जकरिया 3:5

अनलक शाब्दिक बाइबल

त्यसपछि मैले भनें, “तिनीहरूले तिनको शिरमा एउटा सफा फेटा लगाइदिऊन्!” यसैले परमप्रभुका स्वर्गदूत उभिरहँदा नै तिनीहरूले यहोशूको शिरमा सफा फेटा लगाइदिए र तिनलाई सफा लुगा पहिराइदिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • जक 6:11 : 11 अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे ।
  • निर्ग 29:6 : 6 त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।
  • लैव्य 8:6-9 : 6 मोशाले हारून र तिनका छोराहरूलाई ल्याएर पानीले धोए । 7 उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए । 8 उनले तिनलाई छाती-पाता लगाइदिए, र छाती-पातामा ऊरीम र तुम्मीम राखिदिए । 9 उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।
  • अय्यू 29:14 : 14 मैले धार्मिकता पहिरिन्थेँ, र यसलाई मलाई ढाक्थ्यो । मेरो इन्साफ पोशाक र फेटाझैं हुन्थ्यो ।
  • निर्ग 28:2-4 : 2 तैँले तेरा दाजु हारूनको निम्ति मेरो लागि अलग गरिएका पोशाकहरू लगाउनू । यी पोशाकहरू तिनको गौरव र शोभाको निम्ति हुनेछन् । 3 मैले बुद्धिको आत्माले भरिपूर्ण पारेका सबै बुद्धिमान् मानिसहरूलाई तैँले भन्‍नू कि तिनीहरूले हारूनका निम्ति पोशाकहरू बनाऊन् जसले तिनलाई मेरो पुजारी भएर सेवा गर्न अलग गरून् । 4 तिनीहरूले बनाउनुपर्ने पोशाकहरू छाती-पाता, एपोद, अलखा, बुनेको लबेदा, फेटा र पटुका हुन् । तिनीहरूले यी पोशाकहरू बनाऊन् जसले तेरा दाजु हारून र त्यसका छोराहरूलाई मेरो निम्ति अलग गरून् ताकि तिनीहरूले पुजारी भएर मेरो सेवा गर्न सकून् ।
  • इब्रा 2:8-9 : 8 तपाईंले हरेक कुरा उहाँको अधीनमा राख्‍नुभएको छ ।” किनभने परमेश्‍वरले सबै कुरा मानव-जातिको अधीनतामा राख्‍नुभएको थियो । उहाँले कुनै पनि थोक मानिसबाट बाहिर रहन दिनुभएन । तर आज हामी कुनै पनि चिज मानिसको अधीनमा रहेको देख्दैनौँ । 9 तर, उहाँलाई केही समयको निम्ति स्वर्गदूतभन्दा कम बनाइएको हामीले देखेका छौँ । उहाँ येशू हुनुहुन्छ । किनभने उहाँका दुःख र मृत्युको कारणले येशू ख्रीष्‍टलाई महिमा र आदरको मुकुट पहिराइएको छ । त्यसकारण, अहिले परमेश्‍वरको अनुग्रहबाट येशू ख्रीष्‍टले हरेक मानिसका निम्ति मृत्यु चाख्‍नुभयो ।
  • प्रका 4:4 : 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
  • प्रका 4:10 : 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
  • प्रका 5:8-9 : 8 जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्‍वासीहरूका प्रार्थना हुन् । 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो । 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।” 11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो । 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।” 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 3:3-4
    2 पदहरू
    86%

    3स्वर्गदूतको अगि उभिँदा यहोशूले फोहोर लुगा लगाएका थिए ।

    4अनि स्वर्गदूतले आफ्नो अगि उभिरहेकाहरूलाई भने, “त्यसबाट ती फोहोर लुगाहरू फुकालिदेओ ।” अनि तिनले यहोशूलाई भने, “हेर! मैले तिम्रा पाप तिमीबाट अलग गराइदिएको छु र म तिमीलाई असल लुगा लगाइदिनेछु ।”

  • जक 3:6-9
    4 पदहरू
    82%

    6त्यसपछि परमप्रभुका स्वर्गदूतले यहोशूलाई यस्तो कडा आज्ञा दिए,

    7“सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ, तँ मेरा मार्गमा हिँडिस्, र मेरा आज्ञाहरू पालन गरिस् भने, तैंले मेरो भवनको जिम्मा लिनेछस् र मन्दिरको सुरक्षा गर्नेछस्, किनकि यहाँ मेरो सामु उभिएकाहरूमध्ये म तँलाई भित्र आउन र बाहिर जान दिनेछु ।

