प्रकाशको पुस्तक 20:8

अनलक शाब्दिक बाइबल

पृथ्वीको चारै कुनामा भएका जातिहरूलाई छल गर्न त्यो बहिर जानेछ, गोग र मागोगले तिनीहरूलाई युद्धका निम्ति सँगै ल्याउनेछन् । तिनीहरू समुद्रको बालुवासरह अनगिन्ती हुनेछन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 16:14 : 14 किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
  • प्रका 20:3 : 3 उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।
  • प्रका 20:10 : 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।
  • यहे 38:1-39:1 : 1 ¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो, 2 “ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् । 3 यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु । 4 यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु । 5 फारस, कूश र लिबिया तिनीहरूसँगै हुनेछन् । ती सबै जनाले ढाल बोकेका र टोप लगाएका हुनेछन् । 6 गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्! 7 तयार हो! आफूलाई र आफूसित भेला भएका तेरा फौजलाई तयार राख्, र तिनीहरूका कमाण्‍डर हो । 8 धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् । 9 यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् । 10 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन यसो हुनेछ, तेरो हृदयमा योजनाहरू बन्‍नेछन्, र तैंले दुष्‍ट युक्तिहरू रच्नेछस् ।’ 11 तब तैंले यसो भन्‍नेछस्, ‘म त्यो खुला मैदानसम्म जानेछु । सुरक्षित बसिरहेका शान्त मानिसहरूकहाँ म जानेछु । त्‍यहाँ तिनीहरू सबै कुनै पर्खाल वा बारहरूबिना नै, र मूल ढोकाहरू नभइकन पनि बसिरहेका छन् । 12 लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’ 13 शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’ 14 यसकारण, ए मानिसको छोरो, अगमवाणी गर् र गोगलाई यसो भन्, ‘परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: त्यो दिन, जब मेरा मानिसहरू सुरक्षित बसेका हुन्‍छन्, के तैंले तिनीहरूका बारेमा जान्‍नेछैनस्? 15 तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् । 16 जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् । 17 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे? 18 यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ । 19 मेरो जोश र मेरो क्रोधको आगोमा, म यो घोषणा गर्छु, कि त्यस दिन इस्राएलमा एउटा ठुलो भूकम्प जानेछ । 20 तिनीहरू सबै अर्थात् समुद्रका माछाहरू, आकाशका चाराहरू, जमिनका पशुहरू, र जमिनका घस्रने सबै प्राणीहरू, र जमिनको सतहमा भएका हरेक मानिस मेरो अगि थरथर काँम्‍नेछन् । हरेक पर्खालहरू जमिनमा नढलेसम्म सबै पर्वतहरू तल खसालिनेछन् र चट्टानहरू ढल्नेछन् । 21 यो परमप्रभु परमेश्‍वरको घोषणा हो, मेरा सबै पर्वतहरूमा म त्यसको विरुद्ध एउटा तरवार पठाउनेछु । हरेक मानिसको तरवार त्यसको भाइको विरुद्ध हुनेछ । 22 तब त्यसलाई म रूढी र रगतले न्‍याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु । 23 म आफ्नो महान्‌ता र आफ्‍नो पवित्रता देखाउनेछु र धेरै जातिहरूका दृष्‍टिमा म आफैंलाई चिनाउनेछु, र म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्‍नेछन् ।’” 1 ¶ “अब, ए मानिसको छोरो, गोगको विरुद्ध अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु ।
  • इब्रा 11:12 : 12 त्यसैकारण, मरेतुल्य यिनै एक जना मानिसबाट आकाशका असङ्ख्य तारा र समुद्री किनारका असङ्ख्य बालुवासरह सन्तानहरू जन्मिए, जसलाई गन्‍नै सकिँदैन ।
  • न्या 7:12 : 12 मिद्दानीहरू, अमालेकीहरू, र पूर्वका सबै मानिसहरू बेसीमा, सलहका हुलझैं भेला भएर बसेका थिए । तिनीहरूका ऊँटहरू अनगिन्ती थिए, र तिनीहरूको सङ्ख्या समुद्र किनारका बालुवाका कणहरूभन्दा पनि धेरै थिए ।
  • १ शमू 13:5 : 5 पलिश्तीहरू तिन हजार रथहरू, छ हजार रथ हाँक्‍नेहरू र समुद्र किनारको बालुवा सरी असंख्या सेनाहरू लिएर इस्राएलको विरुद्धमा लडाइँ गर्न एकसाथ भेला भए । तिनीहरू माथि आए र बेथ-आवनको पूर्वमा मिकमाशमा छाउनी हाले ।
  • १ राजा 4:20 : 20 यहूदा र इस्राएलका मानिसहरू समुद्र छेउका बालुवाजत्तिकै असङ्ख्य थिए । तिनीहरू खाँदै र पिउँदै थिए अनि खुसी थिए ।
  • यशा 10:22 : 22 किनकि तपाईंका मानसिहरू इस्राएल समुद्र किनारको बालुवाझैं भए तापनि, तिनीहरूमा बाँकी रहेकाहरू मात्र फर्कनेछन् । प्रशस्‍त धार्मिकताले माग गरेझैं, विनाशलाई आदेश दिइएको छ ।
  • यिर्मि 33:22 : 22 जसरी आकाशका ताराहरू गन्‍न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 20:9-11
    3 पदहरू
    83%

