Verse 16
तर पृथ्वीले स्त्रीलाई सहायता गर्यो । अजिङ्गरले आफ्नो मुखबाट निकालेको नदी पृथ्वीले आफ्नो मुख उघारेर निल्यो ।
Referenced Verses
- Exod 12:35-36 : 35 अब इस्राएलका मानिसहरूले मोशाले भनेझैँ गरे । तिनीहरूले मिश्रीहरूबाट चाँदी, सुनका वस्तुहरूसाथै लुगाहरू मागे । 36 परमप्रभुले मिश्रीहरूलाई इस्राएलीहरूलाई खुसी तुल्याउन उत्सुक तुल्याइदिनुभएको थियो । त्यसैले इस्राएलीहरूले जे मागे तापनि मिश्रीहरूले दिए । यसरी इस्राएलीहरूले मिश्रीहरूलाई लुटे ।
- 1 Kgs 17:6 : 6 कागहरूले तिनलाई बिहान र बेलुका रोटी र मासु ल्याए, अनि तिनले खोलाबाट पानी पिए ।
- 2 Kgs 8:9 : 9 त्यसैले हजाएल तिनलाई भेट्न गए र तिनले आफूसित चालिसवटा ऊँटमाथि राखेर दमस्कसका हरेक असल थोक उपहार लगे । हजाएल आए र एलीशाको सामु खडा भए र भने, “तपाईंका छोरा अरामका राजा बेन-हददले मलाई तपाईंकहाँ यसो भनेर पठाउनुभएको छ, 'के म यस रोगबाट निको हुन्छु'?”