1

¶ मेरो संकष्‍टमा मैले परमप्रभुमा पुकारा गरें र उहाँले मलाई जवाफ दिनुभयो ।

2

हे परमप्रभु, आफ्‍ना ओठहरूले झुटा बोल्नेहरू र आफ्‍ना जिब्राहरूले छल गर्नेहरूबाट मेरो जीवनलाई बचाउनुहोस् ।

3

ए झुटा बोल्ने जिब्रो, उहाँले तँलाई कस्तो दण्ड दिनुहुनेछ र तँलाई अझ धेरै के गर्नुहुनेछ?

4

झाडीको भुङ्‍ग्रोमा तताएर धारिलो बनाइएको योद्धाका काँडहरूले उहाँले तँलाई दण्ड दिनुहुनेछ ।

5

मलाई धिक्‍कार होस्, किनभने म मेशेकमा अस्थायी रूपमा मात्र बस्छु । पहिले केदारका पालहरूका माझमा म बस्थें ।

6

किनकि शान्तिलाई घृणा गर्नेहरूसँग म धेरै लामो समय बसेको छु ।

7

म शान्तिको पक्षमा छु, तर जब म बोल्छु, तिनीहरू युद्धको निम्ति हुन्छन् ।