Verse 17
त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ ।
Referenced Verses
- Rev 14:11 : 11 तिनीहरूको वेदनाबाट धुवाँ सदासर्वदाका निम्त माथितिर जान्छ; पशु र त्यसको मूर्ति पूज्नेहरू र त्यसको नाउँको छाप लिनेहरूले दिन वा रातमा कहिल्यै विश्राम पाउनेछैनन् ।
- Rev 15:2 : 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
- Rev 13:16 : 16 अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
- Rev 13:18 : 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
- Rev 14:9 : 9 अनि अर्को तेस्रो स्वर्गदूतले चर्को सोरमा यसो भन्दै तिनीहरूलाई पछ्याए, “यदि कसैले त्यस पशु र उसको मूर्तिलाई पुजा गर्दछ, र निधारमा वा उसको हातमा छाप लगाँउछ भने,
- Rev 3:12 : 12 जसले जित्छ त्यसलाई म मेरा परमेश्वरको मन्दिरमा एउटा खाँबो बनाउनेछु र ऊ यसबाट कहिल्यै बाहिर जानेछैन । उसमाथि मेरा परमेश्वरको सहरको नाउँ, मेरा परमेश्वरको नाउँ (नयाँ यरूशलेम, जुन मेरा परमेश्वरबाट स्वर्गदेखि तल ओर्लेर आउँछ), अनि मेरो नयाँ नाउँ म लेखिदिनेछु ।
- Rev 17:5 : 5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।”
- Rev 22:4 : 4 तिनीहरूले उहाँको अनुहार देख्नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।