रूत 2:20

अनलक शाब्दिक बाइबल

नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्‍वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”

थप स्रोतहरू

उल्लेखित पदहरू

  • रूत 3:9-9 : 9 तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।” 10 बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।
  • २ शमू 2:5 : 5 त्यसैले दाऊदले याबेश-गिलादमा दूतहरू पठाए र तिनीहरूलाई भने, “तिमीहरूलाई परमप्रभुले आशिष् दिनुभएको होस्, किनभने तिमीहरूले आफ्ना मालिक शाऊलप्रति यो बफदारीता देखाएका छौ र उनको दफन गरेका छौ
  • लैव्य 25:25 : 25 यदि तिमीहरूको कोही सङ्गी-इस्राएली गरिब भयो र त्यसले गरिबीको कारण आफ्नो केही सम्पत्ति बेच्‍यो भने, त्यसको सबैभन्दा नजिकको नातेदार आएर त्यसले तिमीहरूलाई बेचेको सम्पत्ति पुनः किन्‍न सक्‍ने छ ।
  • व्यव 25:5-7 : 5 सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्‍नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्‍नी तुल्याओस्, र मृत लोग्‍नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् । 6 स्‍त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् । 7 तर देवरले आफ्नी भाउजुलाई राख्‍ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्‍न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'
  • नीति 17:17 : 17 मित्रले हर समय प्रेम गरिरहन्छ, र दाजुभाइचाहिँ कष्‍टको समयको लागि जन्मेका हुन्छन् ।
  • फिलि 4:10 : 10 म प्रभुमा अत्यन्तै आनन्दित छु किनकि अहिले अन्तमा तिमीहरूले म प्रतिको आफ्नो वास्तालाई नयाँ गरेका छौ । तिमीहरूले वास्तवमा पहिला पनि मेरो निम्ति वास्ता गरेका थियौ, तर त्यस समय तिमीहरूसँग मलाई सहायता गर्ने अवसर थिएन ।
  • २ तिमो 1:16-18 : 16 परमप्रभुले ओनेसिफरसको घरानालाई कृपा प्रदान गर्नुभएको होस्, किनकि तिनले मलाई उत्साह दिए, मेरा साङ्लाहरूको शर्म मानेनन् । 17 तर जब तिनी रोममा आए तिनले परिश्रमपूर्वक खोजेर मलाई भेट्टाए । 18 त्यस दिनमा परमप्रभुले तिनलाई कृपा प्रदान गर्नुभएको होस् र तिमीलाई राम्ररी थाहा छ, कि एफिससमा तिनले मलाई सबै किसिमको सहायता गरेका थिए ।
  • रूत 4:6 : 6 अनि नजिकका कुटम्बले भने, “आफ्नो उत्तराधिकारलाई हानि नगरी मैले यो आफ्नो निम्ति छुट्टाउन सक्दिनँ । तपाईंले नै मेरो छुटकाराको अधिकार लिनुहोस्, किनभने मैले छुट्टाउन सक्दिनँ ।”
  • रूत 4:14 : 14 महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
  • २ शमू 9:1 : 1 ¶ दाऊदले भने, “के शाऊलको परिवारका कोही बाँकी छन्, जसलाई जोनाथनको खातिर म दया देखाउन सक्‍छु?”
  • अय्यू 19:25 : 25 तर मेरो बारेमा, मेरा उद्धारक जिउँदो हुनुहुन्छ, र अन्त्यमा उहाँ पृथ्वीमा खडा रहनुहुनेछ ।
  • अय्यू 29:12-13 : 12 किनकि गरिब मानिसले पुकारा गर्दा मैले उसलाई छुटाउँथेँ, र अनाथलाई मदत गर्ने कोही नहुँदा मैले उसको हेरचाह गर्थें । 13 मर्न लागेको मानिसले मलाई आशिष् दिन्थ्यो । विधवाको हृदय आनन्दले गाउने मैले बनाइदिन्थेँ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • रूत 4:13-16
    4 पदहरू
    86%

    13त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्‍नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।

    14महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।

    15त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।

    16नाओमीले बालकलाई लिइन्, आफ्‍नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।

  • रूत 2:1-8
    8 पदहरू
    83%

    1¶ नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने-खाने मानिस थिए ।

    2मोआबी महिला रूथले नाओमीलाई भनिन्, “खेतहरूका अन्‍नका बालाहरूमाझ रहेका शिला-बाला खोज्न मलाई जान दिनुहोस् । मैले जसको दृष्‍टिमा कृपा पाउँछु, म तिनलाई नै पछ्याउनेछु ।” त्यसैले नाओमीले तिनलाई भनिन्, “जाऊ, मेरी छोरी ।”

    3रूथ गइन् र तिनीहरूले कटनी गरेपछि रहेका अन्‍नहरूको शिला-बाला खोजिन् । तिनी एलिमेलेकका कुलका बोअजको खेतका खण्डमा आइपुगिन् ।

