1

¶ परमप्रभु महान् हुनुहुन्छ र‍ हाम्रा परमेश्‍वरको सहर उहाँको पवित्र पर्वतमा ज्‍यादै धेरै प्रशंसा हुनुपर्छ ।

2

महान् राजाको सहरको उत्तरमा अवस्‍थित सियोन पर्वत उच्‍च ठाउँमा सुन्दर, सारा पृथ्वीको आनन्द हो ।

3

त्‍यसका दरबारहरूमा परमेश्‍वरले आफैलाई शरणस्थानको रूपमा प्रकट गर्नुभएको छ ।

4

हेर्नुहोस्, राजाहरू आफै भेला भए । तिनीहरू सँगसँगै अघि बढे ।

5

जब तिनीहरूले यो देखे, तब तिनीहरू चकित भए । तिनीहरू भयभित भए र तिनीहरू हतार गरेर गए ।

6

कम्‍पले तिनीहरूलाई समात्‍यो, प्रसव वेदना परेकी स्‍त्रीझैं पीडित भए ।

7

पूर्वीय बतासले तपाईंले तर्शीशका जहाजहरू तोड्नुहुन्छ ।

8

सर्वशक्तिमान् परमप्रभु हाम्रा परमेश्‍वरको सहरमा हामीले जस्तो सुनेका छौं त्यस्तै हामीले देखेका छौं । परमेश्‍वरले यसलाई सदासर्वदाको निम्ति स्थापित गर्नुहुनेछ । सेला

9

हे परमेश्‍वर, हामीले तपाईंको मन्दिरको बिचमा तपाईंको करारको विश्‍वस्‍तताका बारेमा विचार गरेका छौं ।

10

हे परमेश्‍वर, तपाईंको नाउँ जस्तो छ पृथ्वीको अन्तिम छेउसम्म तपाईंको प्रशंसा त्यस्तै छ । तपाईंको दाहिने हात धार्मिकताले पूर्ण छ ।

11

तपाईंका धार्मिक आदेशहरूका कारणले सियोन पर्वत खुसी होस्, यहूदाका छोरीहरू आनन्‍दित होऊन् ।

12

सियोन पर्वत वरिपरि हिंड, त्यसको चारैतिर जाओ । त्यसका धरहराहरू गन्‍ती गर,

13

त्यसका पर्खालहरू ध्‍यान लगाएर हेर, र त्यसका दरबारहरू हेर, ताकि तिमीहरूले अर्को पुस्तालाई यसको बारेमा बताउन सक्‍छौ ।

14

किनकि यही परमेश्‍वर सदासर्वदा हाम्रा परमेश्‍वर हुनुहुन्छ । मृत्युसम्म नै हामीलाई बाटो देखाउने उहाँ नै हुनुहुन्छ ।