उत्पत्ति 5:15

अनलक शाब्दिक बाइबल

महलालेल ६५ वर्षको हुँदा, तिनी येरेदको बुबा भए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • उत्प 5:16-23
    8 पदहरू
    90%

    16तिनी येरेदका बुबा भएपछि, तिनी ८३० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    17महलालेल ८९५ वर्ष बाँचे र तिनी मरे ।

    18येरेद १६२ वर्षको हुँदा, तिनी हनोकका बुबा भए ।

    19तिनी हनोकको बुबा भएपछि येरेद ८०० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    20येरेद ९६२ बाँचे र तिनी मरे ।

    21हनोक ६५ वर्षको हुँदा, तिनी मतूशेलहको बुबा भए ।

    22हनोक मतूशेलहको बुबा भएपछि तिनी ३०० वर्षसम्म परमेश्‍वरसँगै हिँडे ।

    23तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

  • उत्प 5:3-14
    12 पदहरू
    80%

    3आदम १३० वर्षको हुँदा तिनी आफ्‍नै स्वरूपमा जन्मेका छोरोको बुबा भए, र तिनले उनको नाउँ शेत राखे ।

    4आदम शेतको बुबा भएपछि, तिनी आठ सय वर्ष बाँचे । तिनी अझ अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    5आदम ९३० वर्ष बाँचे अनि तिनी मरे ।

    6शेत १०५ वर्षको हुँदा तिनी एनोशको बुबा भए ।

    7तिनी एनोशको बुबा भएपछि, तिनी ८०७ वर्ष बाँचे र अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    8शेत ९१२ वर्ष बाँचे र तिनी मरे ।

    9एनोश ९० वर्षको हुँदा, तिनी केनानका बुबा भए ।

    10तिनी केनानको बुबा भएपछि, एनोश ८१५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    11एनोश ९०५ वर्ष बाँचे र तिनी मरे ।

    12केनान ७० वर्षको हुँदा, तिनी महलालेलको बुबा भए ।

    13तिनी महलालेलका बुबा भएपछि, केनान ८४० वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    14केनान ९१० वर्ष बाँचे र तिनी मरे ।

  • उत्प 5:25-28
    4 पदहरू
    78%

    25मतूशेलह १८७ वर्षको हुँदा, तिनी लेमेकको बुबा भए ।

    26तिनी लेमेकको बुबा भएपछि, मतूशेलह ७८२ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    27मतूशेलह ९६९ वर्ष बाँचे अनि तिनी मरे ।

    28लेमेक १८२ वर्षको हुँदा, तिनी एउटा छोरोको बुबा भए ।

  • उत्प 5:30-32
    3 पदहरू
    75%

    30लेमेक नोआको बुबा भएपछि ५९५ वर्ष बाँचे । तिनी अरू धेरै छोराहरू र छोरीहरूका बुबा भए ।

    31लेमेक ७७७ वर्ष बाँचे, अनि तिनी मरे ।

    32नोआ ५०० वर्ष बाँचेपछि, तिनी शेम, हाम र येपेतका बुबा भए ।

  • १ इति 1:2-3
    2 पदहरू
    75%

    2केनान, महलालेल, येरेद,

    3हनोक, मतूशेलह, लेमेक ।

  • 37मतूशेलहका छोरा लेमेख, हनोकका छोरा मतूशेलह, येरेदका छोरा हनोक, महलालेलका छोरा येरेद, केनानका छोरा महलालेल,

  • उत्प 11:11-17
    7 पदहरू
    72%

    11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

    12अर्पक्षद पैँतीस वर्षको हुँदा तिनी शेलहका पिता बने ।

    13अर्पक्षद शेलहका पिता भएपछो तिनी ४०३ वर्ष बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

    14शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।

    15शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।

    17पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

  • 20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • 25तेरहको पिता बनेपछि नाहोर ११९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

  • 18हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।

  • 7अब्राहाम जम्‍मा एक सय पचहत्तर वर्षसम्‍म बाँचे ।

  • 26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

  • 32तेरह २०५ वर्ष बाँचे र तिनी हारानमा नै मरे ।