रूत 4:17
छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
छिमेकका महिलाहरूले तिनलाई यसो भने, “नाओमीको एउटा छोरा भयो । तिनहरूले त्यसको नाउँ ओबेद राखे । तिनी यिशैको बुबा भए, जो दाऊदको बुबा भए ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
11प्रवेशद्धारमा भएका सबै मानिसहरू र धर्मगुरुहरूले भने, “हामी साक्षीहरू छौँ । परमप्रभुले तपाईंको घरमा आउने महिलालाई इस्राएलको घराना निर्माण गर्ने दुई जना राहेल र लेआजस्तै तुल्याउनुभएको होस्; र तपाईं एप्रातामा फलिफाप हुनुहोस् र बेथलेहेममा प्रसिद्ध हुनुहोस् ।
12परमप्रभुले तपाईंलाई दिनुहुने यो महिलाद्धारा तपाईंको घर फारेसको घरानाजस्तै होस्, जसलाई यहूदाको निम्ति तामारले जन्माएकी थिइन् ।
13त्यसैले बोअजले रूथलाई लगे र तिनी तिनकी पत्नी भइन् । तिनले तिनीसँग सहवास गरे र परमप्रभुले तिनलाई गर्भवती हुन दिनुभयो र तिनले एउटा छोरा जन्माइन् ।
14महिलाहरूले नाओमीलाई भने, “परमप्रभुको प्रशंसा होस् जसले तपाईंलाई नजिकको कुटुम्बविहीन अर्थात् यो बालकविहीन छोड्नुभएन । उहाँको त्यसको नाउँ इस्राएलमा प्रसिद्ध होस् ।
15त्यो तपाईंलाई नयाँ जीवन दिने र र तपाईंको पालनपोषण गर्ने हुन सकोस्, किनकि तपाईंकी बुहारी जसलाई तपाईंले प्रेम गर्नुहुन्छ, तिनी सात जना छोराहरूभन्दा पनि असल छिन्, तिनले यिनलाई जन्म दिएकी छिन् ।
16नाओमीले बालकलाई लिइन्, आफ्नो काखमा राखिन् र तिनको हेरचाह गरिन् ।
21सल्मोन बोअजका बुबा बने, बोअज ओबेदको बुबा बने,
22ओबेद यिशैका बुबा बने र यिशै दाऊदको बुबा बने ।
11नहशोन सल्मोनका पिता बने, र सल्मोन बोअजका पिता बने ।
12बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।
13यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,
14काहिंला नतनेल, ठाहिंलो राद्दै,
5सल्मोन राहाबद्वारा बोअजका पिता, बोअज रूथद्वारा ओबेदका पिता, ओबेद यिशैका पिता थिए,
6यिशै दाऊद राजाका पिता थिए । दाऊद उरियाहकी पत्नीद्वारा सोलोमनका पिता थिए ।
37जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।
38ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।
31मलेआका छोरा एल्याकीम, मिन्नाका छोरा मलेआ, मत्ताथाका छोरा मिन्ना, नातानका छोरा मत्ताथा, दाऊदका छोरा नातान,
32यिशैका छोरा दाऊद, ओबेदका छोरा यिशै, बोअजका छोरा ओबेद, सल्मोनका छोरा बोअज, नहशोनका छोरा सल्मोन,
18फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,
19त्यसैले तिनीहरू बेथलेहेमको नगरसम्म यात्रा गरे । तिनीहरू बेथलेहेममा आइपुग्दा सारा नगर नै तिनीहरूको निम्ति धेरै उत्साहित थियो । माहिलाहरूले भने, “के यिनी नाओमी नै हुन्?”
