सपन्याह 3:9

अनलक शाब्दिक बाइबल

तर त्यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून् ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 19:18 : 18 त्यस दिनमा मिश्रदेश पाँच वटा सहरहरू हुनेछन् जसले कनानको भाषा बोल्‍नेछन् र सर्वशक्तिमान् परमप्रभुप्रति निष्ठाको शपथ खानेछन् । यिमध्ये एउटालाई सूर्यको सहर भनिनेछ ।
  • भजन 22:27 : 27 पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।
  • उत्प 11:1 : 1 ¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।
  • हब 2:14 : 14 तथापि समुद्रलाई पानीले ढाकेझैँ सारा भुमि परमप्रभुको महिमाको ज्ञानले भरिनेछ ।
  • प्रेरि 2:4-9 : 4 तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले । 5 यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्‍वरभक्त यहूदीहरू बसिरहेका थिए । 6 जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने । 7 तिनीहरू छक्‍क र चकित भए र तिनीहरूले भने, “साँच्‍चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्? 8 त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ? 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया 10 फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू, 11 यहूदीहरू र यहूदी मत मान्‍नेहरू, क्रेट निवासी र अरबीहरू छौँ । तिनीहरूले परमेश्‍वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ ।” 12 तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?” 13 तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्‍न भएका छन् ।”
  • रोमी 15:6-9 : 6 उहाँले यो गर्नुभएको होस्, ताकि तिमीहरूले एकै मनको भएर एकै मुखले परमेश्‍वर र हाम्रा प्रभु येशू ख्रीष्‍टको पिताको प्रशंसा गर्न सक । 7 त्यसकारण, प्ररमेश्‍वरको प्रशंसाको निम्ति ख्रीष्‍टले तिमीहरूलाई ग्रहण गर्नुभए झैँ तिमीहरूले पनि एक-अर्कालाई ग्रहण गर । 8 म भन्छु, कि परमेश्‍वरको सत्यताको तर्फबाट ख्रीष्‍टलाई खतनाको एक सेवक बनाइएको छ । उहाँले यसो गर्नुभयो, ताकि उहाँले पुर्खाहरूलाई दिनुभएका प्रतिज्ञाहरूलाई पक्‍का गर्न, 9 अनि गैरयहूदीहरूका निम्ति परमेश्‍वरको दयाको निम्ति उहाँको महिमा गर्न सक्‍नुभएको होस् । यस्तो लेखिएको छ, “यसकारण म गैरयहूदीहरूका माझमा तपाईंको प्रशंसा गर्नेछु, अनि तपाईंको नाउँको स्तुति गाउनेछु ।” 10 यसले फेरि भन्छ, “हे गैरयहूदीहरू हो, उहाँका मानिसहरूसँग आनन्द मनाओ ।” 11 अनि फेरि पनि “हे सबै गैरयहूदी हो, सबै मानिसहरूले उहाँको प्रशंसा गरून् ।”
  • प्रका 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
  • मत्त 12:35 : 35 एउटा असल व्यक्‍तिले आफ्नो हृदयमा रहेको असल कुराले जे असल छ त्यो नै बाहिर ल्याउँछ, अनि एउटा दुष्‍ट व्यक्‍तिले आफ्नो हृदयमा रहेको दुष्‍ट कुराले जे दुष्‍ट छ त्यो नै बाहिर ल्याउँछ ।
  • एफिसी 4:29 : 29 तिम्रो मुखबाट कुनै अपशब्द ननिस्कोस् । तर यसको सट्टामा, आवश्यताहरू पूरा गर्ने र सुन्‍ने मानिसहरूलाई लाभ हुने शब्दहरू तिम्रा मुखबाट निस्कून् ।
  • यिर्मि 16:19 : 19 हे परमप्रभु, तपाईं मेरो किल्ला र मेरो शरणस्थान, सङ्कष्‍टको दिनमा मेरो सुरक्षाको स्थान हुनुहुन्छ । पृथ्वीका कुनाबाट जातिहरू तपाईंकहाँ आउनेछन् र भन्‍नेछन्, “निश्‍चय नै हाम्रा पुर्खाहरूले छललाई अधिकार गरे । तिनीहरू रित्ता छन् । तिनीहरूमा कुनै लाभ छैन ।
  • सप 2:11 : 11 अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।
  • जक 2:11 : 11 त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।
  • जक 8:20-23 : 20 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: विभिन्‍न सहरहरूमा बस्‍ने सबै मानिसहरू फेरि आउनेछन् । 21 एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’ 22 धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्! 23 सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”
  • १ राजा 8:41-43 : 41 यसको अतिरिक्त, तपाईंको जाति इस्राएलभन्दा बाहिरको कुनै परदेशी तपाईंको नाउँको कारणले टाढाको देशबाट आएको छ– 42 किनकि त्यसले तपाईंको महान् नाउँ, तपाईंको शक्तिशाली हात र तपाईंको फैलाइएको पाखुराको बारेमा सुनेको छ– र यस मन्दिरतर्फ हेरेर प्रार्थना चढाएको छ भने 43 तब स्वर्गबाट सुन्नुहोस् जहाँ तपाईं बस्नुहुन्छ अनि त्यस परदेशीले मागेको कुरा दिनुहोस् । तपाईंले आफ्नो जाति इस्राएललाई गरेजस्तै पृथ्वीका सबै जातिले तपाईंको नाउँलाई जानी तपाईंदेखि डराऊन् भन्ने हेतुले यसो गर्नुहोस् । मैले बनाएको यो घरमा तपाईंको नाउँ राखिएको छ भनी तिनीहरूले जान्न सकून् भनेर यसो गर्नुहोस् ।
  • भजन 86:9-9 : 9 हे परमप्रभु, तपाईंले बनाउनुभएका सबै जाति आउनेछन् र तपाईंको सामु घोप्टो पर्नेछन् । तिनीहरूले तपाईंको नाउँको आदर गर्नेछन् । 10 किनकि तपाईं महान् हुनुहुन्छ र अचम्‍मका कुराहरू गर्नुहुन्छ । तपाईं मात्र परमेश्‍वर हुनुहुन्छ ।
  • भजन 113:3 : 3 सूर्य उदायदेखि त्‍यो नअस्‍ताएसम्म नै, परमप्रभुको नाउँको प्रशंसा हुनुपर्छ ।
  • जक 14:9 : 9 परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • 8त्यसैकारण जुन दिनसम्म म शिकारलाई पक्रनको निम्ति उठ्दिनँ, त्यस बेलासम्म मलाई पर्ख, परमप्रभु घोषणा गर्नुहुन्छ । किनकि मेरो निर्णय जाति-जातिहरूलाई एकठ्ठा गर्ने, राज्यहरूलाई जम्मा गर्ने, र तिनीहरूमाथि मेरो क्रोध, मेरो सम्पूर्ण ज्वलन्त क्रोध खन्याउने हो, किनभने मेरो डाहको आगोमा सारा पृथ्वी भस्म हुनेछ ।