    9तिनीहरू पृथ्वीको चारैतिर गएर विश्‍वासीहरूको छाउनीवरिपरि र प्रिय सहरलाई घेरे । तर स्वर्गबाट आगो तल झरेर तिनीहरूलाई नष्‍ट पार्‍यो ।

    10तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।

    11त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

  • 7जब एक हजार वर्षको अन्त्य हुन्छ, तब शैतानलाई त्यसको कैदबाट छोडिनेछ ।

  • 14किनकि तिनीहरू दुष्‍टका आत्माहरू थिए जसले आश्‍चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्‍तिमान् परमेश्‍वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।

  • यहे 38:15-18
    4 पदहरू
    73%

    15तँ टाढा उत्तरको आफ्‍नो ठाउँबाट ठुलो फौजको साथमा, ती सबै जना घोडाहरूमा सवार हुने एउटा ठुलो दल, विशाल फौजसहित आउनेछस् ।

    16जमिनलाई बादलले ढाकेझैं तैंले मेरा मानिस अर्थात् इस्राएललाई आक्रमण गर्नेछस् । पछिल्ला दिनहरूमा म तँलाई मेरो देशको विरुद्ध ल्याउनेछु, ताकि मैले तँ, गोगद्वारा जातिहरूका आँखा अगाडि मलाई पवित्र प्रकट गर्दा तिनीहरूले मलाई जान्‍न सकून् ।

    17परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छ: के तँ त्यही होइनस् जसको बारेमा मैले पुराना दिनामा मेरा दास, इस्राएलका अगमवक्ताहरूद्वारा बोलें र मैले तँलाई तिनीहरूका विरुद्धमा ल्याउने समयको बारेमा तिनीहरूले आफ्नै समयमा अगमवाणी गरे?

    18यसैले यो परमप्रभु परमेश्‍वरको घोषणा हो, गोगले इस्राएल देशलाई आक्रमण गर्ने दिनमा मेरो रिसको क्रोध दन्किनेछ ।

  • प्रका 19:19-21
    3 पदहरू
    72%

    19मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।

    20उहाँको उपस्थितिमा आश्‍चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्‍तासँगै त्यो पशु पक्राउ पर्‍यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्‍ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्‍यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्‍नि-कुण्डमा जिउँदै फालियो ।

    21तिनीहरूमध्ये बाँकी रहेकाहरूलाई घोडा सवारको मुखबाट निस्केको तरवारद्वारा मारियो । तिनीहरूको मृत शरीरलाई सबै चराले खाए ।

  • प्रका 20:1-4
    4 पदहरू
    72%

    1¶ तब मैले स्वर्गबाट तल झरिरहेको एउटा स्वर्गदूतलाई देखेँ । उनीसँग अगाध खाँदको साँचो र एउटा ठुलो साङ्लो उनको हातमा थियो ।

    2उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्‍ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।

    3उनले त्यसलाई अगाद खाँदमा फालिदिए र यसलाई बन्द गरे र त्यसमाथि मोहोर लगाइदिए । एक हजार वर्ष पुरा नभएसम्म त्यसले जाति-जातिहरूलाई छल गर्न नपाओस् भनी यसो गरिएको थियो । त्यसपछि त्यसलाई केही समयका निम्ति स्वतन्‍त्र गरिनुपर्छ ।

