Verse 11

तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्‍वासयोग्य भनिन्थ्यो । उहाँले न्‍यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।

Referenced Verses

  • Ps 96:13 : 13 परमप्रभुको सामु, किनकि उहाँ आउँदै हुनुहुन्छ । उहाँ पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्छ । उहाँले संसारको धार्मिकतामा र मानिसहरूको विश्‍वस्‍ततामा न्याय गर्नुहुनेछ ।
  • Rev 6:2 : 2 मैले हेरेँ र त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि चढ्नेले एउटा वाण समातेका थिए र उनलाई एउटा मुकुट दिइयो । अनि जित्‍नेले जस्तै गरी उनी विजयी गर्नलाई आए ।
  • Rev 3:14 : 14 “लाउडिकियामा भएको मण्डलीको दूतलाई लेखः परमेश्‍वरका सृष्‍टिमाथिको शासनकर्ता जो भरपर्दो र सत्य साक्षी, ‘यी वचनहरू आमेनका हुन् ।
  • Isa 11:3-5 : 3 परमप्रभुको भय नै उहाँको आनन्द हुने छ । उहाँका आँखाले देखेका कुराले उहाँले न्याय गर्नुहुन्‍न, न त उहाँका कानले सुनेको कुराले निर्नय गर्नुहुन्छ । 4 बरु, उहाँले गरीबहरूका न्याय धार्मिकताले गर्नुहुन्छ र पृथ्वीका नम्रहरूका निम्ति उचित रूपमा निर्णय गर्नुहुन्छ । आफ्नो मुखको लट्ठीले उहाँले पृथ्वीलाई प्रहार गर्नुहुन्छ र आफ्‍नो मुखको सासले उहाँले दुष्‍टको नाश गर्नुहुन्छ । 5 धार्मिकता नै उहाँको कम्मर पेटी हुनेछ र विश्‍वस्‍तता उहाँको पटुका हुनेछ ।
  • Isa 32:1 : 1 ¶ हेर, एक जना राजाले धर्मिकतामा राज्‍य गर्नेछन् र शासकहरूले न्यायमा राज्‍य गर्नेछन् ।
  • Ps 98:9 : 9 परमप्रभु पृथ्वीको न्याय गर्न आउँदै हुनुहुन्‍छ । उहाँले संसारलाई धार्मिकतामा र जातिहरूलाई निष्पक्षतामा न्याय गर्नुहुन्छ ।
  • Ps 50:6 : 6 आकाशले उहाँको धार्मिकताको घोषणा गर्नेछ, किनकि परमेश्‍वर स्वयम् न्यायकर्ता हुनुहुन्छ । सेला
  • Rev 4:1 : 1 ¶ यी कुराहरूपछि मैले हेरेँ र स्वर्गमा एउटा ढोका उघ्रिएको मैले देखेँ । मैले सुनेको तुरहीको जस्तो पहिलो आवाजले मलाई भन्यो, “यहाँ माथि आऊ, र यी कुराहरूपछि के हुन आउनेछ म तिमीलाई देखाउनेछु ।”
  • Rev 3:7 : 7 “फिलाडेल्फियामा भएको मण्डलीका दूतलाई लेखः ‘जो सत्य र पवित्र हुनुहुन्छ, यी वचनहरू उहाँका हुन्, उहाँले दाऊदको साँचोलाई पक्रनुभएको छ, उहाँले खोल्नुहुन्छ र कसैले पनि बन्द गर्न सक्दैन, उहाँले बन्द गर्नुहुन्छ र कसैले पनि खोल्न सक्दैन ।
  • Jer 23:5-6 : 5 यो परमप्रभुको घोषणा हो, हेर्, यस्‍ता दिनहरू आउँदैछन्, जति बेला म दाऊदको लागि एउटा धार्मिक हाँगा खडा गर्नेछु । उसले राजाको रूपमा राज्य गर्नेछ । तिनले बुद्धिमानीपूर्वक काम गर्नेछ, र देशमा न्याय र धार्मिकता कायम राख्‍नेछ । 6 उसको दिनमा यहूदा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षितसाथ जिउनेछ । तब यो नाउँले उसलाई बोलाइनेछः परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ ।
  • Zech 9:9-9 : 9 ए सियोनकी छोरी अति धेरै आनन्दले कराऊ! यरूशलेमकी छोरी खुशीले कराऊ! हेर! तिम्रा राजा धार्मिकतामा तिमीकहाँ तिमीलाई बचाउन आउँदै हुनुहुन्छ । उहाँ नम्र हुनुहुन्छ र उहाँ गधामाथि, अर्थात् गधाको बछेडामाथि सवार हुनुहुन्छ । 10 अनि म एफ्राइमबाट रथ र यरूशलेमबाट घोडा हटाइदिनेछु, र युद्धबाट धनु हटाइनेछन्, किनभने उहाँले जाति-जातिमा शान्ति घोषणा गर्नुहुनेछ, र एउटा समुद्रदेखि अर्कोसम्म, र नदीदेखि पृथ्वीको छेउ-छेउसम्म उहाँको प्रभुत्व रहनेछ!
