1

¶ इस्राएलका छोराहरू यिनै थिएः रूबेन, शिमियोन, लेवी, यहूदा, इस्‍साखार, जबूलून,

2

दान, योसेफ, बेन्‍यामीन, नप्‍ताली, गाद र आशेर ।

3

यहूदाका छोराहरू एर्, ओनान र शेलह जसलाई एक जना कनानी स्‍त्री शूआले तिनीबाट जन्‍माइन्‌ । यहूदाका जेठा छोरा एर्‌ परमप्रभुको दृष्‍टिमा दुष्‍ट भएका हुनाले परमप्रभुले तिनलाई मार्नुभयो ।

4

तिनकी बुहारी तामारले तिनको निम्‍ति फारेस र जेरहलाई जन्‍माइन्‌ । यहूदा जम्‍मा पाँच जना छोराहरू थिए ।

5

फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

6

जेरहका छोराहरू जिम्री, एतान, हेमान, कलकोल र दर्दा, जम्‍मा पाँच जना थिए ।

7

कर्मीका छोरा आचारले परमेश्‍वरको निम्ति अर्पण गरिएको कुरा चोरेर इस्राएलमाथि कष्‍ट ल्‍याए ।

8

एतानका छोरा अजर्याह थिए ।

9

हेस्रोनका छोराहरू यरहमेल, राम र कालेब थिए ।

10

राम अम्‍मीनादाबका पिता बने, र अम्‍मीनादाब नहशोनका पिता बने, जो यहूदाका एक अगुवा थिए ।

11

नहशोन सल्‍मोनका पिता बने, र सल्‍मोन बोअजका पिता बने ।

12

बोअज ओबेदका पिता बने, र ओबेद यिशैका पिता बने ।

13

यिशैचाहिं जेठा एलीआब, माहिला अबीनादाब, साहिंला शिमेअ,

14

काहिंला नतनेल, ठाहिंलो राद्दै,

15

अन्‍तरे ओसेम र कान्‍छा दाऊदका पिता बने ।

16

तिनीहरूका दिदी-बहिनी सरूयाह र अबीगेल थिए । सरूयाहका तीन जना छोरा अबीशै, योआब र असाहेल थिए ।

17

अबीगेलले अमासालाई जन्माइन्, जसका पिता इश्‍माएली येतेर थिए ।

18

हेस्रोनका छोरा कालेबका आफ्‍नी पत्‍नी अजूबाबाट र यरीअतबाट छोराछोरीका पिता भए । तिनका छोराहरू येशेर, शोबाब र अर्दोन थिए ।

19

अजूबा मृत्‍यु भएपछि कालेबले एप्रातलाई विवाह गरे, जसले तिनका निम्‍ति हूरलाई जन्‍माइन्‌ ।

20

हूर ऊरीका पिता बने, र ऊरी बजलेलका पिता बने ।

21

पछि हेस्रोनले (जब तिनी साठी वर्षका थिए) गिलादका पिता माकीरकी छोरीसित विवाह गरे । तिनले उनका निम्‍ति सगूबलाई जन्‍माइन्‌ ।

22

सगूब याईरका पिता बने, जसले गिलादका तेईस वटा सहरलाई अधीन गरे ।

23

गशूर र अरामले हब्‍बात-याईर र केनातका साथै वरिपरिका साठी वटा सहर लिए । यी सबै बासिन्‍दा गिलादका पिता माकीरका सन्‍तान थिए ।

24

हेस्रोनको मृत्युपछि आफ्ना पिता हेस्रोनकी पत्‍नी अबियासँग कालेबले सहवास गरे । उनले तिनको निम्‍ति तकोका पिता अशहूरलाई जन्माइन् ।

