Verse 20

यी कुराका गवाही दिने जसले भन्‍नुहुन्छ, “हो, म चाँडै आउँदै छु ।” आमेन! आउनुहोस्, हे प्रभु येशू ।

Referenced Verses

  • Rev 22:7 : 7 “हेर, म चाँडै आउँदै छु । यस पुस्तकको अगमवाणीको वचन जसले पालन गर्छ, त्यो धन्यको हो ।”
  • Rev 22:12 : 12 “हेर, म चाँडै आउँदै छु । हरेकले गरेको काम अनुसारको इनाम मसँग छ ।
  • 2 Tim 4:8 : 8 मेरो लागि धर्मिकताको मुकुट राखिएको छ, जुन त्यस दिनमा धार्मिक न्यायाधीश प्रभुले मलाई त्यो मुकुट दिनुहुनेछ, मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रिय ठान्‍ने सबैलाई ।
  • 1 Cor 16:22 : 22 यदि कसैले प्रभुलाई प्रेम गर्दैन भने ऊ श्रापित होस् । हाम्रा प्रभु, आउनुहोस् ।
  • Rev 22:10 : 10 तिनले मलाई भने, “यस पुस्तकको अगमवाणीका वचनहरूमा मोहर नलगाओ, किनभने समय नजिकै छ ।
  • Heb 9:28 : 28 त्यसरी नै, ख्रीष्‍ट पनि धेरै जनाका पाप बोक्‍नलाई सधैँका निम्ति एकै पल्ट बलि हुनुभयो । पापसँग सामना गर्नलाई दोस्रो पल्ट उहाँ देखा पर्नुहुने होइन, तर मुक्‍तिका लागि धैर्यसाथ उहाँका निम्ति पर्खिरहनेहरूका लागि हो ।
  • 2 Pet 3:12-14 : 12 तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् । 13 तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ । 14 त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
  • Rev 1:2 : 2 परमेश्‍वरको वचनको सम्बन्धमा आफूले देखेका सबै कुरा र येशू ख्रीष्‍टको बारेमा यूहन्‍नाले गवाही दिएका छन् ।
  • Rev 1:18 : 18 म जीवित छु । म मरेको थिएँ, तर हेर, म सदाका निम्ति जीवित रहन्छु, अनि मृत्यु र पातालका साँचाहरू मसित छन् ।
  • Isa 25:9 : 9 त्यस दिन यसो भनिनेछ, “हेर, उहाँ नै हाम्रो परमेश्‍वर हुनुहुन्छ । हामीले उहाँको प्रतिक्षा गरेका छौं र उहाँले हामीलाई बचाउनुहुनेछ । उहाँ परमप्रभु हुनुहुन्छ । उहाँको उद्धारमा हामी खुसी हुनेछौं र आनन्द मनाउनेछौं ।
  • John 21:25 : 25 येशूले गर्नुभएका अरू धेरै कुराहरू पनि छन् । यदि ती सबै लेखिएका भए, मलाई लाग्छ, ती लेखिएका पुस्तकहरू संसारमा पनि अटाउने थिएनन् ।
  • Rev 22:18 : 18 यस पुस्तकको अगमवाणीका वचनहरू सुन्‍ने हरेकलाई म चेताउनी दिन्छु । यदि कसैले तिनमा थप्छ भने, यस पुस्तकमा लेखिएका विपत्तिहरू परमेश्‍वरले त्यसमाथि थपिदिनुहुनेछ ।
  • Song 8:14 : 14 हे मेरा प्रेमी, हतार गर्नुहोस्, र सुगन्धित मसलाले भरिएका पर्वतहरूमा बस्‍ने हरिण वा जवान मृगजस्तै हुनुहोस् ।