1¶ न्यायकर्ताहरूले शासन गरेको समयमा मुलुकमा अनिकाल पर्यो । यहूदाको बेथलेहेमको एक जना मानिस आफ्नी पत्नी र दुई जना छोराहरूसँग मोआब देशतिर गए ।
2ती मानिसको नाउँ एलीमेलेक थियो, र तिनकी पत्नीको नाउँ नाओमी थियो । तिनका दुई जना छोराहरूको नाउँ महलोन र किल्योन थियो । तिनीहरू यहूदाको बेथलेहेमका एप्रातीहरू थिए । तिनीहरू मोआब देशमा आइपुगे र त्यहाँ बोसबास गरे ।
3त्यसपछि नाओमीका पति एलीमेलेक मरे र तिनी आफ्ना दुई छोराहरूसहित छोडिइन् ।
4यी छोराहरूले मोआबका महिलाहरूमध्येबाट पत्नीहरू ल्याए । एउटीको नाउँ ओर्पा र अर्कीको नाउँ रूथ थियो । तिनीहरू त्यहाँ झण्डै दश वर्ष जति बसे ।
12दाऊदचाहिं यहूदाका बेथलेहेमको एप्रातीका छोरा थिए जसको नाम यिशै थियो । तिनका आठ भाइ छोरा थिए । शाऊलको समयमा यिशै बृद्ध मानिस, मानिसहरू माझ धेरै वृद्ध थिए ।
4ओबेद-एदोमका छोराहरू थिएः जेठा शमायाह, माहिला यहोजाबाद, साहिंला योआ, काहिंला साकार, ठाइँला नतनेल,
1¶ नाओमीका पतिका नातेदार अर्थात् एलीमेलेकका कुलका बोअज नाउँ गरेको एक जना हुने-खाने मानिस थिए ।
19तिनकी बुहारी, पीनहासकी पत्नी गर्भवती थिइन् र बालक जन्माउने बेला बएको थियो । जब तिनले परमेश्वरको सन्दुक कब्जा गरेको, तिनको ससुरा र तिनको पति मरेको समाचार सुनिन्, तब तिनले घुँडा टेकिन् र बालक जन्माइन्, तर तिनको प्रसव वेदना तिनलाई सह्रै पीडा भयो ।
20तिनको मृत्यु हुने बेलामा तिनलाई सेवा दिने स्त्रीले भनिन् “नडराऊ, किनकि तिमीले एउटा छोरा जन्माएकी छ्यौ ।” तर तिनले जवाफ दिइनन् न त तिनीहरूले भनेका कुरालाई नै मनमा राखिन् ।
17तर एलीशाले त्यो स्त्रीलाई भनेझैँ तिनी गर्भवती भइन् र अर्को वर्ष ठिक त्यही समयमा एउटा छोरो जन्माइन् ।
19तिनकी सासुले तिनलाई भनिन्, “तिमीले आज शिला-बाला कहाँ बटुल्यौ? तिमी काम गर्न कहाँ गयौ? तिमीलाई सहायता गर्ने मानिस आशिषित होस् ।” रूथले आफूले काम गरेको खेतको मालिकबारे तिनकी सासुलाई बताइन् । तिनले भनिन्, “मैले आज काम गरेको खेतको मालिकको नाउँ बोअज हो ।”
20नाओमीले तिनकी बुहारीलाई भनिन्, “जीवित र मृतकप्रति आफ्नो विश्वासनीयता नछोड्नुहुने परमप्रभुद्धारा तिनी आशिषित होऊन् ।” नाओमीले तिनलाई भनिन्, “ती मानिस मोल तिरेर छुट्टाउनेमध्येका हाम्रो नजीकका एक कुटुम्ब हुन् ।”
11तर नाओमीले भनिन्, “मेरा छोरीहरू, फर्क! तिमीहरू मसँग किन जान्छौ? के तिमीहरूका पति हुनलाई मेरो कोखमा छोराहरू छन् र?