    4अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।

  • प्रका 17:14-15
    2 पदहरू
    71%

    14तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्‍नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्‍वासयोग्यहरू हुन् ।”

    15ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”

  • 16तिनीहरूले उनीहरूलाई एकै ठाउँमा ल्याए जसलाई हिब्रू भाषामा आर-मागेड्डोन भनिन्छ ।

  • यहे 38:1-4
    4 पदहरू
    70%

    1¶ परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,

    2“ए मानिसको छोरो, मागोग देशको गोग, मेशेक र तूबलको प्रमुख शासकतिर आफ्नो मुख फर्का । अनि त्यसको विरुद्ध अगमवाणी गर् ।

    3यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको प्रमुख शासक गोग, म तेरो विरुद्धमा छु ।

    4यसैले तँलाई म फर्काउनेछु र तेरो बङ्‍ग्रामा बल्छी लगाउनेछु । तेरा फौज, घोडाहरू र घोडचढीहरू, सारा हतियारले सुसज्‍जित सबै जना, साना र ठुला ढालहरूका साथमा एउटा ठुलो दल, तरवारहरू बोकेका सबै जनासँगै तँलाई म बाहिर पठाउनेछु ।

  • 8तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।

  • 7जब तिनीहरूले आफ्ना गवाही सिद्‌ध्याउनेछन्, तब अतल कुण्डबाट निस्केर आउने पशुले तिनीहरूको विरुद्धमा युद्ध गर्नेछ । त्यसले तिनीहरूलाई जित्‍नेछ र तिनीहरूलाई मार्नेछ ।

  • यहे 39:1-2
    2 पदहरू
    69%

    1¶ “अब, ए मानिसको छोरो, गोगको विरुद्ध अगमवाणी गर् र यसो भन्, ‘परमप्रभु परमेश्‍वर यस्तो भन्‍नुहुन्छ: हेर्, मेशेक र तूबलको मुखिया गोग, म तेरो विरुद्धमा छु ।

    2तँलाई म फर्काउनेछु र तँलाई लानेछु । टाढा उत्तरबाट म तँलाई माथि ल्याउनेछु र तँलाई इस्राएलका पर्वतहरूमा पुर्‍याउनेछु ।

  • 7विश्‍वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्‍न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्‍ट्रमाथि पनि अधिकार दिइएको थियो ।

  • प्रका 9:15-16
    2 पदहरू
    68%

    15मानव-जातिको एक-तिहाइ भागलाई मार्न त्यस घडी, त्यस दिन, त्यस महिना, त्यस वर्षका निम्ति तयार पारिराखेका चार स्वर्गदूत छाडिए ।

    16घोडामा सवार भएका सिपाहीहरूको सङ्ख्या बिस करोड थियो । मैले तिनाहरूको सङ्ख्या सुनेँ ।

  • 12जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु ।

  • 11त्‍यसपछि त्यो दिन यस्तो हुनेछ । गोगको निम्ति इस्राएलमा म एउटा चिहान तयार गर्नेछु जुनचाहिं समुद्रको पुर्वपट्टि यात्रा गर्नेहरूको निम्ति एउटा बेसी हो । त्यसले त्यहाँबाट भएर जान इच्छा गर्नेहरूको बाटो छेक्‍नेछ । त्यहाँ तिनीहरूले गोगलाई त्यसका सारा भीडसहित गाड्नेछन् । तिनीहरूले त्यसलाई हामोन-गोगको बेसी नामाकरण गर्नेछन् ।

  • 6गोमर र त्यसका सबै फौज, र उत्तरका टाढा ठाउँहरूबाट बेथ-तोगर्मा, र त्यसका सबै फौज । धेरै जना मानिस तँसँग हुनेछन्!