  • 10कूशका नदीहरूको पारिबाट मेरो आराधना गर्नेहरू, र तितरबितर भएका मेरा मानिसहरूले मेरो निम्ति बलिदानहरू ल्याउनेछन् ।

  • 9म ती एक-तिहाइलाई आगोबाट लैजानेछु र तिनीहरूलाई चाँदीलाई झैँ निखार्नेछु । सुनलाई झैँ म तिनीहरूको परिक्षण गर्नेछु । तिनीहरूले मेरो नाउँ पुकार्नेछन्, र म तिनीहरूलाई जवाफ यस्तो दिनेछु, ‘यी मेरा मानिस हुन्!’ र तिनीहरूले भन्‍नेछन्, ‘परमप्रभु हाम्रा परमेश्‍वर हुनुहुन्छ!’”

  • यो 3:1-2
    2 पदहरू
    72%

    1¶ हेर, ती दिनमा र त्‍यो समयमा, यहूदा र यरूशलेमका निर्वासितहरूलाई मैले फर्काउँदा,

    2सबै जातिहरूलाई म भेला गर्नेछु, र तिनीहरूलाई यहोशापातको बेंसीमा तल लैजानेछु । मेरा मानिसहरू र मेरो उत्तराधिकार इस्राएलको कारणले, जसलाई तिनीहरूले जातिहरूका बिचमा छरपष्‍ट पारेको, र मेरो देशलाई तिनीहरूले भाग-भागको पारेको कारणले, त्यहाँ म तिनीहरुको न्‍याय गर्नेछु ।

  • 7— म आफ्‍नो पवित्र पर्वतमा ल्याउनेछु र मेरो प्रार्थनाको घरमा तिनीहरूलाई आनन्दित बनाउनेछु । तिनीहरूका होमबलिहरू र बलिदानहरू मेरो वेदीमा स्वीकार गरिनेछ । किनकि मेरो घर सबै जातिका निम्ति प्रार्थनाको घर भनिनेछ,

