Verse 3

“हाम्रा परमेश्‍वरका सेवकहरूका निधारमा हामीले मोहोर नलगाउञ्‍जेलसम्म पृथ्‍वी, समुद्र वा रुखहरूलाई हानि नगर ।”

Referenced Verses

  • Rev 13:16 : 16 अनि त्यसले शक्‍तिशाली र महत्त्वहीन, धनी र गरिब, स्वतन्‍त्र र कमारा हरेकलाई दाहिने हात वा निधारमा चिह्न लगाउन दबाब दियो ।
  • Rev 14:1 : 1 ¶ मैले सियोन पर्वतमा थुमा उभिरहनुभएको हेरेँ र देखेँ । उहाँसँग १,४४, ००० थिए, जोसँग उहाँको नाउँ र उहाँका पिताको नाउँ तिनीहरूका निधारमा लेखिएका थिए ।
  • Rev 20:4 : 4 अनि मैले सिंहासनहरू देखेँ । त्यसमाथि बस्‍नुहुनेलाई न्‍याय गर्ने अधिकार दिइएको थियो । मैले परमेश्‍वरको वचन र येशूको गवाहीका निम्ति शिर काटिएका आत्माहरूलाई पनि देखेँ । तिनीहरूले पशु वा मूर्तिहरूलाई आराधना गरेनन्, र तिनीहरूले आफ्नो निधारमा वा हातमा छाप लगाउनलाई इन्कार गरे । तिनीहरू जीवित भए, र येशूसँगै एक हजार वर्षसम्म राज्य गरे ।
  • Rev 22:4 : 4 तिनीहरूले उहाँको अनुहार देख्‍नेछन्, र उहाँको नाउँ तिनीहरूका निधारमा हुनेछ ।
  • Rev 9:4 : 4 पृथ्‍वीमा भएका घाँस वा कुनै पनि हरियो बोट बिरुवा वा रुखलाई हानि नगर्नू भनी तिनीहरूलाई भनियो । तर तिनीहरूलाई निधारमा परमेश्‍वरको मोहर नभएका मानिसहरूलाई मात्र हानि गर्नू भनियो ।
  • Ezek 9:4 : 4 परमप्रभुले तिनलाई भन्‍नुभयो, “सहरको बिचबाट— यरूशलेमको बिचबाट भएर जा र सहरमा गरिएका सबै घिनलाग्‍दा कामहरू देखेर शोक र विलाप गर्ने सबै मानिसहरूका निदारहरूमा एउटा चिन्‍ह लगा ।”
  • Isa 54:17 : 17 तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”
  • Rev 6:6 : 6 मैले चार जीवित प्राणीका बिचमा एउटा आवाज जस्तो देखिनेले भनेको कुरा सुने, “एक दिनको ज्यालामा एक किलो गहूँ र एक दिनको ज्यालामा तिन किलो जौ । तर तेल र दाखमद्यलाई नष्‍ट नगर्नू ।”
  • Exod 12:13 : 13 म तिमीहरूकहाँ आउँदा रगत तिमीहरूको घरमा चिन्ह हुनेछ । मैले रगत देखेपछि मैले मिश्र देशमा आक्रमण गर्दा तिमीहरूलाई छाडिदिनेछु । यो विपत्तिले तिमीहरूलाई नाश गर्नेछैन ।
  • Isa 26:20-21 : 20 ए मेरा मानिसहरू हो, जाओ, आफ्नो कोठाभित्र पस र पछि फर्केर आफ्‍ना ढोकाहरू बन्द गर । क्रोध बितेर नगएसम्म, केही बेर लुक । 21 किनकि हेर, पृथ्वीका बासिन्दाहरूलाई तिनीहरूका अपराधको दण्‍ड दिनलाई परमप्रभु आफ्नो ठाउँबाट बाहिर आउन लाग्‍नुभएको छ । पृथ्वीले आफ्‍नो रक्‍तपात प्रकट गर्नेछ र आफ्‍ना मारिएकाहरूलाई फेरि लुकाउनेछैन ।
  • Isa 27:8 : 8 याकूब र इस्राएललाई टाढा पठाउनुभएर तपाईंले ठिक त्‍यस्‍तै किसिमले व्‍यवहार गर्नुभएको छ । पुर्वीय बतासका दिनमा झैं आफ्‍नो डरलाग्‍दो सासले उहाँले तिनीहरूलाई लखेट्नुभएको छ ।
  • Exod 12:23 : 23 किनकि मिश्रीहरूलाई प्रहार गर्न परमप्रभु यो देश भएर जानुहुनेछ । जब उहाँले ढोकाको माथिल्लो भाग र दुईवटै चौकोसमा रगत देख्‍नुहुनेछ तब उहाँले तिमीहरूको ढोकालाई छाडिदिनुहुनेछ र विनाश गर्नेलाई तिमीहरूलाई प्रहार गर्न तिमीहरूका घरहरूमा आउन अनुमति दिनुहुनेछैन ।
