जकरिया 9:5

अनलक शाब्दिक बाइबल

अश्कलोनले त्यो देख्‍नेछ र डराउनेछ! गाजा पनि थर-थर काँप्नेछ! एक्रोनको आशा निराशामा परिणत हुनेछ । गाजाबाट राजा नष्‍ट हुनेछ, र अश्कलोनमा कोही वास गर्नेछैन!

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 14:29-31 : 29 ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ । 30 गरीबको जेठा छोरोले मेरो खर्कहरूमा आफ्‍ना भेडाहरू चराउनेछन्, र खाँचामा परेकाहरू सुरक्षासँग पल्टिनेछन् । तेरो वंशलाई म अनिकाले मार्नेछु जसले तेरा बाँचेका सबैलाई मृत्युमा पुर्‍याउनेछ । 31 ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।
  • यशा 20:5-6 : 5 तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् । 6 यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्‍नेछन्, साच्‍चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्‍नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्‍छौं र?'”
  • यिर्मि 47:1 : 1 ¶ पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो ।
  • यिर्मि 47:4-7 : 4 किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ । 5 गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ? 6 हाय परमप्रभुको तरवार! तँ मौन हुनलाई कति लामो समय लाग्‍नेछ? तेरो म्यानमा फर्केर जा । रोकी र मौन हो । 7 अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र?
  • यिर्मि 51:8-9 : 8 बेबिलोन अकस्मात् ढल्‍नेछ, र नष्‍ट हुनेछ । त्यसको लागि विलाप गर । त्यसको पीडाको लागि औषधी देओ । सायद त्यो निको हुनेछ । 9 'हामीले बेबिलोनलाई निको पार्न चाह्यौं, तर त्यो निको भएन । हामी सबैले त्यसलाई छोडौं र हाम्रो आफ्नै देशमा जाऔं । किनकि त्यसको दोष आकाशसम्मै पुगेको छ । यो बादलमा थुप्रिएको छ ।
  • यहे 25:15-17 : 15 परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे । 16 यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु । 17 किनकि तिनीहरूका विरुद्धमा क्रोधमा दण्‍ड दिंदै म ठुलो बदला लिनेछु । यसरी तिनीहरूमाथि मैले बदला लिंदा, तिनीहरूले म नै परमप्रभु हुँ भनी जान्‍नेछन्‌' ।”
  • यहे 26:15-21 : 15 परमप्रभु परमेश्‍वर टुरोस सहरलाई यसो भन्‍नुहुन्‍छ, 'जब तेरो बिचमा डरलाग्दो मारकाट हुन्‍छ, तब ढलेहरूका सोर र घाइतेहरूले सुस्‍केराले के टापुहरू काम्‍नेछैनन्‌ र? 16 तब समुद्र किनारका सबै जना शासक आ-आफ्‍ना सिंहासनबाट ओर्लनेछन् र आ-आफ्‍नो पोशाक उतार्नेछन्, र बुट्टा भरिएका वस्‍त्रहरू फुकाल्‍नेछन्‌ । तिनीहरूले आफैंमा कम्पका पोशाक लगाउनेछन्, तिनीहरू भूइँमा बस्‍नेछन्, र हरेक क्षण काम्‍नेछन्, र तँलाई देखेर तिनीहरू भयभीत हुनेछन्‌ । 17 तिनीहरूले तेरो विषयमा विलाप गर्नेछन्‌ र तँलाई यसो भन्‍नेछन्‌: नाविकहरू बसोबास गर्ने, तँ कसरी नष्‍ट भइस्‌ । शक्तिशाली र प्रसिद्ध सहर अब समुद्रबाट हराएको छ । त्यसका बासिन्‍दाहरूले आफ्‍ना नजिक बस्‍ने हरेकलाई कुनै बेला थर्कमान् पारेका थिए । 18 अब तेरो पतनको दिनमा समुद्र-किनारका देशहरू काम्‍छन्‌ । तँ आफ्नो ठाउँमा नभए हुनाले टापूहरू त्रासमा परेका छन्‌ ।' 19 किनकि परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः जब मानिसहरू बसोबास नगरेको अरू सहरझैं म तँलाई एउटा उजाडिएको सहर तुल्‍याउँछु, र जब म गहिरो सागरलाई तेरो विरुद्ध उठाउनेछु, र जब ठुला छालहरूले तँलाई ढाक्‍छन्, 20 तब म तँलाई प्राचिन समयका मानिसहरूकहाँ ल्याउनेछु, अरू मानिसहरूझैं जो खाल्डोमा गएका छन् । किनभने म तँलाई पृथ्‍वीमुनि, प्राचीन भग्‍नावशेषमा जस्‍तै, मृत-लोकमा जानेहरूसित बस्‍न लाउनेछु । जसको कारण तँ फेरि कहिल्‍यै जीवितहरूको देशमा फर्केर बस्‍नेछैनस्‌ । 21 तँमाथि म विपति ल्याउनेछु, र सधैंको निम्‍ति तँ फेरि कहिलै हुनेछैनस् । तब तेरो खोजी हुनेछ तर तँलाई फेरि कहिलै भेट्टाइनेछैन— यो परमप्रभु परमेश्‍वरको घोषणा हो ।”
  • सप 2:4-7 : 4 किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् । 5 ए सुमुद्रको किनारमा बस्‍ने करेती जाति, तिमीहरूलाई धिक्‍कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु । 6 यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्‍ने ठाउँ हुनेछ । 7 तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।
  • प्रेरि 8:26 : 26 अब परमप्रभुका एउटा दूतले फिलिपलाई भने, “उठ र दक्षिणतिर जाऊ जहाँ यरूशलेमदेखि गाजासम्म जाने बाटो छ (यो बाटो उजाड-स्थानमा पर्दछ) ।”
  • रोमी 5:5 : 5 यो भरोसाले निराश पार्दैन, किनभने हामीलाई दिइएको पवित्र आत्‍माद्वारा परमेश्‍वरको प्रेम हाम्रो हृदयमा खन्‍याइएको छ ।
  • फिलि 1:20 : 20 मेरो विश्‍वस्त आशा र निश्‍चयताअनुसार, म शर्ममा पर्नेछैनँ । बरु, सारा साहससँगै सधैँ जस्तै र अहिले पनि, चाहे मेरो जीवनद्वारा वा मृत्युद्वारा, ख्रीष्‍ट मेरो शरीरमा उचालिनुहुनेछ भन्‍ने म आशा गर्दछु ।
  • प्रका 18:9-9 : 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ । 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।” 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन । 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । 15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • सप 2:4-7
    4 पदहरू
    84%

