जकरिया 10:11

अनलक शाब्दिक बाइबल

म तिनीहरूको पीडाको समुद्रबाट भएर जानेछु । म त्यस समुद्रका छालहरूलाई प्रहार गर्नेछु र नील नदीका सबै गहिराइलाई सुकाइदिनेछु । अश्शूरको गौरव घटाइनेछ, र मिश्रको राजदण्ड मिश्रीहरूबाट टाढा जानेछ ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहे 30:13 : 13 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः म मूर्तिहरूलाई नाश गर्नेछु, र मेम्फिसका व्‍यर्थका मूर्तिहरूको अन्‍त्‍य गर्नेछु । मिश्रदेशमा फेरि कहिल्‍यै शासक हुनेछैन, र यसरी म मिश्रदेशमा डर हालिदिनेछु ।
  • मीका 5:5-6 : 5 किनभने हाम्रो शान्तिचाहिँ यो हुनेछ - जब अश्शूरीहरू हाम्रो देशभित्र प्रवेश गर्नेछन्, र जब तिनीहरू हाम्रा किल्लाहरूतर्फ अगि बढ्‍छन्, त्यसबेला हामी तिनीहरूका विरुद्ध सात गोठाला र मानिसहरूमाथि आठ अगुवा खडा गर्नेछौँ । 6 तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।
  • सप 2:13 : 13 र परमेश्‍वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।
  • प्रका 16:12 : 12 छैटौँ स्वर्गदूतले आफ्नो कचौरा महानदी यूफ्रेटिसमा खन्याए । पूर्वबाट आउनुहुने राजाहरूका निम्ति बाटो तयार गर्न त्यो नदीको पानी सुक्यो ।
  • निर्ग 14:21-22 : 21 मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो । 22 इस्राएलीहरू समुद्रको बिचबाट ओबानो भूमिबाट गए । पानीले तिनीहरूको दायाँ र बायाँ खम्बाको रूपमा काम गर्‍यो ।
  • निर्ग 14:27-28 : 27 त्यसैले मोशाले आफ्नो हात समुद्रमाथि पसारे र बिहान हुँदा यो आफ्नो सामान्य मार्गमा आयो । मिश्रीहरू समुद्रमा भागे, र परमप्रभुले मिश्रीहरूलाई समुद्रको बिचमा फ्याँकिदिनुभयो । 28 पानी फर्केर आयो र इस्राएलीहरूको पिछा गर्ने फारोका रथ, घोडचढी र तिनका पुरै सेनालाई पानीले ढाकिदियो । कोही पनि बाँचेन ।
  • यहो 3:15-17 : 15 ती करारको सन्दुक बोक्‍नेहरू यर्दन नदीमा आउने र तिनीहरूका खुट्टाले पानी छुने बित्तिकै (कटनीको समयभरि नै यर्दन नदीको पानी यसको किनारासम्म पुग्छ) 16 माथिबाट तलतिर बग्दै गरेको पानी एक थुप्रो भई रोकियो । 17 पानी निकै माथिदेखि नै बग्‍न छोड्यो । पानी सार्तान नजिकैको आदम नाम गरेको सहरबाट नेगेवको समुद्र अर्थात् मृत सागरसम्म नै बग्‍न छोड्यो । मानिसहरू यरीहो नजिकै पारि तरे । इस्राएलका मानिसहरूले सुक्खा भूमिमा पार नगरेसम्म परमप्रभुको करारको सन्दुक बोक्‍ने पुजारीहरू यर्दन नदीको बिचमा सुक्खा जमिनमा उभिए ।
  • २ राजा 2:8 : 8 एलियाले आफ्नो खास्टो उतारे, त्यसलाई बेह्रे अनि त्यसले पानीलाई हिर्काए । नदी दुईतिर विभाजित भयो जसको कारणले ती दुई जना सुक्खा जमिनबाट हिंडे ।
  • २ राजा 2:14 : 14 एलियाबाट खसेको खास्टोले तिनले पानीलाई हिर्काए र भने, “एलियाका परमप्रभु परमेश्‍वर कहाँ हुनुहुन्छ? जब तिनले पानीलाई हिर्काए तब त्‍यो दुईतिर विभाजित भयो र एलीशा पारि गए ।
  • एज्रा 6:22 : 22 तिनीहरूले सात दिनसम्म हर्षका साथ अखमिरी रोटीको चाड मनाए, किनकि परमप्रभुले तिनीहरूमा आनन्द ल्याउनुभएको थियो, र इस्राएलका परमेश्‍वरको मन्दिर अर्थात् उहाँको घरको काममा तिनीहरूका हात बलियो पार्न अश्शूरका राजाको ह्रदय फर्काइदिनुभएको थियो ।
