उत्पत्ति 10:21

अनलक शाब्दिक बाइबल

येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • गिन 24:24 : 24 कित्तीमको समुद्री तटबाट जहाजहरू आउने छन्; तिनीहरूले अश्शूरलाई आक्रमण गर्नेछन् र एबेरमाथि विजय हासिल गर्ने छन्, तर तिनीहरू अन्त पनि विनाशमा नै हुने छन् ।
  • उत्प 11:10-26 : 10 यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने । 11 शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । 12 अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने । 13 अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए । 14 शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने । 15 शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने । 17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने । 19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 20 रऊ बत्तीस वर्षको हुँदा तिनी सरूगका पिता भए । 21 सरूगका पिता भएपछि रऊ २०७ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 22 सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने । 23 नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 24 नाहोर उनन्तीस वर्षको हुँदा तिनी तेरहका पिता बने । 25 तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 26 तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 10:22-26
    5 पदहरू
    83%

    22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

    23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।

    24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

    25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • उत्प 10:1-3
    3 पदहरू
    82%

    1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

    2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

    3अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।

  • १ इति 1:3-5
    3 पदहरू
    79%

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • १ इति 1:23-25
    3 पदहरू
    78%

    23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

  • १ इति 1:16-20
    5 पदहरू
    78%

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • उत्प 10:31-32
    2 पदहरू
    78%

    31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

    32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

  • उत्प 11:10-11
    2 पदहरू
    77%

    10यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।

    11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

  • 20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

  • उत्प 9:18-19
    2 पदहरू
    76%

    18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

    19यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।

  • उत्प 9:26-27
    2 पदहरू
    74%

    26तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।

    27परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”

  • 32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

  • 6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।

  • 29ओपीर, हवीला योबाबका पिता बने ।

  • 8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

  • 23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

  • 36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

  • 16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।

  • 32हेबेरका छोराहरू यप्‍लेत, शोमेर र होताम थिए । तिनीहरूकी बहिनी शूअ थिइन् ।