श्रेष्ठगीत 8:2

अनलक शाब्दिक बाइबल

मैले तपाईंलाई अगुवाइ गरी मेरी आमाको घरमा लैजानेथिएँ, जसले मलाई सिकाउनुभयो । मैले तपाईंलाई पिउनलाई मसलायुक्त दाखमद्य र मेरा दारिमका रस दिनेथिएँ । प्रेमिका आफूसित बोल्दैः

थप स्रोतहरू

उल्लेखित पदहरू

  • श्रेष्ठ 3:4 : 4 तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः
  • श्रेष्ठ 4:10-5:1 : 10 हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ । 11 हे मेरी दुलही, तिम्रा ओठले मह चुहाउँछन् । मह र दूध तिम्रो जिब्रोमूनि छन् । तिम्रो लुगाको बास्‍ना लेबनानको बास्‍नाझैँ छ । 12 हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् । 13 तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ, 14 जटामसी र केशर, बोझो र दालचिनीसाथै हर किसिमका मसलाहरू, मूर्र र एलावासाथै हर किसिमका सुगन्धित मसलाहरूको कुञ्‍जझैँ छन् । 15 तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः 16 ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् । 1 ¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः
  • श्रेष्ठ 7:12 : 12 हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।
  • गलाती 4:26 : 26 तर माथि रहेको यरूशलेम स्वतन्‍त्र छ, जोचाहिँ हाम्री आमा हुन् ।
  • नीति 9:2 : 2 त्यसले आफ्ना पशुहरू मारेको छ । त्यसले आफ्नो दाखमद्य मिसाएको छ, र त्यसले आफ्नो टेबुल तयार पारेको छ ।
  • यूह 5:46-47 : 46 यदि तिमीहरूले मोशामा विश्‍वास गर्थ्यौ भने तिमीहरूले ममा पनि विश्‍वास गर्ने थियौ, किनकि उनले मेरो विषयमा लेखे । 47 यदि तिमीहरूले उनले लेखेका कुराहरूमा विश्‍वास गर्दैनौ भने तिमीहरूले मेरो वचनमा कसरी विश्‍वास गर्छौ र?”
  • श्रेष्ठ 7:9 : 9 तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः
  • १ पत्रु 1:10-12 : 10 अगमवक्ताहरूले तिमीहरूका निम्ति हुन आउने अनुग्रहको विषयमा यही मुक्तिको विषयमा ध्यानसित खोजतलास गरेका थिए । 11 तिनीहरूले कस्तो प्रकारको मुक्ति आउँदै छ भनी खोजी गरे । तिनीहरूमा हुनुभएका ख्रीष्‍टका आत्माले कुन समयको विषयमा बोलिरहनुभएको छ भन्‍ने कुराको पनि तिनीहरूले खोजी गरे । यो कार्य त्यति बेला भइरहेको थियो जति बेला उहाँले अगाडिबाट नै तिनीहरूलाई येशू ख्रीष्‍टका कष्‍टहरू र त्यसपछि आउने महिमाको बारेमा बताउँदै हुनुहुन्थ्यो । 12 यो अगमवक्तालाई प्रकट गरिएको थियो जुन तिनीहरूले यी कुराहरूको सेवा गरिरहेका थिए, तिनीहरू आफ्नै लागि होइन तर तिमीहरूका लागि । यी कुरा स्वर्गबाट पठाइनुभएका पवित्र आत्माबाट तिमीहरूलाई प्रचार भएको सुसमाचार ल्याउनेहरूद्वारा तिमीहरूलाई सुनाइएको छ । यी कुराहरू प्रकट होऊन् भनेर स्वर्गदूतहरू पनि इच्छा गर्छन् ।
  • प्रका 19:10 : 10 उनलाई आराधना गर्न म उनको खुट्टा अगाडि घोप्टो परेँ, तर उनले मलाई “यसो नगर भन्‍नुभयो, किनभने म येशूको बारेमा गवाही राख्‍ने तिम्रा भाइहरू र एक सङ्गी दास मात्र हुँ । परमेश्‍वरको आराधना गर, किनभने येशूको बारेमा भएको गवाही अगमवाणीका आत्‍मा हुनुहुन्छ ।”
  • लू 16:29-31 : 29 तर अब्राहामले भने, ‘तिनीहरूसँग मोशा र अगमवक्‍ताहरू छन् । तिनीहरूले उनीहरूका कुरा सुनून् ।’ 30 धनी मानिसले उत्तर दियो, ‘होइन पिता अब्राहाम, मरेकाहरूबाट कोही तिनीहरूकहाँ गयो भने, तिनीहरूले पश्‍चात्ताप गर्ने थिए ।’ 31 अब्राहामले उसलाई भने, ‘यदि तिनीहरूले मोशा र अगमवक्‍ताका कुरा सुनेनन् भने कोही मृत्युबाट उठेको मानिसको कुरा पनि मान्‍ने छैनन्’ ।”
  • यूह 5:39 : 39 तिमीहरू धर्मशास्‍त्रमा खोज्दछौ, किनकि तिनमा तिमीहरूको निम्ति अनन्त जीवन छ भन्‍ने सोच्दछौ र यी नै धर्मशास्‍त्रहरूले मेरो विषयमा गवाही दिन्छन्,
  • २ तिमो 3:15 : 15 तिमीलाई थाहा छ, कि तिमीले सानैदेखि पवित्रशास्‍त्र जानेका छौ, जसले तिमीलाई ख्रीष्‍ट येशूमा भएको विश्‍वासद्वारा मुक्‍तिमा तिमीलाई बुद्धिमान् तुल्याउन सक्छ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 1¶ प्रेमिका प्रेमीसित बोल्दैः तपाईं मेरी आमाको स्तन चुसेर हुर्कनुभएका मेरा दाजुजस्तै हुनुभए त, मैले तपाईंलाई जहिलेसुकै बाहिर भेट्दा तपाईंलाई चुम्बन गर्नेथिएँ, र कसैले मलाई तुच्छ ठान्‍नेथिएन ।

