Verse 8
जब उहाँले त्यो मुट्ठोलाई लिनुभयो, ती चारवटा जीवित प्राणी र चौबिस जना एल्डर उहाँको अगाडि घोप्टो परे । तिनीहरू हरेकसँग वीणा र धूपले भरिएका सुनका धुपौराहरू थियो, जुन विश्वासीहरूका प्रार्थना हुन् ।
Referenced Verses
- Ps 141:2 : 2 मेरो प्रार्थना तपाईंको सामु सुगन्धित धूपझैं होस् । मेरा उचालिएका हातहरू साँझको बलिदान झैं होऊन् ।
- Rev 5:14 : 14 ती चारैवटा जीवित प्राणीले भने, “आमेन ।” र एल्डरहरू आफैँ घोप्टो परेर आराधना गरे । [टिपोटः पुरानो संस्करणमा यसरी लेखिएको छ] चौबिस एल्डर आफैँ घोप्टो परेर सदासर्वदा रहिरहनुहुनेलाई आराधना गरे ।
- Rev 8:3-4 : 3 अर्को स्वर्गदूत आए र सुनको धुपौरो लिएर वेदीको छेउमा उभिए । सिंहासन अगाडि सबै विश्वासीका प्रार्थनासँग चढाउनका लागि ती स्वर्गदूतलाई धेरै धूप दिइयो । 4 विश्वासीहरूका प्रार्थनासँगै धूपको धुवाँ स्वर्गदूतको हातबाट परमेश्वरको अगाडि पुग्यो ।
- Rev 14:2-3 : 2 मैले धेरै पानीको आवाजजस्तै र ठुलो गर्जनको आवाजजस्तो स्वर्गबाट आएको एउटा सोर सुनेँ । मैले सुनेको त्यो आवाज वीणा बजाउनेहरूले आफ्ना वीणाहरू बजाइरहेका सोरजस्तो थियो । 3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्न सक्दैनथ्यो ।
- Rev 15:2 : 2 मैले आगोसँग मिसिएको काँचको समुद्रजस्तो केही देखा परेको देखेँ । त्यहाँ समुद्रको छेउमा पशु, त्यसको मूर्ति र नाउँको सङ्ख्यामाथि प्रतिनिधित्व गर्दै विजय पाउनेहरू उभिएका थिए । परमेश्वरले दिनुभएको वीणा तिनीहरूले पक्रिरहेका थिए ।
- Rev 4:10 : 10 चौबिस जना एल्डरले निहुरेर सिंहासनमा विराजमान हुनुहुनेका अगाडि दण्डवत् गरे । तिनीहरूले सदासर्वदा जीवित हुनुहुनेलाई दण्डवत् गरे, र सिंहासनको अगाडि आ-आफ्ना मुकुट राख्दै यसो भने,
- Rev 15:7 : 7 चार जीवित प्राणीमध्ये एउटाले सदाकाल जिउनुहुने परमेश्वरको क्रोधले भरिएको सुनका सातवटा कचौरा ती स्वर्गदूतहरूलाई दिए ।
- Rev 19:4 : 4 चौबिस जना एल्डर र चार जीवित प्राणीहरू आफैँले भुइँसम्मै घोप्टो परेर सिंहासनमा विराजमान हुनुभएका परमेश्वरलाई दण्डवत् गर्दै आराधना गरे । तिनीहरूले “आमेन । हल्लेलूयाह!” भनिरहेका थिए ।
- Rom 14:10-12 : 10 तर तिमीहरू किन आफ्नो भाइको न्याय गर्छौ? अनि तिमी किन आफ्नो भाइलाई तुच्छ ठान्छौ? किनकि हामी सबै परमेश्वरको न्याय आसनको सामु खडा हुनेछौँ । 11 किनकि यस्तो लेखिएको छ, परमप्रभु भन्नुहुन्छ, “जस्तो म जीवित छु, मेरो निम्ति हरेक घुँडा टेक्नेछ र हरेक जिब्रोले परमप्रभुको प्रशंसा गर्नेछ ।” 12 यसैले, हामी हरेकले परमेश्वर स्वयम्लाई लेखा दिनुपर्नेछ ।