    8प्रधान पुजारी यहोशू, र तँसँगै बस्‍ने तेरा साथीहरू, सुन! किनकि यी मानिसहरू चिन्ह हुन्, तर म आफैँले नै मेरा दास अर्थात् हाँगोलाई ल्याउनेछु ।

    9अब मैले यहोशूको सामु राखिदिएको ढुङ्गोलाई हेर् । यो एउटा ढुङ्गोमा सात आँखाहरू छन्, र म एउटा शिलालेख खोप्नेछु, परमप्रभु घोषणा गर्नुहुन्छ, अनि म एक दिनमा नै यस भूमिबाट पाप मेटाउनेछु।

  • जक 6:11-12
    2 पदहरू
    77%

    11अनि चाँदी र सुन लिएर एउटा मुकुट बना, र प्रधान पुजारी यहोसादाकको छोरो यहोशूको शिरमा लगाइदे ।

    12त्यसलाई यस्तो भन्‍नू, ‘सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: यो मानिसको नाउँ हाँगा हो! यो त्यसको आफ्नै ठाउँमा बढ्नेछ र त्यसले परमप्रभुको मन्दिर बनाउनेछ!

  • यहो 5:13-15
    3 पदहरू
    74%

    13यहोशू यरीहोको नजिक हुँदा तिनले माथि हेरे र हेर, एउटा मानिस तिनको सामु उभिरहेका थिए । तिनको हातमा नाङ्गो तरवार थियो । यहोशू तिनीकहाँ गएर सोधे, “तपाईं हाम्रो वा हाम्रा शत्रुको पक्षमा हुनुहुन्छ?”

    14तिनले भने, “कुनै पक्षको होइन । किनभने म परमप्रभुको फौजको सेनापति हुँ । अहिले म आएको छु ।” अनि यहोशूले जमिनमा घोप्टो परेर आराधना गरे र तिनलाई भने, “मेरा मालिकले उहाँको दासलाई के भन्‍नुहुन्छ?”

    15परमप्रभुको फौजका सेनापतिले यहोशूलाई भने, “तेरो खुट्टाको जुत्ता फुकाल्, किनभने तँ उभिरहेको ठाउँ पवित्र छ ।” यहोशूले त्यसै गरे ।

  • 1¶ त्यसपछि परमप्रभुले मलाई प्रधान पुजारी यहोशू परमप्रभुको स्वर्गदूतको अगि उभिएका देखाउनुभयो र शैतान तिनलाई पापको दोष लगाउनको निम्ति तिनको दाहिने हात तिर उभिरहेको थियो ।

  • 9उनले तिनको शिरमा फेटा लगाइदिए, र परमप्रभुले उनलाई आज्ञा गर्नुभएझैँ त्यस फेटाको अगाडिपट्टि सुनको पाता, अर्थात् पवित्र मुकुट लगाइदिए ।

  • निर्ग 29:5-6
    2 पदहरू
    71%

    5आफूसित पोशाकहरू लैजा र हारूनलाई लबेदा, एपोदको अलखा, एपोद, छाती-पाता अनि राम्ररी बुनेको एपोदको कमरपेटी लगाइदिनू ।

    6त्यसको शिरमा फेटा लगाइदिनू, र फेटामाथि पवित्र मुकुट पहिराइदिनू ।

  • गिन 27:18-23
    6 पदहरू
    71%

    18परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।

    19त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।

    20तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।

    21त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”

    22त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।

    23तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।

  • 15परमप्रभु यहोशूसँग बोल्नुभयो,

  • 7उनले हारूनलाई दौरा लगाइदिए र तिनको कम्मरमा फिता लगाइदिए, अनि तिनलाई लबेदा पहिराइदिएर एपोद लगाइदिए, र असल प्रकारले बुनिएको पटुकाले एपोद कसे अनि बाँधिदिए ।

  • यहो 3:6-8
    3 पदहरू
    68%

    6योहोशूले पुजारीहरूलाई भने, “करारको सन्दुक लेओ र मानिसहरूको अगिअगि जाओ ।” त्यसैले तिनीहरूले करारको सन्दुक उठाए र मानिसहरूको अगिअगि गए ।

