रोमीहरू 4:20

अनलक शाब्दिक बाइबल

तर परमेश्‍वरको प्रतिज्ञाका कारण, अब्राहाम अविश्‍वासमा रोकिएनन् । बरु, उनलाई विश्‍वासमा बलियो बनाइयो र उनले परमेश्‍वरको प्रशंसा गरे ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 11:13-23 : 13 यी सबै मानिसलाई खुवाउन मैले मासु कहाँ पाउन सक्छु? तिनीहरू 'हामीलाई मासु खान दिनुहोस्' भन्‍दै मेरो सामु रोइरहेका छन् । 14 यी सबै मानिसलाई म एक्लै बोक्‍न सक्दिनँ । तिनीहरू मेरो निम्ति अति धेरै भएका छन् । 15 तपाईंले मसँग यस्तो व्यवहार गरिरहनुभएको हुनाले यदि मैले तपाईंको दृष्‍टिमा निगाह पाएको छु भने मलाई अहिले नै मार्नुहोस्, मैले मेरो बिजोग देख्‍नु नपरोस् ।” 16 परमप्रभुले मोशालाई भन्‍नुभयो, “इस्राएलका सत्तरी जना धर्म-गुरु मकहाँ ले । तिनीहरू सबै धर्म-गुरु र मानिसहरूका अधिकृतहरू होऊन् । तिनीहरूलाई भेट हुने पालमा तँसँगै खडा हुनलाई ले । 17 म ओर्ली आउनेछु र तँसँग कुरा गर्नेछु । तँसँग भ‍एको केही आत्मा लिएर यसलाई म तिनीहरूमाथि राख्‍नेछु । तिनीहरूले मानिसहरूका बोझ तँसँगै बहन गर्नेछन् । यसलाई तँ एक्लैले बोक्‍नुपर्नेछैन । 18 मानिसहरूलाई भन्, 'भोलिको निम्ति आफैलाई शुद्ध पार र तिमीहरूले साँच्‍चै मासु खानेछौ, किनकि तिमीहरू रोएका छौ र परमप्रभुले सुन्‍नुभएको छ । तिमीहरूले भन्यौ, “हामीलाई कसले मासु खान दिन्छ? हामीलाई मिश्र देश नै असल थियो ।” यसकारण, परमप्रभुले तिमीहरूलाई मासु दिनुहुनेछ र तिमीहरूले यसलाई खानेछौ । 19 तिमीहरूले मासु एक दिन, दुई दिन, पाँच दिन, दस दिन वा बिस दिन मात्र खानेछेनौ, 20 तर तिमीहरूले तिमीहरूको नाक लागूञ्‍जेलसम्म पुरै महिनाभरि नै मासु खानेछौ । यो तिमीहरूलाई दिगमिग हुनेछ, किनभने तिमीहरूले परमप्रभुलाई इन्कार गरेका छौ, जो तिमीहरू माझ हुनुहुन्छ । तिमीहरू उहाँको सामु रोएका छौ । तिमीहरूले भन्यौ, “हामीले मिश्र देश किन छाड्यौँ?” 21 त्यसपछि मोशाले भने, “म छ लाख मानिससँग छु, र तपाईंले भन्‍नुभएको छ, 'मैले तिनीहरूलाई पुरै एक महिना मासु खान दिनेछु ।' 22 के तिनीहरूलाई तृप्‍त पार्न हामीले भेडा-बाख्राहरू र गाईवस्तुहरू काट्नु त? के तिनीहरूलाई तृप्‍त पार्न हामीले समुद्रका सबै माछाहरू पक्रने?” 23 परमप्रभुले मोशालाई भन्‍नुभयो, “के मेरो बहुली छोटो भएको छ? मेरो वचन सत्य हो वा होइन भनी अब तैँले देख्‍नेछस् ।”
  • यिर्मि 32:16-27 : 16 नेरियाहका छोरा बारूकलाई खेत किनेको तमसुक दिएपछि मैले परमप्रभुलाई प्रार्थना चढाएँ र यसो भने, 17 “हे परमप्रभु परमेश्‍वर! हेर्नुहोस्, आफ्नो महाशक्ति र पसारिएको पाखुराद्वारा तपाईंले नै स्वर्ग र पृथ्वी सृजनुभयो । तपाईंले भन्‍नुहुने कुनै पनि कुरो गर्न तपाईंलाई कत्ति पनि कठिन हुँदैन । 18 हजारौंलाई तपाईंले करारको विश्‍वस्तता देखाउनुहुन्छ, र मानिसहरूका दोष तिनीहरूपछि तिनीहरूका छोराछोरीमाथि खन्याउनुहुन्छ । तपाईं महान् र शक्तिशाली परमेश्‍वर हुनुहुन्‍छ । सर्वशक्तिमान् परमप्रभु तपाईंको नाउँ हो । 19 तपाईं बुद्धिमा महान् र काममा शक्तिशाली हुनुहुन्छ, किनकि हरेक मानिसलाई त्यसका चाल र कामहरूको आधारमा उसलाई इनाम दिन, मानिसहरूका सबै चाल हेर्न तपाईंको दृष्‍टि खुला हुन्‍छन् । 