Verse 15
ती स्वर्गदूतले मलाई भने, “तिमीले देखेको पानीमाथि जहाँ त्यो वेश्या बसेकी छे, त्यो पानी मानिसहरू, भिड, जाति र भाषाहरू हुन् ।”
Referenced Verses
- Rev 17:1 : 1 ¶ सातवटा कचौरा लिएका सात जना स्वर्गदूतमध्ये एक जनाले मकहाँ आएर भने, “आऊ, म तिमीलाई धेरै पानीमाथि बसेकी त्यस महावेश्यालाई दिएको दण्डलाई देखाउनेछु ।
- Ps 18:4 : 4 मृत्युका डोरीहरूले मलाई बाँधे र व्यर्थका छालहरूले मलाई व्याकुल बनाए ।
- Ps 65:7 : 7 समुद्रहरू गर्जनहरू, तिनका छालहरूका गर्जनहरू र मानिसहरूका होहल्लालाई शान्त पार्ने तपाईं नै हुनुहुन्छ ।
- Ps 93:3-4 : 3 हे परमप्रभु महासागरहरू उठ्छन् । तिनीहरूले आफ्नो स्वर उचाल्छन् । महासागरहरूका छालहरू ठोकिन्छन् र गर्जन्छन् । 4 तर धैरै ठोकिने छालहरू, समुद्रका शक्तिशाली छालहरूभन्दा माथि परमप्रभु उच्चमा शक्तिशाली हुनुहुन्छ ।
- Isa 8:7-8 : 7 त्यसकारण परमप्रभुले शक्तिशाली र धेरै नदीको पानी अर्थात् अश्शूरका राजा र तिनका सबै महिमा तिनीहरूमाथि ल्याउन लाग्नुभएको छ । त्यसका सबै नहरमा त्यो आउनेछ र त्यसका किनारहरू भरिएर बग्नेछन् । 8 यो तिमीहरूका घाँटीसम्म पुगुन्जेल नदी बाढी आएर अघि बढ्दै यहूदाभित्रसम्म बग्नेछ । ए इम्मानुएल, यसको फैलिएका पखेटाहरूले तेरो देशकको सबैतिर ढाक्नेछ ।”
- Jer 51:13 : 13 ए धेरै पानी भएको ठाउँनेर बस्ने मानिसहरू हो, ए धेरै धन-सम्पत्ति भएका मानिसहरू हो, तिमीहरूको अन्त्य आएको छ । तिमीहरूको जीवनको धागो अब काटेर छोटो पारिएको छ ।
- Jer 51:42 : 42 बेबिलोनको माथि समुद्र आएको छ । यसका उर्लंदा छालहरूले त्यो ढाकिएको छ ।
- Jer 51:55 : 55 किनकि परप्रभुले बेबिलोनलाई नाश पार्दै हुनुहुन्छ । उहाँले त्यसको ठुलो सोरलाई नष्ट पार्दै हुनुहुन्छ । तिनीहरूका शत्रुहरू धेरै पानीको छालझैं गर्जन्छन् । तिनीहरूको हल्ला अत्यन्तै बलियो हुन्छ ।
- Rev 10:11 : 11 अनि मलाई कसैले भन्यो, “धेरै मनिसहरू, जातिहरू, भाषाहरू र राजाहरूको बारेमा तिमीले फेरि अगमवाणी गर्नुपर्छ ।”
- Rev 11:9 : 9 किनकि साँढे तिन दिनसम्म हरेक राष्ट्र, जाति, भाषा र मानिसहरूले तिनीहरूका मृत शरीरलाई हेर्नेछन् । तिनीहरूले तिनीहरूलाई चिहानमा गाड्न अनुमति दिनेछैनन् ।
- Rev 13:7-8 : 7 विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो । 8 पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।