Verse 20
उहाँको उपस्थितिमा आश्चर्य कामहरू प्रदर्शन गर्ने झुटा अगमवक्तासँगै त्यो पशु पक्राउ पर्यो । यी चिह्नद्वारा त्यो झुटा अगमवक्ताले त्यस पशुको छाप लगाउने र त्यसको प्रतिरूपको आराधना गर्नेहरूलाई छल गर्यो । तिनीहरूमध्ये दुई जनालाई बलिरहेको गन्धकको अग्नि-कुण्डमा जिउँदै फालियो ।
Referenced Verses
- Rev 20:10 : 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्नेछन् ।
- Rev 21:8 : 8 तर डराउनेहरू, अविश्वासीहरू, घिनलाग्दाहरू, हत्याराहरू, यौन-अनैतिकहरू, जादुगरहरू, मूर्तिपूजकहरू र झुट बोल्नेहरूको भाग बलिरहेको आगो र गन्धकको कुण्डमा हुनेछ । त्यो दोस्रो मृत्यु हो ।”
- Rev 20:14-15 : 14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो । 15 जीवनको पुस्तकमा कसैको नाउँ लेखिएको नभेट्टाइएमा त्यसलाई अग्नि-कुण्डमा फालियो ।
- Rev 14:10 : 10 उसले पनि परमेश्वरको क्रोधबाट केही मद्य पिउनेछ, जुन उहाँको क्रोधको कचौरामा खन्याइएको छ । जसले यो पिउँछ त्यसलाई परमेश्वरका पवित्र स्वर्गदूतहरू र थुमाको अगाडि आगो र गन्धकमा यातना दिइनेछ ।
- Isa 30:33 : 33 किनकि जल्नको निम्ति ठाउँ धेरै पहिला तयार पारिएको थियो । वास्तवमा, यो राजाको निम्ति तयार पारिन्छ र परमेश्वरले यसलाई गहिरो र फराकिलो बनाउनुभएको छ । त्यो आगो र धेरै दाउरासहित तयार छ । परमप्रभुको सासले गन्धकको नदीजस्तै यसलाई आगो सल्काउनेछ ।
- Dan 7:7-9 : 7 त्यसपछि रातको दर्शनमा डरलाग्दो, भयङ्कर, र धेरै बलियो थियो एउटा चौथो पशु मैले देखें । त्यसका फलाममा ठुला-ठुला दाँत थिए । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीलाई खुट्टामुनि कुल्चियो । अरू पशुभन्दा त्यो फरक थियो, र त्यसका दशवटा सिङ थिए । 8 जसै मैले ती सिङहरूका बारेमा विचार गर्दै थिएँ, मैले हेरें र ती सिङका बिचमा अर्को एउटा सानो सिङ बढ्दै गरेको देखें । पहिलो तिनवटा सिङ उखेलिएर झरे । यो सिङका आँखा मानिसका आँखाजास्ता भएको मैले देखें र त्यसको एउटा मुखले ठुला कुराहरूको सेखी गर्दै थियो । 9 जसै मैले हेरें, सिंहासनहरू तयार पारिएका थिए, र दिनहरूभन्दा प्राचीनले चाहिं आफ्नो आशन ग्रहण गर्नुभयो । उहाँका वस्त्र हिउँझैं सेता थिए, र उहाँको शिरको कपाल शुद्ध ऊनजस्तो थियो । उहाँको सिंहासनमा आगोको ज्वाला थियो, र त्यसका चक्काहरू बलिरहने आगो थियो । 10 उहाँको सामुबाट आगोको नदी बग्यो । लाखौं-लाखले उहाँको सेवा गरे, र दस करोडचाहिं उहाँको सामु खडा थिए । अदालतले न्यायको काम सुरु गर्यो, र पुस्तकहरू खोलिए । 11 त्यो सिङले बोलेका अहङ्कारपुर्ण वचनहरूका कारणले मैले निरन्तर हेरें । त्यो पशु मारिएको र त्यसको शरीर नष्ट पारिएको, र त्यसलाई जलाउनलाई दिइएको मैले देखें । 12 चारवटा पशुमध्येका अरू बाँकीका बारेमा, राज्य गर्ने अधिकार खोसियो, तर केही समयको निम्ति तिनीहरूका उमेर बढाइयो । 