20 मिश्रदेशमा तपाईंले चिन्ह र आश्‍चर्यहरू गर्नुभयो । आजको दिनसम्म यहाँ इस्राएलमा र सबै मानव-जातिका बिचमा तपाईंले आफ्नो नाउँ प्रसिद्ध तुल्याउनुभएको छ । 21 किनकि तपाईंले चिन्ह, आश्‍चर्य, शक्तिशाली हात, पसारिएको पाखुरा र भीषण त्रासले आफ्ना मानिस इस्राएललाई मिश्रदेशबाट निकालेर ल्याउनुभयो । 22 त्यसपछि तपाईंले तिनीहरूलाई दूध र मह बग्‍ने देश दिनुभयो, जुन दिनलाई तपाईंलै तिनीहरूका पुर्खाहरूसित शपथ खानुभएको थियो । 23 त्यसैले तिनीहरू यसभित्र पसे र यसको अधिकार गरे । तर तिनीहरूको तपाईंको कुरा मानेनन् वा तपाईंको व्यवस्थाअनुसार जिएनन् । तपाईंले तिनीहरूलाई आज्ञा गर्नुभएका कुनै पनि कुरा तिनीहरूले मानेनन्, त्यसैले तपाईंले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो । 24 हेर्नुहोस्, यो सहर कब्जा गर्नलाई घेर-मचान सहरसम्मै आइपुगेको छ । तरवार, अनिकाल, विपत्तिको कारणले यो सहरको विरुद्धमा लडाइँ गर्ने कल्दीहरूको हातमा यसलाई दिइएको छ । किनकि जे हुनेछ भनी तपाईंले भन्‍नुभयो, त्यो हुँदैछ, र तपाईंले त्‍यो हेर्दै हुनुहुन्‍छ । 25 तब तपाईं आफैले मलाई भन्‍नुभयो, “यो सहर कल्दीहरूको हातमा दिंदै गरेको भए तापनि चाँदीको दाम तिरेर तेरो निम्‍ति एउटा खेत किन र त्‍यसको निति साक्षीहरू राख ।” 26 त्‍यसपछि परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो, 27 “हेर्, म परमप्रभु सबै मानव-जातिका परमेश्‍वर हुँ । के कुनै कुरा मैले गर्नै नसक्‍ने कठिन छ र?
  • जक 8:9 : 9 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: मेरो यस घरको जग बसालिँदा अगमवक्ताहरूको ओठबाट निस्केका वचनहरू जसले अहिले सुन्दछन्, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ: आफ्ना हातहरू बलिया बनाओ, ताकि त्यो मन्दिर निर्माण गर्न सकियोस् ।
  • २ कोरि 12:10 : 10 त्यसकारण, म ख्रीष्‍टको खातिर दुर्बलताहरूमा, निन्दाहरूमा, समस्याहरूमा, सतावटहरूमा, कष्‍टपूर्ण अवस्थाहरूमा खुसी रहन्छु ।
  • २ तिमो 2:1 : 1 ¶ त्यसैकारण, मेरा बालक, येशू ख्रीष्‍टमा भएको अनुग्रहमा बलियो होऊ ।
  • जक 8:13 : 13 ए यहूदा र इस्राएलको घराना,अन्य श्रापित जातिहरूमा तिमीहरू एउटा उदाहरण थियौ । यसैकारण म तिमीहरूलाई बचाउनेछु र तिमीहरू आशिषको कारण हुनेछौ । नडराओ; तिमीहरूका हात बलियो बनाओ!
  • लू 1:18 : 18 जकरियाले स्वर्गदूतलाई भने, “यो कुरा पुरा हुनेछ भनी मैले कसरी थाहा पाउने?” किनकि म बुढो भइसकेँ र मेरी पत्‍नी पनि बुढी भइसकिन् ।”
  • लू 1:45 : 45 अनी जसले विश्‍वास गरेकी छिन्, धन्यकी हुन् किनकि जुन कुराहरू उनलाई परमप्रभुबाट भनिएको थियो ती पुरा हुनेछन् ।”
  • १ कोरि 16:13 : 13 सतर्क रहो; विश्‍वासमा दृढ बस; मानिसजस्तै बन र सामर्थी बन ।
  • दानी 10:19 : 19 तिनले भने, “ए धेरै सम्‍मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस्! अब शाहसी होऊ, बलियो होऊ!” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”