  • 81%

    3उहाँको देब्रे हात मेरो शिरमूनि छ, र उहाँको दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः

    4हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूले वाचा बाँधेको चाहन्छु, कि हाम्रो मायाप्रीति खतम नभएसम्म तिमीहरूले अवरोध नगर्नू । यरूशलेमका स्‍त्रीहरू बोल्दैः

    5आफ्ना प्रेमीसित अडेस लाग्दै उजाड-स्थानबाट आउँदै गरेको को हो? प्रेमिका प्रेमीसित बोल्दैः मैले तपाईंलाई स्याउको रुखमूनि ब्युँझाएँ । त्यहाँ तपाईंकी आमाले तपाईंलाई गर्भधारण गर्नुभयो । त्यहाँ उहाँलाई सुत्केरी बेथा लाग्यो र तपाईंलाई जन्म दिनुभयो ।

  • 78%

    3पहरेदारहरू सहरमा घुम्दै गर्दा तिनीहरूले मलाई भेट्टाए । मैले तिनीहरूलाई सोधेँ, “मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई के तपाईंहरूले देख्‍नुभएको छ?”

    4तिनीहरूबाट गएको केही समयपछि मात्रै मेरो प्राणले प्रेम गर्ने मेरा प्रेमीलाई मैले भेट्टाएँ । मैले उहाँलाई समातेँ, र मेरी आमाको घरमा, मलाई जन्म दिनुहुनेको कोठाभित्र नल्याएसम्म मैले उहाँलाई जान दिइनँ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः

    5हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः

  • 76%

    6हे मेरी प्रिय, तिम्रो आनन्दमा तिमी कति सुन्दरी र मायालु छ्यौ!

