जकरिया 1:18
अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
अनि मैले आफ्ना आँखाहरू माथि उठाएँ र चारओटा सीङ देखें!
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
19मसँग बोलिरहेका स्वर्गदूतसँग म बोलें, “यी के हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदा, इस्राएल, र यरूशलेमलाई तितर-बितर पारे ।”
20अनि परमप्रभुले मलाई चार जना कारीगरहरु देखाउनुभयो ।
21मैले भनें, “यी मानिसहरू के गर्न आएका हुन्?” उनले जवाफ दिए, “यी ती सीङहरू हुन् जसले यहूदालाई तितर-बितर पारे ताकि कोही मानिसले पनि आफ्नो शिर उठाउन नसकोस् । तर ती कारीगरहरु तिनीहरूलाई त्रासित गर्न, र यहूदालाई तितर-बितर गर्नको निम्ति त्यसको विरुद्ध सीङ उठाएका जातिहरूका सीङहरूलाई पराजित गर्न आएका हुन् ।”
3मैले माथि हेरें र मेरो सामु नहरको छेउमा दुईवटा सिङ भएको एउटा भेडालाई मैले देखें । एउटा सिङचाहिं अर्कोभन्दा लामो थियो, तर छोटोभन्दा लामो ढिला बढ्यो र छोटोले त्यसलाई जित्यो ।
4अनि त्यो भेडाले पश्चिममा, त्यसपछि उत्तरमा, र त्यसपछि दक्षिणमा हानिरहेको मैले देखें । त्यसको सामु अरू कुनै पशु खडा हुन सकेन । तीमध्ये कुनैले पनि कसैलाई पनि त्यसको हातबाट बचाउन सकेन । आफूलाई जे मन लाग्यो, त्यसले त्यही गर्यो, र त्यो महान् भयो ।
5जब मैले यसको बारेमा विचार गरिरहेको थिएँ, तब पश्चिमबाट आउँदै गरेको एउटा बोकोलाई मैले देखें, जो जमिनलाई नै नछोए जस्तो गरी द्रुत गतिमा दौडेर सम्पूर्ण पृथ्वीको सतहमा गयो । त्यो बोकोको आँखाहरूका बिचमा एउटा ठुलो सिङ थियो ।
6दुईवटा सिङ भएको भेडाकहाँ त्यो आयो—त्यो भेडालाई नहरको किनारमा खडा भएको मैले देखेको थिएँ— र त्यो बोको उक्त भेडातर्फ शक्तिशाली क्रोधमा दौडियो ।
7त्यो बोकोलाई उक्त भेडाको नजिक आएको मैले देखें । भेडासँग त्यो धेरै रिसाएको थियो, र त्यसले भेडालाई हिर्कायो र त्यसका दुईवटै सिङलाई भाँचिदियो । त्यसको सामु खडा हुनलाई त्यो भेडो शक्तिहीन थियो । बोकोले त्यसलाई भुइँमा ढाल्यो र त्यसलाई कुल्चियो । त्यसको शक्तिबाट त्यो भेडालाई बचाउने त्यहाँ कोही थिएन ।
8तब त्यो बोको धेरै ठुलो भयो । तर जब त्यो शक्तिशाली भयो, त्यसको ठुलो सिङ भाँचियो, र त्यसको ठाउँमा अरू चार ठुला सिङ पलाए जसले आकाशका चारै बतासलाई देखाए ।
9तीमध्येबाट अर्को एउटा सिङ पलायो, जुन पहिला सानो थियो, तर त्यो दक्षिणमा, पूर्वमा, र सुन्दरताको देशमा धेरै विशाल भयो ।
7त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए ।
8जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो ।
1¶ अनि मैले फर्केर आफ्नो नजर उठाएँ र दुइओटा पर्वतका बिचबाट चारओटा रथ बाहिर आउँदै गरेको देखें; र ती पर्वतहरू काँसाका थिए ।
1¶ अनि मैले माथितिर हेरें र एउटा मानिसले आफ्नो हातमा नाप्ने डोरी लिएको देखें ।
4तब हेर, मैले मैदानमा देखेको दर्शनअनुसार त्यहाँ इस्राएलका परमेश्वरको महिमा थियो ।
5तब उहाँले मलाई भन्नुभयो, “ए मानिसको छोरो! तेरो आँखाले उत्तरतिर हेर् ।” यसैले मैले आँखाले उत्तरतिर हेरें, र वेदीतिर जाने ढोकाको उत्तर, त्यहाँ ढोकामा त्यो डाहको मूर्ति थियो ।
9मैले भनेँ, “परमप्रभु, यी कुराहरू के हुन्?” अनि मसँग बोलिरहेका स्वर्गदूतले मलाई भने, “यी कुराहरू के हुन्, म तिमीलाई देखाउनेछु ।”
5मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।
5त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”
6मैले भनें, “त्यो के हो?” तिनले भने, “यो एउटा नाप्ने डालो हो । सारा भूमिमा तिनीहरूका पाप यही हो ।”
1¶ अनि म फर्कें र मेरो नजर उठाएर हेर्दा मेरोअगि एउटा चर्मपत्रको मुट्ठो उडिरहेको देखें ।
10केनानका छोरा सिदकियाहले आफ्ना निम्ति फलामका सीङहरू बनाए र भने, “परमप्रभु यसो भन्नुहुन्छ: यसको सहायताले तपाईंहरूले अरामीहरू नष्ट नभएसम्म नै तिनीहरूलाई धकेल्नुहुनेछ ।”
20आफ्ना आँखा उठाओ र उत्तरबाट आइरहेकाहरूलाई हेर् । उहाँले तँलाई दिनुभएको बगाल, तेरो लागि साह्रै सुन्दर बगाल कहाँ छ?
