Verse 19
तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्कार, महान् सहरलाई धिक्कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्ट पारिएकी छे ।”
Referenced Verses
- Josh 7:6 : 6 तब यहोशूले आफ्नो लुगा च्याते । तिनी र इस्राएलका धर्म-गुरुहरूले आ-आफ्नो शिरमा धूलो हाले र साँझसम्म नै परमप्रभुको सन्दुकको सामु भुइँमा घोप्टो परेर लम्पसार परिरहे ।
- Rev 18:10 : 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।”
- Job 2:12 : 12 जब तिनीहरूले टाढैबाट आँखा उठाएर हेरे, तब तिनीहरूले उनलाई चिनेनन् । तिनीहरूले आफ्ना सोर उचालेर कराए र रोए । हरेकले आफ्नो लुगा च्याते, धूलो हावामा फाले र आ-आफ्ना शिरमा हाले ।
- Ezek 27:30 : 30 तब तिनीहरूले आफ्ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्वरले विलाप गर्नेछन् । तिनीहरूले आफ्ना टाउकोमा धुलो हाल्नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन् ।
- Rev 17:16 : 16 तिमीले देखेका दसवटा सिङ र त्यो पशुले त्यो वेश्यालाई घृणा गर्नेछन् । तिनीहरूले त्यसलाई एकलो र नाङगै पारेर त्यसको शरीरलाई सिद्ध्याउनेछन्, र त्यसलाई तिनीहरूले आगोले पूर्ण रूपमा डढाउनेछन् ।
- Rev 18:3 : 3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्तिको जीवन यापनबाट पृथ्वीका व्यापारीहरू धेरै धनी भएका छन् ।”
- Rev 18:8 : 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्वर शक्तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्यायकर्ता हुनुहुन्छ ।”
- 1 Sam 4:12 : 12 बेन्यामीनको एक जना मानिस युद्ध मैदानबाट आफ्नो लुगा च्यातिएको र शिरमा माटो लागेको अवस्थामा नै दौडे र त्यसै दिन शीलोमा आए।
- 2 Sam 13:19 : 19 तामारले आफ्नो टाउकोमा खरानी हालिन् र आफ्नो लुगा च्यातिन् । उनले आफ्नो हात शिरमाथि राखिन् र उनी ठुलो सोरले रुँदै हिंडेर गइन् ।
- Neh 9:1 : 1 ¶ अब उही महिनाको चौबिसौँ दिनमा इस्राएलीहरू भेला भए । तिनीहरू उपवास बस्दै र भाङ्ग्रा लगाउँदै थिए, र तिनीहरूले आ-आफ्ना शिरमा धूलो हाले ।
- Rev 18:15-17 : 15 यी सामानका व्यापारीहरू जसले व्यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्ट भएका छन् ।” हरेक जहाजको कप्तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए ।