प्रकाशको पुस्तक 12:3

अनलक शाब्दिक बाइबल

त्यसपछि स्वर्गमा अर्को चिह्न देखियोः हेर! त्यहाँ ठुलो रातो सातवटा टाउका र दसवटा सिङ र त्यसको टाउकोमा सातवटा मुकुट लगाएको एउटा ठुलो रातो पशु थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 12:9 : 9 त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।
  • प्रका 17:12 : 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।
  • प्रका 17:16 : 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
  • यशा 27:1 : 1 ¶ त्यस दिन परमप्रभुले आफ्नो कठोर, महान् र डरलाग्‍दो तरवारले त्‍यो सुल्कने सर्प लिव्यातन, गुँडुली पर्ने सर्प लव्यातनलाई दण्ड दिनुहुनेछ र समुद्रमा भएको दैत्यलाई उहाँले मार्नुहुनेछ ।
  • दानी 7:20 : 20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
  • प्रका 12:1 : 1 ¶ स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।
  • प्रका 12:4 : 4 त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।
  • प्रका 20:2 : 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
  • दानी 7:24 : 24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्‍दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ ।
  • प्रका 19:12 : 12 उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।
  • प्रका 17:7 : 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।
  • प्रका 17:9-9 : 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे । 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।
  • प्रका 16:13 : 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।
  • प्रका 17:3-4 : 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए । 4 त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।
  • प्रका 12:17-13:4 : 17 त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो । 18 तब त्यो अजिङ्गर समुद्र किनारको बालुवामाथि उभियो । 1 ¶ त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए । 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो । 3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए । 4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।
  • यशा 51:9 : 9 ए परमप्रभुका बाहुली हो, जाग, जाग, आफूमा सामर्थ्य धारण गर । पुराना दिनहरू र प्राचीन समयका पुस्ताहरूमा झैं जगा होओ । राहाबलाई कुल्चने तपाईं नै हुनुहुन्‍न र, जसले राक्षसलाई छेड्यो?
  • दानी 2:42 : 42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्‍यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ ।
  • दानी 7:7-8 : 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए । 8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्‍दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्‍ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
  • यशा 9:15 : 15 अगुवाहरू र भद्र मानिसहरू मुखिया हुन् । झुटो सिकाउने अगमवक्ता पुच्छर हो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 12:4-10
    7 पदहरू
    88%

    4त्यसको पुच्छरले स्वर्गमा भएको एक-तिहाइ तारालाई सोहोरेर तिनीहरूलाई पृथ्वीमा खसाल्यो । बालक जन्माउन लागेकी त्यस स्‍त्रीको अगि त्यो डरलाग्दो पशु उभियो ताकि त्यसले त्यसको बालकलाई जन्माउने बित्तिकै निल्न सकोस् ।

    5त्यसले एउटा बालकलाई जन्माई, जसले फलामको लौरोसँगै सबै जातिमाथि शासन गर्नेछ । त्यसको बालकलाई खोसेर परमेश्‍वर र उहाँको सिंहासनतिर लगियो ।

    6अनि त्यो स्‍त्री उजाड-स्थानभित्र भागी, जहाँ परमेश्‍वरले त्यसको निम्ति ठाउँ तयार पार्नुभएको थियो, ताकि बाह्र सय साठी दिनसम्म त्यसलाई हेरचाह गर्न सकियोस् ।

    7अब स्वर्गमा युद्ध भयो । मिखाएल र तिनका दूतहरूले त्यस पशुको विरुद्धमा लडाइँ गरे, अनि अजिङ्गर र त्यसका दूतहरूले पनि लडाइँ गरे ।

    8तर जित्‍नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्‍त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।

    9त्यो ठुलो अजिङ्गर अर्थात् प्राचीन सर्प जसलाई दुष्‍ट वा शैतान भनिन्थ्यो, जसले सारा संसारलाई छल गर्छ, त्यसलाई पृथ्वीमा फ्याँकियो र त्यसका दूतहरूलाई पनि त्यससँगै पृथ्वीमा फ्याँकियो ।

    10तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।

  • प्रका 12:1-2
    2 पदहरू
    84%

    1¶ स्वर्गमा एउटा ठुलो चिह्न देखियोः सूर्य पहिरेकी तथा चन्द्रमालाई आफ्नो पैतलामुनि कुल्चेकी स्‍त्रीले बाह्रवटा तारा भएको मुकुटलाई पहिरेकी थिई ।

    2त्यो गर्भवती थिई, र बालक जन्माउने प्रसव-वेदनामा चिच्‍च्याइरहेकी थिई ।

  • प्रका 12:12-17
    6 पदहरू
    83%

    12त्यसकारण, हे स्वर्ग र त्यसमा रहनेहरू तिमीहरू सबै रमाओ । तर पृथ्वी र समुद्रलाई धिक्‍कार! किनकि शैतान तिमीहरूकहाँ तल गएको छ । त्यो डरलाग्दो रिसले भरिएको छ, किनभने त्योसँग थोरै मात्र समय छ भनेर त्यसलाई थाहा छ ।

