प्रकाशको पुस्तक 4:10

अनलक शाब्दिक बाइबल

चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,

थप स्रोतहरू

उल्लेखित पदहरू

  • प्रका 4:4 : 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
  • प्रका 5:14 : 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
  • प्रका 5:8 : 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।
  • प्रका 19:4 : 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
  • प्रका 7:11 : 11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,
  • भजन 95:6 : 6 आओ, हामी आराधना गरौं र घोप्‍टो परौं । हाम्रा सृष्‍टिकर्ता परमप्रभुको सामु हामी घुँडा टेकौं ।
  • १ इति 29:11-16 : 11 हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ । 12 धन र मान दुबै तपाईंबाट नै आउँछन्‌, र तपाईंले सबै मानिसमाथि राज्‍य गर्नुहुन्‍छ । पराक्रम र शक्ति तपाईंकै बाहुलीमा छन् । मानिसहरूलाई उच्‍च पार्न र शक्ति दिन तपाईंकै हातमा बल र शक्ति छन्‌ । 13 अब हे हाम्रा परमेश्‍वर, हामी तपाईंलाई धन्‍यवाद दिन्‍छौं, र तपाईंको महिमित नाउँको प्रशंसा गर्छौं । 14 तर म को हुँ, र मेरा मानिसहरू को हुन् र हामीले स्‍वइच्‍छाले यी कुराहरू दिन सक्‍छौं? वास्तवमा सबै कुरा तपाईंबाटै आउँछन्, र तपाईंका जे हुन् ती तपाईंलाई हामीले फिर्ता दिएका मात्रै हौं । 15 किनकि तपाईंको सामु हामी परदेशी र घुमन्‍तेहरू हौं । हाम्रा सबै पुर्खाहरू पनि त्‍यस्‍तै थिए । पृथ्‍वीमा हाम्रा दिन छायाजस्‍तो हो र पृथ्वीमा रहिरहने आशा छँदैछैन । 16 हे परमप्रभु हाम्रा परमेश्‍वर, तपाईंको पवित्र नाउँका सम्‍मान गर्न मन्‍दिर बनाउन हामीले जम्‍मा गरेका यी सबै धन तपाईंबाट नै आउँछन्, र तपाईंकै हुन्‌ ।
  • १ इति 29:20 : 20 दाऊदले सम्‍पूर्ण सभालाई भने, “अब परमप्रभु आफ्‍ना परमेश्‍वरलाई धन्‍यवाद देओ ।” सम्‍पूर्ण समुदायले आफ्‍ना पुर्खाहरूका परमेश्‍वरलाई धन्‍यवाद दिए, आफ्ना शिर निहुराएर परमप्रभुको आराधना गरे र राजाको सामु घोप्‍टो परेर दण्‍डवत्‌ गरे ।
  • मत्त 2:11 : 11 तिनीहरू घरभित्र पसे र सानो बालकलाई उहाँकी आमा मरियमको साथमा देखे । तिनीहरूले दण्डवत् गरे र उहाँको आराधना गरे । तिनीहरूले आफ्ना बहुमूल्य कुराहरू निकाले र उहाँलाई सुन, सुगन्धित धूप र मूर्रका उपहारहरू चढाए ।
  • मत्त 4:9-9 : 9 त्यसले उहाँलाई भन्यो, “यदि तपाईंले घोप्‍टो परेर मलाई दण्डवत् गर्नुभयो भने, यी सबै थोक म तपाईंलाई दिनेछु ।” 10 त्यसपछि येशूले त्यसलाई भन्‍नुभयो, “शैतान, यहाँबाट गइहाल्! किनकि यसो लेखिएको छ, ‘तैँले परमप्रभु आफ्ना परमेश्‍वरको मात्र आराधना गर्नेछस्, र तैँले उहाँको मात्र सेवा गर्नेछस्’ ।”
  • लू 24:52 : 52 त्यसैले, तिनीहरूले उहाँको आराधना गरे, र बडो आनन्दसाथ यरूशलेम फर्के ।
  • प्रका 11:16 : 16 त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।
  • प्रका 15:4 : 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।
  • प्रका 22:8-9 : 8 म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ । 9 तिनले मलाई भने, “त्यसो नगर । तिम्रा दाजुभाइ अगमवक्‍ताहरू र यस पुस्तकको वचन पालना गर्नेहरूका म सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर ।”
  • भजन 72:11 : 11 वास्तवमा, सबै राजा उनको सामु घोप्‍टो परून् । सबै जातिहरूले तिनको सेवा गरून् ।
  • भजन 115:1 : 1 ¶ हाम्रो होइन, हे परमप्रभु, हाम्रो होइन, तर तपाईंको करारको विश्‍वस्‍तता र तपाईंको सत्‍यताको खातिर तपाईंको नाउँको महिमा होस् ।
  • प्रका 4:9 : 9 जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,
  • १ कोरि 15:10 : 10 तर म जे छु परमेश्‍वरको अनुग्रहमा छु र ममा भएको उहाँको अनुग्रह व्यर्थमा थिएन । बरु, मैले तिनीहरू सबैले भन्दा बढी परिश्रम गरेँ । तरै पनि त्यो मैले होइनँ तर ममा काम गर्नुहुने परमेश्‍वरको अनुग्रहले थियो ।
  • २ इति 7:3 : 3 आगो तल झरेको र परमप्रभुको महिमा मन्‍दिरमा भएको जब सबै इस्राएलीले देखे, तब तिनीहरूले आफ्‍ना अनुहारहरू ढुङ्गाको छपनीमा घोप्‍टो पारे र आराधना गरे र परमप्रभुलाई धन्‍यवाद दिए । तिनीहरूले भने, “उहाँ भलो हुनुहुन्‍छ, किनकि उहाँको करारको बफादारीता सदासर्वदा रहन्‍छ ।”
  • अय्यू 1:20 : 20 तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्‍टो परे र परमेश्‍वरको आराधना गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • प्रका 19:3-6
    4 पदहरू
    87%