  • सप 3:19-20
    2 पदहरू
    72%

    19हेर्, तँलाई दमन गर्नेहरूसँग म लेखा लिनेछु । त्यसबेला, म लङ्गडालाई बचाउनेछु र बहिष्कृतहरूलाई भेला गराउनेछु । म तिनीहरूलाई मान-सम्मान दिनेछु, र तिनीहरूको शर्मलाई सारा पृथ्वीभरि प्रसिद्धिमा परिणत गरिदिनेछु ।

    20त्यसबेला, म तिमीहरूको नेतृत्व गर्नेछु, र तिमीहरूलाई भेला गराउनेछु । जब म तिमीहरूलाई पुनर्स्थापित गर्नेछु, म पृथ्वीका सारा जातिहरूलाई तिमीहरूको सम्मान र प्रशंसा गर्न लगाउनेछु,” परमप्रभु भन्‍नुहुन्छ ।

  • 17त्यस बेला तिनीहरूले यरूशलेमको बारेमा घोषणा गर्ने छन्, 'यो परमप्रभुको सिंहासन हो ।' अनि अरू सबै जाति परमप्रभुको नाउँमा यरूशलेममा जम्मा हुनेछन् । अब उसो तिनीहरू तिनीहरूका दुष्‍ट हृदयको हठमा हिंड्नेछैनन् ।

  • 22जब मानिसहरू र राज्यहरू परमप्रभुको सेवा गर्न भेला हुन्छन् ।

  • जक 8:21-23
    3 पदहरू
    71%

    21एउटा सहरका वासिन्दाहरू अर्को सहरमा जानेछन् र भन्‍नेछन्, ‘हामी तुरुन्तै परमप्रभुको सामु बिन्ती गर्न र सेनाहरूका परमप्रभुको खोजी गर्न जाऔँ! हामीहरू आफैँ पनि जाँदै छौँ ।’

    22धेरै मानिसहरू र धेरै जातिहरू यरूशलेममा सेनाहरूका परमप्रभुको खोजी गर्न र उहाँको निगाह प्राप्‍त गर्न आउनेछन्!

    23सेनाहरूका परमप्रभु यस्तो भन्‍नुहुन्छ: ती दिनहरूमा हरेक भाषा र जातिबाट दश जना मानिसहरूले तिम्रो लबेदाको छेउ समातेर यसो भन्‍नेछन्, ‘हामीलाई तपाईंसँग जान दिनुहोस्, किनभने परमेश्‍वर तपाईंसँग हुनुहुन्छ भन्‍ने हामीले सुनेका छौँ!’”

  • 11साच्‍चै, यी मानिहरूसँग उहाँले गिल्‍ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्‍नुहुनेछ ।

  • यशा 66:18-20
    3 पदहरू
    71%

    18किनकि तिनीहरूका कामहरू र तिनीहरूका विचारहरू म जान्दछु । सबै जातिहरू र भाषाहरू मैले भेला पार्ने समय आउँदैछ । तिनीहरू आउनेछन् र मेरो महिमा देख्‍नेछन् ।

    19तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।

    20तिनीहरूले तिमीहरूका सबै भाइहरूलाई परमप्रभुको निम्ति बलिदान झैं सबै जातिहरूबाट फिर्ता ल्याउनेछन् । तिनीहरू घोडाहरूमा, रथहरूमा, गाडाहरूमा, खच्‍चरहरूमा र ऊँटहरूमा चढेर मेरो पवित्र पर्वत यरूशलेममा आउनेछन्, परमप्रभु भन्‍नुहुन्छ । किनकि इस्राएलका मानिसहरूले परमप्रभुको भवनमा एउटा शद्ध भाँडामा अन्‍नबलि ल्याउनेछन् ।

  • 17ताकि बाँकी रहेको मानिसहरू र सबै गैरयहूदीहरू लगायत मेरो नाउँद्वारा बोलाइएकाहरूले प्रभुलाई खोज्‍न सकून्।

  • 1¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।

  • 12ताकि तिनीहरूले एदोमको बाँकी रहेकाहरू, र मेरो नाउँद्वारा बोलाइएका सबै जातिहरूमाथि अधिकार गरून्, यो परमप्रभुको घोषणा हो, उहाँले यसो गर्नुहुन्‍छ ।

  • 27जब मानिसहरूबाट म तिनीहरूलाई पुनःस्‍थापित गर्नेछु र तिनीहरूका शत्रुहरूका देशहरूबाट म तिनीहरूलाई भेला गराउनेछु, तब धेरै जातिहरूका नजरमा म आफैंलाई पवित्र देखाउनेछु ।

  • 9परमप्रभु सारा पृथ्वीका राजा हुनुहुनेछ । त्यस दिन एक मात्र परमेश्‍वर परमप्रभु हुनुहुनेछ, र उहाँको नाउँ मात्र रहनेछ ।