    4किनभने गाजा त्यागिनेछ, र अश्कलोन सर्वनाश हुनेछ । तिनीहरूले मध्यदिनमा नै अश्दोदलाई लखेट्नेछन्, र तिनीहरूले एक्रोनलाई उखेल्नेछन् ।

    5ए सुमुद्रको किनारमा बस्‍ने करेती जाति, तिमीहरूलाई धिक्‍कार । ए पलिश्तीहरूको देश कनान, परमप्रभु तिमीहरूका विरुद्धमा बोल्नुभएको छ । कोही पनि नरहने गरी म तँलाई नाश गर्नेछु ।

    6यसैकारण सामुद्रको किनार गोठालाहरूका निम्ति खर्क र भेडाहरूका निम्ति बस्‍ने ठाउँ हुनेछ ।

    7तटीय क्षेत्र यहूदाका घरानाका बाँकी रहेकाहरूको हुनेछ, जसले आफ्ना बागललाई त्यहाँ चराउनेछन् । तिनीहरूका मानिसहरू साँझमा अश्कलोनका घरहरूमा पल्टिनेछन्, किनभने तिनीहरूका परमप्रभु परमेश्‍वरले तिनीहरूको वास्ता गर्नुहुनेछ र तिनीहरूका सौभाग्य फर्काइदिनुहुनेछ ।

  • आमो 1:6-8
    3 पदहरू
    83%

    6परमप्रभु यसो भन्‍नुहुन्छ, “गाजाका तिन वा चारवटा पापका निम्‍ति समेत, दण्ड दिनबाट म पछि हट्‍नेछैनँ, किनभने तिनीहरूले सम्‍पूर्ण मानिसलाई कैदी बनाएर, एदोमको हातमा सुम्‍पन लगे ।

    7गाजाका पर्खालहरूमा म आगो पठाउनेछु र त्यसले त्यसका किल्लाहरू भस्म पार्नेछ ।

    8अश्‍दोदमा बस्‍ने मानिस, र अश्‍कलोनको राजदण्ड लिने मानिसलाई म टुक्राटुक्रा पार्नेछु । एक्रोनको विरुद्ध म आफ्ना हात उठाउनेछु, र बाँकी रहेका पलिश्‍तीहरू नाश हुनेछन्,” परमप्रभु परमेश्‍वर भन्‍नुहुन्छ ।

