¶ आदमका सन्तानहरूका विवरण यही हो । परमेश्वरले मानिसलाई सृष्टि गर्नुहुँदा उहाँले तिनलाई आफ्नै स्वरूपमा सृष्टि गर्नुभयो ।
उहाँले तिनीहरूलाई नर र नारी सृष्टि गर्नुभयो । उहाँले तिनीहरूलाई सृष्टि गर्नु हुँदा, तिनीहरूलाई आशिष् दिनुभयो र तिनीहरूलाई मानवजाति नाउँ दिनुभयो ।
आदम १३० वर्षको हुँदा तिनी आफ्नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।
आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।
शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।
तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।
एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।
तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।
केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।
तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
केनान ९१० वर्ष बाँचे र तिनी मरे ।
महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।
तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।
येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।
तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
येरेद ९६२ बाँचे र तिनी मरे ।
हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।
हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्वरसँगै हिँडे ।
तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
हनोक परमेश्वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्वरले तिनलाई लानुभयो ।
मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।
तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।
लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।
तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”
लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।
लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।