  • दानी 11:32 : 32 अनि करारको विरुद्धमा दुष्‍टतापूर्ण काम गर्नेहरूलाई उसले तिनलाई धोका दिनेछ र तिनलाई भ्रष्‍ट पार्नेछ । तर आफ्ना परमेश्‍वरलाई चिन्‍ने मानिसहरू बलियै हुनेछन् र सोअनुसार काम गर्नेछन् ।
  • हाग्गै 2:4 : 4 अब, यरुबाबेल साहसी हो! - परमप्रभु घोषणा गर्नुहुन्छ, र यहोसादाकका छोरा यहोशू साहसी हो, र भूमिका सबै मानिसहरू, साहसी होओ! - परमप्रभु घोषणा गर्नुहुन्छ- र काम गर्, किनकि म तिमीहरूसँग छु! यो सेनाहरूका परमप्रभुको घोषणा हो ।
  • २ राजा 7:2 : 2 तब जुन अधिकारीको हातको भरमा राजा हिंड्थे तिनले परमेश्‍वरका मानिसलाई जवाफ दिए र भने, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
  • २ राजा 7:19 : 19 ती अधिकारीले परमेश्‍वरका मानिसलाई जवाफ दिएका थिए, “हेर्नुहोस्, परमेश्‍वरले स्वर्गमा झ्यालहरू बनाउनुभयो भने पनि यसो हुन सक्ला र?” एलीशाले जवाफ दिएका थिए, “तिम्रा आफ्नै आँखाले यसो भएको तिमी देख्‍नेछौ, तर तिमीले यो खान पाउनेछैनौ ।”
  • २ इति 20:15-20 : 15 यहासेलले भने, “हे सारा यहूदा र यरूशलेमका सबै बासिन्‍दा र राजा यहोशापात, सुन्‍नुहोस् । परमप्रभु तपाईंहरूलाई यही भन्‍नुहुन्‍छ, ‘नडराओ, यस ठूलो फौजका कारणले हतास नहोओ, किनकि लडाइँ तपाईंहरूको होइन, तर परमप्रभुको हो । 16 तिमीहरू भोलि उनीहरूका विरुद्धमा जानुपर्छ । हेर, उनीहरू जीजको बाटो भएर आउँदैछन् । तिमीहरूले उनीहरूलाई बेसीको पल्लो छेउमा यरूएलको उजाड-स्‍थान अगि भेट्‌ने छौ । 17 यो लडाइँ तिमीहरूले लड्‌नुपर्ने छैन । ए यहूदा र यरूशलेम, आफ्नो पंक्तिमा खडा होओ, स्थिर खडा होओ, र परमप्रभुले तिमीहरूलाई बचाउनुभएको कामलाई हेर । नडराओ, न त हतास होओ । तिनीहरूको विरुद्ध भोलि निस्‍केर जाओ, किनकि परमप्रभु तिमीहरूसँग हुनुहुन्छ ।’” 18 यहोशापातले आफ्‍नो शिरलाई भूइँमा घोप्‍टो पारे । यहूदा र यरूशलेमका सबै बासिन्‍दा परमप्रभुको आराधना गर्दै उहाँको सामुन्‍ने घोप्‍टो परे । 19 कहाती र कोरहका वंशका कोही लेवीहरू चर्को सोरमा परमप्रभु इस्राएलका परमेश्‍वरको प्रशंसा गर्न खडा भए । 20 तिनीहरू बिहान सबेरै उठे र निस्‍केर तकोको उजाड-स्‍थानमा गए । जब तिनीहरू निस्‍केर गए, तब यहोशापात खडा भए र भने, “हे यहूदा र यरूशलेमका बासिन्‍दा हो, मेरो कुरा सुन । परमप्रभु आफ्‍ना परमेश्‍वरमा भरोसा राख र तिमीहरूलाई सहायता मिल्ने छ । उहँका अगमवक्तामाथि भरोसा गर, र तिमीहरू सफल हुने छौ ।”
  • यशा 7:9 : 9 एफ्राइमको मुख्‍यालय सामरिया हो र सामरियाको मुखिया रमल्याहको छोरा हो । तिमी विश्‍वासमा दृढ रहँदैनौ भने, निश्‍चय नै तिमी सुरक्षित हुनेछैनौ ।”
  • यशा 35:4 : 4 डराएका हृदय भएकाहरूलाई भन, “बलियो होओ, नडराओ! हेर, तिमीहरूका परमेश्‍वर सट्टा लिएर, परमेश्‍वरको इनाम लिएर आउनुहुनेछ । उहाँ आउनुहुनेछ र तिमीहरूलाई बचाउनुहुनेछ ।”
  • मत्त 9:8 : 8 जब भिडले यो देख्यो, तिनीहरू छक्‍क परेर मानिसहरूलाई यस्तो अधिकार दिनुभएको परमेश्‍वरको प्रशंसा गरे ।
  • एफिसी 6:10 : 10 अन्त्यमा, प्रभुमा र उहाँको सामर्थ्‍यको शक्तिमा बलियो होओ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रोमी 4:16-19
    4 पदहरू
    84%

