेक कुरा, संसार र यसमा बसोवास गर्नेहरू कराओ ।

    8नदीहरूले तिनीहरूले आफ्‍ना ताली बजाऊन् र पहाडहरू आनन्दले कराऊन् ।

  • भजन 124:4-5
    2 पदहरू
    74%

    4पानीले हामीलाई बगाएर लानेथियो । पानीको भलले हामीलाई बगाउनेथियो ।

    5तब उर्लंदो पानीले हामीलाई डुबाउनेथियो ।”

  • 3तपाईंले मलाई गहिरा ठाउँहरूमा, समुद्रको अन्‍तस्‍करणमा नै फाल्‍नुभएको थियो, अनि धारहरूले मलाई घेरे, र तपाईंका सबै छालहरू र लहरहरू ममाथि भए ।

  • 7समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्‍त पार्ने तपाईं नै हुनुहुन्छ ।

  • 8तपाईंको नाकको सासले पानीको थुप्रो लाग्यो । बगिरहेको पानी स्थिर भई उभियो । गहिरो पानी समुद्रको मुटुमा जम्यो ।

  • 14आफ्‍नो सोरलाई तिनीहरूले उचाल्‍नेछन् र परमप्रभुको वैभवको जयजयकार गर्नेछन् र समुद्रबाट आनन्दसाथ कराउनेछन् ।

  • 7नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ?

  • 7उहाँले समुद्रको पानीलाई एक ठाउँमा थुप्रोझैं जम्‍मा गर्नुहुन्छ । उहाँले महासागरहरूलाई भण्‍डारहरूमा राख्‍नुहुन्छ ।

  • 3समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो ।

  • 16‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

  • 15किनकि म परमप्रभु तेरा परमेश्‍वर हुँ, जसले समुद्रलाई घोल्‍नुहुन्छ ताकि त्‍यसको छालहरू गर्जून्— उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो ।

  • 7तपाईंको क्रोध मलाई गह्रौं भएको छ र तपाईंका सबै छालहरू ममाथि बजारिन्छन् । सेला

  • 34के तैंले आफ्नो सोर बादलसम्म पुर्‍याउन सक्छस्, जसले गर्दा झरीको प्रसस्‍त भलले तँलाई ढाक्‍न सक्‍छ?

  • 42बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।

  • 11अनि मैले त्यसलाई भनें, 'तँ यहाँसम्म आउन सक्छस्, तर यसभन्दा पर होइन । तेरा छालहरूको अहङ्कारको सिमा म यहाँ तोकिदिन्‍छु ।'

  • 15तपाईं आफ्ना घोडाहरूमा समुद्रमाथि हिँड्नुभएको छ, र समुद्रमाथि तपाईंले कुल्चनुभएको छ ।

  • 15तपाईंले मूलहरू र खोलाहरूका मुहान खोल्‍नुभयो । तपाईंले बगिरहेका नदीहरूलाई सुकाउनुभयो ।

  • 6तपाईंले पृथ्वीलाई लुगाले झैं पानीले ढाक्‍नुभयो । पानीले पहाडहरू ढाके ।

  • 10तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।

  • 3ठुलो आवाजमा मानिसहरू भाग्‍छन् । तपाईं उठ्नुहुँदा जातिहरू तितरबितर हुन्‍छन् ।

  • 12धिक्‍कार! धेरै मानिसहरूको गर्जन, जुन समुद्रहरूको गर्जन, र जातिहरूका हल्लाझैं गर्जन्छ, जुन शक्तिशाली पानी बगेझैं बग्छ!

  • 6जातिहरू क्रुद्ध भए र राज्यहरू हल्‍लिए । उहाँले आफ्नो सोर उचाल्‍नुभयो र पृथ्वी पग्‍लियो ।

  • २ शमू 22:16-17
    2 पदहरू
    70%

    16अनि समुद्रका प्रवाहहरू देखिए । परमप्रभुको हप्कीमा, उहाँको नाकको प्वालहरूका सासको विष्फोटनमा संसारका जगहरू उदाङ्गो भए ।

    17उहाँ माथिबाट तल पग्‍नुभयो । उहाँले मलाई समात्‍नुभयो । उहाँले मलाई उर्लिरहेको पानीबाट तानेर निकाल्नुभयो ।

  • 22मदेखि नडराओ, न त मेरो मुहारको सामु थरथर होओ, यो परमप्रभुको घोषणा हो । समुद्रलाई बालुवाको सिमाना राखेको छु जुन नभत्‍किने स्थायी, निरन्‍तर रहने आज्ञा हो, छाल ठोकिने र फर्किने भए तापनि त्‍यसले अझै भत्‍काउनेछैन । यसका तरङ्गहरू गर्जे तापनि तिनले यसलाई पार गर्दैनन् ।

  • 32समुद्र गर्जियोस् र तिनमा भरिएका सबै थोकले हर्षनाद गरून्‌ । जमिन र त्‍यसमा भएका सबै कुरा उल्‍लसित होऊन्‌ ।

  • 15तब पानीका धारहरू देखा परे । हे परमप्रभु, तपाईंको हप्‍की र तपाईंको नाकको प्वालहरूका सासको विष्फोटले संसारका जगहरू उदाङ्गो पारिए ।

  • 5ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?

  • 11आकाश खुसी होस् र पृथ्वी आनन्‍दित होस् । समुद्र गर्जिओस् र त्‍यसलाई भर्नेचाहिं आनन्‍दले कराओस् ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • 1¶ परमप्रभुले राज्‍य गर्नुहुन्छ । पृथ्‍वी आनन्‍दित होस् । धेरैवटा समुद्री किनार खुसी होऊन् ।

  • 2म गहिरो दलदलमा डुबेको छु, जहाँ टेक्‍ने ठाउँ नै छैन । म गहिरो पानीमा आएको छु, जहाँ ममाथि बाढिहरू बग्‍छन् ।