जकरिया 9:16

अनलक शाब्दिक बाइबल

यसैकारण परमप्रभु तिनीहरूका परमेश्‍वरले तिनीहरूलाई त्यस दिन आफ्ना मानिसहरूको बागललाईझैँ बचाउनुहुनेछ । तिनीहरू उहाँको देशमा चम्कने मुकुटका रत्‍नहरू हुन् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 62:3 : 3 परमप्रभुको हातमा तँ एउटा सुन्दरताको मुकुट र आफ्‍नो परमेश्‍वरको हातमा राजकीय मुकुट हुनेछस् ।
  • भजन 100:3 : 3 परमप्रभु नै परमेश्‍वर हुनुहुन्छ भनी जान । उहाँले हामीलाई बनाउनुभयो र हामी उहाँका हौं । हामी उहाँका मानिसहरू र उहाँका खर्कका भेडाहरू हौं ।
  • यशा 11:10-12 : 10 त्यस दिन, यिशैको जरा मानिसहरूको निम्ति झण्डाको रूपमा खडा हुनेछ । जातिहरूले उहाँलाई खोज्‍नेछन् र उहाँको विश्राम स्थल महिमायुक्‍त हुनेछ । 11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ । 12 उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।
  • यशा 40:10 : 10 हेर, परमप्रभु परमेश्‍वर विजयी योद्धाझैं आउनुहुन्छ र उहाँका शक्तिशाली बाहुलीले उहाँको निम्ति शासन गर्छ । हेर, उहाको इनाम उहाँसँगै छ र उहाँले उद्धार गर्नुभएकाहरू उहाँको अगि-अगि जान्छन् ।
  • यशा 60:3 : 3 जातिहरू तेरो प्रकाशमा आउनेछन् र राजाहरू उदाउँदै गरेको तेरो चहकिलो प्रकाशमा आउनेछन् ।
  • यशा 60:14 : 14 तँलाई तुच्छ पार्नेहरूका छोराहरू तँलाई दण्डवत गर्न आउनेछन् । तिनीहरूले तेरा पाउ ढोग्‍नेछन् । तिनीहरूले तँलाई परमप्रभुको सहर अर्थात् इस्राएलको परमपवित्रको सियोन भन्‍नेछन् ।
  • यिर्मि 23:3 : 3 मेरो बगालका वचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशबाट म आफै जम्मा गर्नेछु, र म तिनीहरूलाई एउटा खर्कमा फर्काउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र बढ्नेछन् ।
  • यिर्मि 31:11 : 11 किनकि परमप्रभुले याकूबलाई मोल तिरेर छुटाउनुभएको छ, र उसको भन्दा धेरै शक्तिशाली हातबाट उसलाई छुटकारा दिनुभएको छ ।
  • यहे 34:22-26 : 22 म आफ्‍नो बगाललाई बचाउनेछु, र तिनीहरू फेरि लुटिनेछैनन् अनि एउटा भेडा र अर्कोको बिचमा म न्याय गर्नेछु! 23 मेरो दास दाऊदलाई तिनीहरूमाथि म एक जना गोठालो नियुक्त गर्नेछु । त्यसले तिनीहरूको गोठालो गर्नेछ, त्‍यसले तिनीहरूलाई खुवाउनेछ, र त्यो नै तिनीहरूका गोठालो हुनेछ । 24 किनकि म परमप्रभु नै तिनीहरूका परमेश्‍वर हुनेछु, र मेरो दास दाऊद तिनीहरूका बिचमा एउटा शासक हुनेछ । म, परमप्रभुले यो घोषणा गरेको छु । 25 त्‍यसपछि म तिनीहरूसँग शान्तिको करार गर्नेछु र देशबाट दुष्‍ट जङ्गली पशुहरूलाई हटाउनेछु, ताकि तिनीहरू उजाड-स्‍थान सुरक्षित बस्‍नेछन् र जङ्गलहरूमा सुरक्षित सुत्‍नेछन् । 26 तिनीहरूमाथि र मेरो पहाडको वरिपरिका ठाउँहरूमा म आफ्‍नो आशिष् ल्याउनेछु, किनकि म ठिक ऋतुमा झरी पठाउनेछु । यी आशिष्‌का झरी हुनेछन् ।
  • यहे 34:31 : 31 किनकि तिमीहरू मेरा भेडा हौ, मेरो खर्कका बगाल, र मेरा मानिस हौ, र म तिमीहरूका परमेश्‍वर हुँ, यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।’”
  • मीका 5:4 : 4 परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।
  • मीका 7:14 : 14 आफ्ना मानिसहरू, अर्थात् तपाईंका उत्तराधिकारको बगाललाई आफ्नो छडीले नियन्त्रण गर्नुहोस् । तिनीहरू एक्लै खर्कको बिचमा, र जङ्गलमा बस्छन् । पुराना दिनहरूमा झैँ तिनीहरूलाई बाशान र गिलादमा चर्न दिनुहोस् ।
  • सप 3:20 : 20 त्यसबेला, म तिमीहरूको नेतृत्व गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ ।
  • हाग्गै 2:23 : 23 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, त्यस दिन ए शालतिएलका छोरा यरुबाबेल, म तँलाई मेरो दास बनाउनेछु । म तँलाई छाप-औँठीझैँ बनाउनेछु, किनभने मैले तँलाई चुनेको छु! परमप्रभु घोषणा गर्नुहुन्छ!’”
  • जक 8:23 : 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • लू 12:32 : 32 सानो बगाल हो, नडराओ, किनकि तिम्रा पिताले तिमीलाई राज्य दिन अति खुसी हुनुहुन्छ ।
  • यूह 10:27 : 27 मेरा भेडाहरूले मेरो सोर सुन्‍छन्, म तिनीहरूलाई चिन्‍छु र तिनीहरूले मलाई पछ्याउँछन् ।
  • १ पत्रु 5:2-4 : 2 त्यसकारण, म एल्डरहरूलाई आग्रह गर्दछु, तिमीहरूका माझमा भएका परमेश्‍वरको बगालको हेरचाह गर, करले होइन तर तिमीहरूका आफ्नै र परमेश्‍वरको इच्छाअनुसार । बेइमानीपूर्वक कमाइने पैसाको लागि होइन, तर स्वेच्छाले । 3 तिमीहरूको हेरचाहमा रहेका मानिसहरूमाथि मालिकजस्तो व्यवहार नगर, तर बगालको लागि उदाहरण बन । 4 मुख्य गोठालो प्रकट हुनुहुँदा तिमीहरूले कहिल्यै नाश नहुने महिमित मुकुट पाउनेछौ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • जक 9:14-15
    2 पदहरू
    82%

