उत्पत्ति 10:25

अनलक शाब्दिक बाइबल

एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • १ इति 1:19 : 19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।
  • लू 3:35-36 : 35 सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर, 36 केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,
  • प्रेरि 17:26 : 26 उहाँले एउटा मानिसबाट पृथ्वीमा रहने सबै जातिका मानिसहरूलाई बनाउनुभयो अनि ऋतुहरू र तिनीहरू बस्‍ने क्षेत्रका सिमानाहरू निर्धारण गर्नुभयो ।
  • उत्प 10:21 : 21 येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।
  • उत्प 10:32 : 32 तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।
  • उत्प 11:16-19 : 16 एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने । 17 पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए । 18 पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने । 19 रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।
  • व्यव 32:8 : 8 जब सर्वोच्‍चले जाति-जातिहरूलाई तिनीहरूका अंश दिनुभयो, जब उहाँले सबै मानव-जातिलाई विभाजन गर्नुभयो, र जाति-जातिहरूका सिमाना छुट्ट्याइदिनुभयो, उहाँले तिनीहरूका देवताहरूका सङ्ख्या पनि तोकिदिनुभयो ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 1:17-26
    10 पदहरू
    96%

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

    19एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो ।

    20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

    21हदोरम, ऊजाल, दिक्‍ला,

    22ओबाल, अबमाएल, शेबा,

    23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

    26सरूग, नाहोर, तेरह,

  • उत्प 11:14-19
    6 पदहरू
    83%

    14शेलह तीस वर्षका हुँदा तिनी एबेरला पिता बने ।

    15शेलह एबेरका पिता भएपछि तिनी ४०३ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    16एबेर तीस वर्षको हुँदा तिनी पेलेगका पिता बने ।

    17पेलेगका पिता भएपछि एबेर ४३० वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

    18पेलेग तीस वर्षको हुँदा तिनी रऊका पिता बने ।

    19रऊका पिता भएपछि पेलेग २०९ वर्ष बाँचे । तिनी अरू छोराहरू र छोरीहरूका पिता पनि भए ।

  • 24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

  • उत्प 10:26-32
    7 पदहरू
    80%

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

    27हदोरम, ऊजाल, दिक्ला,

    28ओबाल, अबमाएल, शेबा,

    29ओपीर, हवीला योबाबका पिता बने ।

    30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।

    31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

    32तिनीहरूका वंशावलीहरू र जातिहरूअनुसार नोआका छोराहरूका वंशहरू यिनै थिए । यी जातिहरूबाट नै जातिहरू छुट्टिए र जलप्रलयपछि पृथ्वीभरि गए ।

  • उत्प 10:20-22
    3 पदहरू
    76%

    20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

    21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

    22एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

  • उत्प 10:1-2
    2 पदहरू
    72%

    1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

    2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

  • उत्प 11:9-10
    2 पदहरू
    71%

    9यसकारण, यसको नाउँ बाबेल राखियो, किनभने परमप्रभुले त्यहाँ सारा पृथ्वीको भाषा खलबलाउनुभयो अनि त्यहाँबाट नै परमप्रभुले तिनीहरूलाई सारा पृथ्वीभरि छरपष्‍ट पा्र्नुभयो ।

    10यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।

  • 5यिनीहरूबाट नै समुद्रतटवासी छुट्टिए र तिनीहरू आफ्‍नो जातिअनुरूप आ-आफ्‍नो भाषाअनुसार तिनीहरूको भूमितिर गए ।

  • 1¶ अहिले सारा पृत्वीमा एउटै भाषा थियो र शब्दहरू पनि उही थिए ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • १ इति 1:2-5
    4 पदहरू
    69%

    2केनान, महलालेल, येरेद,

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

  • 35सरूगका छोरा नाहोर रऊका छोरा सरूग, पेलेगका छोरा रऊ, एबेरका छोरा पेलेग, शेलहका छोरा एबेर,

  • 10कूशचाहिं निम्रोदका पिता बने, जो पृथ्वीका पहिलो विजेता थिए ।

  • 18हनोकबाट ईराद जन्मिए । ईराद महूयाएलका पिता बने । महूयाएल मतुशाएलका पिता बने । मतुशाएल लेमेखका पिता बने ।