    7तिम्रो उचाइ खजूरको रुखजस्तै छ, र तिम्रा स्तनहरू फलका झुप्पाझैँ छन् ।

    8मैले भनेँ, “म त्यस खजूरको रुखमा चढ्न चाहन्छु । म त्यसका हाँगाहरू समात्‍ने छु ।” तिम्रा स्तनहरू दाखका झुप्पाहरूजस्तै होऊन्; तिम्रो नाकको सुगन्ध स्याउको बोटझैँ होस् ।

    9तिम्रो मुखको तालु मेरा प्रेमीकहाँ बिस्तारै बगेर जाने, सुत्‍नेहरूका ओठमा बग्‍ने सर्वोत्तम दाखमद्यजस्तै होस् । प्रेमिका प्रेमीसित बोल्दैः

    10म मेरा प्रेमीकी हुँ, र उहाँले मेरो मेरो तृष्णा गर्नुहुन्छ ।

    11हे मेरा प्रेमी, आउनुहोस् । हामी खेतबारीमा डुल्न जाऔँ; गाउँहरूतिरै रात बिताऔँ ।

    12हामी बिहान सबेरै उठेर दाखबारीहरूमा जाऔँ । दाखहरूमा कोपिला लागेर फक्रेका छन् कि छैनन्, र दारिमहरूमा फुल लागेका छन् कि छैनन् भनेर हेर्न जाऔँ । त्यहाँ म तपाईंलाई मेरो प्रेम दिने छु ।

    13दूधे-फुलहरूले आफ्नो बास्‍ना फैलाउँछन् । हामी उभिरहेको ढोकामा हर किसिमका उत्तम, नयाँ र पुराना फलहरू छन्, जुन मैले मेरा प्रेमीका लागि साँचिराखेकी छु ।

  • 76%

    3जङ्गलका रुखहरूमध्ये स्याउको रुखझैँ मेरा प्रेमी युवाहरूका बिचमा हुनुहुन्छ । म उहाँको छायामुनि बडो आनन्दसित पल्टन्छु, र उहाँको फलको स्वाद मलाई मिठो लाग्छ ।

    4उहाँले मलाई दाखमद्य-गृहमा ल्याउनुभयो, र ममाथि भएको उहाँको झन्डा प्रेम थियो । प्रेमिका प्रेमीसित बोल्दैः

    5मलाई किसमिसको परिकारले सजीव तुल्याउनुहोस्, र स्याउले ताजा बनाउनुहोस्, किनकि म प्रेमले कमजोर भएकी छु । प्रेमिका आफैसित बोल्दैः

    6उहाँको देब्रे हात मुरो शिरमूनि छ, र दाहिने हातले मलाई अङ्गालो हाल्छ । प्रेमिका अन्य स्‍त्रीहरूसित बोल्दैः

    7हे यरूशलेमका छोरीहरू हो, मैदानका मुडुली मृग र हरिणहरूको नाउँमा म तिमीहरूसित वाचा बाँध्छु, कि आफूले नचाहेसम्म प्रेमलाई नबिउँझाओ वा नजगाओ । प्रेमिका आफैसित बोल्दैः

  • 76%

    1¶ प्रेमी प्रेमिकासित बोल्दैः हे मेरी बहिनी, मेरी दुलही, म मेरो बगैँचामा आएको छु । आफ्नो सुगन्धित मसालासँगै मैले मेरो मूर्र जम्मा गरेको छु । मैले आफ्नो महसँगै महको चाका खाएको छु । मैले आफ्नो दूधसँगै मेरो दाखमद्य पिएको छु । मित्रहरू प्रेमी र प्रेमिकासित बोल्दैः हे मित्रहरू हो, खाओ । पिओ र प्रेमले मात । प्रेमिका आफैसित बोल्दैः