    16यसैले, यो विश्‍वासद्वारा हुन्छ, ताकि त्यो अनुग्रहद्वारा हुन सकोस् । परिणामस्वरूप, प्रतिज्ञा सारा सन्तानहरूका निम्ति निश्‍चित छ । अनि यी सन्तानहरूले केवल व्यवस्था जान्‍नेहरूलाई मात्र होइन, तर ती अब्राहामको विश्‍वासबाट आएकाहरूलाई पनि समेट्छन् । किनकि उनी हामी सबैका पिता हुन् ।

    17जस्तो लेखिएको छ, “मैले तिमीलाई धेरै जातिहरूका पिता बनाएको छु ।” अब्राहाम आफूले भरोसा गरेका परमेश्‍वरको उपस्थितिमा थिए, जसले मरेकालाई जीवन दिनुहुन्छ र अस्तित्वमा नभएका थोकहरूलाई अस्तित्वमा ल्याउन सक्‍नुहुन्छ ।

    18यी सारा बाहिरी परिस्थितिहरूका बाबजुद पनि भविष्यको निम्ति अब्राहामले परमेश्‍वरमा दृढतासाथ भरोसा गरे । त्यसैले, उनी “तेरा सन्तानहरू यस्तै हुनेछन्” भनिएअनुसार धेरै जातिहरूका पिता बने ।

    19उनी विश्‍वासमा कमजोर थिएनन् । अब्राहामले बुझे, कि उनको शरीर बालक जन्माउन समर्थ थिएन (किनकि उनी करिब एक सय वर्ष पुगेका थिए) । साराको कोख पनि बालक पैदा गर्न समर्थ थिएन भन्‍ने पनि उनले स्वीकार गरे ।