11केनानका छोरा सिदकियाहले चाहिँ फलामका सिङहरू बनाएका थिए । तिनले भने, “परमप्रभु यसो भन्नुहुन्छ, 'अरामीहरू नष्ट नभएसम्म तिमीहरूले तिनीहरूलाई यसैले दण्ड दिनू' ।”
13परमप्रभुको वचन दोस्रो पटक मकहाँ यसो भनेर आयो, “तैंले के देख्छस्?” मैले भनें, “म एउटा तताइएको भाँडो देख्छु जसको माथिल्लो सतह छचल्किएर उत्तर दिशाबाट घोप्टिहरेको छ ।”
14परमप्रभुले मलाई भन्नुभयो, “यस देशमा बस्ने सबैमाथि विपत्ति उत्तर दिशाबाट नै आउन सुरु हुनेछ ।
9मैले आफ्नो नजर उठाएँ अनि दुई जना स्त्री मतिर आइरहेको देखें, र बतास तिनीहरूका पखेटामा थियो, किनकि तिनीहरूका पखेटा सारसका पखेटाझैँ थिए । तिनीहरूले त्यो डालोलाई पृथ्वी र आकाशको बिचमा पुर्याए ।
1¶ त्यसपछि मसँग कुरा गरिरहेका स्वर्गदूत फर्के र मलाई निन्द्राबाट जगाइएको मानिसझैँ जगाए ।
2तिनले मलाई भने, “तिमीले के देख्दैछौ?” मैले भनें, “मैले पूर्ण रूपमा सुनले बनेको एउटा सामदान देख्दैछु, र त्यसको टुप्पोमा एउटा बटुको रहेको छ । त्यसमा सातओटा बत्ती छन् र हरेक बत्तीको टुप्पोमा सातओटा नली छन् ।
2परमेश्वरबाट आएको दर्शनमा उहाँले मलाई इस्राएल देशमा लानुभयो । उहाँले मलाई अति उच्च पर्वतमा आराम गर्न लानुभयो । दक्षिणमा सहरका घरहरूजस्तै देखिएका थिए ।
4अनि मसँग कुरा गरिरहेका स्वर्गदूतसँग मैले फेरि भनें, “मेरा मालिक, यी कुराहरूको अर्थ के हो?”
5मसँग कुरा गरिरहेका स्वर्गदूतले मलाई जवाफ दिए, “के तिमीलाई यी कुराहरूको अर्थ थाहा छ?” मैले भनें, “अँहँ, मेरा मालिक ।”
1¶ मैले परमप्रभुलाई वेदीको छेऊमा खडा हुनुभएको देखें, र उहाँले भन्नुभयो, “स्तम्भहरूका टुप्पाहरूमा हिर्का ताकि त्यसका जगहरू हल्लिऊन् । तिनलाई ती सबै जनाका शिरहरूमा टुक्रा-टुक्रा पार्, र तीमध्ये आखिरी बचेकोलाई म तरवारले मार्नेछु । तीमध्ये एक जना पनि निस्कनेछैनन्, तीमध्ये एक जना पनि भाग्नेछैन ।
18तिनीहरूका घेरा अल्गा र डरलाग्दा थिए, किनकि ती चारै घेरा आँखाहरूले भरिएका थिए ।
4यसैकारण मसँग बोलिरहेका स्वर्गदूतलाई मैले जवाफ दिएँ, “यी के हुन्, मेरा मालिक?”
21मैले कहिलेसम्म शत्रुको यद्धको झण्डा हेर्ने? के मैले तुरहीको आवाजलाई सुन्नेछु?
1¶ तब उहाँले ठुलो सोरमा कराएर यसो भन्नुभएको मैले सुनें, “रक्षकहरू हरेकले आफ्ना हातमा नष्ट गर्ने हतियार लिएर सहरमा आऊन् ।”
17उच्च सोरमा फेरि यस्तो भन, ‘सेनाहरूका परमप्रभु यस्तो भन्नुहुन्छ: मेरा सहरहरू फेरि असल कुराहरूले भरिएर पोखिनेछ, र परमप्रभुले फेरि सियोनलाई सान्त्वना दिनुहुनेछ र उहाँले फेरी यरूशलेमलाई चुन्नुहुनेछ ।’”
20तिमीले देखेका भेडाको बारेमा, जसका दुई सिङ थिए, ती मादी र फारसका राजाहरू हुन् ।
3तिमीहरू संसारका सबै बासिन्दाहरू र पृथ्वीमा बसोवास गर्ने, तिमीहरू जब डाँडाहरूमाथि चिन्ह उठाइन्छ, तब हेर । अनि जब तुरही बजाइन्छ तब सुन ।
1¶ आमोसका छोरा यशैयाले यहूदा र यरूशलेमका बारेमा दर्शनमा दखेका कुराहरू ।
20त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्ने इच्छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्ने इच्छा मलाई भयो, अनि त्यो आफ्ना मित्रहरूभन्दा महान् देखिन्थ्यो ।
21जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो,
5तिमीहरूका आफ्नै आँखाले यो देख्नेछन्, अनि तिमीहरूले भन्नेछौ, ‘इस्राएलका सिमानाहरूभन्दा बाहिर पनि परमप्रभु महान् हुनुहुन्छ ।’”
14“किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्नेछन् ।
13ए सियोनकी छोरी उठ् र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”
13म आफ्नो ओछ्यानमा पल्टिरहँदा मैले यस्तो दर्शन देखें, अनि आकाशबाट एउटा पवित्र समाचारवाहक तल आए ।
15होमबलिको निम्ति वेदीको अगेनो चार हात अग्लो छ, र अगेनोमा माथि फर्केका चारवटा सिङ छन् ।