Verse 13
अल्फा र ओमेगा, पहिलो र पछिल्लो, सुरु र अन्त म नै हुँ ।
Referenced Verses
- Rev 21:6 : 6 उहाँले मलाई भन्नुभयो, “यी कुराहरू सिद्धिएका छन् । म नै अल्फा र ओमेगा, सुरु र अन्त्य हुँ । जो तिर्खाउँछ उसलाई म सित्तैँमा जीवनको पानी मुहानबाट पिउन दिनेछु ।
- Rev 1:8 : 8 सर्वशक्तिमान् परमप्रभु परमेश्वर भन्नुहुन्छ, “अल्फा र ओमेगा म नै हुँ”, “उहाँ जो हुनुहुन्छ, जो हुनुहुन्थ्यो, र जो हुन आउनुहुनेछ ।” [टिपोटः केही संस्करणमा लेखिएको छ] “अल्फा र ओमेगा, सुरु र अन्त म नै हुँ”, परमप्रभु परमेश्वर भन्नुहुन्छ ।
- Isa 44:6 : 6 इस्राएलका राजा, त्यसको उद्धारक, सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, “म नै पहिलो हुँ र म नै अन्तिम हुँ । र मबाहेक अरू कुनै परमेश्वर छैन ।
- Isa 48:12 : 12 ए याकूब, मेरो कुरा सुन्, ए इस्राएल जसलाई मैले बोलाएँ: म उही हुँ । म पहिलो हुँ र म अन्तिम पनि हुँ ।
- Rev 1:17 : 17 जब मैले उहाँलाई देखेँ, म मरेतुल्य मानिसजस्तै भएर उहाँको पाउँमा परेँ । उहाँले आफ्नो दाहिने हात ममाथि राख्नुभयो र भन्नुभयो, “नडराऊ ।” पहिलो र अन्तिम म नै हुँ ।
- Isa 41:4 : 4 कसले यी कामहरू गरेको र पुरा गरेको छ? कसले सुरुदेखिका पुस्ताहरूलाई बलाएको छ? म, परमप्रभु पहिलो र अन्तिम म नै हुँ ।
- Rev 1:11 : 11 “त्यसले भन्यो, ‘तिमीले जे देख्छौ, सो एउटा पुस्तकमा लेख र सातवटा मण्डली अर्थात् एफिसस, स्मुर्ना, पर्गामम, थिआटीरा, सार्डिस, फिलाडेल्फिया र लाउडिकियालाई पठाऊ’ ।”