  • रोमी 4:21-24
    4 पदहरू
    83%

    21परमेश्‍वरले जे कुरा प्रतिज्ञा गर्नुभएको थियो, त्यो उहाँ पुरा गर्न सक्षम पनि हुनुहुन्थ्यो भनी उनी पूर्ण रूपमा विश्‍वस्त थिए ।

    22त्यसकारण, यो उनको निम्ति धार्मिकता गनियो ।

    23अब यो केवल उनको भलाइको निम्ति गनिएको थिएन ।

    24यो हाम्रो निम्ति पनि लेखिएको थियो, जसको निम्ति यो गनिनेछ, हामी जसले हाम्रा येशू प्रभुलाई मृत्युबाट जीवित पार्नुहुनेमा विश्‍वास गर्छौं ।

  • इब्रा 11:8-11
    4 पदहरू
    75%

    8अब्राहामलाई बोलाइँदा विश्‍वासद्वारा नै तिनले आज्ञापालन गरे र तिनी उत्तराधिकारको रूपमा पाउनुपर्ने ठाउँतिर गए । आफू कहाँ जाँदै छु भन्‍ने कुरा थाहै नपाए तापनि तिनी गए ।

    9तिनी विश्‍वासद्वारा नै प्रतिज्ञाको देशमा एक परदेशीको रूपमा बसे । तिनी पालहरूमा इसहाक र याकूबसँगै उही प्रतिज्ञाको सङ्गी उत्तराधिकारीको रूपमा बसे ।

    10किनकि तिनले जगहरू भएको सहरलाई हेरिरहेका थिए, जुन सहरको रचनाकार र निर्माणकर्ता परमेश्‍वर स्वयम्‌ हुनुहुन्छ ।

    11सारा बाँझी भए तापनि अब्राहामले गर्भधारण गराउने शक्‍ति विश्‍वासद्वारा नै प्राप्‍त गरे । तिनी एकदमै वृद्ध भइसक्दा यसो भएको थियो । तिनीहरूलाई प्रतिज्ञा दिनुहुनेप्रति तिनीहरू विश्‍वासयोग्य भइरहे ।

  • रोमी 4:2-6
    5 पदहरू
    74%

    2यदि अब्राहाम कामद्वारा धर्मी ठहरिएका भए, उनले घमण्ड गर्ने कारण हुन्थ्यो, तर परमेश्‍वरको सामु त होइन ।

    3किनकि धर्मशास्‍त्रले के भन्छ? “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र यो उनको निम्ति धार्मिकता गनियो ।”

    4अब जसले काम गर्छ, त्यसको ज्यालालाई अनुग्रहको रूपमा गनिँदैन, तर पाउनुपर्ने कुराको रूपमा गनिन्छ ।

    5तर त्यसको निम्ति जसले काम गर्दैन, तर त्यसको सट्टा अधर्मीलाई धर्मी ठहराउनुहुनेमा विश्‍वास गर्छ, त्यसको विश्‍वासलाई धार्मिकताको रूपमा गनिन्‍छ ।

    6दाऊदले पनि कामविना नै परमेश्‍वरले धार्मिकता गान्‍नुभएको मानिसलाई आशिष्‌‌ घोषणा गर्छन् ।

  • इब्रा 11:17-19
    3 पदहरू
    73%

    17आफ्नो जाँच हुँदा विश्‍वासद्वारा नै अब्राहामले इसहाकलाई बलि चढाए, जो उनको एक मात्र छोरा थिए जसलाई उनले बलिदान चढाए । उनले नै प्रतिज्ञाहरू प्राप्‍त गरेका थिए ।

    18यिनी तिनै अब्राहाम थिए जसलाई यसो भनिएको थियो, “इसहाकद्वारा नै तेरो सन्तानको नाउँ रहनेछ ।”