    4बोअज बेथलेहेमबाट आएर कटनी गर्नेहरूलाई भने, “परमप्रभु तिमीहरूसँग हुनुभएको होस् ।” तिनीहरूले जवाफ दिए, “परमप्रभुले तपाईंलाई आशिष् दिनुभएको होस् ।”

    5त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”

    6कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।

    7तिनले मलाई भनिन्, “कृपया, कामदारहरूले अन्‍न कटनी गरेपछि खेतमा बाँकी रहेकाहरूको शिला-बाला खोज्‍न मलाई दिनुहोस् ।' त्यसैले तिनी यहाँ आइन् र तिनले घरमा थोरै विश्राम गरेबाहेक, बिहानदेखि अहिलेसम्म निरन्तर लागिरहेकी छिन् ।”

    8बोअजले रूथलाई भने, “मेरी छोरी, तिमीले मेरो कुरा सुन्दैछौ? शिला-बाला जम्मा गर्न अरुको खेतहरूमा नजाऊ; मेरो खेत नछोड । बरु, यहाँ नै बस र मेरा महिला कामदारहरूसँगै काम गर ।

  • रूत 2:18-19
    2 पदहरू
    81%

    18तिनले यसलाई उठाइन् र शहरतिर गइन् । तिनकी सासुले तिनले जे बटुलेकी थिइन् सो देखिन् । रूथले आफ्नो खाजाबाट उबारेकी भुटेको अन्‍न निकालिन् र तिनलाई दिइन् ।

    19तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”

  • रूत 1:5-15
    11 पदहरू
    81%

    5त्यसपछि नाओमीलाई पति र आफ्ना दुई सन्तानविहीन पारेर महलोन र किल्योन दुवै मरे ।

    6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्‍ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।

    7त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।

    8नाओमीले आफ्ना दुई बुहारीहरूलाई भनिन्, “तिमीहरू हरेक आ-आफ्नो आमाको घरमा फर्केर जाओ । जसरी तिमीहरूले मृतहरूप्रति र मप्रति दया देखाएका छौ, त्यसरी परमप्रभुले तिमीहरूलाई पनि दया देखाउनुभएको होस् ।

    9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।

    10तिनीहरूले तिनलाई भने, “होइन, हामी तपाईंसँगै तपाईंका मानिसहरूकहाँ फर्कनेछौँ ।”

    11तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?

    12मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्‍ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,

    13के तिमीहरूले तिनीहरूको उमेर पुगेसम्म पर्खन्छौ? के तिमीहरूले विवाह गर्न एउटा पति चुन्दैनौ र? होइन, मेरा छोरीहरू! यो त तिमीहरूको खातिर मलाई अति नै तीतो हुन्छ, परमप्रभुको हात मेरो विरुद्धमा लागेको छ ।”

    14त्यसपछि तिनका बुहारीहरू ठुलो स्वरमा रोए । ओर्पाले तिनकी सासूलाई बिदाइको चुम्बन गरिन्, तर रूथ तिनीसँगै टाँसिरहिन् ।

    15नाओमीले भनिन्, “सुन, तिम्री बहिनी त आफ्ना मानिसहरू र आफ्ना देवताहरूकहाँ गइन् । तिम्री बहिनीसँगै फर्केर जाऊ ।”

  • रूत 2:21-23
    3 पदहरू
    80%

    21मोआबी महिला रूथले भनिन्, “ तिनले मलाई भने, 'मेरा जवान मानिसहरूले कटनी नसिध्याएसम्म तिमी तिनीहरूको नजिक रहिरहनुपर्छ' ।”

    22नाओमीले तिनकी बुहारी रूथलाई भनिन्, “मेरी छोरी, तिमी तिनका जवान महिला कामदारहरूसँग जानु असल हुन्छ, ताकि तिमीलाई अरुको खेतमा जोखिम नआओस् ।”

    23त्यसैले तिनी जौ र गहूँको कटनीको अन्तसम्म शिला-बाला जम्मा गर्न बोअजका महिला कामदारहरूको नजिकै रहिन् ।

  • रूत 3:9-10
    2 पदहरू
    78%

    9तिनले भने, “तिमी को हौ?” तिनले जवाफ दिइन्, “म तपाईंकी दासी रूथ हुँ । तपाईंकी दासीलाई तपाईंको खास्‍टो लगाइदिनुहोस्, किनकि तपाईं नजिकको कुटुम्ब हुनुहुन्छ ।”

    10बोअजले भने, “मेरी छोरी, तिमी परमप्रभुद्धारा आशिषित होऊ । तिमीले सुरुभन्दा अन्तमा अझ धैरै दया देखाएकी छ्यौ, किनभने तिमी धनी होस् वा गरीब कुनै पनि जवान मानिसको पछि लागेकी छैनौ ।

  • 11बोअजले जवाफ दिए र तिनलाई भने, “तिम्रा पतिको मृत्युदेखि तिमीले गरेका सबै कुरा मलाई भनिएको छ । आफ्नो सासूलाई पछ्याउन र तिमीले नचिनको मानिसहरूकहाँ आउन तिमीले आफ्ना बुबा-आमा र आफ्‍नो जन्म थलो छोडेकी छ्यौ ।

  • रूत 3:1-2
    2 पदहरू
    78%

    1¶ तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?