  • 14राज्यको यो सुसमाचार सारा संसारमा सबै जातिलाई साक्षीको रूपमा प्रचार गरिनेछ । तब अन्त आउनेछ ।

  • 14शक्‍तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्‍यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो ।

  • 3तर परमप्रभु बाहिर निस्कनुहुनेछ र यूद्धको दिनमा झैँ ती जातिहरूको विरूद्ध लडाइँ सुरु गर्नुहुनेछ।

  • यहे 38:8-9
    2 पदहरू
    67%

    8धेरै दिनपछि तँलाई बोलाइनेछ, र धेरै वर्षपछि तँ त्यो देशमा जानेछस् जुन तरवारद्वारा प्राप्‍त भएको हो र जुन धेरै समयसम्म भग्‍नावशेष भएको इस्राएलका पहाडहरूमा धेरै जातिहरूद्वारा पुनः खडा भएको हो । तर त्यस देशका मानिसहरूलाई जातिहरूबाट बाहिर निकालेर ल्‍याइनेछ, र तिनीहरू सबै जना सुरक्षसाथ बस्‍नेछन् ।

    9यसैले जसरी आँधी माथि जान्‍छ त्‍यसरी तँ जानेछस् । तँ, तेरा सबै फौज, तँसँग भएका धेरै जना सिपाही त्यस देशलाई ढाक्‍ने बादलझैं हुनेछन् ।

  • यहे 38:12-13
    2 पदहरू
    67%

    12लूटका माल म कब्जा गर्नेछु र चोर्नेछु ताकि भर्खरै मात्र बसोबास गरिएका बाँझो जमिनका विरुद्धमा, र जातिहरूबाट भेला भएका मानिसहरू, गाईवस्तु र सम्पत्ति आर्जन गरिरहेका मानिसहरू र पृथ्वीको बिचमा बसोबास गरिरहेकाहरूका विरुद्ध म आफ्‍नो हात उठाउनेछु ।’

    13शेबा र ददान, र तर्शीशका व्यापारीहरूले आफ्‍ना जवान योद्धाहरूसँगै तँलाई यसो भन्‍नेछन्, ‘के तँ लुट्न आएको होस्? के तैंले तेरो फौजलाई लुटको माल, चाँदी र सुन, तिनीहरूका गाईवस्तु र सम्पत्ति जफत गर्न र लैजान भेला गराएको होस्?’

  • 8फेरि, त्यो दुष्‍टले उहाँलाई एउटा अग्लो स्थानमा लग्यो र संसारका सबै वैभवसहित त्यहाँका राज्यहरू देखायो ।

  • 40त्यसैले, जसरी सामाहरू बटुलिन्छन् र आगोमा जलाइन्छन्, यो संसारको अन्तमा यस्तै हुनेछ ।

  • 27तब उसले आफ्ना स्वर्गदूहरूलाई पठाउनेछन् र उसले चारै दिशाबाट, पृथ्वीको अन्तिम छेउदेखि आकाशको अन्तिम छेउबाट आफ्ना चुनिएकाहरूलाई जम्मा गर्नेछ ।

  • 18संसारका राष्‍ट्रहरू क्रोधित भएका थिए, तर तपाईंको क्रोध आएको छ । मृतकहरूको न्याय गर्ने समय आएको छ, र तपाईंका दास अगमवक्‍ताहरू सन्तहरू, जो विश्‍वासीहरू हुन्, र जो तपाईंको नाउँमा डराउँछन्, महत्त्‍वहीन र शक्‍तिशाली दुवैलाई इनाम दिने समय र पृथ्वीलाई नाश गर्नेहरूलाई नाश गर्ने समय आएको छ ।”

  • 17किनभने परमेश्‍वरको वचन पुरा नहोउञ्‍जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्‍वरले यस्तो विचार हलिदिनुभयो ।

  • 11त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्‍ये त्यो एक हो, तर त्यो नष्‍ट हुन गइरहेको छ ।

  • 32उनको सामुन्‍ने सारा जाति भेला गराइनेछन्, र जसरी गोठालाले आफ्ना भेडाहरूलाई बाख्राहरूबाट छुट्ट्याउँछ, त्‍यसरी नै उनले एउटा मानिसलाई अर्कोबाट छुट्ट्याउनेछन् ।

  • 4त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् ।

  • 9तिनीहरू सबै हिंसाको निम्ति आउँछन् । तिनीहरूको समुहहरू मरुभूमिको हुरीझैँ जान्छन्, र बालुवासरह कैदीहरू ल्याउँछन् ।

  • 1¶ त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्‍वर-निन्दाका नाउँहरू थिए ।