Verse 11
त्यसपछि मैले एउटा महान् सेतो सिंहासन र त्यसमाथि विराजमान हुनुहुनेलाई देखेँ । उहाँको उपस्थितिबाट स्वर्ग र पृथ्वी भागेर टाढा गए, तर तिनीहरूका लागि जान त्यहाँ कुनै ठाउँ थिएन ।
Referenced Verses
- Dan 2:35 : 35 तब फलाम, माटो, काँसा, चाँदी र सुन सबै सँगै टुक्रा-टुक्रा भए र ती ग्रीष्म ऋतुमा अन्न चुट्ने खलाका भुसझैं भए । बतासले तिनलाई उडायो र त्यहाँ तिनका कुनै नाउँ निशाना रहेन । तर त्यो सालिकलाई हिर्काउने ढुङ्गोचाहिं एउटा ठुलो पर्वत बन्यो र त्यसले सम्पूर्ण पृथ्वीलाई ढाक्यो ।
- Rev 21:1 : 1 ¶ अनि मैले नयाँ स्वर्ग र नयाँ पृथ्वी देखेँ, किनभने पहिलो स्वर्ग र पहिलो पृथ्वी बितिगए, र समुद्र त छँदै थिएन ।
- Matt 24:35 : 35 स्वर्ग र पृथ्वी बितेर जानेछ, तर मेरा वचन बितेर जानेछैनन् ।
- Jer 4:23-26 : 23 मैले देशलाई हेरें। हेर, यो आकारहीन र शून्य थियो । किनकि आकाशमण्डलको लागि कुनै ज्योति थिएन । 24 मैले पर्वतहरूलाई हेरें । हेर्, ती थरथर काँप्दै थिए, र सबै डाँडा यताउता हल्लिरहेका थिए । 25 मैले हेरें । हेर्, त्यहाँ कोही थिएन, र आकाशका सबै चरा उडेर भागेका थिए । 26 मैले हेरें । परमप्रभुको सामु, उहाँको भयानक क्रोधको सामु बगैँचा मरुभूमि भएको थियो, र सबै सहरहरू ध्वस्त भएका थिए ।
- 2 Pet 3:10-12 : 10 तर परमेश्वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् । 11 सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ । 12 तिमीहरूले व्यग्रतासाथ परमेश्वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
- Rev 6:14 : 14 आकाश चर्मपत्रको मुट्ठोजस्तै बेरिएर लोप भयो, जुनचाहिँ बटारिएको थियो । हरेक पहाड र टापु त्यसको ठाउँदेखि हटेर गए ।
- Rev 12:8 : 8 तर जित्नका निम्ति त्यो अजिङ्गरसँग पर्याप्त बल थिएन । त्यसकारण, स्वर्गमा त्यसको र त्यसका दूतहरूका निम्ति कुनै ठाउँ भएन ।
- 2 Pet 3:7 : 7 अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
- Matt 25:31 : 31 जब मानिसका पुत्र आफ्नो महिमामा आउनेछन् र उनको साथमा सारा स्वर्गदूतहरू आउनेछन्, उनी आफ्नो महिमित सिंहासनमा विराजमान हुनेछन् ।
- Acts 17:30-31 : 30 यसकारण परमेश्वरले पहिलेको अज्ञानताको समयलाई ध्यान दिनुभएन, तर अहिले परमेश्वरले सबै ठाउँका सारा मानिसहरूलाई आफ्नो पापको पश्चात्ताप गर्ने आज्ञा गर्नुहुन्छ । 31 किनभने उहाँले एक दिन निश्चित गर्नुभएको छ, जुन दिन आफूले चुन्नु भएको मानिसद्वारा उहाँले धार्मिकतामा संसारलाई न्याय गर्नुहुनेछ । परमेश्वरले उहाँलाई मृत्युबाट जीवित पार्नुभएर सबै मानिसहरूलाई यी मानिसको बारेमा प्रमाण दिनुभएको छ ।”
- Rom 2:5 : 5 तर तिमीहरूको कठोर र अपश्चात्तापी हृदयको कारण तिमीहरूले क्रोधको दिन अर्थात् परमेश्वरको धार्मिक न्याय प्रकट हुने दिनको निम्ति क्रोध थुपारिरहेका छौ ।
- Gen 18:25 : 25 धर्मीलाई पनि दुष्टलाई जस्तै व्यवहार गरेर दुष्टका साथमा धर्मी जनलाई मार्ने काम तपाईंबाट टाढा रहोस् । यस्तो कुरा तपाईंबाट टाढा रहोस्! सारा पृथ्वीका न्यायकर्ताले न्यायोचित काम गर्नुहुन्न र?
- Job 9:6 : 6 उहाँले पृथ्वीलाई यसको आफ्नो ठाउँबाट हल्लाउनुहुन्छ, र यसका टेकाहरूलाई कँपाउनुहुन्छ ।
- Ps 9:7-8 : 7 तर परमप्रभु सदासर्वदा रहनुहुन्छ । न्यायको निम्ति उहाँको आफ्नो सिंहासन स्थापित गर्नुभएको छ । 8 उहाँले धार्मिकतामा संसारको न्याय गर्नुहुनेछ, र उहाँले जातिहरूका न्याय निश्पक्ष रूपले गर्नुहुनेछ ।
- Ps 14:6-7 : 6 तिमीहरू गरीब व्यक्तिको अपमान गर्ने इच्छा गर्छौ तापनि परमप्रभु त्यसको शरणस्थान हुनुहुन्छ । 7 ओहो, इस्राएलको उद्धार सियोनबाट आउँछ । जब परमप्रभुले आफ्ना मानिसहरूलाई कैदबाट फर्काएर ल्याउनुहुन्छ, तब याकूब आनन्दित हुनेछ र इस्राएल खुसी हुनेछ ।
- Ps 47:8 : 8 परमेश्वरले जातिहरूमा राज्य गर्नुहुन्छ । परमेश्वर आफ्नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
- Ps 89:14 : 14 धार्मिकता र न्याय तपाईंको सिंहासनको जग हुन् । करारको विश्वस्तता र सत्यता तपाईंको सामुबाट आउँछन् ।
- Ps 97:2 : 2 बादल र अन्धकारले उहाँलाई घेर्छन् । धार्मिकता र न्याय उहाँको सिंहासनको जग हो ।
- Rev 4:2 : 2 एकै छिनमा म आत्मामा थिएँ, र स्वर्गमा एउटा सिंहासन भएको मैले देखेँ, जसमाथि कोही बसिरहनुभएको थियो ।
- Rev 16:20 : 20 हरेक टापु हराएर गयो, र पर्वतहरू फेरि भेट्टाइएनन् ।
- Rev 20:2 : 2 उनले अजिङ्गर अर्थात् त्यो प्राचीन सर्पलाई पक्रे, जो दुष्ट वा शैतान हो । उनले त्यसलाई एक हजार वर्षका निम्ति बाँधे ।
- Rev 19:11 : 11 तब मैले स्वर्ग खोलिएको देखेँ, र मैले हेरेँ त्यहाँ एउटा सेतो घोडा थियो । त्यसमाथि सवार हुनुहुनेलाई सत्य र विश्वासयोग्य भनिन्थ्यो । उहाँले न्यायपूर्ण रूपमा इन्साफ र युद्ध गर्नुहुन्छ ।