    14परमप्रभु तिनीहरूकहाँ देखापर्नुहुनेछ, उहाँको काँड बिजुलीझैँ निस्कनेछ! किनकि मेरा परमप्रभु परमेश्‍वरले तुरही फुक्‍नुहुनेछ र उहाँ तेमानबाट आँधीको साथ अगि बढ्नुहुनेछ ।

    15सेनाहरूका परमप्रभुले तिनीहरूको सुरक्षा गर्नुहुनेछ, र तिनीहरूले उनीहरूलाई नाश गर्नेछन् र घुयेँत्रोका ढुङ्गाहरूलाई पराजय गर्नेछन् । तिनीहरूले पिउनेछन् र मद्यले मातेका मानिसहरुझैँ ठुलो सोरमा कराउनेछन्, र तिनीहरू बटुकाझैँ, र वेदीका छेउहरूझैँ मद्येले भरिनेछन् ।

  • 5त्यो दिनमा सर्वशक्तिमान् परमप्रभु नै सुन्दर मुकुट बन्‍नुहुनेछ र आफ्‍ना बाँकी रहेका मानिसहरूका निम्‍ति महिमाको मुकुट बन्‍नुहुनेछ ।

  • 17तिनीहरू कत्ति असल र कति सुन्दर हुनेछन्! जवान मानिसहरू अन्‍नले र कन्याहरू नयाँ मद्यले हृष्‍टपुष्‍ट हुनेछन् ।

  • 29ए इस्राएल, तिम्रा आशिष्‌हरू अनगिन्ती छन् । परमप्रभुद्वारा बचाइएको जाति तिमीजस्तै को छ र? उहाँ तिम्रो सहायताको ढाल हुनुहुन्छ, र तिम्रो प्रतापको तरवार हुनुहुन्छ । तिम्रा शत्रुहरू काँप्दै तिमीकहाँ आउँछन् । तिमीले तिनीहरूका अग्ला-अग्ला ठाउँहरूमा कुल्चने छौ ।

  • ओबद 1:16-17
    2 पदहरू
    74%

    16किनकि जसरी तैंले मेरो पवित्र पर्वतमा पिएको छस्, त्‍यसरी नै सारा जातिहरूले त्यहाँ सधैं पिउनेछन् । तिनीहरूले पिउनेछन् र निल्‍नेछन् अनि तिनीहरू कहिल्यै अस्तित्वमा नभएझैं हुनेछन् ।