    7परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “आज म तँलाई इस्राएलका मानिसहरूको नजरमा महान् व्यक्‍ति बनाउने छु । म जसरी मोशासँग थिएँ, त्यसै गरी म तँसँग पनि छु भनी तिनीहरूले जान्‍ने छन् ।

    8तैँले करारको सन्दुक बोक्‍ने पुजारीहरूलाई आज्ञा दिने छस्, 'जब तिमीहरू यर्दनको पानीको छेउमा पुग्छौ, तिमीहरू यर्दन नदीमा नै उभिरहनुपर्छ' ।”

  • 6तब यहोशूले आफ्‍नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्‍नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।

  • 28तिनीहरूले मसिनो सुती कपडाको फेटा, सुती कपडाका अन्य फेटाहरू, सुती कपडाका भित्री वस्‍त्रहरू,

  • निर्ग 39:30-31
    2 पदहरू
    67%

    30तिनीहरूले निखुर सुनको पवित्र मुकुटको पाता बनाए ।

    31तिनीहरूले यसलाई छाप-औँठीमा झैँ “परमप्रभुको निम्ति पवित्र” भनेर खोपे । तिनीहरूले फेटाको माथिपट्टि निलो फित्ता बाँधे । परमप्रभुले आज्ञा गर्नुभएअनुसार तिनीहरूले गरे ।

  • 10परमप्रभुले यहोशूलाई भन्‍नुभयो, “उठ् । तँ किन घोप्टो परेर लम्पसार परिरहन्छस्?

  • 4त्यसले सूतीको पवित्र दौरा, र सूतीको भित्री वस्‍त्र पहिरोस्, र सूतीको पटुका र सूतीको फेटा लगाओस् । यी पवित्र पोशाक हुन् । त्यसले आफ्‍नो शरीर पानीले नुहाएर यी पोशाक लगाओस् ।

  • 17तिनीहरूले येशूलाई बैजनी रङको पोशाक पहिराइदिए र तिनीहरूले काँडाको मुकुट बनाएर उहाँको टाउकोमा लगाइदिए ।

  • 5त्यसपछि मसँग बोलिरहेका स्वर्गदूत बाहिर निस्के अनि मलाई भने, “आफ्नो नजर उठाउ र आउन लागेको कुरा हेर!”

  • 8राजाकीय पोशाक, राजाले पहिरिनुभएको वस्‍त्र अनि राजाले सवार गर्नुभएको शिरमा राजकीय चिन्ह लगाइएको घोडा ल्‍याइयोस् ।

  • 13मोशाले हारूनका छोराहरूलाई ल्याएर दौरा पहिराइदिए । परमप्रभुले उनलाई आज्ञा गर्नुभएअनुसार उनले तिनीहरूका कम्मरमा फिता लगाइदिए र तिनीहरूका शिरमा सुतीको कपडाको फेटा बेरिदिए ।

  • 5मैले माथि हेरें र सूतीको लुगा लगाएका एक जना मानिसलाई देखें, जसको कम्मरमा उफाजको शुद्ध सुनले बनेको पेटी बाँधिएको थियो ।

  • 7तिनले मानिसहरूलाई भने, “जाओ र सहरको फन्को मार, अनि सशस्‍त्र मानिसहरू परमप्रभुको सन्दुकअगि जाने छन् ।”

  • 37यस पातालाई निलो फित्ताले फेटाको अगाडिपट्टि बाँध्‍नू ।

  • 23तिनीहरूले ती थोकहरूलाई पालको माझबाट लिए अनि यहोशू र इस्राएलका मानिसहरूकहाँ ल्याए । तिनीहरूले त्यसलाई परमप्रभुको सामु खन्याए ।

  • 1¶ त्यसपछि परमप्रभुले यहोशूलाई भन्‍नुभयो,

  • 2सिपाहीहरूले काँडाको मुकुट बनाए । तिनीहरूले यसलाई येशूको शिरमा लगाइदिए, अनि उहाँलाई बैजनी रङको वस्‍त्र पहिर्‍याइदिए ।

  • 17उहाँले धार्मिकतालाई छातीपाताको रूपमा र आफ्‍नो शिरमा मुक्‍तिको टोप लगाउनुभयो । उहाँले आफूलाई बदलाको पोशाल पहिरनुभयो र जोशलाई आवरणको रूपमा लगाउनुभयो ।

  • 1¶ जब सबै मानिस यर्दन तरे, परमप्रभुले यहोशूलाई भन्‍नुभयो,