- Rev 4:4 : 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्त्र पहिरिएर बसेका थिए ।
- Rev 4:8 : 8 चारै जीवित प्राणीमध्ये हरेकका ६-६ वटा पखेटा थिए; तल र माथि आँखैआँखाले भरिएका थिए । दिनरात तिनीहरूले “पवित्र, पवित्र, पवित्र, सर्वशक्तिमान् परमप्रभु परमेश्वर जो हुनुहुन्थ्यो, र हुनुहुन्छ, र हुन आउनुहुनेछ” भनी रहन्थे ।
- Phil 2:9-9 : 9 यसकारण, परमेश्वरले उहाँलाई अति उच्च पार्नुभयो । परमेश्वरले उहाँलाई सबै नाउँभन्दा उच्च नाउँ दिनुभयो । 10 उहाँले यसो गर्नुभयो, ताकि येशूको नाममा हरेक घुँडाहरू टेकिऊन्ः स्वर्ग, पृथ्वी र पृथ्वीमुनि भएका सबैका घुँडाहरू । 11 र उहाँले यो गर्नुभयो, ताकि परमेश्वर पिताको महिमाका लागि प्रत्येक जिब्रोले येशू ख्रीष्ट नै प्रभु हुनुहुन्छ भनी स्वीकार गरोस् ।
- Heb 1:6 : 6 फेरि, जब परमेश्वरले पहिले जन्मेकालाई संसारमा ल्याउनुहुँदा उहाँ भन्नुहुन्छ, “परमेश्वरका सबै स्वर्गदूतले उहाँलाई आराधना गर्नैपर्छ ।”
- Ps 150:3 : 3 सिङ बजाएर उहाँको प्रशंसा गर । वीणा र सारङ्गी बजाएर उहाँको प्रशंसा गर ।
- John 5:23 : 23 त्यसैले, तिनीहरूले पितालाई आदर गरेझैँ, सबैले पुत्रलाई आदर गर्नेछन् । जसले पुत्रलाई आदर गर्दैन, त्यसले उहाँलाई पठाउनुहुने पितालाई पनि आदर गर्दैन ।
- Ps 33:2 : 2 वीणा बजाएर परमप्रभुलाई धन्यवाद देओ । दस तारे सारङ्गीसँगै उहाँको प्रशंसा गर ।
- Ps 43:4 : 4 तब परमेश्वरको वेदीमा, मेरो अपार आनन्दमा म परमेश्वरकहाँ जानेछु । हे परमेश्वर, मेरो परमेश्वर, वीणा बजाउँदै म तपाईंको प्रशंसा गर्नेछु ।
- Ps 81:2 : 2 गीत गाओ र खैंजडी बजाओ, वीणासँगै सारङ्गीको मीठो धुन बजाओ ।
- Rev 5:6 : 6 मैले सिंहासन र चारवटा जीवित प्राणी र एल्डरहरूका बिचमा मारिएको जस्तो देखिनुहुने एउटा थुमालाई उभिरहेको देखेँ । उहाँका सातवटा सिङ र सातवटा आँखा थिए । यी सारा संसारभरि पठाइएका परमेश्वरका सात आत्मा हुन् ।
- Rev 7:10-12 : 10 अनि तिनीहरूले ठुलो सोरमा बोलाइराखेका थिएः “मुक्त्ति सिंहासनमा विराजमान हुनुहुने हाम्रा परमेश्वर र थुमाको हो ।” 11 अनि सबै स्वर्गदूत चार जीवित प्राणी, एल्डरहरूका वरिपरि र सिंहासनका वरिपरि उभिए र तिनीहरू आफैँ लम्पसार परेर सिंहासनको अगि आफ्नो अनुहार झुकाए । तिनीहरूले यसो भन्दै परमेश्वरको आराधना गरे, 12 “आमेन । हाम्रा परमेश्वरलाई प्रशंसा, महिमा, बुद्धि, धन्यवाद, आदर, शक्ति र बल सदासर्वदा भइरहोस् । आमेन ।”