  • भजन 66:10-12 : 10 हे परमेश्‍वर, तपाईंले हामीलाई जाँच्‍नुभएको छ । तपाईंले हामीलाई चाँदीलाई जाँचेझैं जाँच गर्नुभएको छ । 11 तपाईंले हामीलाई जालभित्र ल्याउनुभयो । तपाईंले हाम्रो पिठ्युमाथि गह्रौं बोझ राख्‍नुभयो । 12 तपाईंले मानिसहरूलाई हाम्रा शिरहरूमा टेक्‍न लगाउनुभएको छ । हामी आगो र पानीबाट भएर गयौ, तर तपाईंले हामीलाई फराकिलो ठाउँमा ल्याउनुभयो ।
  • भजन 77:16-20 : 16 हे परमेश्‍वर, पानीले तपाईंलाई देख्यो । पानीले तपाईंलाई देख्यो र तिनीहरू भयभीत भए । गहिराइहरू थरथर कामे । 17 बादलहरूले पानी तल खन्‍याए । बादल लागेको आकाशले आवाज निकाल्यो । तपाईंका काँडहरू यताउता उडे । 18 तपाईंको गर्जनको सोर हावामा सुनियो । बिजुलीको चमकले संसारलाई उज्‍यालो बनायो । पृथ्वी थरथर काम्यो र हल्लियो । 19 तपाईंको मार्ग समुद्रबाट गयो र तपाईंको बाटो उर्लंदो पानीबाट गयो, तर तपाईंका पाइलाहरू देखिएनन् । 20 तपाईंले मोशा र हारूनको हातद्वारा बगाललाई झैं आफ्ना मानिसहरूलाई डोर्‍याउनुभयो ।
  • भजन 114:3 : 3 समुद्रले हेर्‍यो र भाग्यो । यर्दन पछि फर्कियो ।
  • भजन 114:5 : 5 ए समुद्र, तँ किन भागिस्? ए यर्दन, तँ किन पछि फर्किस्?
  • यशा 11:15-16 : 15 परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ । 16 इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।
  • यशा 14:25 : 25 अश्शूरलाई म आफ्‍नो देशमा चकनाचूर पार्नेछु र मेरो पर्वतमा म त्‍यसलाई खुट्टामुनि कुल्चिनेछु । तिनीहरूका काँधबाट त्यसको जुवा हटाइनेछ र तिनीहरूका पिठ्यूबाट त्यसको भारी निकालिनेछ ।”
  • यशा 19:5-7 : 5 समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् । 6 नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् । 7 नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।
  • यशा 42:15-16 : 15 म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्‍खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्‍खा हुनेछन् । 16 अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।
  • यशा 43:2 : 2 तँ पानीबाट भएर जाँदा, म तँसँग हुनेछु । अनि नदीहरूबाट भएर जाँदा तिनीहरूले तँलाई डुबाउनेछैनन् । तँ आगोबाट भएर हिंड्दा तँ जल्नेछैनस् र ज्वालाहरूले तँलाई भस्म पार्नेछैनन् ।
  • यशा 51:10 : 10 के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?
  • यहे 29:14-16 : 14 म मिश्रदेशको सुदिन फर्काउनेछु र तिनीहरूलाई फारोको राज्‍यमा, तिनीहरूका सुरुको देशमा फर्काएर ल्‍याउनेछु । तब तिनीहरू त्‍यहाँ एक तुच्‍छ राज्‍य भएर बस्‍नेछन्‌ । 15 त्‍यो सारा राज्‍यहरूमा सबैभन्‍दा तुच्‍छ हुनेछ, अनि त्‍यो फेरि जातिहरूका माझमा कहिल्‍यै उच्‍च पारिनेछैन । म त्‍यसलाई घटाउनेछु, जसले गर्दा तिनीहरूले फेरि कहिल्‍यै जातिहरूमाथि राज्‍य गर्नेछैनन् । 16 इस्राएलका घरानाका निम्‍ति मिश्रदेश फेरि कहिल्‍यै दृढताको कारण हुनेछैन । बरु, इस्राएलले मिश्रदेशसित सहायता माग्‍न जाँदा त्‍यहाँ तिनीहरूले गरेको अपराधका सम्‍झना तिनीहरूलाई हुनेछ । तब तिनीहरूले म नै परमप्रभु परमेश्‍वर हुँ भनी जान्‍नेछन्‌' ।”

