उत्पत्ति 5:32

अनलक शाब्दिक बाइबल

नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • उत्प 6:10 : 10 नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।
  • उत्प 10:21 : 21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
  • उत्प 10:32 : 32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
  • १ इति 1:4-9 : 4 नोआका छोराहरू शेम, हाम र येपेत थिए । 5 येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए । 6 गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए । 7 यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए । 8 हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए । 9 कूशका छोराहरू सेबा, हवीला, सब्‍त, रामाह र सब्‍तका थिए । रामाका छोराहरू शेबा र ददान थिए । 10 कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए । 11 मिश्रइमचाहिं लूदीहरू, अनामीहरू, लहाबीहरू र नप्‍तूहीहरू, 12 पत्रुसीहरू, कस्‍लूहीहरू (जसबाट पलिश्‍तीहरू आए) र कप्‍तोरीहरूका पुर्खा बने । 13 कनानचाहिं तिनका जेठा छोरा सीदोन र हित्तीहरूका पिता बने । 14 तिनी यबूसीहरू, एमोरीहरू, गिर्गाशीहरू, 15 हिव्‍वीहरू, अरकीहरू, सिनीहरू, 16 अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने । 17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए । 18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए । 19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो । 20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21 हदोरम, ऊजाल, दिक्‍ला, 22 ओबाल, अबमाएल, शेबा, 23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 अब्राम जो अब्राहाम थिए । 28 अब्राहामका छोराहरू इसहाक र इश्‍माएल थिए ।
  • लू 3:36 : 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
  • उत्प 7:13 : 13 त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।
  • उत्प 9:18-19 : 18 जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए । 19 यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।
  • उत्प 9:22-27 : 22 तब कनानका पिता हामले आफ्ना पिताको नाङ्गोपन देखे र बाहिर आएर दुवै दाजुलाई बताइदिए । 23 त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् । 24 नोआ आफ्नो मद्यको लतबाट उठेपछि तिनका कान्छा छोराले तिनलाई के गरेका थिए भनी तिनलाई थाहा भयो । 25 त्यसैले तिनले भने, “श्रापित होस् कनान । त्यो आफ्ना दाजुहरूका कमाराहरूका पनि कमारा होस् ।” 26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् । 27 परमेश्‍वरले येपेतको क्षेत्र वृद्धि गर्नुभएको होस् र त्यसले शेमका पालहरूमा बास गरून् । कनान त्यसका कमारा होस् ।”
  • उत्प 10:1 : 1 ¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 6:9-10
    2 पदहरू
    84%

    9यिनीहरू नोआ बारेका घटनाहरू थिए । नोआ तिनका समयमा मानिसहरूमा धर्मी र दोषरहित मानिस थिए । नोआ परमेश्‍वरसँग हिँडे ।

    10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • उत्प 5:25-31
    7 पदहरू
    81%

    25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।

    26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।

    28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।

    29तिनले उनलाई यसो भन्दै नोआ नाउँ राखे, “यसले हामीलाई हाम्रा काम र हाम्रा हातका पिडादायी श्रमबाट विश्राम दिनेछ, जुन परमप्रभुले जमिनलाई सराप दिनुभएको कारण हामीले गर्नैपर्छ ।”

    30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।

  • 1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

  • १ इति 1:3-5
    3 पदहरू
    80%

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

  • उत्प 9:28-29
    2 पदहरू
    78%

    28जलप्रलयपछि नोआ तिन सय पचास वर्ष बाँचे ।

    29नोआको जम्मा उमेर नौ सय पचास वर्ष भयो, अनि तिनी मरे

  • उत्प 9:18-19
    2 पदहरू
    77%

    18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

    19यी तिन जना नोआका छोराहरू थिए, र यिनीहरूबाट नै समस्त पृथ्वी भरियो ।

  • उत्प 11:10-11
    2 पदहरू
    77%

    10यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।

    11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

  • 6पृथ्वीमा जलप्रलय हुँदा नोआ छ सय वर्षका थिए ।

  • उत्प 5:18-23
    6 पदहरू
    74%

    18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।

    19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    20येरेद ९६२ बाँचे र तिनी मरे ।

    21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।

    22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।

    23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 13त्यही दिनमा नोआ, तिनका छोराहरू शेम, हाम र येपेत अनि तिनकी पत्‍नी र तिनका तिन जना बुहारी जहाजभित्र प्रवेश गरे ।

  • उत्प 5:3-6
    4 पदहरू
    73%

    3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।

    4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

    6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।

  • 32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

  • 36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

  • उत्प 5:15-16
    2 पदहरू
    71%

    15महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।

    16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • 21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

  • 20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • 23त्यसैले, शेम र येपेतले एउटा लबेदा लिएर त्यसलाई काँधमा हाले अनि पछिल्तिर सर्दै गएर तिनीहरूका पिताको नाङ्गोपन ढाकिदिए । तिनीहरूको अनुहार अर्कोपट्टि फर्केकाले तिनीहरूले आफ्ना पिताको नाङ्गोपन देखेनन् ।

  • 15परमेश्‍वरले नोआलाई भन्‍नुभयो,