Verse 1

¶ यी कुरापछि मैले ठुलो सङ्ख्यामा भएका मानिसहरूले चर्को सोरले स्वर्गमा यस भनिरहेको जस्तो सुनेँ, “हल्लेलूयाह! मुक्‍ति, महिमा र शक्‍ति हाम्रा परमेश्‍वरका हुन् ।

Referenced Verses

  • Rev 11:15 : 15 तब सातौँ स्वर्गदूतले आफ्नो तुरही फुके, र स्वर्गमा ठुलो स्वरमा यसो भनियो, “संसारको राज्‍य हाम्रा प्रभु र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ । उहाँले सदासर्वदा राज्य गर्नुहुनेछ ।”
  • 1 Chr 29:11 : 11 हे परमप्रभु, महान्‌ता, शक्ति, महिमा, विजय र ऐश्‍वर्य तपाईंकै हुन् । किनकि आकाश र पृथ्‍वीमा भएका सबै कुरा तपाईंकै हुन्‌ । हे परमप्रभु, राज्‍य तपाईंकै हो, र तपाईं नै सबैभन्दा माथिको शासकको रूपमा उच्‍च पारिनुभएको छ ।
  • Rev 7:10-12 : 10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्‍वर र थुमाको हो ।” 11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्‍नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्‍वरको आराधना गरे, 12 “आमेन । हाम्रा परमेश्‍वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्‍ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”
  • Rev 19:6 : 6 अनि एउटा ठुलो भिडको आवाज जस्तो सोर, धेरै पानीको आवाज र गर्जनजस्तोले “हल्लेलूयाह” भनिरहेको मैले सुनेँ किनभने हाम्रा परमप्रभु सर्वशक्‍तिमान् परमेश्‍वरले राज्य गर्नुहुन्‍छ ।
  • Rev 19:3-4 : 3 तिनीहरूले दोस्रो चोटि भने, “हल्लेलूयाह! त्यसबाटै सदाकालका निम्ति धुवाँ निस्किरहन्छ ।” 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्‍वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
  • Rev 12:10 : 10 तब मैले स्वर्गमा एउटा ठुलो आवाज सुनेँः “अब मुक्‍ति, शक्‍ति, हाम्रा परमेश्‍वरको राज्य, ख्रीष्‍टको अधिकार आएका छन् । किनभने हाम्रा भाइहरूलाई दोष लगाउने फ्याँकिएको छ, जसले परमेश्‍वरको सामु तिनीहरूलाई दिनरात दोष लगाउँथ्यो ।
  • Ps 115:18 : 18 तर हामी परमप्रभुलाई अहिले र सदासर्वदा धन्‍यवाद दिनेछौं । परमप्रभुको प्रशंसा गर ।
  • Rev 4:10-11 : 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने, 11 “हाम्रा परमप्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर र शक्‍ति ग्रहण गर्न योग्यका हुनुहुन्छ । किनकि तपाईंले सबै थोक सृष्‍टि गर्नुभयो, र तपाईंकै इच्छाद्वारा तिनीहरू अस्तित्वमा आए र सृष्‍टि भए ।”
  • Rev 5:9-9 : 9 तिनीहरूले एउटा नयाँ गीत गाएः “तपाईं त्यो मुट्ठोलाई लिन र त्यसका छापहरूलाई खोल्न योग्यका हुनुहुन्छ । किनकि तपाईं मारिनुभयो, र तपाईंको रगतले हरेक जाति, भाषा, मानिस र राष्‍ट्रलाई तपाईंले परमेश्‍वरका निम्ति किन्‍नुभयो । 10 परमेश्‍वरको सेवा गर्न तपाईंले तिनीहरूलाई राज्य र पुजारीहरू बनाउनुभयो, र तिनीहरूले पृथ्वीमा राज्य गर्नेछन् ।” 11 तब मैले हेरेँ र सिंहासन, जीवित प्राणीहरू र एल्डरहरूका वरिपरि धेरै स्वर्गदूतका आवाजलाई सुनेँ । तिनीहरूको पुरा सङ्ख्या दसौँ हजार र हजारै हजार थियो । 12 तिनीहरूले चर्को सोरमा यसो भने, “शक्‍ति, धन, बुद्धि, बल, आदर, महिमा र प्रशंसा प्राप्‍त गर्न मारिनुभएका थुमा योग्यका हुनुहुन्छ ।” 13 स्वर्गमा, पृथ्वीमा, पृथ्वीमुनि र समुद्रमुनि सृष्‍टि गरिएका हरेक थोकले यसो भनेको मैले सुनेँ, “उहाँ जो सिंहासनमा विराजमान हुनुहुने र थुमालाई, प्रशंसा, आदर, महिमा र राज्य गर्ने शक्‍ति सदासर्वदा होस् ।”
  • Ps 148:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । ए स्वर्गमा हुनेहरू हो, परमप्रभुको प्रशंसा गर । ए उच्‍च स्थानहरूमा हुनेहरू हो, उहाँको प्रशंसा गर ।
  • Ps 149:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुको निम्ति एउटा नयाँ गीत गाओ । विश्‍वासयोग्य जनहरूका सभामा उहाँको प्रशंसाको गीत गाओ ।
  • Ps 150:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । परमेश्‍वरको पवित्रस्थानमा उहाँको प्रशंसा गर । शक्तिशाली आकाशमा उहाँको प्रशंसा गर ।
  • Jonah 2:9 : 9 तर मेरो बारेमा, उच्‍च सोरले म तपाईंलाई धन्यवादको बलिदान चढाउँछु । मैले गरेको भाकल म पुरा गर्नेछु । मुक्‍ति परमप्रभुबाट नै आउँछ!”