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • यशा 11:15-16
    2 पदहरू
    84%

    15परमप्रभुले मिश्रदेशको समुद्रका खाडीलाई पुर्ण रूपमा नष्‍ट पार्नुहुनेछ । तातो हावासँगै उहाँले युफ्रेटिस नदीमाथि आफ्नो हात हल्लाउनुहुनेछ र यसलाई सात वटा खोलाहरूमा विभाजन गर्नुहुनेछ, यसैले त्‍यसमा चप्‍पलहरू लगाएर तर्न सकिन्छ ।

    16इस्राएल मिश्रदेशबाट फर्कंदा तिनीहरूका निम्ति भएजस्तै, अश्शूरबाट फर्कने उहाँका बाँकी रहेका मानिसहरूका निम्ति मुल बाटो हुनेछ ।

  • यशा 19:5-7
    3 पदहरू
    79%

    5समुद्रका पानीहरू सुक्‍नेछन्, अनि नदीहरू सुक्‍नेछन् र रित्तो हुनेछन् ।

    6नदीहरू दूषित हुनेछन् । मिश्रदेशका नदीहरू सुक्‍नेछन् र सुख्‍खा हुनेछन् । नर्कटहरू र काँसहरू ओइलाउनेछन् ।

    7नील नदीको मुखमा नील नदीको किनारका नर्कटहरू र नील नदीको छेउमा बीउ छरिएका खेत सुख्‍खा हुनेछन्, बतासले उडाउनेछन् र रहनेछैनन् ।

  • यशा 10:24-26
    3 पदहरू
    79%

    24यसकारण परमप्रभु सर्वशक्तिमान् परमप्रभुले भन्‍नुहुन्छ, “ए सियोनमा बस्‍ने मेरा मानिसहरू हो, अश्‍शूरसँग नडराओ । त्यसले तिमीहरूलाई आफ्‍नो लट्ठीले प्रहार गर्नेछ र तिमीहरूको विरुद्धमा त्यसको लहुरो उठाउनेछ जस्‍तो मिश्रीहरूले गरे ।

    25त्यससँग नडराओ किनकि तिमीहरू विरुद्धको मेरो रिस चाँडै अन्‍त हुनेछ र मेरो क्रोधले त्यसको विनाशमा लैजानेछ ।”

    26तब सर्वशक्तिमान् परमप्रभुले ओरेबको चट्टानमा मिद्यानलाई पराजित गरेझैं तिनीहरूका विरुद्ध कोर्रा चलाउनुहुनेछ । उहाँले आफ्नो हात समुद्रमाथि उठाउनुहुनेछ र उहाँले मिश्रमा गर्नुभएझैं यसलाई माथि उचाल्‍नुहुनेछ ।

  • यशा 8:7-8
    2 पदहरू
    77%

    7त्‍यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्‍शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्‍नुभएको छ । त्‍यसका सबै नहरमा त्‍यो आउनेछ र त्‍यसका किनारहरू भरिएर बग्‍नेछन् ।

    8यो तिमीहरूका घाँटीसम्म पुगुन्‍जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्‍नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्‍नेछ ।”

  • 12तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • यिर्मि 46:7-8
    2 पदहरू
    76%

    7नील नदीझैं बढेर आउने यो को हो, जसको पानी नदीको झैं उर्लन्छ र झर्छ?

    8मिश्रदेश नील नदीझैं बढेर आउँछ । त्‍यो नदीको पानीझैं उर्लन्छ र झर्छ । मिश्रदेशले भन्छ, 'म माथि जानेछु र पृथ्वीलाई ढाक्‍नेछु । सहरहरू र तिनका बासिन्दाहरूलाई म नष्‍ट पार्नेछु ।'

  • 12त्‍यो दिन यस्‍तो हुनेछ, परमप्रभुले यूफ्रेटिस नदीदेखि मिश्रदेशको खोलासम्म अन्‍न चुट्‍नुहुनेछ, अनि तिमीहरू इस्राएलका मानिसहरूलाई एक-एक गरी जम्‍मा गर्नुहुनेछ ।

  • 10किनकि म तिनीहरूलाई मिश्र देशबाट पुनर्स्थापित गर्नेछु र तिनीहरूलाई अश्शूर देशबाट भेला गराउनेछु । गिलाद र लेबनानमा तिनीहरूका निम्ति ठाउँ बाँकी नरहेसम्म म तिनीहरूलाई त्यहाँ लानेछु ।

  • 11किनकि ऊ आउनेछ, र मिश्रदेशलाई आक्रमण गर्नेछ । मृत्युको लागि निधो गरिएको व्यक्ति मृत्‍युलाई दिइनेछ । निर्वासनको लागि निधो गरिएको व्यक्ति निर्वासनमा लगिने छ । तरवारको लागि निधो गरिएको व्यक्ति तरवारको धारमा पर्नेछ ।

  • यहे 30:10-11
    2 पदहरू
    75%

    10परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः “'म बेबिलोनको राजा नबूकदनेसरको हातद्वारा मिश्रदेशका भीडहरूलाई अन्‍त्‍य गरिदिनेछु ।

    11त्‍यो र त्‍यससँग भएको त्‍यसको सेना जातिहरूका त्रासलाई यो देशको नाश गर्नलाई ल्‍याइनेछन्‌ । तिनीहरूले मिश्रदेशको विरुद्धमा आफ्‍ना तरवार थुत्‍नेछन्, र मारिएकाहरूका सङ्‍ख्‍याले यो देशलाई भर्नेछन्‌ ।

  • 16तेरो लट्ठी उठाएर तेरो हात समुद्रतिर पसार् र यसलाई दुई भागमा विभाजन गर् ताकि इस्राएलका मानिसहरू सुक्खा भूमिबाट हिँडेर जान सकून् ।

  • 5सर्वशक्तिमान् परमप्रभु परमेश्‍वरले भूमिलाई छुनुहुन्छ र त्यो पग्‍लिन्छ, त्यसमा बसोबास गर्ने सबै जना विलाप गर्छन् । त्यसका सबै कुरा नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं फेरि तल डुब्‍नेछन् ।

  • यशा 30:31-32
    2 पदहरू
    74%

    31किनकि परमप्रभुको आवाजमा अश्शूरलाई चूरचूर पारिनेछ । उहाँले तिनीहरूलाई लट्ठीले चुट्नुहुनेछ ।

    32तिनीसँग लड्दा र युद्ध गर्दा परमप्रभुले तिनीहरूलाई दिनुभएको हरेक प्रहारसँग खैंजडी र वीणाहरूको सङ्गितले साथ दिइनेछ ।

  • 10यसकारण हेर्, म तेरो विरुद्धमा र तेरो नदीको विरुद्धमा छु, र मिश्रदेशलाई म उजाड र निर्जन बनाउनेछु, अनि मिग्‍दोलदेखि आश्‍वानसम्‍म र कूश देशको सिमानासम्‍म नै तँ उजाड-स्‍थान हुनेछस् ।