    2तिमीले जसका महिला कामदारहरूसित काम गरेकी छ्यौ उही बोअज हाम्रो कुटुम्ब होइनन् र? हेर, तिनले आज राती खलामा जौ बत्ताउनेछन् ।

  • 5त्यसपछि बोअजले भने, “तपाईंले नाओमीबाट जग्गा किनेको दिनमा नै मृतकको उत्तराधिकारको नाउँलाई उठाउनको निम्ति मृत मानिसको विधवा मोआबी रूथलाई पनि लानुपर्छ ।”

  • रूत 4:9-11
    3 पदहरू
    76%

    9त्यसपछि बोअजले धर्मगुरुहरू र सबै मानिसहरूलाई भने, “मैले एलीमेलेकको, किल्योन र महलोनको सबै थोक मैले आज किनेँ भन्‍ने कुराको साक्षी तपाईंहरू हुनुहुन्छ ।”

    10साथै त्यसको उत्तराधिकारमा मृत मानिसको नाउँलाई मैले उठाउन सकूँ भनी महलोनकी पत्‍नी मोआबी महिला रूथलाई मैले मेरी पत्‍नीको रूपमा प्राप्‍त गरेको छु, ताकि त्यसको नाउँ आफ्ना दाज्यूभाइहरु माझबाट र त्यसको ठाउँको प्रवेशद्धारबाट नहराओस् । आज तपाईंहरू साक्षी हुनुहुन्छ ।”

    11प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।

  • रूत 1:2-3
    2 पदहरू
    75%

    2ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्‍नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।

    3त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्‍ना दुई छोराहरूसहित छोडिइन् ।

  • 3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।

  • रूत 3:12-13
    2 पदहरू
    75%

    12म कुटम्ब हुँ भन्‍ने कुरा सत्य हो, तर मभन्दा नजिकका एक जना कुटुम्ब हुनुहुन्छ ।

    13आज राति यहीँ बस, बिहान यदि तिनले कुटम्बको कर्तव्य पुरा गर्छन् भने ठिकै छ, तिनले नै कुटुम्बको कर्तव्य पुरा गरून् । तर यदि तिनले तिम्रो निम्ति एउटा कुटुम्बको कर्तव्य पुरा गरेनन् भने त्यसपछि मैले यो गर्नेछु भनी म परमप्रभुको जीवनद्धारा शपथ खान्छु । बिहानसम्म सुत ।

  • रूत 1:18-22
    5 पदहरू
    74%

    18जब नाओमीले रूथ तिनीसँगै जानलाई दृढ थिइन् भन्‍ने देखिन्, तिनले तिनीसँग तर्क गर्न छोडिन् ।

    19त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”

    20तर तिनले तिनीहरूलाई भनिन्, “मलाई नाओमी नभन । मलाई तितो भन, किनभने सर्वशक्तिमानले मसँग धेरै तिक्‍ततापूर्ण रूपमा व्यवहार गर्नुभएको छ ।

    21म पूर्ण भएर गएँ, तर परमप्रभुले मलाई फेरि रित्तो पारेर घरमा ल्याउनुभएको छ । त्यसैले परमप्रभुले मलाई दण्ड दिनुभएको र सर्वशक्तिमानले ममाथि विपत्ति ल्याउनुभएको देखेर पनि तिमीहरूले मलाई किन नाओमी भन्छौ?”

    22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।

  • 13तिनले भनिन्, “मेरा मालिक, तपाईंको दृष्‍टिमा मैले कृपा पाउन सकूँ, किनभने म तपाईंका नोकर्नीहरूमध्येकी नभए तापनि तपाईंले मलाई सान्त्वना दिनुभएको छ र तपाईंले मसँग दयापूर्वक कुरा गर्नुभएको छ ।”

  • 16जब रूथ तिनको सासूकहाँ आइन्, तिनले भनिन्, “कस्तो भयो मेरी छोरी?” अनि रूथले त्यो मानिसले भनेका सबै कुरा तिनलाई बताइन् ।

  • 1¶ बोअज माथि प्रवेशद्धारमा गए र त्यहाँ बसे । चाँडै नै बोअजले भनेका, नजिकका कुटुम्ब आए । बोअजले तिनलाई भने, “हे मेरा मित्र, यहाँ आउनुहोस् र बस्‍नुहोस् ।” त्यो मानिस आए र बसे ।