Verse 15

यसैकारणले गर्दा, तिनीहरू परमेश्‍वरको सिंहासनको अगाडि छन्, अनि उहाँको मन्दिरमा तिनीहरूले दिनरात उहाँको आराधना गर्दछन् । सिंहासनमा विराजमान हुनुहुनेले तिनीहरूमाथि आफ्नो पाल फैलाउनुहुनेछ ।

Referenced Verses

  • Rev 22:3 : 3 त्यहाँ कुनै श्राप हुनेछैन । परमेश्‍वर र थुमाको सिंहासन सहरमा हुनुहुनेछ, र उहाँका सेवकहरूले उहाँको सेवा गर्नेछ्न् ।
  • Isa 4:5-6 : 5 सम्‍पूर्ण सियोन पर्वतमाथि र त्यसको सभाको स्थानमाथि, परमप्रभुले दिनमा बादल, धूँवा, र रातमा बलिरहेको आगोको चम्कने ज्वाला सृजना गर्नुहुनेछ । यो नै सबै महिमामाथिको ढाक्‍ने कुरा हुनेछ । 6 दिनको तापबाट बच्‍नलाई यो नै सितल छहारी, र हुरी र झरीबाट बच्‍नलाई निम्ति शरण र छत्र हुनेछ ।
  • John 1:14 : 14 अनि वचन देहधारी हुनुभयो र हाम्रा बिचमा बास गर्नुभयो । हामीले पिताबाट आउनुभएका एक मात्रको जस्तो अर्थात् अनुग्रह र सत्यताले पूर्ण महिमा देख्यौँ ।
  • Rev 21:3-4 : 3 मैले सिंहासनबाट चर्को सोरमा यसो भनेको सुनेँ, “हेर, परमेश्‍वरको वासस्थान मानव-जातिसँग छ, र उहाँ तिनीहरूसँग बास गर्नुहुनेछ । तिनीहरू उहाँका मानिसहरू हुनेछन्, अनि परमेश्‍वर आफैँ तिनीहरूसँग हुनुहुनेछ र उहाँ तिनीहरूका परमेश्‍वर हुनुहुनेछ । 4 उहाँले तिनीहरूका आँखाबाट आँशुका हरेक थोपा पुछिदिनुहुनेछ, र त्यहाँ कुनै मृत्यु हुनेछैन, वा शोक वा विलौना वा कष्‍ट पनि हुनेछैन । पहिलेका थोकहरू बितेर गएका छन् ।
  • Rev 22:5 : 5 त्यहाँ कुनै रात हुनेछैन, तिनीहरूलाई ज्योतिका निम्ति बत्तीको आवश्यकता पर्दैन, न त सूर्यको प्रकाश नै आवश्यकता पर्नेछ किनकि परमप्रभु परमेश्‍वर नै तिनीहरूका ज्योति हुनुहुनेछ । तिनीहरूले सदासर्वदा राज्य गर्नेछन् ।
  • Exod 29:45 : 45 म इस्राएलीहरूका बिचमा बस्‍नेछु र तिनीहरूका परमेश्‍वर हुनेछु ।
  • 1 Kgs 6:13 : 13 म इस्राएलका मानिसहरूका बिचमा बस्ने छु, र तिनीहरूलाई त्याग्ने छैनँ ।”
  • 1 Chr 23:25 : 25 किनकि दाऊदले भने, “परमप्रभु इस्राएलका परमेश्‍वरले आफ्‍नो मानिसहरूलाई आराम दिनुभएको छ । उहाँले सदासर्वदाको निम्‍ति यरूशलेममा आफ्नो मन्दिर बनाउनुहुन्छ ।
  • Ps 68:16-18 : 16 हे उच्‍च पहाडी देश, तँ किन डाहले हेर्छस्, त्‍यो पहाड जसमा परमेश्‍वर बस्‍ने इच्छा गर्नुहुन्छ? वास्तवमा, परमप्रभु सदासर्वदा त्‍यसमा बास गर्नुहुन्छ । 17 परमेश्‍वरका रथहरू बीसौं हजार, हजारौं हजार छन् । परमप्रभु सीनैमा जस्तै पवित्र स्थानमा तिनीहरूमा माझमा हुनुहुन्छ । 18 तपाईं उच्‍चमा उक्लनुभएको छ । तपाईंले कैदीहरूलाई डोर्‍याउनुभएको छ । मानिसहरूका माझबाट, तपाईंको विरुद्धमा युद्ध लड्नेहरूबाट समेत तपाईंले उपहार ग्रहण गर्नुभएको छ, ताकि हे परमप्रभु परमेश्‍वर, तपाईं त्यहाँ बास गर्नुभएको होस् ।
