उत्पत्ति 11:10

अनलक शाब्दिक बाइबल

यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 1:17-27 : 17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए । 18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए । 19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो । 20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21 हदोरम, ऊजाल, दिक्‍ला, 22 ओबाल, अबमाएल, शेबा, 23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 अब्राम जो अब्राहाम थिए ।
  • लू 3:34-36 : 34 याकूबका छोरा यहूदा, इसहाकका छोरा याकूब, अब्राहामका छोरा इसहाक, तेरहका छोरा अब्राहाम, नाहोरका छोरा तेरह, 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर, 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
  • उत्प 10:21-22 : 21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए । 22 एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।
  • उत्प 11:27 : 27 तेरहका सन्तानहरू यिनीहरू थिए । तेरहस अब्राम, नाहोर र हारानका पिता भए अनि हारान लोतका पिता बने ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 11:11-17
    7 पदहरू
    90%

    11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

    12अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने ।

    13अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

    14शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।

    15शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।

    17पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

  • 1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

  • उत्प 10:20-26
    7 पदहरू
    79%

    20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

    21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

    22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

    23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।

    24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

    25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • १ इति 1:24-25
    2 पदहरू
    79%

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

  • १ इति 1:16-20
    5 पदहरू
    78%

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • उत्प 10:31-32
    2 पदहरू
    77%

    31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

    32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

  • 32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

  • 36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

  • १ इति 1:3-4
    2 पदहरू
    74%

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

  • उत्प 9:18-19
    2 पदहरू
    73%

    18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

    19यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।

  • उत्प 11:25-26
    2 पदहरू
    70%

    25तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    26तेरह सत्तरी वर्षको हुँदा तिनी अब्राम, नाहोर र हारानका पिता बने ।

  • उत्प 9:27-28
    2 पदहरू
    70%

    27परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”

    28जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।

  • उत्प 11:22-23
    2 पदहरू
    69%

    22सरूग तीस वर्षको हुँदा तिनी नाहोरका पिता बने ।

    23नाहोरका पिता भएपछि सरूग दुई सय वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

  • 28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।

  • 18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

  • 30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।