  • Matt 6:13 : 13 र हामीलाई परीक्षामा नडोर्‍याउनुहोस्, तर दुष्‍टबाट छुटकारा दिनुहोस् । किनकि राज्य र पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन् । आमेन ।’
  • 1 Tim 1:16-17 : 16 तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्‍वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्‍वरूप म सबैभन्दा तुच्‍छ मानिसमा ख्रीष्‍ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्‍नु भएको होस् । 17 अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्‍वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन ।
  • Ps 3:8 : 8 उद्धार परमप्रभुबाट आउँछ । तपाईंका आशिष्‌हरू तपाईंका मानिसहरूमा रहोस् । सेला
  • Ps 146:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर् ।
  • Rev 18:1-9 : 1 ¶ यी कुराहरूपछि मैले अर्को स्वर्गदूत स्वर्गबाट तल झरिरहेको देखेँ । उनीसँग ठुलो शक्‍ति थियो, र उनको महिमाद्वारा पृथ्‍वी उज्यालो भएको थियो । 2 उनी शक्‍तिशाली चर्को सोरले यसो भन्दै कराए, “पतन, महान् बेबिलोनको पतन भएको छ, त्यो दुष्‍ट आत्माहरूका निम्ति एक वासस्थान, हरेक अशुद्ध आत्माका लागि वासस्थान र हरेक अशुद्ध र घृणित चराको एक वासस्थान भएकी छे । 3 किनभने सबै जातिले त्यसको अनैतिक कामवासनाको मद्य पिएका छन् । पृथ्वीका राजाहरूले त्यससँग अनैतिक काम गरेका छन् । त्यसको विलासिताको शक्‍तिको जीवन यापनबाट पृथ्‍वीका व्यापारीहरू धेरै धनी भएका छन् ।” 4 त्यसपछि मैले स्वर्गबाट यसो भनेको अर्को आवाज सुनेँ, “मेरा मानिसहरू हो, त्यसबाट बाहिर आओ, ताकि तिमीहरू त्यसका पापहरूमा सहभागी बन्‍नु नपरोस्, र त्यसका कुनै पनि विपत्ति तिमीहरूले भोग्‍नु नपरोस् । 5 त्यसका पापहरूको थुप्रो स्वर्गजस्तै अग्लो भएको छ, र परमेश्‍वरले त्यसका दुष्‍ट कामहरूको सम्झना गर्नुभएको छ । 6 जसरी त्यसले अरूलाई दिएकी थिई, त्यसरी नै त्यसलाई फर्काइदेओ र त्यसले जे गरेकी छे फिर्ता गरिदेओ । त्यसले कचौरामा जे मिसाएकी थिई, त्यसको दोब्बर हुने गरी त्यसलाई देओ । 7 जसरी त्यसले आफैँलाई महिमित तुल्याई र सुखविलासमा जीवन बिताएकी थिई, त्यसरी नै त्यसलाई यातना र शोक देओ । किनभने त्यसले आफ्नो ह्रदयमा भनेकी छे, ‘म रानीजस्तै भएर बसेकी छु, म एक विधवा होइनँ, र मैले कहिल्यै शोक हेर्नुपर्नेछैन ।’ 8 त्यसकारण, त्यसमाथि एकै दिनमा मृत्यु, शोक र अनिकालका विपत्ति आइपर्नेछन् । त्यसलाई आगोद्वारा भस्म पारिनेछ, किनभने परमप्रभु परमेश्‍वर शक्‍तिशाली हुनुहुन्छ, र उहाँ त्यसको न्‍यायकर्ता हुनुहुन्छ ।” 9 पृथ्‍वीका राजाहरूले त्यससँग अनैतिक यौन काम गरे र त्यसले नियन्त्रणदेखि बाहिर गएर बलेको धुवाँ देखेर त्यससँगै रुने र विलाप गर्नेछ । 10 तिनीहरूले त्यसको यातनाको डरलाई देखेर टाढै उभिएर यसो भन्‍नेछन्, “धिकार, धिकार त्यस महान् सहरलाई, शक्‍तिशाली सहर बेबिलोन! किनकि एकै घडीमा तेरो न्याय आएको छ ।” 