  • 8यसको निम्‍ति जमिन काम्‍नेछैन, अनि त्यसमा बसोबास गर्ने हरेकले विलाप गर्नेछैनन् र? त्यसको सबै थोक नील नदीझैं माथि उठ्नेछ, र मिश्रको नदीझैं त्यो छचल्‍किनेछ र डुब्‍नेछ ।

  • 11त्यसपछि तपाईंले तिनीहरूकै सामु समुद्रलाई विभाजन गरिदिनुभयो अनि तिनीहरू समुद्रको बिचमा सुक्खा भूमिबाट हिँडेर गए, र तिनीहरूलाई खेद्‍नेहरूलाई तपाईंले उर्लंदो पानी ढुङ्गा फालेझैँ फालिदिनुभयो ।

  • 16‍परमप्रभु यसो भन्‍नुहुन्छ, (जसले समुद्रमा बाटो र शक्तिशाली पानीमा गोरेटो खोल्नुभयो,

  • 42उसले देशहरूमाथि आफ्नो अधिकार फैलाउनेछ । अनि मिश्रदेश बचाइनेछैन ।

  • 9उहाँले लाल समुद्रलाई हप्कानुभयो र त्‍यो सुक्यो । अनि उहाँले तिनीहरूलाई उजाडस्‍थानमा झैं समुद्रको गहिराइमा डोर्‍याउनुभयो ।

  • 5के तिनीहरू मिश्रदेशमा फर्कने छैनन् र? तिनीहरू मकहाँ फर्कन नमानेका हुनाले, के अश्‍शूरले तिनीहरूमाथि राज्‍य गर्ने छैन र?

  • 19किनकि फारोका घोडाहरू तिनीहरूका रथहरू र घोडचढीहरूसँगै समुद्रमा पुगे । परमप्रभुले तिनीहरूमाथि फेरि समुद्रको पानी फर्काएर ल्याउनुभयो । तर इस्राएलीहरू समुद्रको बिचमा ओबानो भूमिबाट हिँडेर गए ।

  • 10के तपाईंले समुद्रलाई अर्थात् गहिरो पानीलाई सुकाउनु भएन, र समुद्रको गहिराइलाई उद्धार गरिएकाहरूको निम्ति बाटो बनाउनु भएन र?

  • 12तेरा धेरै जनालाई म योद्धाहरूका तरवारहरूले ढाल्‍नेछु । हरेक योद्धा जातिहरूका बिचमा आतंक बन्‍नेछ । यी योद्धाहरूले मिश्रदेशको घमण्डलाई तोड्नेछ र त्यसका सबै भिडलाई सर्वनाश गर्नेछ ।

  • यशा 10:4-6
    3 पदहरू
    73%

    4कुनै पनि कुरा बाँकी रहँदैन र कैदीहरूका माझमा तिमीहरू झुक्‍नेछौ वा मारिएकाहरू माझमा ढल्नेछौ । यी सबै कुराहरूमा उहाँको रिस मर्दैन । बरु उहाँको हात अझै पसारिएकै छ ।

    5अश्‍शूरलाई धिक्‍कार, जो मेरो रिसको लट्ठी हो, त्‍यो लहुरो जसद्वारा म आफ्‍नो क्रोध मच्‍चाउँछु!

    6त्यसलाई अहङ्कारी जातिको विरुद्ध र मेरो पुरा क्रोध पाउने मानिसहरूको विरुद्ध म पठाउँछु । लूटका मालहरू लिने, शिकार लिने र तिनीहरूलाई गल्लीको हिलोलाई झैं कुल्चने आज्ञा म उसलाई दिन्छु ।

  • 23त्यस दिनमा मिश्रदेशदेखि अश्शूरसम्म जाने एउटा मुल बाटो हुनेछ, अनि अश्शूरीहरू मिश्रदेशमा आउनेछन् र मिश्रीहरू अश्शूरमा जानेछन् । अनि मिश्रीहरूले अश्शूरीहरूसँगै आराधना गर्नेछन् ।

