उत्पत्ति 10:22

अनलक शाब्दिक बाइबल

एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम शेमका छोराहरू थिए ।

थप स्रोतहरू

उल्लेखित पदहरू

  • यशा 66:19 : 19 तिनीहरूको माझमा म आफ्‍नो एउटा शक्तिशाली चिन्ह खडा गर्नेछु । तब म तिनीहरूबाट बाँचेकाहरूलाई जातिहरूकहाँ: तर्शीश, पुट र लुड, आफ्‍ना धनु तान्‍ने धनुर्धारीहरू, तुबल, जावन र टाढाका समुद्रका किनारतिर पठाउनेछु जहाँ तिनीहरूले मेरो बारेमा सुनेका छैनन्, न त मेरो महिमा देखेका छैन् । तिनीहरूले जातिहरूका माझमा मेरो महिमाको घोषणा गर्नेछन् ।
  • यिर्मि 25:25 : 25 जिम्रीका सबै राजा, एलामका सबै राजा, मादीका सबै राजा,
  • यिर्मि 49:34-39 : 34 एलामको विषयमा यर्मिया अगमवक्ताकहाँ आएको परमप्रभुको वचन यही हो । यहूदाका राजा सिदकियाहले राज्‍य गर्न सुरु गर्दा यो वचन आएको थियो, र तिनले भने, 35 “सर्वशक्तिमान् परमप्रभु यसो भन्‍नुहुन्छः हेर्, मैले एलामका धनुर्धारीहरूलाई तोड्नै लागेको छु, जुन तिनीहरूको शक्तिको मुख्य कुरा हो । 36 किनकि आकाशका चार कुनाबाट म चारवटा बतास ल्याउनेछु, र एलामका मानिसहरूलाई म ती सबै हावामा तितरबितर पार्नेछु । त्‍यहाँ कुनै राज्‍य नै हुनेछैन जहाँ एलामबाट छरिएकाहरू नपुगेको होस् । 37 यसरी एलामीहरूलाई म तिनीहरूका शत्रुहरू र तिनीहरूको ज्यान लिन खोज्नेहरूको सामु चूरचूर पार्नेछु । किनकि म तिनीहरूको विरुद्धमा विपत्ति अर्थात् मेरो क्रोधको ज्वाला दन्काउनेछु— यो परमप्रभुको घोषणा हो— र मैले तिनीहरूलाई निमिट्ट्यान्‍न नपारेसम्म म तिनीहरूका पछि तरवार पठाउनेछु । 38 त्यसपछि एलाममा म आफ्‍नो सिंहासन स्थापित गर्नेछु, र त्‍यहाँबाट त्‍यसका राजाहरू र अगुवाहरूलाई नष्‍ट पार्नेछु— यो परमप्रभुको घोषणा हो— 39 र यस्‍तो हुनेछ कि पछिल्ला दिनहरूमा म एलामको सुदिन फर्काउनेछु— यो परमप्रभुको घोषणा हो ।”
  • प्रेरि 2:9 : 9 पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
  • उत्प 9:26 : 26 तिनले यसो पनि भने, “शेमका परमेश्‍वर यहोवे धन्यका होऊन्, र कनान त्यसको कमारो होस् ।
  • उत्प 14:1-9 : 1 ¶ यो अम्रापेल, एल्लासारका राजा अर्योक र एलाममा राजा कदोर्लाओमेर र गोयीमका राजा तिदालको समयमा भएको थियो । 2 तिनीहरूले सदोमका राजा बेरा, गमोराका राजा बिर्शा, अद्‍माका राजा शिनाब, सबोयिमका राजा शेमेबेर र बेला (अर्थात् सोअरका) विरुद्ध युद्ध गरे । 3 यी पछिल्ला पाँच जना राजाहरू सिद्दीम अर्थात् मृत सागरको बेँसीमा भेला भए । 4 तिनीहरूले बाह्र वर्षसम्म कदर्लाओमेरको सेवा गरे तर तेह्रौँ वर्षमा तिनीहरूले विद्रोह गरे । 5 अनि चौधौँ वर्षमा, कदोर्लाओमेर र तिनीसित भएका राजाहरू आए र अस्तेरोत-केर्णेममा रपाईहरूलाई, हाममा जूजीहरूलाई, शावेकिर्यातैममा एमीहरूलाई, 6 र होरीहरूलाई सेइरको पहाडी देशमा मरुभूमि नजिक रहेको ‍एल-पारानसम्म आक्रमण गरे । 7 त्यपछि तिनीहरू फर्के 8 त्यसपछि सदोमका राजा, गमोराका राजा, अदमाका राजा, सबोयिमका राजा र बेला (अर्थात् सोअरका) राजा निस्के अनि सिद्दीमको बेँसीमा युद्धको निम्ति तयार भए । 9 एलामका राजा कदोर्लाओमेर, गोयीमका राजा तिदाल, शिनारका राजा अम्रापेल, एल्लासारका राजा अर्योक; पाँच राजाका विरिद्ध चार राजा ।
  • गिन 23:7 : 7 बालामले अगमवाणी कहन थाले र भने, “मोआबका राजा बालाकले मलाई पूर्वका पहाडहरूबाट अर्थात् अरामबाट ल्याएका छन् । तिनले भने, 'आउनुहोस् मेरो निम्ति याकूबलाई सराप दिनुहोस् ।' 'आउनुहोस्, इस्राएललाई धम्की दिनुहोस् ।'
  • २ राजा 15:19 : 19 तब अश्शूरका राजा पूल इस्राएलको विरुद्धमा आए, र इस्राएल राज्यलाई आफ्‍नो हात सुदृढ पार्नलाई पुलले आफूलाई सहयोग गरोस् भनेर मनहेमले पूललाई एक हजार तोडा चाँदी दिए ।
  • १ इति 1:17-27 : 17 शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए । 18 अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए । 19 एबेरका दुई जना छोराहरू थिए । एउटाको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्‍वीलाई विभाजन गरिएको थियो । तिनका भाइको नाउँ योक्तान थियो । 20 योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह, 21 हदोरम, ऊजाल, दिक्‍ला, 22 ओबाल, अबमाएल, शेबा, 23 ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए । 24 शेम, अर्पक्षद, शेलह, 25 एबेर, पेलेग, रऊ, 26 सरूग, नाहोर, तेरह, 27 अब्राम जो अब्राहाम थिए ।
  • अय्यू 1:17 : 17 जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
  • यशा 11:11 : 11 त्यस दिन परमप्रभुले अश्शूर, मिश्र, पत्रोस, कूश, एलाम, शीनार, हमात र समुद्रका टापुहरूमा बाँकी रहेका उहाँका मानिसहरूलाई छुटाउन आफ्नो हात फेरि फैलाउनुहुनेछ ।
  • यशा 21:2 : 2 मलाई एउटा कष्‍टप्रद दर्शन दिइएको छः “धोकेबाजले धोकापुर्ण किसिमले काम गर्छ र विनाश गर्नेले विनाश गर्छ । ए एलाम, माथि जा र आक्रमण गर् । ए मादी घेरा हाल् । त्यसको सबै शोकलाई म रोक्‍नेछु ।
  • यशा 22:6 : 6 रथीहरू र घोडचढीहरूका साथमा एलामले ठोक्रो लिनेछ र कीरले ढाललाई नाङ्गो बनाउछ ।