    19परमेश्‍वरले इसहाकलाई मृत्युबाट जीवित पार्न सक्‍नुहुने थियो भन्‍ने कुरा अब्राहामलाई थाहा थियो, र साङ्केतिक अर्थमा भन्‍नुपर्दा उनले तिनिहरूबाट आफ्ना छोरालाई फिर्ता पाएका थिए ।

  • रोमी 4:9-13
    5 पदहरू
    72%

    9तब के यो आशिष्‌‌ केवल ती खतना भएकाहरूका लागि मात्रै भनिएको हो वा ती खतना नगरिएकाहरूका लागि पनि भनिएको हो? किनकि हामी भन्छौँ, “अब्राहामको निम्ति विश्‍वास धार्मिकताको रूपमा गनियो ।”

    10त्यसो हो भने, यो कसरी गनियो त? अब्राहाम खतनामा हुँदा वा बेखतना हुँदा? यो खतनामा हुँदा भएको थिएन, तर बेखतनामा हुँदा भएको थियो ।

    11अब्राहामले खतनाको चिन्ह पाए । यो विश्‍वासको धार्मिकताको छाप थियो, जुन उनी बेखतनाको हुँदा नै पाइसकेका थिए । यो चिन्हको परिणामचाहिँ तिनीहरू बेखतनामै भए तापनि उनी विश्‍वास गर्ने सबैका पिता भए । यसको मतलब यो हो, कि त्यो धार्मिकता तिनीहरूको निम्ति धार्मिकता गनिनेछ ।

    12यसको अर्थ यो हो, कि अब्राहाम खतनाबाट आएकाहरूका निम्ति मात्र होइन, तर हाम्रा पिता अब्राहामको कदम पछ्याउनेहरूका निम्ति पनि पिता भए । र उनी बेखतनामा हुँदा नै उनीसँग विश्‍वास थियो ।

    13किनकि अब्राहाम र उनका सन्तानहरूलाई दिइएको प्रतिज्ञा अर्थात् तिनीहरू संसारको उत्तराधिकार हुने प्रतिज्ञा व्यवस्थाद्वारा दिइएको थिएन । बरु, यो विश्‍वासको धार्मिकताद्वारा थियो ।

  • 6अब्राहामले “परमेश्‍वरलाई विश्‍वास गरे अनि यो उनको निम्ति धार्मिकता गनियो ।”

  • 23हामीले स्वीकार गरेको आशालाई दृढतासाथ बलियोसँग थामी राखौँ, किनकि प्रतिज्ञा गर्नुहुने परमेश्‍वर विश्‍वासयोग्य हुनुहुन्छ ।

  • 6तिनले परमप्रभुमा विश्‍वास गरे र उहाँले यसलाई तिनको धार्मिकताको रूपमा गन्‍नुभयो ।”

  • 39यहाँसम्म यी सबै मानिसहरू तिनीहरूका विश्‍वासको कारण परमेश्‍वरद्वारा प्रमाणित भए, तापनि तिनीहरूले प्रतिज्ञा गरिएका कुराहरू प्राप्‍त गर्न सकेनन् ।

  • 15यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्‍त गरे ।

  • 3किनकि केही यहूदीहरू विनाविश्‍वासका भए भन्दैमा के भयो त? के तिनीहरूको अविश्‍वासले परमेश्‍वरको विश्‍वासयोग्यतालाई अमान्य तुल्याउँछ र?

  • इब्रा 6:12-13
    2 पदहरू
    70%

    12त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्‍वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।

    13किनकि परमेश्‍वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।

  • इब्रा 11:1-3
    3 पदहरू
    69%

    1¶ अब विश्‍वासचाहिँ आशा गरिएका कुराहरूको बारेमा भएको निश्‍चयता हो; अहिलेसम्म नदेखेका घटनाहरूको बारेमा भएको प्रमाण हो ।

    2किनकि हाम्रा पुर्खाहरू तिनीहरूको विश्‍वासका निम्ति यसरी नै प्रमाणित भएका थिए ।

    3विश्‍वासद्वारा हामी बुझ्न सक्छौँ, कि सारा विश्‍व परमेश्‍वरको आज्ञाद्वारा सृष्‍टि भएको थियो । त्यसकारण, जे देखिन्छन् ती देखिने कुराहरूबाट बनाइएका होइनन् ।

