१ इतिहास 1:3

अनलक शाब्दिक बाइबल

हनोक, मतूशेलह, लेमेक ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यहू 1:14 : 14 आदमदेखि सातौँ पुस्ताका हनोकले तिनीहरूको विषयमा यसो भनी अगमवाणी गरेका थिए, “हेर! परमप्रभु उहाँका हजारौँ पवित्र जनसँग आउँदै हुनुहुन्छ ।
  • उत्प 5:21-31 : 21 हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए । 22 हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे । 23 तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 24 हनोक परमेश्‍वरसँगै हिँडे, र तिनी गए, किनकि परमेश्‍वरले तिनलाई लानुभयो । 25 मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए । 26 तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 27 मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे । 28 लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए । 29 तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।” 30 लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए । 31 लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।
  • लू 3:36-37 : 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ, 37 मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,
  • इब्रा 11:5 : 5 विश्‍वासद्वारा नै हनोक माथि उठाई लगिए र तिनले मृत्यु देखेनन् । “तिनी भेटिएनन्, किनकि परमेश्‍वरले तिनलाई उठाउनुभयो ।” कारण तिनी उठाइनुभन्दाअघि तिनले परमेश्‍वरलाई प्रसन्‍न पारेको प्रमाणित भएको थियो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 1:1-2
    2 पदहरू
    86%

    1¶ आदम, शेत, एनोश,

    2केनान, महलालेल, येरेद,

  • 18हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।

  • १ इति 1:4-5
    2 पदहरू
    82%

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

  • लू 3:35-38
    4 पदहरू
    82%

    35सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,

    36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

    37मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,

    38एनोशका छोरा केनान, शेतका छोरा एनोश, आदमका छोरा शेत आदम परमेश्‍वरका छोरा थिए ।

  • १ इति 1:24-26
    3 पदहरू
    79%

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

    26सरूग, नाहोर, तेरह,

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • उत्प 5:25-28
    4 पदहरू
    78%

    25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।

    26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।

    28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।

  • १ इति 1:16-21
    6 पदहरू
    77%

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

    21हदोरम, ऊजाल, दिक्‍ला,

  • उत्प 5:21-23
    3 पदहरू
    76%

    21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।

    22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।

    23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

  • उत्प 5:30-32
    3 पदहरू
    75%

    30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।

    32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

  • उत्प 5:18-19
    2 पदहरू
    75%

    18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।

    19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

  • 26शेतको एउटा छोरा भयो तिनले तिनको नाउँ एनोश राखे । त्यस बेलादेखि मानसिहरूले परमेश्‍वरको नाउँ पुकार्न सुरु गरे ।

  • 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • उत्प 5:9-10
    2 पदहरू
    72%

    9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।

    10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।

  • 24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

  • 12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।

  • 21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।