    3तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।”

    4चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।

    5त्यसपछि सिंहासनबाट यसो भन्‍ने एउटा आवाज आयो, “तिमीहरू सबै उहाँका दासहरू हौ जसले उहाँको भय मान्दछन्, हाम्रा परमेश्‍वरको प्रशंसा गर ।”

    6अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।

  • प्रका 11:15-17
    3 पदहरू
    87%

    15तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”

    16त्यसपछि चौबिस जना धर्म-गुरु जो तिनीहरूको सिंहासनअगि आ-आफ्ना आसनमा परमेश्‍वरको उपस्थितिमा घोप्‍टो परेर अनुहार निहुराएर बसिरहेका थिए, तिनीहरूले परमेश्‍वरको आराधना गरे ।

    17तिनीहरूले भने, “सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर हामी तपाईंलाई धन्यवाद दिन्छौँ, जो हुनुहुन्छ र जो हुनुहुन्थ्‍यो, किनकि तपाईंले महान् शक्‍ति लिनुभएको छ र राज्य गर्न थाल्नुभएको छ ।

  • प्रका 5:6-14
    9 पदहरू
    87%

    6मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्‍वरका सात आत्मा हुन् ।

    7उहाँ जानुभयो र सिंहासनमा बसिरहनुहुनेको दाहिने हातबाट त्यस मुट्ठोलाई समात्‍नुभयो ।

    8जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् ।

    9तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो ।

    10परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।”

    11तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो ।

    12तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।”

    13स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।”

    14ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।

  • प्रका 4:8-9
    2 पदहरू
    86%

    8चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।

    9जब ती जीवित प्राणीहरूले सिंहासनमाथि विराजमान हुनुहुने र सदासर्वदा जीवित रहनुहुनेलाई महिमा, आदर र धन्यवाद दिए,

  • प्रका 4:2-6
    5 पदहरू
    82%

    2एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।

    3त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।

    4त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।

    5सिंहासनबाट बिजुलीको चमक र गर्जनहरू आए, र चट्याङसँगै नष्‍ट भए । सिंहासनको अगाडि सातवटा बत्ती बलिरहेका थिए । ती बत्तीहरूचाहिँ परमेश्‍वरका सात आत्मा थिए ।

    6सिंहासनको अगि स्फटिकजस्तै देखिने काँचको समुद्र थियो । सिंहासनको बिचमा र सिंहासनवरिपरि, अगाडि र पछाडि आँखैआँखाले भरिएका चार जीवित प्राणी थिए ।

  • प्रका 7:10-13
    4 पदहरू
    80%

    10अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।”

    11अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे,

    12“आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”

    13त्यसपछि एल्डरहरूमध्ये एक जनाले मलाई सोधे, “यी सेता वस्‍त्रहरू पहिरनेहरू को हुन्, र तिनीहरू कहाँबाट आएका हुन्?”

  • 11“हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”

  • 15यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।

  • 4अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।

  • 1¶ यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।

  • 7चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।

  • प्रका 15:3-5
    3 पदहरू
    71%

    3तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् ।

    4हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् ।

    5यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो ।

  • 8म यूहन्‍ना हुँ, जसले यी कुराहरू सुनेँ र देखेँ । जब मैले सुनेँ र तिनलाई देखेँ, तब स्वर्गदूत जसले मलाई यी कुराहरू देखाए, म तिनको अगि दण्डवत् गर्न स्वर्गदूतको पाउमा घोप्टो परेँ ।

  • 17जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्‍नुभयो र भन्‍नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।

  • 6पहिलो पुनरुत्‍थानमा सहभागी हुनेहरू जो कोही पनि पवित्र र धन्यका हुन् । यिनीहरूमाथि दोस्रो मृत्युको कुनै शक्‍ति हुँदैन । तिनीहरूले परमेश्‍वर र ख्रीष्‍टका पुजारीहरू भएर एक हजार वर्षसम्म उहाँसँगै राज्य गर्नेछन् ।

  • 3धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो ।

  • 6उहाँले हामीलाई एउटा राज्य बनाउनुभएको छ, अनि उहाँका पिता र परमेश्‍वरका निम्ति पुजारीहरू, जसलाई सदासर्वदा महिमा र शक्‍ति होस् । आमेन ।

  • 4तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे ।

  • 11त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्‍वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।

  • 10उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”

  • 4मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।

  • 9जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्‍दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्‍त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्‍काहरू बलिरहने आगो थियो ।

  • 2“यस मुट्ठोलाई खोल्न र यसका छापहरूलाई तोड्न को योग्यको छ?” भनी एक जना शक्‍तिशाली स्वर्गदूतले चर्को सोरमा घोषणा गरेको मैले देखेँ ।

  • 4सारा पृथ्वीले तपाईंको आराधना गर्नेछ र तपाईंको स्तुति गाउने छ । तिनीहरूले तपाईंको नाउँको स्तुति गाउनेछन् ।” सेला

  • 4तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।

  • 7तिनले चर्को सोरसँग कराएर भने, “परमेश्‍वरसँग डराओ र उहाँलाई महिमा देऊ । किनकि उहाँको इन्साफको घडी आएको छ । उहाँलाई आराधना गर, जसले स्वर्ग, पृथ्‍वी, समुद्र र पानीका मुलहरू बनाउनुभयो ।”

  • 5तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।