Verse 17
जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
Referenced Verses
- Isa 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
- Rev 22:13 : 13 अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ ।
- Isa 48:12 : 12 ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।
- Isa 41:4 : 4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
- Dan 8:17-18 : 17 यसैले तिनी म उभिएको ठाउँ नजिक आए । जब तिनी आए, म भयभीत भएँ र आफूलाई भुइँमा लम्पसार पारेर दण्डवत् गरें । तिनले मलाई भने, “ए मानिसको पुत्र, यो दर्शन अन्तको समयको निम्ति हो भन्ने कुरा बुझ ।” 18 तिनले मसँग बोलिरहँदा, मेरो अनुहार भुइँमा घोप्टो पारेर म गहिरो निद्रामा निदाएँ । तब तिनले मलाई छोए र मलाई खडा गराए ।
- Rev 2:8 : 8 “स्मुर्नाको मण्डलीका दूतलाई लेखः ‘जो सुरु र अन्त्य हुनुहुन्छ यी वचनहरू उहाँका हुन्, जो मर्नुभएको थियो र जो फेरि जीवित हुनुभयो ।
- Dan 10:8-9 : 8 यसैले म एक्लै छोडिएँ र यो महान् दर्शन देखें । ममा बल बाँकी रहेन । मेरो उज्यालो अनुहार नै अँधयारो भयो, र ममा कुनै शक्ति नै रहेन । 9 तब मैले तिनका शब्दहरू सुनें— र मैले ती सनिरहँदा, म जमिनमा घोप्टो परेर गहिरो निद्रामा निदाएँ । 10 मलाई एउटा हातले छोयो, र त्यसले मेरा घुँडाहरू र हत्केलाहरूलाई थरथर काँम्ने बनायो ।
- Rev 1:8 : 8 सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
- Mark 16:5-6 : 5 उनीहरू चिहानभित्र प्रवेश गरे र एक जना जवान मानिस सेतो पोशाक लगाएर दाहिनेपट्टि बसिरहेका देखे, र तिनीहरू छक्क परे । 6 तिनले तिनीहरूलाई भने, “नडराओ ।” तिमीहरूले येशू नासरीलाई खोज्दै छौ जसलाई क्रुसमा टाँगिएको थियो । उहाँ जीवित भई उठ्नुभएको छ! उहाँ यहाँ हुनुहुन्न । तिनीहरूले उहाँलाई राखेको ठाउँलाई हेर ।
- Matt 17:2-7 : 2 उनीहरूको अगाडि उहाँको रूप परिवर्तन भयो । उहाँको मुहार सूर्यझैँ चम्किलो भयो, र उहाँको वस्त्र प्रकाशझैँ उज्यालो भयो । 3 हेर, त्यहाँ मोशा र एलिया उहाँसँग बोलिरहेका उनीहरूले देखे । 4 पत्रुसले जवाफ दिए र येशूलाई भने, “प्रभु, हामीलाई यहीँ रहनु असल हुन्छ । तपाईं चाहनुहुन्छ भने, म यहाँ तिनवटा वासस्थान बनाउनेछु– एउटा तपाईंको निम्ति, एउटा मोशाको निम्ति र एउटा एलियाको निम्ति ।” 5 जब उनी बोलिरहेका थिए, तब हेर, चम्किलो बादलले उनीहरूलाई ढाक्यो, र हेर, त्यहाँ बादल भित्रबाट यस्तो आवाज आयो, “यिनी मेरा प्रिय पुत्र हुन्, जससँग म अति प्रसन्न छु । यिनको कुरा सुन ।” 6 जब चेलाहरूले यो सुने, उनीहरूले आफ्नो मुहार लुकाएर साह्रै भयभीत भए । 7 अनि येशू आउनुभयो र उनीहरूलाई छुनुभयो र भन्नुभयो, “उठ र नडराओ ।”