  • 25म आफ्‍ना हात तिमीहरूका विरुद्ध उठाउनेछु, अशुद्ध मिश्रण हटाएझैं तिमीहरूका मैला शुद्ध पार्नेछु र तिमीहरूका सबै मैलाहरू हटाउनेछु ।

  • 16तिनीहरूले मेरा मानिसहरूलाई बाल देवताको नाउँमा शपथ खान सिकाएझैं तिनीहरूले 'जीवित परमप्रभुको नाउँमा' शपथ खान सिकाएर ती जातिहरूले मेरा मानिसहरूका मार्गलाई होसियारीपूर्वक सिके भने, तिनीहरू मेरा मानिसहरूका बिचमा स्थापित हुनेछन् ।

  • 2धेरै जातिहरू गएर भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, अर्थात् याकूबका परमेश्‍वरको वासस्थानसम्म जाऔँ । उहाँले हामीलाई उहाँका मार्ग सिकाउनुहुनेछ, र हामी उहाँको बाटोमा हिँड्नेछौँ ।” किनभने सियोनबाट व्यवस्था र यरूशलेमबाट परमप्रभुको वचन बाहिर निस्कनेछ ।

  • 9तर तिमीहरू मकहाँ फर्केर मेरा आज्ञाहरूलाई पछ्याई पालन गर्‍यौ भने तिमीहरूका मानिसहरू आकाशका कुना-कुनासम्म तितर-बितर भए तापनि म तिनीहरूलाई त्यहाँबाट जम्मा गर्ने छु, र मेरो नाउँ राख्‍न मैले चुनेको ठाउँमा तिनीहरूलाई फर्काएर ल्याउने छु ।'

  • 15हेर! ए इस्राएलको घराना हो, मैले तेरो विरुद्धमा धेरै टाढाबाट एउटा जातिलाई ल्याउनै लागेको छु, यो परमप्रभुको घोषणा हो, यो एउटा दिगो र प्राचीन जाति हो । यो एउटा त्‍यस्तो जाति हो जसको भाषा तैंले जान्दैनस्, न त तिनीहरूले के भन्‍छन् त्‍यो तैंले बुझ्नेछस् ।

  • 1¶ ए जातिहरू, नजिक आओ र सुन । ए मानिसहरू, ध्यान देओ । पृथ्वी र त्‍यसलाई भर्ने सबैले, संसार र त्‍यसबाट आएका सबै थोकले सुन्‍नुपर्छ ।

  • 6परमेप्रभुले भन्‍नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन ।

  • 26उहाँले टाढाका जातिहरूका निम्ति चिन्हको झण्डा उठाउनुहुनेछ र पृथ्वीको अन्तमा भएकाहरूलाई सुसेलेर बोलाउनुहुनेछ । हेर, तिनीहरू द्रूत गतिमा र तुरुन्तै आउनेछन् ।

  • यो 3:11-12
    2 पदहरू
    69%

    11ए सबै नजिकका जातिहरू, हतार गर र आओ, आफूलाई एकसाथ त्यहाँ भेला पार । हे परमप्रभु, आफ्‍ना शक्तिशाली योद्धाहरूलाई तल ल्याउनुहोस् ।

    12जातिहरूले आफैंलाई जगाऊन् र यहोशापातको बेसीमा उक्‍लेर आऊन् । किनकि वरिपरिका सबै जातिको न्‍याय गर्न, म त्यहीं बस्‍नेछु ।

  • 7म हरेक जातिलाई हल्लाउनेछु, र हरेक जातिले तिनीहरूका बहुमुल्य थोकहरू मकहाँ ल्याउनेछन्, अनि म यो भवनलाई महिमाले भर्नेछु, सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 7सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छ, “मैले तिनीहरूलाई खार्न र जाँच्न लागेको छु, किनकि मेरा मानिसहरूले जे गरेका छन्, त्यसको लागि म अरू के गर्न सक्छु र?

  • 3धेरै जना मानिसहरू आउनेछन् र भन्‍नेछन्, “आओ, परमप्रभुको पर्वत, याकूबका परमेश्‍वरको भवनमा माथि जाऔं, ताकि उहाँले आफ्‍ना केही मार्गहरू हामीलाई सिकाउनु भएको होस् र हामी उहाँका मार्गहरूमा हिंड्न सकौं ।” किनकि सियोनबाट नै व्यावस्था र यरूशलेमबाट नै परमप्रभुको वचन जानेछ ।