  • Heb 7:1-2 : 1 ¶ यिनै मल्कीसेदेक शालेमका राजा, सर्वोच्‍च परमेश्‍वरका पुजारी थिए । अब्राहाम लडाइँ जितेर फर्की रहेको बेलामा मल्कीसेदेकले तिनलाई भेटेर आशीर्वाद दिए । 2 अब्राहामले मल्कीसेदेकलाई सबै कुराको दशांश दिए । मल्कीसेदेक नाउँको अर्थ हुन्छ, “धार्मिकताका राजा ।” तिनको अर्को पद “शालेमका राजा” हो, अर्थात् “शान्तिका राजा ।”
  • Rev 1:5 : 5 अनि येशू ख्रीष्‍टबाट, जो विश्‍वासयोग्य गवाही हुनुहुन्छ, मृतकहरूमध्येबाट जीवित पारिनुभएका पहिलो र पृथ्वीका राजाहरूका शासक हुनुहुन्छ; उहाँ जसले हामीलाई प्रेम गर्नुहुन्छ र उहाँको रगतद्वारा हामीलाई हाम्रा पापबाट स्वतन्त्र पार्नुभयो ।
  • Jer 33:15 : 15 ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्‍नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् ।
  • Ezek 1:1 : 1 ¶ तिसौं वर्षको चौथो महिनाको पाँचौं दिनमा जब म निर्वासितसँग कबार नहरको किनारमा बसिरहँदा यस्‍तो भयो । आकाश खोलियो र मैले परमेश्‍वरका दर्शनहरू देखें ।
  • Zech 1:8 : 8 “मैले रातमा यस्तो देखेँ! एउटा मानिस रातो घोडामा सवार थिए, र तिनी बेँसीको असारे-फूलका रूखहरूका माझमा थिए, र उनको पछाडि रातो, रातो-खैरो, र सेतो घोडाहरू थिए ।”
  • Ps 72:2-4 : 2 तिनले तपाईंका मानिसहरूलाई धार्मिकताले र तपाईंका गरीबहरूलाई न्यायले फैसला गरून् । 3 पहाडहरूले मानिसहरूका निम्ति शान्ति उत्पन्‍न गरून् । डाँडाहरूले धर्मिकता उत्पन्‍न गरून् । 4 उनले मानिसहरूका गरीबलाई न्याय देऊन् । उनले दरिद्रहरूका छोराछोरीलाई बचाऊन् र थिचोमिचो गर्नेहरूलाई चकनाचूर पारून् ।
  • Ps 99:4 : 4 राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्‍पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
  • Isa 45:21 : 21 नजिक आओ र मलाई यो घोषणा गर, प्रमाण ल्याओ! तिनीहरूले एकसाथ षड्यन्त्र गरून् । यसलाई धेरै पहिलेदेखि कसले प्रकट गरेको छ? कसले यो घोषणा गर्‍यो? के यो म परमप्रभुले नै थिएनँ र? ‍मबाहेक त्‍यहाँ अरू कुनै परमेश्‍वर छैन, न्यायी परमेश्‍वर र उद्धारक । मबाहेक कुनै अरू छैन ।
