¶ जो सर्वोच्चको छत्रछायामा बस्छ, त्यो सर्वशक्तिमान्को छायामा रहनेछ ।
म परमप्रभुको बारेमा भन्छु, “उहाँ मेरो शरणस्थान र मेरो किल्ला हुनुहुन्छ, मेरो परमेश्वर जसमा म भरोसा गर्छु ।”
किनकि उहाँ तिमीलाई शिकारीको पासो र घातक रूढीबाट बचाउनुहुनेछ ।
उहाँले तिमीलाई आफ्नो पखेटाहरूले ढाक्नुहुनेछ र उहाँको पखेटाहरूमुनि तिमीले शरण पाउनेछौ । उहाँको सत्यताचाहिं ढाल र सुरक्षा हो ।
तिमी रातको त्रसदेखि वा दिनमा आउने काँडदेखि,
वा अँध्यारोमा चाहार्ने रूढी वा मध्यदिनमा आउने रोगदेखि भयभीत हुनेछैनौ ।
हजार जना तिम्रो छेउमा र तिम्रो दाहिने हातपट्टि दश हजार जना ढल्लान्, तर त्यो तिमीकहाँ आउनेछैन ।
तिमीले दुष्टको दण्ड नियाल्ने र देख्ने मात्र छौ ।
किनकि पमरप्रभु मेरो शरणस्थान हुनुहुन्छ । सर्वोच्चलाई तिम्रो पनि शरणस्थान बनाऊ ।
कुनै खराबीले तिमीलाई जित्नेछैन । तिम्रो घर नजिक कुनै कष्ट आउनेछैन ।
किनकि उहाँले तिमीलाई सुरक्षा दिन, तिम्रा सबै मार्गमा तिम्रो रेखदेख गर्न आफ्ना स्वर्गदूतहरूलाई निर्देशन दिनुहुनेछ ।
तिनीहरूले तिमीलाई आफ्ना हातले थाम्नेछन्, ताकि तिमीले आफ्ना खुट्टालाई ढुङ्गामा ठोकाउनेछैनौ ।
तिमीले आफ्नो खुट्टामुनि सिंहहरू र गोमनहरूलाई कुल्चनेछौ । तिमीले जवान सिंहहरू र सर्पहरू कुल्चनेछौ ।
त्यो मप्रति समर्पित भएको हुनाले म त्यसलाई बचाउनेछु । म त्यसलाई सुरक्षा दिनेछु किनभने त्यो मप्रति बफदार छ ।
जब त्यसले मलाई पुकारा गर्छ, तब म त्यसलाई जवाफ दिनेछु । म कष्टमा त्योसँग हुनेछु । म त्यसलाई विजय दिनेछु र त्यसको आदर गर्नेछु ।
म त्यसलाई लामो जीवनले सन्तुष्ट पार्नेछु र त्यसलाई मेरो उद्धार देखाउनेछु ।