  • Isa 6:13 : 13 यसमा मानिसहरूको दस भागमा एक भाग रहे तापनि, फेरि पनि त्‍यो नष्‍ट पारिनेछ । तारपीन र फँलाट काटिन्छ र त्‍यसको ठुटो बाँकी रहेझैं, त्‍यसको पवित्र बीउ त्‍यसको ठुटोमा हुन्छ ।”
  • Exod 9:4-6 : 4 परमप्रभुले इस्राएलका गाईवस्तु र मिश्रका गाईवस्तु छुट्‌ट्याउनेहुनेछ र इस्राएलीहरूको कुनै पनि गाईवस्तु मर्नेछैन । 5 परमप्रभुले समय निधो गरिसक्‍नुभएको छ । उहाँले भन्‍नुभएको छ, “भोलि यस देशमा म यो काम गर्नेछु ।” 6 परमप्रभुले अर्को दिन त्यही गर्नुभयो । मिश्रका सबै गाईवस्तु मरे, तर इस्राएलीहरूका पशुहरू भने जीवितै रहे, एउटै पनि मरेन ।
  • Isa 65:8 : 8 परमप्रभु यसो यसो भन्‍नुहुन्छ, “दाखको झुप्‍पामा रस भेट्टाउँदा, एक जनाले 'यसलाई नाश नपार, किनकि यसमा असल कुरा छ' भने जस्तो हो । मेरो सेवकको खतिर म यसै गर्नेछुः तिनीहरू सबैलाई म नाश गर्नेछैन ।
  • Zeph 2:3 : 3 उहाँका आज्ञाहरू पालन गर्ने पृथ्वीका सबै नम्र मानिसहरू, परमप्रभुको खोजी गर । धार्मिकताको खोजी गर, नम्रताको खोजी गर, र सायद परमप्रभुको क्रोधको दिनमा तिमीहरू सुरक्षित हुनेछौ ।
  • Mal 3:18 : 18 अनि फेरि एकपटक तिमीहरूले धर्मी र दुष्‍ट बिच भिन्‍नता गर्नेछौ, तिनीहरूबिच जसले परमेश्‍वरको आराधना गर्छन् र जसले उहाँको आराधना गर्दैनन् ।
  • Matt 24:22 : 22 ती दिनहरू नघटाइएसम्म कुनै शरीर पनि बच्नेछैन । तर चुनिएकाहरूका निम्ति ती दिनहरू घटाइनेछन् ।
  • Matt 24:31 : 31 उहाँले आफ्ना स्वर्गदूतहरूलाई तुरहीको ठुलो आवाजका साथ पठाउनुहुनेछ, अनि तिनीहरूले उहाँका चुनिएकाहरूलाई आकाशको एउटा छेउदेखि अर्को छेउसम्म चारै दिशाबाट भेला गराउनेछन् ।
  • John 12:26 : 26 यदि कसैले मेरो सेवा गर्छ भने, त्यसले मलाई पछ्याओस्, र म जहाँ हुन्छु त्यहाँ मेरो सेवक पनि हुनेछ । यदि कसैले मेरो सेवा गर्छ भने पिताले त्यसको आदर गर्नुहुनेछ ।
  • Rev 19:2 : 2 उहाँको इन्साफ सत्य र न्यायपूर्ण छन् । किनभने उहाँले महान् व्यभिचारीणीलाई इन्साफ गर्नुभएको छ, जसले पृथ्‍वीलाई त्यसको अनैतिक यौनले भ्रष्‍ट पारेकी छे । उहाँले आफ्ना दासहरूका रगतको निम्ति बदला लिनुभएको छ, जुन त्यो आफैँले बगाएकी थिई ।”
  • Rom 6:22 : 22 तर अब तिमीहरूलाई पापबाट मुक्त गराइएको छ, अनि परमेश्‍वरको दास बनाइएको छ र तिमीहरूसित शुद्धिकरणको फल छ ।
  • Dan 3:17 : 17 त्यहाँ कुनै जवाफ छ भने, त्यो यही हो, कि हामीले सेवा गर्ने परमेश्‍वरले हामीलाई दन्किरहेको आगोको भट्टीबाट सुरक्षित राख्‍न सक्‍नुहुन्छ, र उहाँले नै हामीलाई हजुर महाराजाको हातबाट बचाउनुहुनेछ ।
  • Dan 3:26 : 26 अनि नबूकदनेसर दन्किरहेको भट्टीको ढोका नजिक आए र बोलाए, “ए शद्रक, मेशक, र अबेद्‍नगो, अति उच्‍च, परमेश्‍वरका सेवकहरू, बाहिर निस्क! यहाँ आओ!” अनि शद्रक, मेशक, र अबेद्‍नगो आगोबाट बाहिर आए ।
  • Dan 6:16 : 16 अनि राजाले आज्ञा दिए र तिनीहरूले दानिएललाई भित्र ल्याए र तिनीहरूले उनलाई सिंहको खोरमा फाले । राजाले दानिएललाई भने, “तिमीले निरन्तर सेवा गर्ने तिम्रो परमेश्‍वरले तिमीलाई बचाऊन् ।”