1

¶ हे परमेश्‍वर, हामी तपाईंलाई धन्यवाद चढाउँछौं । हामी धन्यवाद दिन्छौं, किनकि तपाईंले आफ्नो उपस्थिति प्रकट गर्नुहुन्छ । मानिसहरूले तपाईंका अचम्‍मका कामहरूका बारेमा बताउँछन् ।

2

तोकिएको समयमा म न्यायोचित रूपमा फैसला गर्नेछु ।

3

पृथ्वी र यसका सबै बासिन्दा डरले थरथर कामे पनि, पृथ्वीका खम्बाहरूलाई म दृढ बनाउछु । सेला

4

मैले अहङ्कारीलाई भनें, “अहङ्कारी नहो,” र दुष्‍टहरूलाई भनें, “सिङ् ठाडो नपार् ।

5

आफ्ना सिङहरूलाई माथि नउचाल् । हठपूर्ण घाँटी बनाएर नबोल् ।”

6

उचाल्‍ने कुरा पूर्वबाट वा, पश्‍चिमबाट होइन र त्‍यो उजाडस्‍थानबाट आउने होइन ।

7

तर परमेश्‍वर नै न्यायकर्ता हुनुहुन्छ । उहाँले तल झार्नुहुन्छ र उहाँले माथि उठाउनुहुन्छ ।

8

किनकि परमप्रभुले आफ्नो हातमा फिंज आइरहेको दाखमद्यको कचौरा समात्‍नुहुन्छ, जुन मसलासँग मिसाइएको छ र ‍यसलाई खन्याउनुहुन्‍छ । निश्‍चय नै पृथ्वीका सबै दुष्‍टहरूले यसको अन्तिम थोपासम्म पिउनेछन् ।

9

तर तपाईंले भन्‍नुभएको कुरा म निरन्तर रूपमा बताउनेछु । याकूबका परमेश्‍वरको स्तुति म गाउनेछु ।

10

उहाँ भन्‍नुहुन्छ, “दुष्‍टहरूका सबै सिङलाई म काट्‍नेछु, तर धर्मीहरूका सिङहरू माथि उचालिनेछन् ।”