    2म सुतेँ, तर मेरो हृदय जागै थियो । मेरा प्रेमीले ढकढक्याइरहेको आवाज आउँदै छ, “हे मेरी बहिनी, मेरी प्रिय, मेरी शुद्ध ढुकुर्नी, ढोका खोल, किनकि मेरो शिर शीतले र मेरो कपाल रातको चिसोले भिजेको छ ।”

  • 4मलाई तपाईंसितै लैजानुहोस्, र हामी दौडने छौँ । प्रेमिका आफैसित बोल्दै: राजाले मलाई उहाँका कोठाहरूमा ल्याउनुभएको छ । प्रेमिका प्रमीसित बोल्दै: हामी खुसी छौँ । हामी तपाईंको विषयमा आनन्द मनाउँछौँ । तपाईंको प्रेमको उत्सव मनाऔँ । यो दाखमद्यभन्दा उत्तम छ । अरू स्‍त्रीहरूले तपाईंलाई सम्मान गर्ने स्वाभाविक नै हो । प्रेमिका अरू स्‍त्रीहरूसित बोल्दैः

  • 2उहाँले मलाई आफ्नो मुखको चुम्बनले चुम्बन गरून् । प्रेमिका प्रेमीसित बोल्दै: किनकि तपाईंको प्रेम दाखमद्यभन्दा उत्तम छ ।

  • 73%

    8हे मेरी दुलही, लेबनानबाट आऊ । लेबनानबाट मसितै आऊ । अमानाको टाकुराबाट ओर्लेर आऊ; सेनीर र हेर्मोनको टाकुराबाट, सिंहहरूको ओडार र चितुवाहरूका पहाडी अखडाबाट आऊ ।

    9हे मेरी बहिनी, मेरी दुलही, तिमीले मेरो हृदय चोरेकी छौ । एकै नजरले, तिम्रो हारको रत्‍नले तिमीले मेरो हृदय चोरेकी छौ ।

    10हे मेरी बहिनी, मेरी दुलही, तिम्रो प्रेम कति सुन्दर छ! तिम्रो प्रेम दाखमद्यभन्दा कति असल छ! कुनै पनि मसलाभन्दा तिम्रो अत्तरको बास्‍ना सुगन्धित छ ।

  • 73%

    7हे मेरा प्रेमी, मेरो प्राणले तपाईंलाई प्रेम गर्छ । मलाई बताउनुहोस् । तपाईंले आफ्नो भेडा-बाख्राको बगाल कहाँ चराउनुहुन्छ? दिउँसो तपाईंले आफ्नो बगाल कहाँ विश्राम गराउनुहुन्छ? तपाईंका मित्रहरूका बगालहरूको छेउमा म किन भौँतारिहिँड्ने व्यक्तिझैँ हुने? प्रेमी प्रेमिकासित बोल्दैः

    8हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिमीलाई थाहा छैन भने मेरो बगालका पाइलाहरू पछ्याऊ, र गोठालाहरूको पालनेर तिम्रा ससाना बाख्राहरू चराऊ ।

  • नीति 5:19-20
    2 पदहरू
    72%

    19किनकि त्यो मायालु मृग र अनुग्रहमय हरिणझैँ छे । त्यसका स्तनहरूले तँलाई सधैँभरि सन्तुष्‍ट पारून् । त्यसको प्रेमद्वारा तँ निरन्तर रूपमा मोहित तुल्याइएको होस् ।

    20हे मेरो छोरो, तँ किन व्यभिचारी स्‍त्रीद्वारा फसाइने? तैँले किन अनैतिक स्‍त्रीलाई अङ्गालो हाल्ने?

  • 6बिहान भएर छाया नभागेसम्म म मूर्रको पहाड र धूपको डाँडामा उक्लने छु ।

  • 5“आएर मेरो खाना खाओ, र मैले मिसाएको दाखमद्य पिओ ।

  • 8हाम्री एउटी सानी बहिनी छिन्, र तिनका स्तनहरू बढिसकेका छैनन् । हाम्री बहिनीलाई विवाहको प्रतिज्ञा गरिएको दिनमा हामी उनको लागि के गर्न सक्छौँ?

