Verse 1
¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
Referenced Verses
- Jer 51:13 : 13 ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
- Rev 19:2 : 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्वीलाई त्यसको अनैतिक यौनले भ्रष्ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
- Rev 21:9 : 9 अन्तिम सात विपत्तिका कचौराले भरिएका स्वर्गदूतहरूमध्ये एक जना स्वर्गदूत मकहाँ आए, र तिनले भने, “यहाँ आऊ । म तिमीलाई थुमाकी पत्नी दुलही देखाउनेछु ।”
- Rev 16:19 : 19 त्यो ठुलो नगर तिन भागमा विभाजन भयो, र जातिहरूका सहरहरू नष्ट भए । अनि परमेश्वरले त्यो महान् बेबिलोन भनेर मनमा बोलाउनुभयो, र उहाँको आफ्नो डरलाग्दो क्रोधको मद्यले भरिएको कचौरा त्यस सहरलाई दिनुभयो ।
- Rev 15:1 : 1 ¶ तब मैले अर्को अचम्म र शक्तिशाली चिह्न स्वर्गमा देखेः त्यहाँ सात जना स्वर्गदूतले सातवटा विपत्ति लिएका थिए जुनचाहिँ अन्तिम विपत्तिहरू थिए, किनकि तिनीहरूमा परमेश्वरको क्रोध पुरा भएको थियो ।
- Rev 15:6-7 : 6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए । 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
- Isa 1:21 : 21 विश्वासयोग्य सहर कसरी वेश्या भएको छ! त्यो न्यायले पुर्ण थियो— त्यो धर्मिकताले भरिपुर्ण थियो, तर अहिले त्यो हत्याराहरूले भरिएको छ ।
- Isa 57:3 : 3 तर तिमीहरू झँक्रेनीना छोराहरू, व्यभिचारी र आफूलाई वेश्या बनाउने स्त्रीको सन्तानहरू, यहाँ आओ ।
- Jer 2:20 : 20 किनकि तँसित प्राचिन समयमा भएको तेरो जुवा मैले भाँचिदिएँ । मैले तेरा बन्धनहरू फुकाइदिएँ । तरै पनि तैंले भनिस्, 'म तपाईंको सेवा गर्नेछैनँ!' किनकि हरेक अग्लो डाँडा र हरेक झ्याम्म परेको रुखमुनि तैंले आफ्नो शिर झुकाइस्, तँ वेश्या होस् ।
- Nah 3:4-5 : 4 टुनामुनामा निपुण, त्यो सुन्दर वेश्या, जसले आफ्नो, र टुनामुनाले जाति-जातिहरूलाई बेच्छे, त्यसको कामवासनापूर्ण कामहरूका कारण यो भइरहेको छ । 5 सेनाहरूका परमप्रभु घोषणा गर्नुहुन्छ, “हेर्, म तेरो विरुद्ध छु । म तेरो फरियालाई तेरो अनुहारभन्दा माथिसम्म उचालिदिनेछु र तेरा गुप्तांगहरू जाति-जातिहरूलाई, र तेरो शर्म राज्यहरूलाई देखाइदिनेछु ।
- Rev 17:1-9 : 1 ¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु । 2 त्यससँग पृथ्वीका राजाहरूले यौन अनैतिकता गरेका छन् । पृथ्वीका बासिन्दाहरू त्यसको यौन अनैतिकताको मद्यले मातेका छन् ।” 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए । 4 त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई । 5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।” 6 मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ । 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु । 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ । 9 यसले बुद्धि भएको मनलाई आव्हान गर्छ । सातवटा टाउका सातवटा डाँडा हुन् जसमाथि त्यो स्त्री बसेकी छे । 10 तिनीहरू सात राजाहरू पनि हुन् । पाँच जना राजा पतन भइसकेका छन्, एक जना अस्तित्वमा छ, र एक जना अहिलेसम्म आएको छैन । जब त्यो आउँछ, तब केही समयका लागि रहन्छ । 11 त्यो पशु अस्तित्वमा थियो, तर अहिले अस्तित्वमा छैन । त्यो आफैँ पनि आठौँ राजा हो, तर ती सात राजामध्ये त्यो एक हो, तर त्यो नष्ट हुन गइरहेको छ । 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् । 13 यिनीहरूको एउटै विचार छ, र तिनीहरूले आफ्नो शक्ति र अधिकार त्यो पशुलाई दिन्छन् । 14 तिनीहरूले थुमाको विरुद्धमा लडाइँ गर्नेछन् । तर थुमाले तिनीहरूलाई जित्नुहुनेछ, किनभने उहाँ प्रभुहरूका प्रभु र राजाहरूका राजा हुनुहुन्छ, र उहाँसँग हुनेहरू बोलाइएका, छानिएका र विश्वासयोग्यहरू हुन् ।” 15 ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।” 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् । 17 किनभने परमेश्वरको वचन पुरा नहोउञ्जेलसम्म एउटै मनको भई तिनीहरूले आफ्नो अधिकार त्यो पशुलाई राज्य गर्न दिन उहाँको उद्देश्य पुरा हुनलाई परमेश्वरले यस्तो विचार हलिदिनुभयो ।
- Rev 18:16-19 : 16 तिनीहरूले भन्नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?” 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महान् सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।”
- Rev 21:15 : 15 मसँग बोल्नुहुनेसँग सहर र त्यसका पर्खालहरू नाप्नलाई एउटा सुनको नाप्ने लौरो थियो ।
- Luke 9:30 : 30 हेर, त्यहाँ दुई जना मानिस उहाँसँग कुरा गरिरहेका थिए! तिनीहरू मोशा र एलिया थिए,
- Luke 24:32 : 32 तिनीहरूले एक अर्कोलाई भने, बाटोमा उहाँ हामीसँग बोल्नुँहुदा उहाँले हामीलाई धर्मशास्त्र खोलिदिनुहुँदा के हाम्रा हृदयभित्र जलन भइराखेको थिएन र?”
- Rev 4:1 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”