11 पृथ्वीका व्यापारीहरूले त्यसको लागि रुने र विलाप गर्नेछन्, किनकि त्यस समयदेखि कसैले पनि त्यसका सामानहरू किन्‍नेछैन । 12 सुन, चाँदी, बहुमूल्य पत्थर, मोती, मिहिन सुती कपडा, बैजनी, रेसम, चहकिलो रङ सबै किसिमका सुगन्धित काठ, हरेक प्रकारका हस्तिहाडका भाँडाहरू, हरेक बहुमूल्य काठबाट बनेको भाँडा, काँसा, फलाम, सिङ्गमरमर, 13 तेजपात, मसला, धूप, मूर्र, सुगन्धित धूप, दाखमद्य, तेल, मसिनो पिठो, गहुँ, गाई, भेडा, घोडाहरू र रथहरू, र दासहरू र मानव आत्माहरू । 14 तेरो सबै शक्‍तिले तैंले चाहेको फल तँबाट गइसकेको छ । तेरा सबै सुखविलास र वैभवहरू गुमेका छन्, ती फेरि कहिल्यै भेटिनेछैनन् । 15 यी सामानका व्‍यापारीहरू जसले व्‍यापारद्वारा धन कमाएका थिए, तिनीहरूले त्यसमा परिआउने यातनाको डरले टाढै उभिएर रुने र चर्को गरी विलाप गर्नेछन् । 16 तिनीहरूले भन्‍नेछन्, “धिकार महान् सहर, तँलाई धिकार, त्यो जसले मलमल, बैजनी र रातो रङको कपडा लगाएर सुन, मोती र बहुमूल्य गहनाहरूले सिँगारिएकी थिइस् । 17 एकै घडीमा सबै सम्पत्ति नष्‍ट भएका छन् ।” हरेक जहाजको कप्‍तान, हरेक यात्रा गर्ने मानिस, नाविकहरू र समुद्रमा व्यापार गर्नेहरू टाढै उभिए । 18 त्यो जलेको धुवाँ देखेर तिनीहरू कराए । तिनीहरूले भने, “योजस्तो महान् सहर अरू कुन छ र?” 19 तिनीहरूले आफ्ना टाउकामा धुलो फ्याँकेर रुँदै र कराउँदै विलाप गरे, “धिक्‍कार, महान् सहरलाई धिक्‍कार, जहाँ समुद्रमा तिनीहरूका जहाज हुनेहरू त्यसको सम्पत्तिबाट धनी भएका थिए । किनकि एकै क्षणमा त्यो नष्‍ट पारिएकी छे ।” 20 स्वर्ग, त्यसमाथि आनन्द गर, विश्‍वासीहरू, प्रेरितहरू र अगमवक्‍ताहरू, किनकि परमेश्‍वरले तिमीहरूमाथिको न्‍याय त्यसमाथि ल्याउनुभएको छ ।” 21 एक जना शक्‍तिशाली स्वर्गदूतले जाँतोजस्तो एउटा ढुङ्गा उठाए र यसो भन्दै समुद्रमा फाले, “यस प्रकारले बेबिलोन, महान् सहर हिंसात्मक तरिकाले तल खसालिनेछ र त्यसलाई फेरि कहिल्यै देखिनेछैन । 22 वीणाको स्वर, सङ्गीतकारहरू, बाँसुरी बजाउनेहरू र तुरही फुक्‍नेहरूको धुन तँमा फेरि कहिल्‍यै सुनिनेछैन । कुनै पनि कारिगर तँमाथि भेटाइनेछैन । कुनै पनि जाँतोको आवाज तँमा कहिल्‍यै सुनिनेछैन । 23 बत्तीको ज्योति तँमा कहिल्‍यै चम्कनेछैन । दुलहा र दुलहीको आवाज तँमा कहिल्‍यै सुनिनेछैन, किनभने तेरा व्यापारीहरू पृथ्‍वीका राजकुमारहरू थिए, र जातिहरू तेरा टुनामुनाद्वारा छानिएका थिए । 24 त्यसैमा अगमवक्‍ताहरू र विश्‍वासीहरूको रगत र पृथ्‍वीमा मारिएकाहरू सबैको रगत भेटिएको थियो ।”
  • Ps 106:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । परमप्रभुलाई धन्यवाद देओ, किनकि उहाँ भलो हुनुहुन्छ, किनकि उहाँको करारको विश्‍वस्‍तता सदासर्वदा रहन्छ ।
  • Ps 111:1 : 1 ¶ परमप्रभुको प्रशंसा गर । म सोझाहरूको सभामा, तिनीहरूको भेलामा आफ्‍नो सारा हृदयले परमप्रभुलाई धन्‍यवाद चढाउनेछु ।