    17तर भाग्‍न सफल भएकाहरू सियोन पर्वतमा रहनेछन् र त्यो पवित्र हुनेछ । अनि याकूबको घरानाले तिनीहरूका आ-आफ्ना सम्पत्तिको अधिकार गर्नेछन् ।

  • 21उद्धार गर्नेहरू एसावको पहाडी देशमा शासन गर्नलाई सियोन पर्वतसम्म जानेछन्, र त्यो राज्य परमप्रभुको हुनेछ ।

  • भजन 28:8-9
    2 पदहरू
    73%

    8परमप्रभु आफ्‍ना मानिसहरूका बल हुनुहुन्छ, अनि उहाँ आफ्नो अभीषिक्‍त जनलाई बचाउने शरणस्थान हुनुहुन्छ ।

    9आफ्ना मानिसहरूलाई बचाउनुहोस् र आफ्नो उत्तराधिकारलाई आशिष्‌ ‌‌दिनुहोस् । तिनीहरूका गोठाला हुनुहोस् र तिनीहरूलाई सदासर्वदा बोक्‍नुहोस् ।

  • जक 10:5-7
    3 पदहरू
    73%

    5युद्दको मैदानको माटोमा आफ्ना शत्रुहरूलाई कुल्चने योद्धाहरूझैँ तिनीहरू हुनेछन् । तिनीहरूले युद्ध गर्नेछन्, किनकि परमप्रभु तिनीहरूसँग हुनुहुन्छ, र तिनीहरूले युद्धका घोडा चढ्नेहरूलाई शर्ममा पार्नेछन् ।

    6म यहूदाको घरानाललाई बलियो बनाउनेछु र योसेफको घरानालाई बचाउनेछु, किनकि म तिनीहरूलाई पुनर्स्थापित गर्नेछु र तिनीहरूमाथि दया देखाउनेछु । तिनीहरू वहिष्कृत नभएकाहरूझैँ हुनेछन्, किनकि म परमप्रभु तिनीहरूका परमेश्‍वर हुँ, र म तिनीहरूलाई उत्तर दिनेछु ।

    7अनि एफ्राइम योद्धाझैँ हुनेछ, र तिनीहरूका हृदय मद्यले झैँ आनन्दित हुनेछ । तिनीहरूका छोराछोरीहरूले यो देखेर आनन्द मनाउनेछन् । तिनीहरूका हृदय ममा आनन्दित हुनेछन्!

  • 9त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।

  • यिर्मि 31:6-7
    2 पदहरू
    73%

    6किनकि एक दिन आउनेछ, जुन बेला एफ्राइमका पहाडहरूका पहरेदारहरूले घोषणा गर्नेछन्, 'उठ, हामी परमप्रभु हाम्रा परमेश्‍वरकहाँ सियोनमा जाऔं' ।”

    7किनकि परमप्रभु यसो भन्‍नुहुन्छ, “याकूबको निम्ति आनन्दले कराओ । जातिहरूका मानिसहरूका प्रमुखको लागि खुसीले चिच्‍च्याओ । प्रशंसा सुनियोस् । यसो भन, 'परमप्रभुले आफ्ना जाति, इस्राएलका बाँकी रहेकाहरूलाई उद्धार गर्नुभएको छ ।'

  • 14लखेटिएको हरिण वा गठालो नभएको भेडाझैं, हरेक मानिस आफ्ना मानिसतिर फर्कनेछ र आफ्नै देशतिर भाग्‍नेछ ।

  • जक 12:7-8
    2 पदहरू
    72%

    7दाऊदको घराना र यरूशलेममा बस्‍नेहरूको गौरव यहूदाका बाँकी रहेकाहरूको भन्दा बढ्ता नहोस् भनेर परमप्रभुले पहिला यहूदाको पाललाई बचाउनुहुनेछ ।

    8त्यस दिन, परमप्रभु नै यरूशलेमका वासिन्दाहरूको रक्षक हुनुहुनेछ, र त्यस दिन तिनीहरूका कमजोरहरू दाऊदझैँ हुनेछन्, अनि दाऊदको घरानाचाहिँ परमेश्‍वरझैँ, तिनीहरूको अगि परमप्रभुका स्वर्गदूतझैँ हुनेछ ।

  • यिर्मि 30:8-9
    2 पदहरू
    72%

    8यो सर्वशक्तिमान् परमप्रभुको घोषणा हो, कि त्यस दिन म तिमीहरूका काँधको जुवा भाँच्‍नेछु, र म तिमीहरूका साङ्लाहरू छिनाउनेछु, यसैले विदेशीहरूले तिमीहरूलाई फेरि कहिल्यै दास बनाउनेछैनन् ।