  • जक 9:6-7
    2 पदहरू
    81%

    6अश्दोदमा परदेशीहरूले घर बसाल्नेछन्, र म पलिश्तीहरूको घमण्ड तोडिदिनेछु ।

    7किनकि म तिनीहरूका मुखबाट रगत र तिनीहरूका दाँतबाट घिनलाग्दा कुराहरू हटाइदिनेछु । तिनीहरू हाम्रा परमेश्‍वरको निम्ति बाँकी रहेकाहरू, यहूदाको एउटा कुलझैँ हुनेछन्, र एक्रोन यबूसीजस्तै हुनेछ ।

  • 4हेर! परमप्रभुले त्यसबाट सबै खोस्‍नुहुनेछ र त्यसको बललाई समुद्रमा नष्‍ट गर्नुहुनेछ, अनि त्यो आगोले भस्म हुनेछ ।

  • 3शिहपरदेखि उत्तरतिर एक्रोनको सिमानासम्म, जसलाई कनानीहरूको सम्पत्ति ठानिन्छ; गाजा, अश्दोद, अश्‍कलोन, गात र एक्रोनका पाँच जना पलिश्‍ति शासकहरू र अव्वीहरूका क्षेत्र ।

  • यिर्मि 47:4-5
    2 पदहरू
    75%

    4किनकि सारा पलिश्तीहरूको सर्वनाश हुने दिन आउँदैछ । बाँचेकाहरूमध्ये टुरोस र सीदोनलाई मदत गर्न चाहनेहरू बहिष्कृत हुने छन् । किनभने परमप्रभुले कप्‍तोरको टापुमा बाँकी रहेका पलिश्तीहरूलाई सर्वनाश पार्दै हुनुहुन्छ ।

    5गाजाको तालु खुइलिनेछ । अश्कलोनको बेँसीमा बाँकी रहेका मानिसहरू मौन रहनेछन् । शोक गरेर कहिलेसम्म तिमीहरूले आ-आफ्नो शरीरलाई काट्नेछौ?

  • 20विभिन्‍न जातका सबै मिश्रित मानिस, र ऊज देशका सबै राजा, पलिश्तीहरू अश्कलोन, गाजा, एक्रोन र अश्दोदका बाँकी रहेकाहरू सबै राजा,

  • यहो 15:45-47
    3 पदहरू
    73%

    45यसका वरिपरिका नगरहरू र गाउँहरूसहित एक्रोन;

    46एक्रोनदेखि महासमुद्रसम्म, तिनीहरूका गाउँहरूसहित अश्दोद नजिकका सबै बस्ती ।

    47अश्‍दोद, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू, गाजा, यसका वरिपरिका तिनीहरूका गाउँहरूसहित नगरहरू; मिश्रको खोलासम्म, र यसको किनारासँगै महासमुद्रसम्म ।

  • निर्ग 15:14-15
    2 पदहरू
    73%

    14जाति-जातिहरूले सुन्‍नेछन्, र तिनीहरू थरथर काँप्‍नेछन् । त्रासले पलिश्तीहरूका बासिन्दाहरूलाई पक्रनेछ ।

    15तब एदोमका मुखियाहरू डराउनेछन् । मोआबका सिपाहीहरू हल्लिनेछन् । कनानका सबै बासिन्दा पग्लनेछन् ।

  • 31ए ढोका करा । ए सहर चिच्या । हे पलिश्‍ती, तिमीहरू सबै पग्‍लेर हराउनेछौ । किनकि उत्तरबाट धूँवाको बादल आउँछ र त्यसको पङ्तिमा धरमराउने कोही छैन ।

  • 18यहूदाका मानिसहरूले गाजा र त्यसको आसपासको क्षेत्र, अश्कलोन र त्यसको आसपासको क्षेत्र, अनि एक्रोन र त्यसको आसपासको क्षेत्र पनि कब्जा गरे ।

  • 1¶ पलिश्तीहरूको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । फारोले गाजालाई आक्रमण गर्नुअगि यो वचन तिनीकहाँ आयो ।