    13आफू पृथ्‍वीमा फ्याँकिएको कुरा जब अजिङ्गरले महसुस गर्‍यो, तब त्यसले बालक जन्माउने स्‍त्रीलाई सतायो ।

    14अनि सर्पको उपस्थितिबाहिर तयार पारेको ठाउँ उजाड-स्थानमा उडेर जानका निम्ति त्यस स्‍त्रीलाई एउटा ठुलो गरुडको दुइवटा पखेटा दिइयो । यो त्यही ठाउँ थियो जहाँ त्यसलाई एक समय, समयहरू र आधा समयका निम्ति वास्ता गर्न सकिन्थ्यो ।

    15त्यस स्‍त्रीलाई बाढीले बगाएर टाढा लैजाओस् भनेर त्यस सर्पले आफ्नो मुखबाट पानीको नदिजस्तै निकाल्यो ।

    16तर पृथ्वीले स्‍त्रीलाई सहायता गर्‍यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।

    17त्यसपछि त्यो अजिङ्गर स्‍त्रीप्रति क्रोधित भयो अनि परमेश्‍वरको आज्ञा पालन गर्ने र येशूको बारेमा गवाही दिने त्यसका बाँकी रहेका सन्तानहरूसँग युद्ध गर्न गयो ।

  • प्रका 13:1-5
    5 पदहरू
    78%

    1¶ त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।

    2मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्‍ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो ।

    3त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्‍थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए ।

    4तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।

    5त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्‍वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो ।

  • प्रका 17:3-10
    8 पदहरू
    78%

    3त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्‍त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए ।

    4त्यस स्‍त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई ।

    5एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”

    6मैले त्यस स्‍त्रीले विश्‍वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्‍है नै चकित भएँ ।

    7तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्‍त्री र त्यसलाई बोक्‍ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु ।

    8तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।

    9यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्‍त्री बसेकी छे ।

    10तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ ।

  • प्रका 13:11-13
    3 पदहरू
    77%

    11तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो ।

    12त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्‍तिको अभ्यास गर्‍यो, अनि पृथ्वी र त्यहाँ बस्‍ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो ।

    13त्यसले शक्‍तिशाली आश्‍चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्‍यो ।

  • दानी 7:6-7
    2 पदहरू
    72%

    6यसपछि मैले फेरि हेरें । त्यहाँ अर्को एउटा पशु थियो, जुन चितुवाजस्तो देखिन्थ्यो । त्यसको पछाडिपट्टि चराका जस्‍तै चारवटा पखेटा थिए, र त्यसका चारवटा टाउका थिए । राज्‍य गर्ने अधिकार त्यसलाई दिइएको थियो ।

    7त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्‍चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।

  • 2उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।

  • 1¶ त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।

  • 12तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्‍त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्‍त गर्नेछन् ।

  • 20त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्‍ने इच्‍छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्‍ने इच्‍छा मलाई भयो, अनि त्‍यो आफ्‍ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।

  • 1¶ तब मैले अर्को अचम्म र शक्‍तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्‍वरको क्रोध पुरा भएको थियो ।

  • 13मैले अजिङ्गर, पशु र झुटो अगमवक्‍ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ ।

  • 17यसरी मैले दर्शनमा घोडाहरू र ती घोडाहरूमाथि सवार हुनेहरूलाई देखेँ । तिनीहरूका छाती-पाता आगोजस्तै रातो, गाडा निलो र गन्धकजस्तो पहेँलो थियो । घोडाहरूका टाउका सिंहहरूका टाउकाजस्तै थिए, अनि तिनीहरूका मुखबाट आगो, धुवाँ र गन्‍धक निस्‍कन्थे ।

  • 19किनभने घोडाहरूको शक्‍ति तिनीहरूका मुख र पुच्‍छरमा थियो, किनकि तिनीहरूका पुच्छर सर्पको जस्तै थियो; तिनीहरूका टाउकोले हानेर मानिसहरूलाई चोट पुर्‍याएका थिए ।

  • प्रका 17:15-16
    2 पदहरू
    70%

    15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”

    16तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।

  • 18तिमीले देखेको त्यो स्‍त्री पृथ्वीका राजाहरूमाथि शासन गर्ने महानगरी हो ।”

  • 7विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।

  • 7पहिलो जीवित प्राणी सिंहजस्तो थियो, दोस्रो जीवित प्राणी बाछोजस्तो थियो, तेस्रो जीवित प्राणीको अनुहार मानिसको जस्तो थियो र चौथो जीवित प्राणी उडिरहेको चिलजस्तो थियो ।

  • 12उहाँका आँखा आगोको ज्वालाजस्ता र उहाँका शिरमा धेरै मुकुट थिए । उहाँमाथि लेखिएको नाउँ उहाँलाई बाहेक अरू कसैलाई थाहा थिएन ।

  • 3प्रत्‍येक नै एक-अर्काबाट भिन्‍न चार विशाल पशु समुद्रबाट बाहिर आए ।

  • 9तिनीहरूका छाती-पाता, फलामका छाती-पाताजस्तै अनि तिनीहरूका पखेटाहरूको आवाज युद्धमा दगुर्ने धेरै रथ र घोडाहरूका जस्तै थिए ।

  • 1¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।