    9तर तिनीहरूले परमप्रभु आफ्‍ना परमेश्‍वरको आराधना गर्नेछन्, र तिनीहरूका राजा दाऊदको सेवा गर्नेछन् जसलाई म तिनीहरूमाथि राजा बनाउनेछु ।

  • 19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

  • यशा 31:4-5
    2 पदहरू
    72%

    4परमप्रभुले मलाई यसो भन्‍नुहुन्छ, “गोठालाहरूका समूह आफ्‍नो विरुद्धमा आउँदा पनि जसरी सिंह अर्थात् जवान सिंह आफ्‍नो शिकारमाथि गर्जेर झम्‍टन्‍छ तर तिनीहरूका सोर सुनेर डराउँदैन, न तिनीहरूका सोर सुनेर भाग्‍छ, त्‍यसरी नै सर्वशक्तिमान् परमप्रभु सियोन पर्वतमा अर्थात् त्यो पहाडमा लडाइँ गर्न ओर्लनुहुनेछ ।

    5गुँडको रक्षा गर्ने चराले झैं परमप्रभुले यरूशलेमको रक्षा गर्नुहुनेछ । उहाँ यसबाट भएर जानुहुँदा यसको सुरक्षा गर्नुहुनेछ र छुटकारा दिनुहुनेछ र यसको संरक्षण गर्नुहुनेछ ।

  • 2त्यस दिन परमप्रभुको हाँगा सुन्दर र महिमित हुनेछ, अनि इस्राएलमा बाँकी रहेकाहरूका निम्ति, देशको फल स्वादिलो र अनन्ददायी हुनेछ ।

  • 17परमप्रभु तिमीहरूका परमेश्‍वर तेरो बिचमा हुनुहुन्छ, जो तँलाई बचाउन सामर्थी हुनुहुन्छ । उहाँले तेरो निम्ति आनन्द मनाउनुहुन्छ । उहाँ आफ्नो प्रेममा तँसित शान्त हुनुहुन्छ । उहाँ आनन्दको सोरले तँसित रमाउनुहुनेछ ।

  • 2जातिहरूले तिनीहरूलाई आफ्नै ठाउँमा ल्याउनेछन् । तब इस्राएलको घरानाले तिनीहरूलाई सेवक र सेविकाको रूपमा परमप्रभुको देशमा लानेछन् । तिनीहरूलाई कैदी बनाउनेहरूलाई तिनीहरूले कैदी बनाउनेछन् र तिनीहरूले आफ्‍ना अत्याचारीहरूमाथि राज्‍य गर्नेछन् ।

  • 35किनभने परमेश्‍वरले सियोनलाई बचाउनुहुनेछ र यहूदाका सहरहरू पुनःनिर्माण गर्नुहुनेछ । मानिसहरू त्यहाँ बसोवास गर्नेछन् र यसलाई सम्पत्तिको रूपमा लिनेछन् ।

  • 9त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”

  • 17तर परमप्रभुले इस्राएललाई अनन्त उद्धारसहित बचाउनुहुनेछ । तँ फेरि कहिल्यै लज्‍जित वा अपमानित हुनेछैनस् ।

  • 9ए इस्राएल परमप्रभुमा भरोसा गर् । उहाँ तेरो सहायता र ढाल हुनुहुन्छ ।

  • 17तपाईं तिनीहरूका ऐश्‍वर्यको बल हुनुहुन्छ र तपाईंको कृपाले हामी विजयी भएका छौं ।

  • 12तब तिनीहरू आउनेछन् र सियोनका पर्वतहरूमा रमाउनेछन् । मकै र नयाँ दाखमद्य, तेल र गाईवस्तुका बाछाहरू भेडा-बाख्राका पाठाहरूमाथि परमप्रभुको भलाइको कारणले, तिनीहरूका मुहार चम्कनेछन् । किनकि तिनीहरूको जीवन पानीले भिजेको बगैँचाजस्तै हुनेछ, र तिनीहरूले फेरि कहिल्यै दुःखको महसुस गर्नेछैनन् ।

  • 16सियोनबाट परमप्रभु गर्जनुहुन्छ, र यरूशलेमबाट आफ्नो आवाज उठाउनुहुन्छ । आकाश र पृथ्‍वी थरथर काम्‍नेछन्, तर परमप्रभु आफ्‍ना मानिसहरूका निम्ति शरणस्थान, र इस्राएलका मानिसहरूका निम्ति किल्‍ला हुनुहुनेछ ।