  • 11किनभने सूर्योदयदेखि सूर्यास्तसम्‍म जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ र हरेक ठाउँमा मेरो नाउँमा धूप र शुद्ध भेटीहरू अर्पण गरिनेछन् । किनभने जाति-जातिहरूमा मेरो नाउँ महान् हुनेछ,” सेनाहरूका परमप्रभु भन्‍नुहुन्छ ।

  • 11अनि तिनीहरूले परमप्रभुको भय मान्‍नेछन्, किनभने उहाँले पृथ्वीका सबै ईश्‍वरहरूको उपहास गर्नुहुनेछ । सबैले आ-आफ्नो ठाउँबाट, र हरेक समुद्र किनारबाट उहाँको आराधना गर्नेछन् ।

  • 9किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्‍ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्‍नेछन् ।'

  • 11त्यसपछि त्यस दिन महान् जातिहरू परमप्रभुकहाँ मिल्न आउनेछन् । उहाँ भन्‍नुहुन्छ, “अनि तिमीहरू मेरा मानिस हुनेछौ, किनकि म तिमीहरूका बिचमा वास गर्नेछु,” र सेनाहरूका परमप्रभुले मलाई पठाउनुभएको हो भन्‍ने कुरा तिमीहरूले थाहा पाउनेछौ ।

  • 3किनकि यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म आफ्‍ना जाति, इस्राएल र यहूदाको सुदिन पुनर्स्थापित गराउनेछु, यो परमप्रभुको घोषणा हो । म परमप्रभुले नै यो भनेको हुँ । किनकि मैले तिनीहरूका पुर्खाहरूलाई दिएको देशमा म तिनीहरूलाई फर्काएर ल्याउनेछु, र तिनीहरूले त्‍यसमा अधिकार गर्नेछन् ।”

  • 3परमप्रभु तिमीहरूका परमेश्‍वरले तिमीहरूलाई तितर-बितर पार्नुभएका सबै जातिबाट तिमीहरूलाई फर्काएर ल्याई तिमीहरूलाई एकत्रित गर्नुहुने छ ।

  • 12तब तिमीहरूले मलाई पुकार्नेछौ, र जानेछौ र मलाई प्रार्थना चढाउनेछौ, र म तिमीहरूको प्रार्थना सुन्‍नेछु ।

  • 27पृथ्वीका सबै मानिसहरूले सम्झनेछन् र परमप्रभुतिर फर्कनेछन् । जातिहरूका सबै परिवार तपाईंको सामु घोप्‍टो पर्नेछन् ।

  • 6परमप्रभु घोषणा गर्नुहुन्छ, “त्यस दिनमा, म लङ्गडाहरू भेला गराउनेछु र निर्वासितहरूलाई एकसाथ ल्याउनेछु, तिनीहरू जसलाई मैले पीडा दिएको छु ।

  • 9के यी कुराको काणले मैले तिनीहरूलाई दण्ड नदिने? यो परमप्रभुको घोषणा हो, र के यस्तो जातिलाई म आफैले बदला नलिने त?

  • 69%

    15किनकि मैले उत्तरी राज्यहरूका सबै कुललाई बोलाउँदैछु भनी यो परमप्रभुको घोषणा हो । तिनीहरू आउनेछन्, र यरूशलेमका मूल ढोकाहरूको प्रवेशद्वारमा आ-आफ्नो सिंहासन स्थापित गर्नेछन्, अनि तिनीहरू यसका चारैतिरका पर्खालहरू र यहूदाका सबै सहरको विरुद्धमा लाग्‍नेछन् ।

    16अरू देवताहरूलाई धुप बालेर र तिनीहरूका आफ्नै हातले बनाएका वस्तुहरूलाई पुजा गरेर मलाई त्यागेका हुनाले तिनीहरूका सबै दुष्‍ट कामको विरुद्धमा म इन्साफ गर्नेछु ।

  • 12उहाँले जातिहरूका निम्ति झण्डा खडा गर्नुहुनेछ, र इस्राएलबाट निकालिएकाहरू र यहूदाका तिततबितर भएकाहरूलाई पृथ्वीको चारै कुनाबाट बटुल्नुहुने छ ।

  • 1¶ यो परमप्रभुको घोषणा हो, “त्यस बेला म इस्राएलका सबै वंशको परमेश्‍वर हुनेछु, र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”

  • 7त्यस दिन अग्ला र चिल्ला मानिसहरूले, टाढा नजिकका मानिसलाई डराउनेहरू, बलिया र विजयीले सर्वशक्तिमान् परमप्रभुलाई उपहार ल्याउने छन्, जसको देशलाई नदीहरूले विभाजन गर्छन्, तिनीहरूले सर्वशक्तिमान् परमप्रभुको नाउँ भएको सियोन पर्वतमा ल्याउनेछन् ।