13 त्यस रातको मेरा दर्शनहरूमा, आकाशका बादलहरूका साथमा मानिसका पुत्रजस्तै एक जना आउँदै गर्नुभएको मैले देखें । दिनहरूभन्दा प्राचीनकाहाँ उहाँ आउनुभयो र उहाँको सामु उपस्थित गराउनुभयो । 14 राज्य गर्नलाई अधिकार र महिमा र राजकीय शक्ति उहाँलाई दिइयो, यसैले कि सबै मानिसहरू, जातिहरू, र भाषा बोल्नेहरूले उहाँको सेवा गरून् । राज्य गर्ने उहाँको अधिकारचाहिं सदासर्वदाको अधिकार हो जुन बितेर जानेछैन, अनि उहाँको राज्य त्यस्तो हो जुन कहिल्यै पनि नाश हुनेछैन ।
- Dan 7:19-21 : 19 अनि त्यो चौथो पशुको बारेमा अझै धेरै जान्ने मलाई इच्छा भयो— त्यो अरूभन्दा धेरै फरक थियो र आफ्ना फलामका दाँत र काँसाका नङ्ग्राका कारणले त्यो धेरै डरलाग्दो थियो । त्यसले चपायो, टुक्रा-टुक्रा पार्थ्यो, र बाँकीमाथि खुट्टाले कुल्चियो । 20 त्यसको शिरका दशवटा सिङ र नयाँ पलाएको अर्को सिङ जसको सामु तिनवटा सिङ उखेलिएर झरेको बारेमा जान्ने इच्छा मलाई भयो। आँखा भएका सिङ र ठुला कुराहरूको सेखी गर्ने मुखको बारेमा जान्ने इच्छा मलाई भयो, अनि त्यो आफ्ना मित्रहरूभन्दा महान् देखिन्थ्यो । 21 जसै मैले हेरें, त्यो सिङले पवित्र मानिसहरूका विरुद्ध युद्ध सुरु गर्यो र तिनीहरूलाई पराजित गर्दै थियो,
- Dan 7:23-26 : 23 ती मानिसले यसो भने, ‘चौथो पशुको बारेमा, त्यो पृथ्वीमा चौथो राज्य हुनेछ जुनचाहिं अरू सबै राज्यभन्दा फरक हुनेछ । त्यसले सारा पृथ्वीलाई नाश गर्नेछ र त्यसलाई कुल्चनेछ र त्यसलाई टुक्रा-टुक्रा पार्नेछ । 24 दसवटा सिङका बारेमाचाहिं, यो राज्यबाट दस जना राजा खडा हुनेछन्, तिनीहरूभन्दा पछि अर्को खडा हुनेछ । पहिलेकाभन्दा ऊ फरक हुनेछ, र उसले तिन जना राजालाई पराजित गर्नेछ । 25 उसले सर्वोच्च परमेश्वरका विरुद्ध बोल्नेछ र सर्वोच्च परमेश्वरका पवित्र मानिसहरूमाथि अत्याचार गर्नेछ । उसले चाडहरू र व्यवस्थालाई परिवर्तन गर्न कोसिस गर्नेछ । यी कुराहरूलाई उसको हातमा एक वर्ष, दुई वर्ष, र आधा वर्षको लागि दिइनेछ । 26 तर अदालतले न्यायको काम सुरु गर्नेछ, र अन्त्यमा भष्म पारिन र नाश गरिनलाई तिनीहरूले उसका राजकीय शक्तिलाई खोस्नेछन् ।
- Dan 8:24 : 24 उसको शक्ति महान् हुनेछ— तर उसको आफ्नै शक्तिले होइन । उसले जे कुराको विनाश गर्छ, त्यसमा ऊ अचम्ममा पर्नेछ । काम गर्नेछ र सफल हुनेछ । उसले शक्तिशाली मानिसहरू, अर्थात् पवित्र जनहरूका बिचमा भएका मानिसहरूलाई सर्वनाश गर्नेछ ।
- Dan 8:26 : 26 साँझ र बिहानको विषयमा बताइएका यी दर्शनहरू सत्य हुन् । तर यो दर्शनलाई मोहर लगाई बन्द गर, किनकि यसले भविष्यका धेरै दिनहरूलाई जनाउँछ ।”
- Dan 11:45 : 45 उसले समुद्रहरू र पवित्रताको सुन्दरताको पर्वतको बिचमा आफ्नो राजकीय वासस्थानको पाल खडा गर्नेछ । उसको अन्त्य हुनेछ, र उसको निम्ति त्यहाँ सहायता गर्ने कोही पनि हुनेछैन ।