  • Isa 63:1-5 : 1 ¶ उहाँ को हुनुहुन्‍छ जो एदोमबाट, बोज्राबाट रातो पहिरनमा आउनुहुन्‍छ? जो आफ्‍नो महान् सामर्थ्यको कारणले राजकीय पोशाकमा रवाफका साथ आउँदै हुनुहुन्‍छ? धार्मिकतामा बोल्ने र बचाउनलाई शक्तिशाली रूपमा सक्षम म नै हुँ? 2 तपाईंका पोशाकहरू किन राता छन् र तपाईंले दाखको कोलमा दाख पेल्नुभएको जस्तो ती किन देखिन्‍छन्? 3 मैले दाखको कोलमा एक्‍लै दाख पेलेको छु, र जातिहरूबाट कोही पनि मसँग सहभागी भएनन् । मैले आफ्‍नो क्रोधमा तिनीहरूलाई पेलें र आफ्‍नो रिसमा तिनीहरूलाई कुल्चें । तिनीहरूका रगत मेरो लुगाहरूमा छ्यापिएका छन् र मेरा सबै लुगाहरूमा दाख लागेको छ । 4 किनकि मैले बदला लिने दिनको आशा गरें र मेरो उद्धारको वर्ष आइपुगेको थियो । 5 मैले हेरें र सहायता गर्ने कोही एक जना पनि थिएन । सहयता गर्नलाई त्‍यहाँ कोही एक जना पनि नभएको देखेर म छक्‍क परें, तर मेरो आफ्नै हातले मेरो निम्‍ति विजय ल्‍यायो र मेरो कडा रिसले मलाई डोर्‍यायो ।
  • Ps 45:3-7 : 3 हे सर्वशक्तिमान्, आफ्‍नो महिमा र ऐश्‍वर्यमा आफ्नो तरवार भिर्नुहोस् । 4 विश्‍वस्‍तता, नम्रता र धार्मिकताको कारणले आफ्‍नो ऐश्‍वर्यमा विजयसाथ सवार हुनुहोस् । तपाईंको दाहिने हातले तपाईंलाई डरलाग्‍दा कुराहरू सिकाउनेछन् । 5 तपाईंका काँडहरू तीखा छन् । मानिसहरू तपाईंको मुनि ढल्‍छन् । तपाईंका काँडहरू राजाका शत्रुहरूका मुटुमा छन् । 6 हे परमेश्‍वर, तपाईंको सिंहासन सदासर्वदाको निम्ति हो । न्यायको राजदण्ड तपाईंको राज्यको राजदण्ड हो । 7 तपाईंले धार्मिकतालाई प्रेम र दुष्‍टतालाई घृणा गर्नुभएको छ । यसकारण तपाईंको परमेश्‍वरले तपाईंका मित्रहरूभन्दा धेरै खुसीको तेलले तपाईंलाई अभिषेक गर्नुभएको छ ।
  • Rev 15:3-7 : 3 तिनीहरूले परमेश्‍वरका दास मोशा र थुमाको गीत गाइरहेका थिएः “हे सर्वशक्‍तिमान् परमप्रभु परमेश्‍वर, तपाईंका कामहरू महान् र आश्‍चर्यपूर्ण छन् । हे जातिहरूका राजा, तपाईंका मार्गहरू न्यायी र सत्य छन् । 4 हे प्रभु, तपाईंको नाउँको महिमा कसले गर्दैन र? तपाईंसँग को डराउँदैन? किनकि तपाईं मात्र पवित्र हुनुहुन्छ । सबै जाति आएर तपाईंको अगाडि आराधना गर्छन् किनभने तपाईंका धार्मिक कार्यहरू प्रकट गरिएका छन् । 5 यी कुरापछि मैले हेरँ, र स्वर्गमा गवाहीको पालको मन्दिर उघारियो । 6 सुतीको चम्किलो पोशाक लगाएर र सुनको फित्ता छातीको वरिपरि लगाएर सात जना स्वर्गदूत सातवटा विपत्ति लिएर महा-पवित्रस्थानबाट बाहिर आए । 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्‍वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
  • Rev 11:19 : 19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।
  • John 14:6 : 6 येशूले तिनलाई भन्‍नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।