Verse 3

त्यसमाथि बस्‍नुहुने स्फटिक र लालमणिजस्तै देखिनुहुन्थ्यो । सिंहासनको वरिपरि इन्द्रेणी थियो । त्यो इन्द्रेणी मोती जस्तो चम्किलो देखिन्थ्यो ।

Referenced Verses

  • Ezek 1:28 : 28 उहाँको वरिपरीको चम्किलो उज्यालो पानी परेको दिन बादलमा देखिने इन्‍द्रेनीको आकारझैं उज्‍ज्‍वल थियो । त्‍यो परमप्रभुका महिमासँग मिल्दो दोखिन्‍थ्‍यो । जब मैले त्‍यो देखें तब म घोप्‍टो परें, र एउटा बोलिरहेको आवाज मैले सुनें ।
  • Rev 21:11 : 11 यरूशलेममा परमेश्‍वरको महिमा थियो, र त्यसको चमक बहुमूल्य रत्‍नहरूजस्तो, मणिक स्फटिक पत्थरको जस्तो थियो ।
  • Ezek 28:13 : 13 परमेश्‍वरको बगैंचा अदनमा तँ थिइस्‌ । हरेक बहुमूल्‍य पत्‍थरले तँ सिंगारिएको थिइस्‌: मानिक, पुष्‍पराज, पन्‍ना, पीतमणि, आनिक्‍स, बिल्‍लौर, नीर, फिरोजा र बेरूजले तँ आभूषित थिइस्‌ । तेरा साज-सज्‍जा र प्रदर्शन सुनले बनेका थिए । तेरो सृष्‍टि भएको दिनमा नै ती तयार पारिएका थिए ।
  • Rev 10:1 : 1 ¶ त्यसपछि मैले स्वर्गबाट अर्को शक्‍तिशाली स्वर्गदूत आइरहेको देखेँ । तिनलाई बादलले घेरेको थियो, र तिनको शिरमाथि इन्द्रेणी थियो । तिनको अनुहार सूर्यजस्तै अनि तिनका खुट्टा आगोका खाँबाहरूजस्तै थिए ।
  • Gen 9:13-16 : 13 कि मैले बादलमा इन्द्रेणी राखेको छु, र यो मेरो र पृथ्वीको बिचमा करारको चिन्ह हुनेछ । 14 मैले पृथ्वीमाथि बादल फिँजाउँदा जब इन्द्रेणी देखा पर्छ 15 तब म मेरो करारलाई सम्झनेछु जुन करार मेरो र तिमीहरूसाथै हरेक जीवित प्राणीको बिचमा बाँधिएको छ । जलप्रलयले फेरि कहिल्यै सबै प्राणीलाई सर्वनाश गर्नेछैन । 16 परमेश्‍वर र पृथ्वीमा रहेका सबै जीवित प्राणीबिच बाँधिएको नित्य रहिरहने कराको सम्झना गर्नलाई म बादलमा देखा पर्ने इन्द्रेणीलाई हेर्नेछु ।”
  • Rev 21:19-20 : 19 पर्खालका जगहरू हर प्रकारका बहुमूल्य पत्थरद्वारा बनाइएका थिए । पहिलो बिल्लौर थियो, दोस्रो निलमणि थियो, तेस्रो हरित थियो, चौथो पन्‍ना थियो । 20 पाँचौँ आनिक्स थियो, छैटौँ लालमणि थियो, सातौँ पीतमणि थियो, आठौँ बेरूज थियो, नवौँ पुष्पराज थियो, दसौँ लसुने रत्‍न थियो । एघारौँ नीलमणि थियो, र बाह्रौँ कटेला थियो ।
  • Exod 24:10 : 10 तिनीहरूले इस्राएलका परमेश्‍वरलाई देखे । उहाँको पाउमुनि आकाशजस्तै सफा नीरबाट निर्मित बाटो थियो ।
  • Exod 28:18 : 18 दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना राख्‍नू ।
  • Exod 39:11 : 11 दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो ।
  • Isa 54:9-9 : 9 किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु । 10 पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
  • Ezek 1:26 : 26 तिनीहरू शिरमाथिका विशाल अर्धगोलाकार क्षेत्रमाथि एउटा सिंहासनजस्‍तो थियो जुन हेर्दा त्‍यो नीलमणीजस्‍तै देखिन्‍थ्‍यो, र त्‍यो सिंहासनजस्‍तोमा बस्‍नेको स्‍वरूप मानिसको जस्‍तो थियो ।