- 2 Thess 2:8-9 : 8 त्यसपछि पापको मानिस प्रकट हुनेछ, जसलाई प्रभु येशूले उहाँको मुखको सासले मार्नुहुनेछ र उहाँका आगमनले उसको अन्त हुनेछ । 9 शैतानका सबै शक्तिशाली काम, चिन्हहरू र झुटा आश्चर्यकर्महरूको कारण पापको मानिसको आगमन हुनेछ । 10 त्यो अधार्मिकताका सबै छलका साथ आउनेछ । यी कुराहरू नाश हुनेहरूका निम्ति हुनेछन् जसले बचाइनको लागि परमेश्वरको प्रेमको सत्यतालाई ग्रहण गरेनन् । 11 यसकारण, तिनीहरूले झुटो विश्वास गरून् भनी परमेश्वरले भ्रमको काम पठाई रहनुभएको छ,
- Rev 13:1-8 : 1 ¶ त्यसपछि मैले समुद्रबाट एउटा पशु आइरहेको देखेँ । त्यसको दसवटा सिङ र सातवटा टाउका थिए । त्यसका सिङहरूमाथि दसवटा मुकुट थिए, र हरेक टाउकामाथि ईश्वर-निन्दाका नाउँहरू थिए । 2 मैले देखेको त्यो पशु चितुवाजस्तै थियो । त्यसका खुट्टाहरू भालुका जस्ता थिए, र त्यसको मुख सिंहको जस्तो थियो । त्यसलाई शासन गर्नको निम्ति एउटा अजिङ्गरले आफ्नो शक्ति, आफ्नो सिंहासन र आफ्नो महान् अधिकार दियो । 3 त्यो पशुको टाउकामा गहिरो चोट थियो, जसले मृत्युसम्म लैजान सक्थ्यो, तर त्यो घाउ निको भयो । र सारा पृथ्वी अचम्मित भयो र तिनीहरूले त्यस पशुलाई पछ्याए । 4 तिनीहरूले अजिङ्गरको पनि आराधना गर्दथे, किनकि त्यसले आफ्नो अधिकार त्यस पशुलाई दिएको थियो । “यो पशुजस्तो अरू को छ र?” र “यसको विरुद्धमा कसले लडाइँ गर्न सक्छ र?” भन्दै तिनीहरूले त्यस पशुलाई आराधना गरे । 5 त्यसको मुखमा घमण्डका वचनहरू बोल्न र ईश्वर-निन्दा गर्ने वचनहरू बोल्न दिइयो । त्यसलाई बयालिस महिनाको निम्ति अधिकार गर्न अनुमति दिइएको थियो । 6 त्यसैले, परमेश्वरको विरुद्ध ईश्वर-निन्दा गर्न, उहाँको नाउँ, उहाँको वासस्थान र स्वर्गमा बस्नेहरूका विरुद्धमा निन्दा गर्न त्यस पशुले आफ्नो मुख खोल्यो । 7 विश्वासीहरूसँग युद्ध गर्न र तिनीहरूलाई जित्न त्यो पशुलाई अनुमति दिइएको थियो । अनि हरेक जाति, मानिस, भाषा, र राष्ट्रमाथि पनि अधिकार दिइएको थियो । 8 पृथ्वीमा बस्ने सबै मानिसले त्यो पशुको पुजा गर्नेछन्, जसको नाउँ संसारको सृष्टिदेखि नै मारिनुभएका थुमाको जीवनको पुस्तकमा लेखिएका छैनन् ।
- Rev 13:11-18 : 11 तब मैले पृथ्वीबाट आइरहेको अर्को पशु देखेँ । त्यसका थुमाका जस्ता दुईवटा सिङ थिए, र त्यसले अजिङ्गरले जस्तै गरी बोल्यो । 12 त्यसले पहिले पशुको उपस्थितिमा सबै शक्तिको अभ्यास गर्यो, अनि पृथ्वी र त्यहाँ बस्ने मानिसहरूलाई त्यसले पहिले पशुलाई पुजा गर्न लगाउँथ्यो, जसको घातक घाउ निको भएको थियो । 13 त्यसले शक्तिशाली आश्चर्यकर्म पनि देखायो । त्यसले मानिसहरूका अगाडि स्वर्गबाट पृथ्वीमा आगो झार्ने कामसमेत गर्यो । 