Verse 6
सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए ।
Referenced Verses
- Rev 1:13 : 13 सामदानहरूका माझमा पाउसम्मै पुग्ने लामो पोशाक पहिरिनुभएका र छातीको वरिपरि सुनको पेटी बाँध्नुभएका मानिसका पुत्रजस्तै त्यहाँ एक जना हुनुहुन्थ्यो ।
- Rev 15:1 : 1 ¶ तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो ।
- Rev 14:15 : 15 त्यसपछि अर्को स्वर्गदूत मन्दिरबाट बाहिर आए र बादलमाथि बस्नुहुनेलाई चर्के सोरसँग बोलाएः “तपाईंको हँसिया लिनुहोस् र कटनी गर्न सुरु गर्नुहोस् । किनभने कटनीको समय आएको छ, किनकि पृथ्वीको बाली पाकिसकेको छ ।”
- Exod 28:5-8 : 5 शिल्पकारहरूले सुती कपडा, सुन, निलो, बैजनी र रातो धागो प्रयोग गरून् । 6 तिनीहरूले सुन, निलो, बैजनी र रातो ऊन अनि मसिनो गरी बाटेको सुती कपडाबाट एपोद बनाऊन् । यो सिपालु शिल्पकारको काम होस् । 7 यो गाँस्नलाई त्यसको दुवै छेउमा गाँसेका दुईवटा काँधे-बन्धन होऊन् । 8 यसको निकै राम्रोसँग बुनिएको कमरपेटी एपोदजस्तै हुनुपर्छ । मसिनो गरी बाटेको सुती कपडा, सुन, निलो, बैजनी र रातो धागोबाट एपोदकै टुक्राबाट यसलाई बनाइनुपर्छ ।
- Ezek 44:17-18 : 17 यसरी तिनीहरू भित्री चोकका ढोकाहरूमा आउँदा, तिनीहरूले सूतिको कपडा लगाउनुपर्छ, किनभने चोकको ढोका र मन्दिरभित्र आउन तिनीहरूले ऊनको वस्त्र लगाउनुहुँदैन । 18 तिनीहरूका शिरमा सूतिको फेटा र कम्मरमा सूतिको भित्री लुगा हुनुपर्छ । तिनीहरूले पसिना आउने कुनै पनि लुगा लगाउनुहुँदैन ।
- Luke 24:4 : 4 जब तिनीहरू यस विषयमा अन्योलमा परिरहेका थिए, तुरुन्तै चम्किलोवस्त्र लगाएका दुई जना मानिस तिनीहरूको छेउमा उभिए ।