  • 11शाफीरका निवासीहरू, नग्‍नता र शर्ममा हिँड । सानानका निवासीहरू बाहिर ननिस्‍क । बेथ एजेल विलाप गर्दछ, किनकि तिनीहरूको सुरक्षा-स्थान खोसिएको छ ।

  • यशा 20:5-6
    2 पदहरू
    71%

    5तिनीहरूका आशा कूश र तिनीहरूका गौरव मिश्रदेशको कारणले तिनीहरू व्याकुल र लज्‍जित हुनेछन् ।

    6यी समुद्री तटका बासिन्दाहरूले त्यस दिन भन्‍नेछन्, साच्‍चै, यो हाम्रो आशाको स्रोत थियो, जहा अश्शूरको राजाबाट बच्‍नलाई हामी भाग्यौं, र अब हामी कसरी उम्किन सक्‍छौं र?'”

  • 8पलिश्तीहरूको देश गाजा र पहरेदार बस्‍ने धरहरादेखि किल्लाबन्‍दी गरिएको सहरसम्म त्यसको वरिपरिका सिमानाहरू तिनले जिते ।

  • 8अनि म यस सहरलाई भग्‍नावशेष र गिल्लाको वस्तु बनाउनेछु, किनकि यसबाट भएर जाने हरेकले यी सबै विपत्ति देखेर डराउनेछ र गिल्ला गर्नेछ ।

  • यहे 25:15-16
    2 पदहरू
    70%

    15परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, 'पलिश्‍तीहरूले शत्रुतासाथ बदला लिएका छन्, र आफ्‍नो भित्रैदेखि तिनीहरूले यहूदालाई पटक-पटक सर्वनाश गर्न खोजे ।

    16यसैले परमप्रभु परमेश्‍वर भन्‍नुहुन्‍छः हेर्, पलिश्‍तीहरूका विरुद्धमा आफ्‍नो हात म उठाउनेछु, र करेतीहरूलाई म खतम पार्नेछु, र समुद्र किनारमा बस्‍ने बाँकी रहेकाहरूलाई सर्वनाश गर्नेछु ।

  • 7उजाड भएका देशहरूमा तिनीहरू भयभीत हुनेछन्, र त्‍यसका सहरहरू भग्‍नावशेष भएका सहरहरूका बिचमा हुनेछन्‌ ।

  • 11त्यसैले म यरूशलेमलाई भत्केको थुप्रो, स्यालहरूको लुक्‍ने ठाउँ तुल्याउनेछु । म यहूदाका सहरहरूलाई मानिसहरू नबस्‍ने गरी उजाड तुल्याउनेछु ।”

  • 35किनारका सबै बासिन्‍दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।

  • 9त्रासको कारणले तिनीहरूले सबै दृढता गुमाउनेछन् र परमप्रभुको युद्धको झन्डा देखेर त्यसका शासकहरू डराउनेछन्— यो परमप्रभुको घोषणा हो— जसको आगो सियोनमा छ र जसको मकल यरूशलेममा छ ।”

  • 13परमप्रभुको क्रोधको कारणले बेबिलोनमा आबादी हुनेछैन, तर यो पूर्ण रूपमा सर्वनाश हुनेछ । बेबिलोनको कारणले यसबाट भएर जाने हरेक व्‍यक्‍ति तर्सनेछ, र यसका सबै चोटको कारण तिनीहरू गिल्‍ला गर्नेछन् ।

  • 9अश्‍दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्‍यो हेर ।

  • 6किनकि, हेर, तिनीहरू विनाशबाट उम्के भने, मिश्रदेशले तिनीहरूलाई एकसाथ भेला गर्नेछ, र मोपका मानिसहरूले तिनीहरूलाई गाड्नेछन् । तिनीहरूका चाँदीका धन काँढाघारीले ढाक्‍नेछ, र तिनीहरूका पालहरू काँढाका झाँगहरूले भरिनेछ ।

  • 5बेथ-आवनका बाछाहरूका कारणले, सामरियामा बसोबास गर्नेहरू डराउँनेछन् । त्यसका मानिसहरूले तिनीहरूका निम्ति विलाप गरे, अनि तीमाथि र तिनका गौरवमा, आनन्द मनाउने ती मूर्तिपुजक पुजारीहरूले पनि विलाप गरे, तर तिनीहरू अब त्यहाँ छैनन् ।

  • 2तिमीहरूका अगुवाहरू यसो भन्छन्, “कल्‍नेहमा जाओ र हेर । त्यहाँबाट महान् सहर हामातमा जाओ, अनि त्यसपछि पलिश्‍तीहरूको गातमा जाओ । के तिमीहरूका दुई राज्यभन्दा ती असल छन् र? के तिनका सिमाना तिमीहरूका सिमानाभन्दा ठुलो छ?”