14 शक्तिशाली चिह्नहरूद्वारा यसलाई त्यसो गर्ने अनुमति दिइयो । दोस्रो पशुले पृथ्वीमा भएका मानिसहरूलाई छल गर्यो । त्यसले पहिलो पशुलाई आदर गर्नका निम्ति तिनीहरूलाई त्यसको एउटा मूर्ति बनाउन लगायो । त्यस पशुलाई तरवारको चोट लागेको थियो, तरै पनि त्यो जीवित भयो । 15 त्यसलाई त्यो पशुको मूर्तिलाई जीवित पार्ने अनुमति दिइयो, जसले गर्दा त्यो मूर्तिले बोल्न सकोस् र त्यस पशुको मूर्तिलाई पुजा गर्न इन्कार गर्नेहरू मारिन सकून् । 16 अनि त्यसले शक्तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो । 17 त्यो पशुको चिह्न नभएकाहरूका निम्ति किन्न वा बेच्न असम्भव हुन्थ्यो । त्यो पशुको चिह्नले त्यसको नाउँको सङ्ख्यालाई प्रतिनिधित्व गर्दछ । 18 यसले बुद्धिको आव्हान गर्छ । कसैसँग अन्तर्दृष्टि छ भने, त्यसले पशुको सङ्ख्या हिसाब गरोस् । किनकि त्यो सङ्ख्या मानव-जातिको निम्ति हो । यो सङ्ख्या ६६६ हो ।
- Isa 34:9 : 9 एदोमका नदीहरू अकत्रामा, त्यसको माटो गन्धकमा परिणत हुनेछ र त्यसको देश जलिरहने अलकत्रा हुनेछ ।
- Ezek 38:22 : 22 तब त्यसलाई म रूढी र रगतले न्याय गर्नेछु । अनि त्यो र त्यसका फौज र त्योसँगै भएका धेरै जातिहरूमाथि म घनघोर वर्षा र असिना र जलिरहेको गन्धक बर्साउनेछु ।
- Dan 2:40-45 : 40 त्यहाँ फलामझैं बलियो चौथो राज्य हुनेछ, किनकि फलामले अरू कुराहरूलाई टुक्रा-टुक्रा पार्छ र हरेक कुरालाई चकनाचूर पार्छ । त्यसले यी सबै कुराहरूलाई चकनाचूर पार्नेछ र कुल्चनेछ । 41 जसरी हजुरले देख्नुभयो, पाउहरू र बुढी औंलाहरू केही पाकेका माटो र केही फलामले बनेका थिए, त्यसरी नै त्यो एउटा विभाजित राज्य हुनेछ । त्यसमा केही फलामको शक्ति हुनेछ, जसरी हजुरले फलाम र नरम माटो मिसिएको देख्नुभयो । 42 जसरी पाउहरूका बुढी औंलाहरू केही फलाम र केही माटोले बनेका थिए, त्यसरी नै त्यो राज्य केही शक्तिशाली र केही सजिलै टुक्रिने किसिमको हुनेछ । 43 जसरी हजुरले फलामलाई नरम माटोसँग मिसिएको देख्नुभयो, त्यसरी नै मानिसहरू पनि मिश्रित हुनेछन् । तिनीहरू मिलेर बस्नेछैनन्, जसरी फलाम माटोसँग मिल्न सक्दैन । 44 ती राजाहरूको समयमा, स्वर्गका परमेश्वरले एउटा राज्य खडा गर्नुहुनेछ, जुन कहिल्यै नाश पारिनेछैन, नत कुनै अर्को जातिद्वारा परास्त हुनेछ । त्यसले अरू राज्यहरूलाई टुक्रा-टुक्रा पार्नेछ र तिनीहरू सबैको अन्त्य गर्नेछ, र त्योचाहिं सदाको निम्ति रहनेछ । 45 जसरी पर्वतबाट एउटा ढुङ्गो काटिएको हजुरले देख्नुभयो, तर मानिसको हातले होइन । त्यसले फलाम, काँसा, माटो, चाँदी र सुनलाई टुक्रा-टुक्रा पार्यो । महाराजा, महान् परमेश्वरले हजुरलाई यसपछि के हुनेछ भनेर बताउनुभएको छ । यो सपना साँचो हो र त्यसको अर्थ विश्वासयोग्य छ ।”
- Gen 19:24 : 24 त्यसपछि परमप्रभुले सदोम र गमोरामाथि आकाशबाट गन्धक र आगो बर्साउनुभयो ।