25

हेस्रोनका जेठा छोरा यरहमेलका छोराहरू, जेठा राम, बूना, ओरेन, ओसेम र अहियाह थिए ।

26

यरहमेलकी अतारा नाम गरेकी अर्की पत्‍नी थिइन् । तिनी ओनामकी आमा थिइन्‌ ।

27

यरहमेलका जेठा छोरा रामका छोराहरू मास, यामीन र एकेर थिए ।

28

ओनामका छोराहरू शम्‍मै र यादा थिए । शम्‍मैका छोराहरू नादाब र अबीशूर थिए ।

29

अबीशूरकी पत्‍नीको नाउँ अबीहेल थियो र उनले तिनको निम्‍ति अहबान र मोलीदलाई जन्‍माइन्‌ ।

30

नादाबका छोराहरू सेलेद र अप्‍पेम थिए, तर सेलेद सन्तानबिना नै मरे ।

31

अप्‍पेमका छोरा यिशी थिए । यिशीका छोरा शेशान थिए । शेशानका छोरा अहलैका थिए ।

32

शम्‍मैका भाइ यादाका छोराहरू येतेर र जोनाथन थिए । येतेर सन्‍तानबिना नै मरे ।

33

जोनाथनका छोराहरू पेलेथ र जाजा थिए। यरहमेलका सन्‍तानहरू यि नै थिए ।

34

अब शेशानका चाहिं छोरीहरू मात्र थिए, छोराहरू थिएनन्‌ । शेशानको यरहा नाउँको एउटा मिश्री दास थियो ।

35

शेशानले आफ्नी छोरीको विवाह यही दास यरहासित गरिदिए । तिनले त्‍यसको निम्‍ति अत्तैलाई जन्‍माइन्‌ ।

36

अत्तै नातानका पिता र नातान जाबादका पिता बने ।

37

जाबाद एपलालका पिता र एपलाल ओबेदका पिता बने ।

38

ओबेद येहूका पिता र येहू अजर्याहका पिता बने ।

39

अजर्याह हेलेसका पिता बने र हेलेस एलासाका पिता बने ।

40

एलासा सिस्‍मैका पिता बने र सिस्‍मै शल्‍लूमका पिता बने ।

41

शल्‍लूम यकम्‍याहका पिता बने र यकम्‍याह एलीशामाका पिता बने ।

42

यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।

43

हेब्रोनका छोराहरू कोरह, तप्‍पूह, रेकेम र शेमा थिए ।

44

शेमा रहमका पिता बने, र जो योर्कामका पिता थिए । रेकेम शम्‍मैका पिता बने ।

45

शम्‍मैका छोरा माओन थिए, र माओन बेथ-सरका पिता थिए ।

46

कालेबकी उपपत्‍नी एपाले हारान, मोस र गाजेजलाई जन्माइन् । हारान गाजेजका पिता बने ।

47

यहदैका छोराहरू रेगेम, योताम, गेशान, पलेत, एपा र शाप थिए ।

48

कालेबकी उपपत्‍नी माकाले शेबेर र तिर्हानालाई जन्माइन् ।

49

तिनले मद्‌मन्‍नाका पिता शापलाई अनि मक्‍बेना र गिबियाका पिता शेबालाई पनि जन्‍माइन्‌ । कालेबकी छोरी अक्‍सा थिइन्‌ । कालेबका सन्‍तान यी नै थिए ।

50

एप्राताका जेठा छोरा हूरका छोराहरू किर्यत-यारीमका पिता शोबाल,

51

बेथलेहेमका पिता सल्‍मा र बेथ-गादेरका पिता हारेप थिए ।

52

किर्यत-यारीमका पिता शोबालका सन्‍तानहरू हारोए, मानहतीहरूका आधा,

53

र किर्यत-यारीमका वंशहरू यित्रीहरू, पूथीहरू, शुमातीहरू र मिश्रातीहरू थिए । सोराती र एश्‍तोलीहरू यिनीहरूका सन्‍तान भए ।

54

सल्‍माका वंशहरू बेथलेहेम, नतोपातीहरू, अत्रोतबेथ-योआब, आधा मानहतीहरू र सोरीहरू,

55

अनि याबेसमा बस्‍ने शास्‍त्रीका वंशहरू तिरातीहरू, शिम्‍मतीहरू र सुकातीहरू थिए । यिनीहरू रेकाबको घरानाका पिता हम्‍मतबाट आएका केनीहरू हुन्