  • 6तब मिश्रदेशमा बस्‍नेहरू सबैले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌ । किनकि तिनीहरू इस्राएलका घरानाको निम्‍ति एउटा नर्कटको लट्ठी भएका छन् ।

  • 2जसले नरकटका डुङ्गाहरूमा समुद्रहुँदै राजदूतहरू पठाउँछ । हे फुर्तिला दूतहरू, सबै अग्ला र चिल्ला जातिकहाँ जाओ, टाढा नजिकका मानिसलाई डराउनेहरू, एउटा बलियो र विजयी जाति जसको देशलाई नदीहरूले विभाजन गर्छ ।

  • 1¶ मिश्रदेशको बारेमा एउटा घोषणा । हेर, परमप्रभु द्रूत गतिको बादलमा सवार हुनुहुन्छ र मिश्रदेशतिर आउँदै हुनुहुन्छ । मिश्रदेशको मूर्तीहरू उहाँको सामु थरथर काँप्‍नेछन् र मिश्रीहरूको हृदयहरू भित्रभित्रै पग्‍लिनेछन्,

  • 11त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।

  • 10तर तपाईंले आफ्नो बतास चलाइदिनुभयो, र समुद्रले तिनलाई ढाक्यो । तिनीहरू उर्लंदो भेलमा सिसाजस्तै डुबे ।

  • 13र परमेश्‍वरको हातले उत्तरलाई आक्रमण गर्नेछ र अश्शूरलाई सर्वनाश गर्नेछ, अनि निनवे त्यागिएको र सर्वनाश हुनेछ, र मरुभूमिझैँ उजाड हुनेछ ।

  • 4तब मिश्रदेशमाथि एउटा तरवार आउनेछ, र जब मारिएका मानिसहरू मिश्र देशमा ढल्‍नेछन् तब कूश देशमा पनि सङ्कष्‍ट आइपर्नेछ — जति बेला तिनीहरूले त्‍यसका धन-सम्‍पत्तिहरू लानेछन्, र जब त्‍यसका जगहरू भत्‍काइनेछन्‌ ।

  • 29विश्‍वासद्वारा नै उनले सुख्खा जमिनमा हिँडेजस्तै गरी लाल समुद्र पार गरे । जब मिश्रीहरूले पनि यसै गर्न खोजे, तब तिनीहरू डुबे ।

  • 10ए तर्शीशकी छोरी हो, नील नदीलाई जोतेझैं आफ्नो खेत जोत् । टुरोसमा अब फेरि बजार-क्षेत्र छैन ।

  • 26परमप्रभुले मोशालाई भन्‍नुभयो, “पानी मिश्रीहरू, तिनीहरूका रथहरू र तिनीहरूका घोडचढीहरूमाथि आओस् भनेर तेरो हात समुद्रमाथि पसार् ।”

  • 21मोशाले समुद्रतिर आफ्नो हात पसारे । परमप्रभुले रातभरि सबैभन्दा शक्तिशाली पूर्वीय बतास चलाइदिनुभयो र समुद्रलाई सुक्खा भूमिमा परिणत गराइदिनुभयो ।

  • 12जब परमप्रभुले सियोन पर्वतमा र यरूशलेममा आफ्नो काम सिद्ध्याउनुभएको छ, तब म अश्‍शूरका राजाको अहङ्कारी हृदयको बोली र त्यसको घमण्डी हेराइलाई दण्ड दिनेछु ।

  • 6तिनीहरूले अश्शूर देश र निम्रोदको देशलाई तिनीहरूको प्रवेशद्धारमा तरवारद्धारा नियन्त्रण गर्नेछन् । अश्शूरीहरू हाम्रो देशमा आउँदा, र तिनीहरू हाम्रो सिमानाभित्र अगि बढ्दा उहाँले हामीलाई तिनीहरूबाट बचाउनुहुनेछ ।

  • 4उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुक्खा बनाउनुहुन्छ । उहाँले सबै नदीहरूलाई सुकाइदिनुहुन्छ । बाशान र कर्मेल कमजोर छन् । लेबनानका फूलहरू कमजोर छन् ।