- Deut 29:23 : 23 परमप्रभुले आफ्नो रिस र क्रोधमा सदोम र गमोरा, अदमा र सबोयीमलाई नष्ट पार्नुभएझैँ समस्त देशमा गन्धक र नून जलेको खाक मात्र हुने छ ।
- Job 18:15 : 15 अपरिचित मानिसहरूले उसको घरभित्र गन्धक छरेको देखेपछि, तिनीहरू उसको पालमा बस्ने छैनन् ।
- Ps 11:6 : 6 दुष्टहरूमाथि उहाँले भुङ्ग्रो र गन्धक बर्साउनुहुन्छ । उहाँको कचौराबाट बहने तातो हावा तिनीहरूको हिस्सा हुनेछ ।
- Rev 16:13-14 : 13 मैले अजिङ्गर, पशु र झुटो अगमवक्ताका मुखहरूबाट भ्यागुताजस्ता तिनवटा अशुद्ध आत्मा बाहिर निस्किरहेको देखेँ । 14 किनकि तिनीहरू दुष्टका आत्माहरू थिए जसले आश्चर्यपूर्ण चिह्नको प्रदर्शन गर्दछन् । तिनीहरू सारा संसारका राजाहरूकहाँ गएर सर्वशक्तिमान् परमेश्वरको महान् दिनको युद्धका लागि तिनीहरूलाई सँगसँगै भेला गर्छन् ।
- Rev 17:3-8 : 3 त्यसपछि स्वर्गदूतले मलाई आत्मामा बोकेर उजाड-स्थानतिर लगे, र निन्दा गर्ने पुरै नाउँहरूले भरिएकी रातो रङको पशुमाथि बसेकी एउटी स्त्रीलाई मैले देखेँ । त्यस जनावरको सातवटा टाउका र दसवटा सिङ थिए । 4 त्यस स्त्रीले बैजनी र रातो चहकिलो पोशाक लगाएकी र सुन, बहुमूल्य मणि र मोतीहरूले सिँगारिएकी थिई । घिनलाग्दा कुराहरू र यौन अनैतिकताका अशुद्ध थोकहरूले भरिएको एउटा सुनको कचौरा त्यसले हातमा समातिरहेकी थिई । 5 एउटा रहस्यको अर्थ भएको नाउँ त्यसको निधारमा लेखिएको थियोः “पृथ्वीमा भएका घिनलाग्दा कुराहरू र वेश्याहरूकी आमा महान् बेबिलोन ।” 6 मैले त्यस स्त्रीले विश्वासीहरूको रगत र येशूको निम्ति सहिद भएकाहरूको रगत पिएर मातेकी देखेँ । जब मैले त्यसलाई देखेँ, तब म सार्है नै चकित भएँ । 7 तर स्वर्गदूतले मलाई भने, “तिमी किन चकित हुन्छौँ? म तिमीलाई त्यो स्त्री र त्यसलाई बोक्ने सातवटा टाउका र दसवटा सिङ भएको पशुको रहस्यको अर्थ बताउनेछु । 8 तिमीले देखेको त्यो पशु अस्तित्वमा थियो र अहिले अस्तित्वमा छैन, तर अगाध खाँदबाट माथि निस्कन लागेको छ । तब यो विनाशतिर जानेछ । पृथ्वीमा जिउनेहरू जसका नाउँ संसारको उत्पत्तिदेखि जीवनको पुस्तकमा लेखिएका छैनन्, तिनीहरू त्यो पशुलाई देखेर चकित पर्नेछन्, किनभने त्यो अस्तित्वमा थियो, अहिले अस्तित्वमा छैन, तर आउनै लागेको छ ।
- Rev 17:12 : 12 तिमीले देखेका दसवटा सिङ दस जना राजा हुन्, जसले अहिलेसम्म राज्य प्राप्त गरेका छैनन्, तर त्यो पशुसँगै तिनीहरूले एक घण्टाका निम्ति राजाकै अधिकार प्राप्त गर्नेछन् ।
- Rev 19:19 : 19 मैले पशु र पृथ्वीका राजाहरूलाई तिनीहरूका सेनाहरूका साथमा देखेँ । तिनीहरू घोडामाथि सवार हुनुहुने र उहाँका सेनाहरूसँग युद्ध गर्न भेला भएका थिए ।
- Rev 22:15 : 15 कुकुरहरू, मन्त्रतन्त्र गर्नेहरू, अश्लील काम गर्नेहरू, हत्याराहरू, मूर्तिपूजकहरू, र झुटा कुरा अभ्यास गर्ने र प्रेम गर्न मन पराउने हरेक बाहिर हुन्छन् ।