- Ezek 1:28 : 28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्द्रेनीको आकारझैं उज्ज्वल थियो । त्यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्थ्यो । जब मैले त्यो देखें तब म घोप्टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
- Dan 10:12 : 12 अनि तिनले मलाई यसो भने, “ए दानिएल, नडराऊ । बुझ्न र आफ्नो परमेश्वरको सामु आफैंलाई नम्र बनाउन तिमीले प्रयास गरेका पहिलो दिनदेखि नै तिम्रा शब्दहरूको सुनुवाइ भएको छ, र तिम्रा शब्दहरूकै कारणले म आएको छु ।
- Dan 10:15 : 15 जब तिनले यी शब्दहरूको प्रयोग गरी मसँग बोल्दै थिए, मैले मेरो मुहारलाई जमिनतर्फ झुकाएँ र म बोल्न सकिनँ ।
- Dan 10:17-19 : 17 म तपाईंको सेवक हुँ । कसरी म आफ्नो मालिकसँग बोल्न सक्छु? किनकि म जान्दछु कि मसँग बल छैन, र ममा सास पनि बाँकी छैन ।” 18 मानिसजस्ता देखिनेले मलाई फेरि छोए र मलाई शक्ति दिए । 19 तिनले भने, “ए धेरै सम्मान पाएको मानिस, नडराऊ । तिमीलाई शान्ति होस्! अब शाहसी होऊ, बलियो होऊ!” तिनी मसँग बोल्दै गर्दा, ममा बल आयो । मैले भनें, “ए मेरा मालिक बोल्नुहोस्, किनकि तपाईंले मलाई शक्ति दिनुभएको छ ।”
- Isa 41:10 : 10 नडरा, किनकि म तँसँग छु । चिन्तित नहो, किनकि म नै तेरो परमेश्वर हुँ । म तँलाई बलियो बनाउनेछु, र म तँलाई सहायता गर्नेछु, अनि आफ्नो धर्मी दाहिने हातले म तँलाई थाम्नेछु ।
- Gen 15:1 : 1 ¶ यी सबै कुराहरू भएपछि दर्शनमा अब्रामकहाँ यसो भन्ने परमप्रभुको वचन आयो, “अब्राम, नडराऊ । म नै तेरो ढाल तेरो धेरै महान् इनाम हुँ ।”
- Exod 14:13 : 13 मोशाले मानिसहरूलाई भने, “नडराओ । स्थिर रहो, र आज परमप्रभुले तिमीहरूलाई दिनुहुने छुटकारालाई हेर । किनकि आज तिमीहरूले देखेका यी मिश्रीहरूलाई तिमीहरूले फेरि कहिल्यै देख्नेछैनौ ।
- Exod 20:20 : 20 मोशाले मानिसहरूलाई भने, “नडराओ किनकि तिमीहरूमा उहाँको डर होस् र तिमीहरूले पाप नगरून् भनी तिमीहरूलाई जाँच गर्न परमेश्वर ओर्लनुभएको छ ।”
- Matt 28:4 : 4 पहरेदारहरू डरले थरथर काँपे र मरेका मानिसहरूजस्तै भए ।
- Luke 24:37-39 : 37 तर तिनीहरू भयभीत भए र डरले भरिए, र हामीले एउटा आत्मा देख्यौँ भनी विचार गरे । 38 येशूले तिनीहरूलाई भन्नुभयो, “किन तिमीहरू दुःखित हुन्छौ? किन तिमीहरूका हृदयमा प्रश्न उठाउँछौ? 39 मेरा हात र खुट्टा हेर, त्यो म आफैँ हुँ । मलाई छोएर हेर । किनकि आत्माको मासु र हड्डी हुँदैन, जसरी तिमीले मेरो शरीरमा भएको देखेका छौ ।”
- John 21:20 : 20 पत्रुस फर्केर हेर्दा तिनले येशूले प्रेम गर्नुभएका चेला अर्थात् भोजमा येशूको छातीमा अडेस लगाएर बस्ने र उहाँलाई, “प्रभु, तपाईंलाई विश्वासघात गर्ने को हो?” भनी सोध्ने चेला उहाँहरूको पछिपछि आइरहेको देखे ।
- Rev 1:11 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”