Verse 13
समुद्रमा भएका मृतकहरूलाई त्यसले फिर्ता गरिदियो । मृत्यु र पातालले तिनीहरूमा भएका मृतकहरूलाई दिए, र तिनीहरूले गरेका कामअनुसार मृतकहरूको न्याय भयो ।
Referenced Verses
- Rev 6:8 : 8 तब मैले पहेँलो घोडालाई देखेँ । यसको घोडसवारको नाउँ मृत्यु थियो, र पातालले त्यसलाई पछ्याइरहेको थियो । अनि तिनीहरूलाई पृथ्वीको एक-चौथाइ भागमाथि तरवारले मार्न, अनिकाल र रोगहरूमाथि, र पृथ्वीका जङ्गली जनावरलाई मार्न अधिकार दिइएको थियो ।
- Rev 20:12 : 12 मैले शक्तिशाली र कमजोर मृतकहरूलाई सिंहासनको अगाडि उभिरहेको देखेँ र पुस्तकहरू खोलिए । तब अर्को पुस्तक अर्थात् जीवनको पुस्तक पनि खोलिएको थियो । ती पुस्तकहरूमा लेखिएका विवरणअनुसार तिनीहरूका कामहरूका आधारमा मृतकहरूको न्याय भयो ।
- John 5:28-29 : 28 यस कुरामा तिमीहरू अचम्म नमान, किनकि चिहानमा हुनेहरूले उसको सोर सुन्ने समय आइरहेको छ, 29 र तिनीहरू चिहानबाट बाहिर आउनेछन्ः असल गर्नेहरू जीवनको पुनरुत्थानको निम्ति र दुष्ट काम गर्नेहरू न्यायको पुनरुत्थानको निम्ति ।
- 1 Cor 15:50-58 : 50 त्यसैले, अब भाइहरू हो म भन्छु कि मासु र रगत परमेश्वरको राज्यको हकदार हुन सक्नेछैन, न त विनाशी अविनाशिको हकदार हुन सक्छ । 51 हेर! म तिमीहरूलाई गोप्य सत्य बताउँछुः हामी सबै मर्नेछैनौँ, तर हामी सबै परिवर्तन हुनेछौँ । 52 हामीहरू एकै क्षणमा, आँखाको एक निमेषमा, तुरहीको अन्तिम आवाजमा परिवर्तन हुनेछौँ । किनकि तुरही बज्नेछ र मरेकाहरू अविनाशी शरीरमा जीवित पारिनेछन् र हामी परिवर्तन हुनेछौँ । 53 किनकि विनाशीले शरीरले अविनाशी शरीरलाई धारण गर्नुपर्छ र यो मरणशील शरीरले अमरत्व धारण गर्नुपर्छ । 54 यो विनाशी शरीरले अविनाशीलाई धारण गर्नेछ र यो मरणशील शरीरले अमरत्व धारण गरेपछि यसरी लेखिएको वचन पुरा हुन आउनेछः “मृत्यु विजयमा निलिएको छ ।” 55 “हे मृत्यु तेरो विजय कहाँ छ? मृत्यु तेरो खिल कहाँ छ?” 56 मृत्युको खिल पाप हो र पापको शक्ति व्यवस्था हो । 57 तर येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा हामीलाई विजय दिने परमेश्वरलाई धन्यवाद होस्! 58 त्यसैकारण, मेरा प्रिय भाइहरू हो, स्थिर र अटल रहो । सधैँ परमेश्वरको काममा व्यस्त रहो, किनकि परमेश्वरमा तिमीहरूको काम व्यर्थ हुँदैन ।
- Isa 26:19 : 19 तपाईंका मृतहरू जीवित हुनेछन् । तिनीहरूका मृत शरीरहरू जीवित हुनेछन् । ए धूलोमा बस्नेहरू हो, उठ र आनन्दको गीत गाओ । किनकि तपाईंको शीत बिहानको शीत हो, अनि पृथ्वीले आफ्ना मृतकहरूलाई ल्याउनेछ ।
- Rev 20:14 : 14 मृत्यु र पाताल अग्नि-कुण्डमा फालिए । यो अग्नि-कुण्ड दोस्रो मृत्यु हो ।
- Hos 13:14 : 14 के म तिनीहरूलाई चिहानको शक्तिदेखि बचाउनेछु र? के म तिनीहरूलाई मृत्युबाट बचाउनेछु र? ए मृत्यु, तेरा विपत्तिहरू कहाँ छन्? ए चिहान, तेरो विनाश कहाँ छ? मेरा आँखाबाट दया लुकेको छ ।”
- Rev 1:18 : 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।