12मेरा छोरीहरू, फर्क, आ-आफ्नो बाटो लाग, किनभने पति पाउनलाई म धेरै वृद्ध भइसकेकी छु । यदि मैले, आज राति नै पति पाउँछु भन्ने आशा गर्छु,' भनेँ र छोराहरू जन्माएँ भने पनि,
6त्यसपछि नाओमीले आफ्ना बुहारीहरूसँगै मोआब छोडेर यहूदा फर्कने निर्णय गरिन्, किनभने परमप्रभुले आफ्ना मानिसहरूलाई आवश्यकतामा सहायता गर्नुभएको र तिनीहरूलाई खाने कुरा दिनुभएको कुरा तिनले मोआब प्रदेशमा सुनिन् ।
7त्यसैले तिनले आफ्ना दुई बुहारीहरूसँग बस्दै आएको ठाउँ छोडिन् र तिनीहरू यहूदाको मुलुकमा फर्कनलाई बाटो लागे ।
9परमप्रभुले तिमीहरू हरेकलाई अर्को पतिको घरमा विश्राम दिनुभएको होस्, ।” त्यसपछि तिनले तिनीहरूलाई चुम्बन गरिन् र तिनीहरू ठुलो स्वरमा रोए ।
1¶ तिनकी सासू नाओमीले तिनलाई भनिन्, “मेरी छोरी, तिम्रो भलाइको निम्ति के मैले तिमीले विश्राम गर्ने ठाउँ खोज्नु पर्दैन?
17एक जना स्त्रीले भनी, “हे मेरा मालिक, यो स्त्री र म एउटै घरमा बस्छौँ, अनि त्यस घरमा मैले एउटा बालक जन्माएँ ।
1¶ दाऊदका पुत्र अब्राहामका पुत्र येशू ख्रीष्टको वंशावलीको पुस्तक ।
3यरूशलेममा दाऊदले अझै अरू पत्नीहरू ल्याए, र तिनी धेरै जना छोराहरू र छोरीहरूका बाबु भए ।
4यरूशलेममा जन्मेका तिनका छोराछोरीका नाउँ यी नै हुन्: शम्मूअ, शोबाब, नातान, सोलोमन,
14मोनोतै ओप्राका पिता बने र सरायाह योआबका पिता बने, र गे-हरशीमको सुरु गर्ने योआबका पिता बने जसका मानिसहरू कारीगरहरू थिए ।
3बोअजले नजिकका कुटुम्बलाई भने, “मोआब देशबाट फर्केर आएकी नाओमीले हाम्रो दाज्यू एलीमेलेकको जग्गाको टुक्रा बेच्दैछिन् ।
5त्यसपछि बोअजले कटनी गर्नेहरूको निरक्षण गर्ने तिनका नोकरलाई भने, “यो महिला कुन पुरुषकी हुन्?”
6कटनी गर्नेहरूको निरीक्षण गर्ने नोकरले जवाफ दिएर भने, “यी जवान महिला मोआबको मुलकबाट नाओमीसँग फर्केर आएकी महिला हुन् ।
22यसरी तिनि र तिनकी मोआबी बुहारी रूथ मोआब देशबाट फर्के । तिनीहरू बेथलेहेममा जौको कटनी सुरु हुने समयमा आइपुगे ।
3म अगमवादिनीकहाँ गएँ र तिनी गर्भवती भइन् र एउटा छोरा जन्माइन् । तब परमप्रभुले मलाई भन्नुभयो, “त्यसको नाउँ महेर-शालल-हाज-बज राख् ।
24दाऊदले आफ्नी पत्नी बतशेबालाई सान्त्वना दिए र उनकहाँ गए र उनीसँग सुते । पछि उनले एउटा छोरा जन्माइन् र त्यो बालककको नाउँ सोलोमन राखियो । परमप्रभुले त्यसलाई प्रेम गर्नुभयो
6नाराले तिनको निम्ति अहुज्जाम, हेपेर, तेमेनी र हाहशतारीलाई जन्माइन् । नाराका छोराहरू यि नै थिए ।