  • 21तिमीहरू उहाँद्वारा परमेश्‍वरमा विश्‍वास गर्छौ, जसलाई तिमीहरूका विश्‍वास र आशा परमेश्‍वरमा रहून् भनेर परमेश्‍वरले मृतकहरूबाट पुनर्जीवित पार्नुभयो र उहाँलाई महिमा दिनुभयो ।

  • इब्रा 6:17-18
    2 पदहरू
    69%

    17परमेश्‍वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्‍ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्‍का गर्नुभयो ।

    18त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्‍वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्‍नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्‍चयतालाई बलियो गरी समात्‍नलाई दह्रो उत्साह पाउन सकौँ ।

  • याक 2:21-23
    3 पदहरू
    69%

    21जब हाम्रा पुर्खा अब्राहामले वेदीमा आफ्ना पुत्र इसहाकलाई अर्पण गरे, के उनी कामद्वारा नै धर्मी ठहरिएका थिएनन् र?

    22तिमीहरू देख्दछौ, कि उनका कामहरूसँगै विश्‍वासले कार्य गर्‍यो, र कामहरूद्वारा नै उनको विश्‍वास पूर्ण भयो ।

    23धर्मशास्‍त्रको यस्तो भन्‍ने वचन पुरा भयो, “अब्राहामले परमेश्‍वरमा विश्‍वास गरे, र त्यो उनको निम्ति धार्मिकता गनियो ।” र उनि परमेश्‍वरको मित्र कहलिए ।

  • 36तिमीहरूलाई धैर्यको खाँचो छ । त्यसकारण, परमेश्‍वरले तिमीहरूलाई जे प्रतिज्ञा गर्नुभएको थियो, उहाँको इच्छालाई पुरा गरेपछि, सो प्राप्‍त गर्नेछौ ।

  • 20किनकि परमेश्‍वरका सबै प्रतिज्ञा उहाँमा “हो” नै हुन्छन् । यसैले, उहाँद्वारा नै हामीले परमेश्‍वरको महिमालाई “आमेन” भनेका छौँ ।

  • इब्रा 11:5-6
    2 पदहरू
    68%

    5विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।

    6विनाविश्‍वास परमेश्‍वरलाई प्रसन्‍न पार्न असम्भव छ । किनकि जो परमेश्‍वरकहाँ आउँछ उसले परमेश्‍वर अस्तित्वमा हुनुहुन्छ भन्‍ने कुरामा विश्‍वास गर्नैपर्छ र उहाँलाई जसले खोज्छ त्यसले इनाम पाउनेछ भनी विश्‍वास गर्नुपर्छ ।

  • 2हामीले उहाँप्रतिको विश्‍वासद्वारा यो अनुग्रहमा प्रवेश पाएका छौँ जसमा हामी खडा छौँ । हामी परमेश्‍वरले हामीलाई भविष्यको निम्ति दिनुहुने दृढता अर्थात् हामी परमेश्‍वरको महिमामा सहभागी हुनेछौँ भन्‍ने दृढतामा रमाउँछौँ ।

  • 17किनकि यसैमा परमेश्‍वरको धार्मिकता विश्‍वासबाट विश्‍वासमा प्रकट गरिएको छ, जस्तो लेखिएको छ “धर्मीहरू विश्‍वासद्वारा नै जिउनेछन् ।”

  • 13यी सबै प्रतिज्ञालाई प्राप्‍त नगरिकनै यिनीहरू सबैले टाढैबाट स्वागत गरे । पृथ्वीमा परदेशी र निर्वासितहरू मात्र हौँ भन्‍ने कुरा स्वीकार गर्दै तिनीहरू विश्‍वासमा नै मरे ।

  • 9त्यसैकारण, जोसँग विश्‍वास छ, तिनीहरू अब्राहामसँगै आशिषित हुन्छन्, तिनै अब्राहाम जससँग पनि विश्‍वास थियो ।