Verse 7
जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’
Referenced Verses
- Zeph 2:15 : 15 यो त्यो उल्लासित सहर हो, जो कुनै भयबिना नै जिउँथ्यो, र आफ्नो हृदयमा भन्थ्यो, “म हुँ, र मेरो बराबर केही छैन ।” त्यो अब पशुहरू बस्ने भयानक ठाउँ बनेको । त्यसको नजिकबाट जाने हरेकले त्यसको गिल्ला गर्दै मुक्का देखाउँनेछन् ।
- 2 Thess 2:4-8 : 4 यो त्यो हो जसले आफैलाई उचाल्दछ र परमेश्वरको विरोध गर्दछ र आफैलाई परमेश्वरको रूपमा प्रस्तुत गरेर महिमित हुन चाहन्छ र उहाँको मन्दिरमा बस्छ । 5 म तिमीहरूसँग हुँदा मैले तिमीहरूलाई ज भनेँ के तिमीहरू त्यो सम्झदैनौ? 6 अब तिमीहरू जान्दछौ कि कुनै कुराले उसलाई रोक्दछ, ताकि ऊ ठिक समयमा मात्र प्रकट हुनेछ । 7 किनभने, पापको रहस्यले पहिले देखि नै काम गरिरहेको छ जबसम्म जसले उसलाई थामिराख्नुभएको छ उहाँले उसका मार्गबाट हटाउनुहुन्न । 8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ ।
- Ps 45:9 : 9 राजाकी छोरीहरू तपाईंका आदरनिय स्त्रीहरूका माझमा हुन्छन् । तपाईंको दाहिने हाततिर ओपीरको सुन लगाएर रानी खडा हुन्छिन् ।
- Isa 22:12-14 : 12 त्यस दिन परमप्रभु सर्वशक्तिमान् परमप्रभुले रुन, विलाप गर्न, कपाल खौरन र भाङ्ग्रा लगाउनलाई बोलाउनुभयो । 13 तर त्यसको साटोमा हेर, उत्सव र खुसी, गाइवस्तु काट्ने र भेडाहरू मार्ने, मासु खाने र दाखमद्य पिउने गरियो । हामी खाऔं र पिऔं, किनकि भोलि हामी मर्नेछौं भन्दैछन् । 14 यो कुरा सर्वशक्तिमान् परमप्रभुले मेरो कानमा प्रकट गर्नुभयोः “निश्चय नै यो अपराधको निम्ति मृत्युमा पनि तिमीहरूलाई क्षमा हुनेछैन,” परमप्रभु सर्वशक्तिमान् परमप्रभु भन्नुहुन्छ ।
- Isa 47:1-2 : 1 ¶ ए बेबिलोनकी कन्ये छोरी, तल आइज र धूलोमा बस् । ए कल्दीकी छोरी सिंहासनविना नै जमिनमा बस् । तँलाई कदापि सुकुमार र कोमल भनिनेछैन । 2 जाँतो लि र पीठो पिंध् । तेरो घुम्टो हटा, तेरो लामो वस्त्र उतार, तेरा गोडाहरू नाङ्गो पार्, खोलाहरू तर् ।
- Isa 47:7-9 : 7 तैंले भनिस्, “म सदासर्वदा प्रभुत्वशाली रानी भएर राज्य गर्नेछु ।” यी कुराहरूलाई तैंले मनमा राखिनस्, न ती के हुनेछन् भनी तैंले विचार गरिस् । 8 त्यसैले अब यो कुरा सुन, तिमीहरू जो विलासिता रुचाउँछौ र निष्फिक्रि बस्छौ । तिमीहरू जसले आफ्नो मनमा भन्छौ, “म अस्तित्वमा छु, र मजस्तो त्यहाँ अरू कोही छैन । म कहिल्यै विधवाझैं बस्नेछैन, न छोराछोरी नाश भएको अनुभव म कहिल्यै गर्नेछु ।” 9 तर यी दुई कुराहरू एकै दिनमा एकै छिनमा तँलाई हुनेछन्ः छोराछोरीको नाश र विधवापन । तँसँग मन्त्रतन्त्र, टुनामुना र जन्तरहरू भए पनि ती तँमाथि पुरा शक्किका साथ आउनेछन् ।
- Jer 13:18 : 18 “राजा र राजमातालाई भन्, 'आ-आफ्नो सिंहासनबाट ओर्लेर तल आओ, किनकि तिमीहरूका गौरवशाली मुकुटहरू तिमीहरूका शिरबाट खसेका छन् ।'
- Lam 1:1 : 1 ¶ एक पटक मानिसहरूले भरिपूर्ण सहर अहिले सुनसान बसिरहेको छ । त्यो शक्तिशाली जाति भए तापनि विधवाजस्तै भएको छ । त्यो जाति-जातिहरूका बिचमा राजकुमारीजस्तै थियो, तर अहिले जबरजस्ती दासत्वमा लगिएको छ ।
- Ezek 28:2-9 : 2 “ए मानिसको छोरो, टुरोसको शासकलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तेरो हृदय अहंकारी छ । तैंले भनेको छस्, “म एक देवता हुँ । म समुद्रको बिचमा एक देवताको आसनमा बस्नेछु!” तँ एक जना मानिस मात्र होस्, र देवता होइनस्, तापनि तैंले आफ्नो हृदयलाई एक देवताको हृदय जत्तिकै बनाउँछस् । 3 तँ आफैलाई दानिएलभन्दा पनि बुद्धिमान् होस् र कुनै गुप्त कुराले तँलाई छक्क पार्दैन भनी सम्झन्छस् । 4 तैंले बुद्धि र सिपले आफैंलाई सम्पन्न तुल्याएको छस् र आफ्नो भण्डारहरूमा सुन र चाँदी थुपारेको छस् । 5 ठुलो बुद्धि र आफ्नो व्यापारले तैंले आफ्नो धन-सम्पत्ति बढाएको छस् । यसैले आफ्नो धन-सम्पत्तिको कारणले तेरो हृदय अहंकारी छ । 6 यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः तैंले आफ्नो हृदय देवताको हृदयजस्तै बनाएको कारणले, 7 विदेशीहरू, अरू जातिका डरलाग्दा मानिसहरूलाई म तेरो विरुद्धमा ल्याउनेछु । तिनीहरूले आफ्ना तरवार तेरो बुद्धिको सौन्दर्यको विरुद्धमा थुत्नेछन्, र तेरो गौरवलाई अपवित्र पार्नेछन् । 8 तिनीहरूले तँलाई तल खाडलमा पुर्याउनेछन्, र समुद्रको बिचमा मर्नेहरूझैं तेरो मृत्यु हुनेछ । 9 तँलाई मार्नेहरूका सामु के तँ अझै पनि “म देवता हुँ” भन्नेछस् र? तँ मानिस होस्, र देवता होइन, र तँलाई छेड्नेहरूका हातमा तँ हुनेछस् । 10 विदेशीहरूका हातबाट तँ खतना नगर्नेहरूझैं मर्नेछस्, किनकि मैले यो घोषणा गरेको छु— यो परमप्रभु परमेश्वरको घोषणा हो' ।”