रूत 1:8

अनलक शाब्दिक बाइबल

नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रूत 1:5 : 5 त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।
  • रूत 2:20 : 20 नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”
  • लू 14:25-33 : 25 ठुलो भिड उहाँसँग गइराखेको थियो, र उहाँ तिनीहरूतिर फर्केर भन्‍नुभयो, 26 “यदि कोही मेरो पछि आउँछ भने र आफ्नो आमा, बुबा, श्रीमती, छोराछोरी, दाजुभाइ र दिदी-बहिननी, र आफ्नै जीवनलाई पनि इन्कार गर्दैन भने, ऊ मेरो चेला हुन सक्दैन । 27 जसले आफ्नो क्रुस बोकेर मेरो पछि लाग्दैन, ऊ मेरो चेला हुन सक्दैन । 28 तिमीहरूमध्ये को होला, जसले एउटा धरहरा बनाउने इच्छा गर्दछ र पहिला बसेर निर्माण सम्पन्‍न गर्न सक्‍ने रुपियाँ-पैसा छ कि छैन भनेर त्यसको हिसाब गर्दैन र? 29 नत्रभने, उसले जग बसालिसकेपछि निर्माण सम्पन्‍न गर्न सकेन भने, यसलाई देख्‍ने सबैले उसको गिल्ला गर्नेछन् र 30 भन्‍नेछन्, ‘यो मानिसले निर्माण गर्न त सुरु गर्‍यो तर सिद्धयाउन सकेन ।’ 31 अथवा त्यो कस्तो राजा हो, जसले आफूसँग भएको दस हजार मानिसका साथ अर्को बिस हजार मानिस भएको राजासँग सामना गर्न सक्छु कि सक्दिनँ भनी पहिला बसेर सल्लाह लिँदैन? 32 र यदि सक्दैन भने, अर्को सेना टाढा हुदाँ नै उसको राजदूत पठाएर शान्तिको शर्त राख्‍न सक्छ । 33 त्यसैले, तिमीहरूमध्ये कसैले आफूसँग भएको सबै कुरा त्याग्‍न सक्‍दैन भने, ऊ मेरो चेला हुन सक्दैन ।
  • एफिसी 5:22 : 22 पत्‍नीहरू हो, प्रभुको अधीनमा रहे जस्तो आफ्ना पतिहरूको अधीनमा बस ।
  • एफिसी 6:2-3 : 2 “आफ्ना आमाबुबालाई आदर गर” (जुन प्रतिज्ञा सहितको पहिलो आज्ञा हो), । 3 “ताकि यसो गर्नाले तिमीहरूलाई राम्रो होस् र तिमीहरू यस पृथ्वीमा धेरै समय बाच्‍न सक ।”
  • फिलि 4:18-19 : 18 मैले सबै कुराहरू प्राप्‍त गरेको छु, र मसँग ती प्रशस्त छन् । म पूर्ण रूपमा भरिएको छु । तिमीहरूले इपाफ्रोडिटससँग पठाएका सामानहरू मैले पाएँ । ती सुगन्धित वासना आउने ग्रहणयोग्य बलिदान हुन् जसले परमेश्‍वरलाई प्रसन्‍न पार्दछ । 19 र मेरा परमेश्‍वरले ख्रीष्‍ट येशूमा उहाँको महिमाको प्रशस्तताअनुसार तिमीहरूका सबै आवश्यकताहरू पुरा गरिदिनुहुनेछ ।
  • कलस्सी 3:18 : 18 पत्‍नीहरू, पतिहरूका अधीनमा बस जुन कुरा प्रभुमा सुहाउँदो छ ।
  • कलस्सी 3:24 : 24 तिमीहरू जान्दछौ, कि तिमीहरूले परमप्रभुबाट उत्तराधिकारको इनाम पाउनेछौ । तिमीहरूले जसको सेवा गर्दछौ, उहाँ प्रभु ख्रीष्‍ट हुनुहुन्छ ।
  • २ तिमो 1:16-18 : 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
  • यहो 24:15-28 : 15 यदि परमप्रभुको आराधना गर्न तिमीहरूको दृष्‍टिमा गलत देखिन्छ भने, तिमीहरूले कसको सेवा गर्ने तिमीहरूका पुर्खाहरूले यूफ्रेटिसपारि पुजेका देवताहरूको वा एमोरीहरूका देवताहरू जसको भूमिमा तिमीहरूले बसोबास गरेका छौ । तर म र मेरो घरानाले चाहिँ परमप्रभुको आराधना गर्छौं । 16 मानिसहरूले जवाफ दिए र भने, “ अरू देवताहरूको सेवा गर्न हामी परमप्रभुलाई कहिल्यै त्याग्‍ने छैनौँ, 17 किनभने हामीलाई र हाम्रा पुर्खाहरूलाई मिश्र अर्थात् दासत्वको घरबाट ल्याउनुहुने परमप्रभु नै हाम्रा परमेश्‍वर हुनुहुन्छ, र उहाँले हाम्रो दृष्‍टिमा ठुला-ठुला चिन्हका कामहरू गर्नुभयो, हामी हिँडेका सबै मार्गमा र हामीले पार गरेका सबै जातिमाझ हामीलाई सुरक्षा दिनुभयो । 18 त्यसपछि त्यो भूमिमा बसोबास गर्ने एमोरीहरूलगायत सबै मानिसलाई हाम्रो सामु धपाउनुभयो । त्यसैले हामी पनि परमप्रभुको सेवा गर्छौं किनकि उहाँ हाम्रो परमेश्‍वर हुनुहुन्छ । 19 तर यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको सेवा गर्न सक्‍दैनौ, किनभने उहाँ पवित्र हुनुहुन्छ, उहाँ डाही परमेश्‍वर हुनुहुन्छ; उहाँले तिमीहरूका पाप र अपराधलाई क्षमा गर्नुहुने छैन । 20 यदि तिमीहरूले परमप्रभुलाई त्याग्यौ र विदेशी देवताहरू पुज्यौ भने उहाँ फर्कनुहुने छ र तिमीहरूलाई हानि गर्नुहुने छ । उहाँले तिमीहरूलाई असल गर्नुभएपछि तिमीहरूलाई नष्‍ट पार्नुहुने छ ।” 21 तर मानिसहरूले यहोशूलाई भने, “होइन, हामी परमप्रभुको आराधना गर्ने छौँ । 22 त्यसपछि यहोशूले मानिसहरूलाई भने, “तिमीहरूले परमप्रभुको आराधना गर्ने छौ भनी आफैले चुनेका छौ भनी तिमीहरूको विरुद्धमा तिमीहरू आफै साक्षीहरू हौ । तिनीहरूले भने, “हामी साक्षी छौँ ।” 23 “अहिले तिमीहरूसँग भएका विदेशी देवताहरू फ्याँक, र तिमीहरूका हृदय परमप्रभु इस्राएलतिर फर्काओ ।” 24 मानिसहरूले यहोशूलाई भने, “हामीले परमप्रभु हाम्रा परमेश्‍वको नै आराधना गर्ने छौँ । हामी उहाँको सोर सुन्‍ने छौँ । 25 यहोशूले त्यस दिन मानिसहरूसँग करार बाँधे । तिनले त्यस दिन आदेशहरू र व्यवस्थाहरू दिए । 26 यहोशूले यी वचनहरूलाई परमेश्‍वरको व्यवस्थाको पुस्तकमा लेखे । तिनले ठुलो ढुङ्गा लिए र यसलाई परमप्रभुको नजिकको पवित्र वासस्थान नजिकै रुखमुनि खडा गरे । 27 यहोशूले सबै मानिसलाई भने, “हेर, यो ढुङ्गा तिमीहरूको विरुद्धमा गवाही हुने छ । परमप्रभुले हामीलाई भन्‍नुभएका सबै कुरा यसले सुनेको छ । त्यसैले तिमीहरूले तिमीहरूका परमेश्‍वरलाई त्याग्‍यौ भने, यो तिमीहरूका विरुद्ध गवाही हुने छ । 28 यहोशूले मानिसहरूलाई हरेकको आ-आफ्ना उत्तराधिकारमा पठाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रूत 1:1-7
    7 पदहरू
    87%

    1¶ न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्‍यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्‍नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।

    2ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।

    3त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।

    4यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्‍नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।

    5त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।

    6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।

    7त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।

  • रूत 1:9-22
    14 पदहरू
    86%

    9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।

    10तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।”

    11तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?

    12मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,

    13के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।”

    14त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।

    15नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।”

    16रूथले भनिन्, “मलाई तपाईंबाट जान नलगाउनुहोस्, किनभने तपाईं जहाँ जानुहुन्छ, म त्यहाँ नै जानेछु; तपाईं जहाँ बस्‍नुहुन्छ, म त्यहाँ नै बस्‍नेछु; तपाईंका मानिसहरू मेरा मानिसहरू हुनेछन् र तपाईंका परमेश्‍वर मेरा परमेश्‍वर हुनुहुनेछ ।

    17तपाईं जहाँ मर्नुहुन्छ, म त्यहाँ नै मर्नेछु, र म त्यहीँ नै गाडिनेछु । यदि मृत्युबाहेक कुनै कुराले हामीलाई अलग गर्छ भने परमप्रभुले मलाई दण्ड दिनुभएको होस् र अझ यो भन्दा धैरै गर्नुभएको होस् ।”

    18जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।

    19त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”

    20तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।

    21म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”

    22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।

  • रूत 2:18-23
    6 पदहरू
    81%

    18तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् र तिनलाई दिइन् ।

    19तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”

    20नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”

    21मोआबी महिला रूथले भनिन्, “ तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”

    22नाओमीले तिनकी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, तिमी तिनका जवान महिला कामदारहरूसँग जानु असल हुन्छ, ताकि तिमीलाई अरुको खेतमा जोखिम नआओस् ।”

    23त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।

  • रूत 3:1-2
    2 पदहरू
    80%

    1¶ तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?

    2तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।

  • रूत 4:14-16
    3 पदहरू
    77%

    14महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।

    15त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।

    16नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।

  • रूत 2:1-8
    8 पदहरू
    77%

    1¶ नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने-खाने मानिस थिए ।

    2मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”

    3रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन् । तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन् ।

    4बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, “परमप्रभु तिमीहरूसँग हुनुभएको होस् ।” तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् ।”

    5त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”

    6कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।

    7तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्‍न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”

    8बोअजले रूथलाई भने, “मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ? शिला-बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ; मेरो खेत नछोड । बरु, यहाँ नै बस र मेरा महिला कामदारहरूसँगै काम गर ।

  • 11बोअजले जवाफ दिए र तिनलाई भने, “तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको छ । आफ्नो सासूलाई पछ्याउन र तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा-आमा र आफ्‍नो जन्म थलो छोडेकी छ्यौ ।

  • रूत 3:16-18
    3 पदहरू
    74%

    16जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।

    17तिनले भनिन्, “तिनले मलाई यी छ पाथी जौ दिए, किनभने तिनले भने, 'तिम्री सासूकहाँ रित्तो हात नजाऊ' ।”

    18अनि नाओमीले भनिन्, “मेरी छोरी, कुरा के हुन्छ भनी तिमीले नजानेसम्म यहीँ बस, किनभने यो कुरा आज नै नसिध्याएसम्म ती मानिसले विश्राम गर्नेछैनन् ।”

  • 10बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।

  • 13तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”

  • 3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।

  • 5त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”

  • रूत 4:10-11
    2 पदहरू
    69%

    10साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”

    11प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।