उत्पत्ति 11:9
यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पा्र्नुभयो ।
यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पा्र्नुभयो ।
यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।
1¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।
2तिनीहरू पूर्वतिर जाँदा, तिनीहरूले शिनारको भूमिमा एउटा मैदान भेट्टाए र तिनीहरू त्यही बसे ।
3तिनीहरूले आपसमा भने, “आओ, ईंटहरू बनाऔँ र तिनीहरूलाई राम्ररी पलौँ ।” तिनीहरूसँग ढुङ्गाको सट्टामा ईंट थियो र हिलोको सट्टामा अलकत्रा थियो ।
4तिनीहरूले भने, “आओ, हाम्रो निम्ति एउटा सहर बनाऔँ र आकाश नै छुने एउटा धरहरा निर्माण गर्यौँ अनि नाउँ कमाऔँ । यदि हामीले यसो गरनौँ भने हामी सारा पृथ्वीभरि छरपष्ट हुनेछौँ ।”
5यसैले परमप्रभु परमेश्वर आदमका सन्तानहरूले निर्माण गरेका त्यो सहर र धरहरा हेर्न तल आउनुभयो ।
6परमेप्रभुले भन्नुभयो, “हेर, तिनीहरू एउटै भाषामा एउटै मानिसझैँ छन् अनि तिनीहरूले यसो गर्न सुरु गरिरहेका छन् । तिनीहरूले गर्न चाहेको कुनै पनि कुरा तिनीहरूको निम्ति असम्भव हुनेछैन ।
7आओ, हामी तल जाऔँ र तिनीहरूका भाषा खलबलाइ दिऔँ, ताकि तिनीहरू एउटाले भनेको अर्काले बुझ्न सकून् ।”
8यसैले परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्ट पार्नुभयो र तिनीहरूले त्यो सहर निर्माण गर्न छोडे ।
6जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
5यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्नो जातिअनुरूप आ-आफ्नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।
10तिनका राज्यहरूका सुरुका केन्द्रहरू शिनारको मुलुकका बाबेल, अक्कद र कल्नेह थिए ।
11तिनी त्यो भूमिबाट बाहिर अश्शूरतित गए, र निनवे, रहोबोत-इर, कालह,
19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।
32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।
9तर त्यसपछि म मानिसहरूका ओठहरूलाई शुद्ध पार्नेछु, ताकि तिनीहरू सबैले काँधमा काँध मिलाएर परमप्रभुको सेवा गर्नको निम्ति उहाँको नाउँ पुकारून् ।
11तिनले मलाई भने, “त्यसको निम्ति बेबिलोनिया देशमा मन्दिर बनाउनको निम्ति ।मन्दिर तयार भएपछि, डालो राख्नको निम्ति बनाइएको स्थानमा त्यो राखिनेछ ।”
11साच्चै, यी मानिहरूसँग उहाँले गिल्ला गर्ने ओठहरू र विदेशी भाषामा बोल्नुहुनेछ ।
10यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।
10कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।