1

¶ हेर, मेरो सेवक, जसलाई म समर्थन गर्छु । मेरो चुनिएको मानिस, जसमा म खुसी हुन्छु । मेरो आत्मा मैले तिनमा हालेको छु । तिनले जातिहरूका माझमा न्याय ल्याउनेछन् ।

2

तिनी कराउनेछैनन् न चिच्याउनेछन्, न तिनको आवाज सडकहरूमा सुनाउनेछन् ।

3

तिनले फुटेको निगालोलाई भाँच्‍नेछैनन्, अनि मधुरो बत्तीलाई तिनले निभाउनेछैनन्: तिनले विश्‍वस्‍ततासाथ न्याय गर्नेछन् ।

4

पृथ्वीमा तिनले न्याय स्थापित नगरेसम्म तिनी मूर्छा पर्नेछैनन्, न निराश हुनेछन् । अनि समुद्र किनारहरूले तिनको न्यायको आशा गर्छन् ।

5

आकाश सृष्‍टि गर्नुहुने र त्यसलाई फिंजाउनुहुने, पृथ्वी र त्यसले उपन्‍न गर्ने सबै थोक बनाउनुहुने, त्‍यसमा मानिसहरूलाई सास दिनुहुने र त्‍यसमा बस्‍नेहरूलाई जीवन दिनुहुने परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्छः

6

“म परमप्रभुले तिमीलाई धार्मिकतामा बोलाएको छु र तिम्रो हात समात्‍नेछु । म तिमीलाई सुरक्षा दिनेछु र मानिसहरूको निम्ति करारको रूपमा र जतिहरूका निम्ति ज्योतिको रूपमा खडा गर्नेछु,

7

अन्‍धाहरूका आँखा खोलिदिन, कालकोठरीबाट कैदीहरूलाई छुटकारा दिन र अन्धकारमा बस्‍नेहरूलाई बन्दीगृहबाट छुटकारा दिन ।

8

म परमप्रभु हुँ, मेरो नाउँत्यही हो । म आफ्‍नो महिमा अर्कोलाई दिनेछैन न म आफ्‍नो प्रशंसा मूर्तीहरूलाई दिन्‍छु ।

9

हेर, पहिलेका कुरा बितेर गए, अब म नयाँ घटनाहरूका घोषणा गर्न लागेको छु । ती सुरु हुनअगि नै तिनका बारेमा म तिमीलाई भन्‍नेछु ।”

10

परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ र पृथ्वीको अन्‍तिम छेउबाट उहाँको प्रशंसा गाओ । तिमीहरू जो तल समुद्रमा जान्छौ, र त्‍यसमा भएका सबैले, समुद्री किनारहरू र त्‍यहाँ बस्‍नेहरूले ।

11

मरुभूमि र सहरहरूले सोर निकालून्, केदार बसेका गाउँहरू आनन्दले कराऊन्! सेला काबासिन्दाहरूले गाऊन्, पर्वतका चुचुराबाट तिनीहरू कराऊन् ।

12

तिनीहरूले परमप्रभुलाई महिमा दिऊन् र समुद्र किनारहरूमा उहाँको प्रशंसाको घोषणा गरून् ।

13

परमप्रभु एउटा युद्धाझैं बाहिर निस्कनुहुनेछ । एक जना योद्धाले झैं उहाँले आफ्नो जोश जगाउनुहुनेछ । उहाँ करानुहुनेछ, हो, उहाँले युद्धाको ध्वनि निकाल्नुहुनेछ । उहाँले आफ्ना शत्रुहरूलाई आफ्नो शक्ति देखाउनुहुनेछ ।

14

म लामो समयसम्म चुपचाप बसेको छु । म मौन रहेको छु र आफैंलाई थामेको छु । अब म प्रसव वेदनामा परेको स्‍त्रझैं कराउँछु । म स्वाँ-स्वाँ गर्छु र छिटो-छिटो सास फेर्छु ।

15

म पहाडहरू र पर्वतहरूलाई उजाड पारेर छोड्नेछु र तिनका सबै बोटबिरुवालाई सुख्‍खा बनाउनेछु । अनि नदीहरूलाई टापुहरूमा म परिणत गर्नेछु र सिमसारहरू सुख्‍खा हुनेछन् ।

16

अन्‍धाहरूले नचिनेका बाटोद्वारा म तिनीहरूले ल्याउनेछु । तिनीहरूलाई थाहा नभएका बाटोहरूमा म तिनीहरूलाई डोर्‍याउनेछु । तिनीहरूका सामु अन्धकारलाई म उज्यालोमा बद्लनेछु र बाङ्गोटिङ्गो ठाउँहरूलाई सोझो बनाउनेछु । यी कुराहरू म गर्नेछु र म तिनीहरूलाई त्यग्‍नेछैन ।

17

तिनीहरूलाई फर्काइनेछ, तिनीहरूलाई पुर्ण रूपमा लाजमा पारिनेछ, जसले कुँदिएको आकृतिहरूमा भरोसा गर्छन्, जसले धातुका आकृतिहरूलाई भन्छन्, “तपाईंहरू हाम्रा ईश्‍वरहरू हुनुहुन्छ” ।

18

ए बहिरा हो, सुन । अनि अन्धाहरूले हेर, ताकि तिमीहरूले देख्‍न सक ।

19

मेरो सेवकबाहेक को अन्धा छ? वा मैले पठाएको मेरो दूतबहेक को बहिरो छ? मेरो करारको साझेदारजस्तो बहिरो वा परमप्रभुको सेवकजस्तो अन्धा को छ?

20

तैंले धेरै थोक देख्छस्, तर बुझ्दैनस् । कानहरू खुल्‍ला छन्, तर कसैले सुन्दैन ।

21

आफ्‍नो न्यायको प्रशंसा गर्न र आफ्‍नो व्यावस्थालाई महिमित पार्न परमप्रभु खुसी हुनुहुन्छ ।

22

तर यिनीहरू ठगिएका र लुटिएका मानिसहरू हुन् । तिनीहरू सबै खल्डाहरूमा जाकिएका, कैदहरूमा राखिएका छन् । तिनीहरू कसैले उद्धार नगर्ने लूटका माल भएका छन् र कसैले यसो भन्‍दैन, “तिनीहरूलाई फिर्ता ल्‍याओ ।”

23

तिमीहरूमध्ये कसले यो सुन्‍नेछ? भविष्यमा कसले सुन्‍नेछ र ध्यान दिनेछ?

24

याकूबलाई कसले लुटेराको हातमा र इस्राएललाई लुटाहाको हातमा सुम्प्यो? के परमप्रभुले नै होइन, जसको विरुद्धमा हामीले पाप गरेका छौं, जसको बाटोमा हिंड्न तिनीहरू इन्कार गरे र जसको व्यावस्था पालन गर्न तिनीहरूले इन्कार गरे?

25

यसकारण उहाँले तिनीहरूमाथि आफ्‍नो डरलग्दो क्रोध र युद्धको हिंसा खन्याउनुभयो, त्‍यसको ज्वालाले तिनीहरूलाई घेर्‍यो, तापनि तिनीहरूले बुझेनन् । त्‍यसले तिनीहरूलाई भस्म पार्‍यो, तर तिनीहरूले त्‍यसलाई मनमा लिएनन् ।