  • 7म लङ्गडोलाई बाँकी जाति र निर्वासितहरूलाई एउटा बलियो जाति बनाउनेछु, र म, परमप्रभुले सदा सर्वदा तिनीहरूमाथि सियोन पर्वतमा शासन गर्नेछु ।

  • 16आतङ्क र त्रास उनीहरूमाथि पर्नेछन् । हे परमप्रभु, तपाईंका मानिसहरू पार नहोउञ्‍जेल र तपाईंले छुटकारा दिनुभएका मानिसहरू पार नहोउञ्‍जेल तपाईंको पाखुराको शक्तिको कारणले तिनीहरू पत्थरझैँ अचल रहनेछन् ।

  • 15म तिनीहरूलाई आफ्‍नै देशमा बसाल्‍नेछु, र तिनीहरूलाई मैले दिएको देशबाट, तिनीहरू फेरि कहिल्यै पनि उखेलिनेछैनन्,” परमप्रभु तिमीहरूका परमेश्‍वर भन्‍नुहुन्छ ।

  • 8परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले आफ्‍नो कृपा देखाउन निश्‍चित गरेको समयमा म तँलाई जवाफ दिनेछु, अनि उद्धारको दिनमा म तँलाई सहायता गर्नेछु । म तेरो सुरक्षा गर्नेछु र देशको पुनःनिर्माण गर्न र उजाड जमिनमा फेरि बस्‍ती बसाल्‍न तँलाई मानिसहरूका करारको रूपमा दिनेछु ।

  • 7त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।

  • 4परमप्रभुको शक्ति, र परमप्रभु उहाँका परमेश्‍वरको नाउँको महिमामा उहाँ खडा भएर आफ्नो बगालको हेरचाह गर्नुहुन्छ । तिनीहरू बाँकी रहनेछन्, किनकि पृथ्वीको कुना-कुनासम्म उहाँको महानता रहिरहनेछ ।

  • 8किनकि उहाँले भन्‍नुभयो, “निश्‍चय नै तिनीहरू मेरा मानिसहरू हुन्, छोराछोरी जो बेइमान छैनन् ।” उहाँ तिनीहरूका मुक्‍तिदाता हुनुभयो ।

  • 2हेर, परमेश्‍वर मेरो मुक्‍ति हुनुहुन्छ । म भरोसा गर्नेछु र डराउनेछैन, किन परमप्रभु नै, हो परमप्रभु नै मेरो बल र गीत हुनुहुन्छ । उहाँ मेरो मुक्‍ति हुनुभएको छ ।”

  • 12ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।

  • 13ए सियोनकी छोरी उठ्‍ र दाइँ गर्, किनभने म तेरो सिङ्लाई फलाम र तेरा खुरलाई काँसा बनाउनेछु । तिमीहरूले धेरै जातिहरूलाई कुल्चनेछौ र तिनीहरूका अन्यायपूर्ण धन समस्त पृथ्वीका परमप्रभुकहाँ सुम्पनेछौ ।”

  • 17इस्राएलको प्रकाश आगो बन्‍नेछ र त्यसको परमपवित्र आगोको ज्वालाजस्तो बन्‍नुहुनेछ । त्‍यसले उसको काँढाहरू र सिउँडीहरूलाई एकै दिनमा डढाउने र नष्‍ट पार्नेछ ।

  • 12तिनीहरूलाई म ममा नै बलियो बनाउनेछु, र तिनीहरू मेरो नाउँमा हिँड्नेछन्, परमप्रभु घोषणा गर्नुहुन्छ ।”

  • 18परमप्रभुको क्रोधको दिनमा न त तिनीहरूको चाँदी न तिनीहरूको सुनले तिनीहरूलाई बचाउन सक्‍नेछ । उहाँको डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ, किनभने उहाँले पृथ्वीका सारा वासिन्दाहरूको पूर्ण र भयानक अन्त गर्नुहुनेछ ।”

  • 3गोठालाहरू र तिनका बगालहरू तिनीहरूकहाँ जानेछन् । तिनीहरूले चारैतिर त्यसको विरुद्धमा पालहरू टाँग्‍नेछन् । हरेक मानिसले आफ्नो हातले चराउनेछ ।

  • 7सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: हेर, सुर्योदय हुने र सुर्यास्त हुने भूमिबाट मैले मेरा मानिसहरूलाई बचाउन लागेको छु!

  • 9कटनी गर्नेहरूले त्‍यो खानेछन् र पमरप्रभुको प्रशंसा गर्नेछन् । अनि दाख टिप्‍नेहरूले मेरो पवित्रस्थानको चोकमा दाखमद्य पिउनेछन् ।”