  • Ps 134:1-2 : 1 ¶ हे परमप्रभुका सबै सेवक हो, आओ, परमप्रभुको प्रशंसा गर । तिमीहरू जसले परमप्रभुको मन्‍दिरमा राति सेवा गर्छौ । 2 पवित्र स्थानतिर आफ्‍ना हात उचाल र परमप्रभुको प्रशंसा गर ।
  • 1 Cor 3:16 : 16 के तिमीहरूलाई थाहा छैन, कि तिमीहरू परमेश्‍वरका मन्दिर हौ, र पवित्र आत्मा तिमीहरूमा बास गर्नुहुन्छ?
  • 2 Cor 6:16 : 16 र परमेश्‍वरको मन्दिर र मूर्तिहरूबिच के सम्झौता? त्यसकारण, हामीहरू जीवित परमेश्‍वरका मन्दिर हौँ, जसरी उहाँले भन्‍नुभएको छः “म तिनीहरूका बिचमा हिँड्नेछु र बास गर्नेछु । म तिनीहरूका परमेश्‍वर हुनेछु र तिनीहरू मेरा मानिसहरू हुनेछन् ।”
  • Heb 8:1 : 1 ¶ अब हामीले भनिरहेको कुरा यही होः हामीसँग एक जना प्रधान पुजारी हुनुहुन्छ जो स्‍वर्गको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुहुन्छ ।
  • Heb 12:2 : 2 विश्‍वासका कर्ता र सिद्ध तुल्याउनुहुने येशूमा हामीले हाम्रा आँखा केन्‍द्रित गरौँ, जसले आफ्नो सामुन्‍ने राखिएको आनन्दको लागि अपमान सहनुभयो र क्रुसको दुःख भोग्‍नुभयो, अनि उहाँ परमेश्‍वरको सिंहासनको दाहिनेपट्टि विराजमान हुनुभएको छ ।
  • Rev 4:4 : 4 त्यस सिंहासनको वरिपरि चौबिसवटा सिंहासन थिए, र चौबिस जना एल्डर तिनीहरूका शिरमा सुनका मुकुटहरू लगाएका र सेतो वस्‍त्र पहिरिएर बसेका थिए ।
  • Rev 7:9 : 9 यी कुराहरूपछि मैले हेरेँ, र हरेक जाति, कुल, मानिस र भाषाका कसैले पनि गन्‍न नसक्‍ने एउटा ठुलो भिड सेतो पोशाक लगाएर र आ-आफ्ना हातमा खजुरका हाँगा लिई सिंहासन अगाडि र थुमाका सामु उभिरहेका थिए ।
  • Rev 11:19 : 19 तब स्वर्गमा परमेश्‍वरको मन्‍दिर खोलियो र मन्‍दिरभित्रै उहाँको करारको सन्दुक देखियो । त्‍यहाँ ज्योतिका चमकहरू, गर्जनहरू, चट्याङको आवाजसाथै भूक‍म्‍प गयो, र ठुला-ठुला असिना परेका थिए ।
  • Rev 14:3-5 : 3 धर्म-गुरुहरू, चार जीवित प्राणीहरू र सिंहासनका अगाडि तिनीहरूले एउटा नयाँ गीत गाए । पृथ्‍वीबाट ल्याइएका १,४४, ००० बाहेक अरू कसैले पनि त्यो गीत सिक्‍न सक्दैनथ्यो । 4 यिनीहरू जसले आफैलाई स्‍त्रीहरूसित लसपस गरेका थिएनन्, किनकि तिनीहरूले अनैतिकतादेखि आफूलाई शुद्ध राखेका थिए । यी तिनीहरू हुन्, जो थुमा जहाँ-जहाँ जानुहुन्छ तिनीहरूले उहाँलाई त्यता-त्यता पछ्याउँछन् । परमेश्‍वर र थुमाका निम्ति यिनीहरू पहिलो फलको रूपमा मानव-जातिबाट ल्याइएकाहरू हुन् । 5 तिनीहरूका मुखमा कुनै झुट पाइएन; तिनीहरू दोषरहित थिए ।
  • Rev 20:10 : 10 तिनीहरूलाई छल गर्ने त्यस दुष्‍टलाई गन्धकको जलिरहेको कुण्डमा फालियो, जहाँ पशु र झुटा अगमवक्‍ता फ्याँकिएका थिए । तिनीहरूले दिनरात सदाकाल यातना भोग्‍नेछन् ।