  • 71%

    13तिमी बगैँचाहरूमा बस्छ्यौ । मेरा मित्रहरूले तिम्रो सोर सुन्दै छन् । मैले पनि सुन्‍न पाऊँ । प्रेमिका प्रेमीसित बोल्दैः

    14हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।

  • 10मेरा प्रेमी मसित बोल्नुभयो र उहाँले मलाई भन्‍नुभयो, “हे मेरी प्रिय, उठ । हे मेरी सुन्दरी, मसित आऊ ।

  • 71%

    12हे मेरी बहिनी, मेरी दुलही बन्द गरिएको बगैँचाझैँ, छोपिएको फुहाराझैँ छिन् ।

    13तिम्रा हाँगाहरू उत्तम फल फलाउने अनारका रुखहरू, मेहदी र जटामसीको कुञ्‍जझैँ,

  • 1¶ यरूशलेमका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः हे स्‍त्रीहरूमध्ये असाध्यै सुन्दरी, तिम्रा प्रेमी कहाँ जानुभएको छ? तिम्रा प्रेमी कुनचाहिँ दिशामा जानुभएको छ ताकि हामी तिमीसँगै खोज्न सकूँ? प्रेमिका आफूसित बोल्दैः

  • 71%

    15तिमी त बगैँचाको फुहारा, ताजा पानीको इनार, लेबनानबाट बहने खोलाहरू हौ । प्रेमिका प्रेमीसित बोल्दैः

    16ए उत्तरी बतास, बिउँझी । ए दक्षिणी बतास, आइज । मेरो बगैँचाका मसलाहरूले आ-आफ्ना सुगन्ध फैलाउन सकून् भनेर यहाँबाट बह । मेरा प्रेमी उहाँको बगैँचामा आऊन्, र उसका उत्तम फलहरू खाऊन् ।

  • 70%

    13मलाई मेरा प्रेमी मूर्रको थैलीजस्तै लाग्छ जसले मेरा वक्षस्थलका बिचमा रात बिताउनुहुन्छ ।

    14मलाई मेरा प्रेमी एन-गदीका दाखबारीहरूमा फुलेको मेहदीको झुप्पाजस्तै लाग्छ । प्रेमी प्रेमिकासित बोल्दैः

  • 11बेसीँमा उब्जनी बढेको, दाखबारीहरूमा कोपिला लागेको छ या छैन र अनारमा मुजुरा लागेको छ या छैन भनी हेर्न म बदामका रुखहरूको बगैँचाभित्र छिरेँ ।

  • नीति 7:17-18
    2 पदहरू
    70%

    17मैले मेरो ओछ्यानमा मूर्र, एलवा र दालचिनी छर्केकी छु ।

    18आउनुहोस्, बिहानसम्मै हामी प्रेमको सागरमा डुबौँ । हामी प्रेमको कार्यमा रमाऔँ ।

  • 18किनकि मेरो युवावस्थादेखि मसित अनाथ बुबासितझैं हुर्केको छ, अनि मैले उसकी विधवा आमालाई मेरी आमाको गर्भदेखि नै डोर्‍याएको छु ।

  • 8हे यरूशलेमका छोरीहरू हो, म तिमीहरूसित वाचा बाँध्छु, कि तिमीहरूले मेरा प्रेमीलाई भेट्टायौ भने तिमीहरूले उहाँलाई के भन्‍ने छौ? म प्रेमले बिरामी परेकी छु भनी बताइदिनू । सहरका स्‍त्रीहरू प्रेमिकासित बोल्दैः

  • 10म एक पर्खाल थिएँ, तर मेरा स्तनहरू अहिले किल्लाका धरहरूजस्तै छन् । त्यसैले म उहाँको दृष्‍टिमा सन्तुष्‍ट ल्याउने व्यक्ति भएकी छु । प्रेमिका आफूसित बोल्दैः