  • 6“मैले जाति-जातिहरूलाई नष्‍ट पारेको छु । तिनीहरूका किल्लाहरू ध्वस्त भएका छन् । मैले तिनीहरूका सडकहरूलाई भग्‍नावशेष बनाइदिएको छु, अनि तीबाट भएर कोही पनि जाँदैनन् । तिनीहरूका शहरहरु नष्‍ट पारिएका छन्, अनि त्यहाँ कोही मानिस बसोबास गर्दैनन् ।

  • 26यरूशलेमका ढोकाहरूले विलाप र विलौना गर्नेछन् । अनि त्यो एक्लो हुनेछ र भूइँमा बस्‍नेछ ।

  • 18जसरी सदोम र गमोरा अनि तिनीहरूका छिमेकीहरूको पतन भयो,” परमप्रभु भन्‍नुहुन्‍छ, “त्यहाँ कोही पनि बस्‍नेछैन । कुनै पनि व्यक्ति त्यहाँ रहनेछैन ।

  • 7तँलाई हेर्ने सबै तँबाट टाढा भाग्‍नेछन् र भन्‍नेछन्, ‘निनवे नष्‍ट भएको छ, त्यसको निम्ति कसले विलौना गर्ला?’ तँलाई शान्त्वना दिने मैले कहाँ पाउन सक्छु?”

  • 9सात जना सन्तान जन्माउने आमा उजाड हुनेछे । त्‍यसले उफ् उफ् गर्नेछे । दिन छँदै त्यसको घाम अस्ताउनेछ । त्यो लज्‍जित र अपमानित हुनेछे, किनकि बाँकी रहेकाहरूलाई म तिनीहरूका शत्रुहरूको उपस्थितिमा तरवारलाई दिनेछु, यो परमप्रभुको घोषणा हो ।”

  • 9सर्वशक्तिमान् परमप्रभुले मलाई भन्‍नुभयो, धेरै वटा घर, ठुला र भव्‍य महलसमेत रित्ता हुनेछन्, त्यसमा बस्‍ने कोही हुनेछैन् ।

  • 18पलिश्‍तीहरूले पनि पहाड र यहूदाको मैदानका र नेगेवका सहरहरूमा आक्रमण गरे । उनीहरूले बेथशेमेश, अय्‍यालोन र गदेरोत, अनि सोखो, तिम्‍ना र गिम्‍जो, तिनका बस्‍तीहरू कब्‍जा गरे । तिनीहरूले ती ठाउँमा बसोबास गर्न गए ।

  • 32म तिमीहरूका देशलाई ध्वस्त पारिदिने छु । त्यहाँ बस्‍ने तिमीहरूका दुश्‍मनहरूले त्यस्तो विनाश देखेर आश्‍चर्यचकित हुने छन् ।

  • 13तिनीहरूका धन-सम्पत्ति लुटिनेछन्, र तिनीहरूका घरहरू त्यागिएर नाश हुनेछन् । तिनीहरूले घर बनाउनेछन् तर त्यहाँ बस्‍नेछैनन् र दाखबारीहरू लगाउनेछन् तर त्यसको मB पिउनेछैनन् ।

  • 7जे भइरहेको थियो त्‍यो कुरा जब अश्दोदका मानिसहरूले थाहा पाए, तब तिनीहरूले भने, “इस्राएलका परमेश्‍वरको सन्दुक हामीसँग रहनु हुँदैन, किनभने हामी र हाम्रो देवता दागोनको विरुद्धमा उहाँको हात भारी भएको छ ।”

  • 29ए सारा पलिश्‍तीहरू हो, तिमीहरूलाई प्रहार गर्ने छडी भाँचिएको छ भनेर आनन्दित नहोओ । किनकि साँपको वंशबाट झन् विषलु सर्प बढ्‍नेछ, र त्यसको सन्तान डरलाग्‍दो उड्ने सर्प हुनेछ ।

  • 7अशक्लोन र समुद्र किनारका देशहरूलाई आक्रमण गर्न परमप्रभुले नै यसलाई आज्ञा दिनुभएको छ भने, यसले कसरी विश्राम गर्न सक्छ र?