१ इतिहास 1:13

अनलक शाब्दिक बाइबल

कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 9:22 : 22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।
  • उत्प 9:25-26 : 25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।” 26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
  • उत्प 10:15-19 : 15 कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती, 16 यबूसी, एमोरी, 17 गिर्गाशी, हिव्वी, अरकी, सिनी, 18 अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए । 19 कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।
  • उत्प 23:3 : 3 त्यसपछि अब्राहाम आफ्नी पत्‍नीको लाश भएको ठाउँबाट उठे, र हेतका छोराहरूलाई यसो भने,
  • उत्प 23:5 : 5 हेतका छोराहरूले अब्राहामलाई भने,
  • उत्प 23:20 : 20 यसरी त्‍यो खेत र त्‍यसमा भएको ओडारसमेत हित्तीहरूका तर्फबाट चिहानको रूपमा अब्राहामको अधिकारमा भयो ।
  • उत्प 27:46 : 46 रिबेकाले इसहाकलाई भनिन्, “यहाँका हित्ती स्‍त्रीहरूको कारण मेरो जीवनै हैरान भइसक्‍यो । यदि याकूबले यस देशका स्‍त्रीहरूजस्तै हित्तीका छोरीहरूमध्‍ये एउटीलाई विवाह गर्‍यो भने मेरो लागि मेरो जीवनको के फाइदा हुन्‍छ र?”
  • उत्प 49:30-32 : 30 अर्थात्‌ कनान देशमा मम्रेनेरको मक्‍पेलाको खेतमा भएको ओडार, जुन अब्राहामले हित्ती एप्रोनको हातबाट खेतसमेत चिहान बनाउनलाई किनेका थिए । 31 उनीहरूले अब्राहाम र तिनकी पत्‍नी सारालाई त्यहीँ गाडे । त्‍यहीँ नै उनीहरूले इसहाक र तिनकी पत्‍नी रिबेकालाई पनि गाडे । त्‍यहीँ नै मैले लेआलाई गाडेँ । 32 त्‍यो खेत र त्‍यहाँ भएको ओडार हित्तीहरूको हातबाट किनिएको थियो ।”
  • निर्ग 23:28 : 28 म तिमीहरूका अगिअगि अरिङ्गालहरू पठाउनेछु जसले हिव्वी, कनानी र हित्तीहरूलाई तिमीहरूभन्दा अगाडि नै धपाउनेछन् ।
  • यहो 9:1 : 1 ¶ त्यसपछि यर्दन पारिको पहाडी देशहरू र लेबनानपट्टि महासमुद्रको किनारका मैदानहरूमा हित्तीहरू, एमोरीहरू, कनानीहरू, परिज्‍जीहरू, हिव्वीहरू र यबूसीहरू बस्थे ।
  • २ शमू 11:6 : 6 त्यसपछि दाऊदले यआबलाई यसो भनेर खबर पठाए, “हित्ती उरियाहलाई मकहाँ पठाऊ ।” त्यसैले योआबले उरियाहलाई दाऊदकहाँ पठाए ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 10:13-19
    7 पदहरू
    95%

    13मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही

    14पत्रुसी, कस्लूही (जसबाट पलिश्तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।

    15कनान सीदोन अर्थात् तिनका जेठो छोरो, हित्ती,

    16यबूसी, एमोरी,

    17गिर्गाशी, हिव्वी, अरकी, सिनी,

    18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

    19कनानीहरूको सिमाना सीदोनदेखि गरार जाने बाटोतिर गाजासम्म, र सदोम, गमोरा, अदमा र सबोयीम जाने बाटोतिर भएर लाशासम्म नै थियो ।

  • १ इति 1:14-20
    7 पदहरू
    77%

    14तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू,

    15हिव्‍वीहरू, अरकीहरू, सिनीहरू,

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • १ इति 1:8-12
    5 पदहरू
    76%

    8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

    9कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए ।

    10कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।

    11मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू,

    12पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने ।

  • १ इति 1:1-4
    4 पदहरू
    71%

    1¶ आदम, शेत, एनोश,

    2केनान, महलालेल, येरेद,

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

  • 18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

  • 28यो एब्रोन, रहोब, हम्मोन र कनासाथै महा-सीदोनसम्म पुग्यो ।

  • 6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।

  • १ इति 1:24-26
    3 पदहरू
    70%

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

    26सरूग, नाहोर, तेरह,

  • १ इति 4:7-8
    2 पदहरू
    69%

    7हेलहका छोराहरू सेरेथ, सोहोर, एतनान,

    8र कोस थिए । कोसचाहिं आनूब र हज्‍जोबेबा अनि हारूमका छोरा अहर्हेलबाट आएका वंशहरूका पिता थिए ।

  • 18फारेसका सन्तानहरू यिनै हुन्ः फारेस हेस्रोनका बुबा बने,

  • 24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

  • 25त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।”

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • 22तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए ।

  • 1¶ बेन्‍यामीन पाँच छोराहरूमा जेठा बेला, अश्‍बेल, अहरह,

  • 2अब्राहाम इसहाकका पिता थिए, र इसहाक याकूबका पिता थिए, र याकूब यहूदा र तिनका दाजुभाइहरूका पिता थिए ।

  • 13यरुबाबेल अबिउदका पिता, अबिउद एल्याकीमका पिता, र एल्याकीम आजोरका पिता थिए ।

  • 1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

  • 5यसैले इस्राएलका मानिसहरू कनानीहरू, हित्तीहरू, एमोरीहरू, परिज्‍जीहरू, हिव्वीहरू, र यबूसीहरूसँगै बसोबास गरे ।

  • 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • 42यरहमेलका भाइ कालेबका छोराहरू जेठा मेशा, जो जीपका पिता थिए । उनका माहिला छोरा मारेशा, जो हेब्रोनका पिता थिए ।

  • 3र घोषणा भन्, 'यरूशलेमलाई परमप्रभु परमेश्‍वर यसो भन्‍नुहुन्‍छः तेरो सुरु र तेरो जन्‍म कनानहरूको देशमा भएको हो । तेरो बुबा एक एमोरी थियो, र तेरी आमाचाहिं हित्ती थिई ।

  • 34अब्राहाम इसहाकका पिता बने । इसहाकका छोराहरू एसाव र इस्राएल थिए ।

  • 5फारेसका छोराहरू हेस्रोन र हामूल थिए ।

  • 37मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,