मिल्दोजुल्दा पदहरू (AI)

यी पदहरू अर्थ र सन्दर्भमा आधारित AI-सञ्चालित समानता प्रयोग गरेर फेला पारिएका हुन्। कहिलेकाहीँ अपेक्षा बाहिरका सम्बन्धहरू पनि देखिन सक्छन्।

  • १ इति 1:16-18
    3 पदहरू
    89%

    16अर्वादीहरू, समारीहरू र हमातीहरूका पनि पुर्खा बने ।

    17शेमका छोराहरू एलाम, अश्‍शूर, अर्पक्षद, लूद र अराम थिए । अरामका छोराहरू ऊज, हुल, गेतेर र मेशेक थिए ।

    18अर्पक्षद शेलहका पिता थिए र शेलह एबेरका पिता थिए ।

  • उत्प 10:23-28
    6 पदहरू
    84%

    23ऊज, हुल, गेतेर र मेशेक अरामका छोराहरू थिए ।

    24अर्पक्षेद शेलहका पिता बने र शेलह एबेरका पिता बने ।

    25एबेरका दुई जना छोरा भए । एक जना छोराको नाउँ पेलेग थियो, किनभने तिनको समयमा पृथ्वी विभाजित भयो । तिनको भाइको नाउँ योक्तान थियो ।

    26योक्तान अल्मोदद, शेलेप, हसर्मवित, येरह,

    27हदोरम, ऊजाल, दिक्ला,

    28ओबाल, अबमाएल, शेबा,

  • उत्प 10:20-21
    2 पदहरू
    83%

    20तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूको भूमि र देशमा हामका छोराहरू यिनीहरू नै थिए ।

    21येपेतका दाजु शेमका पनि छोराहरू भए । शेम एबेरका सबै सन्तानहरूका पुर्खा थिए ।

  • १ इति 1:23-26
    4 पदहरू
    82%

    23ओपीर, हवीला र योबाबका पिता बने । यी सबै योक्तानका सन्तति थिए ।

    24शेम, अर्पक्षद, शेलह,

    25एबेर, पेलेग, रऊ,

    26सरूग, नाहोर, तेरह,

  • उत्प 11:10-11
    2 पदहरू
    79%

    10यिनीहरू शेमका सन्तानहरू थिए । जलप्रलयको दुई वर्षपछि शेम सय वर्षको हुँदा तिनी अर्पक्षेदका पिता बने ।

    11शेम अर्पक्षेदका पिता भएपछि तिनी पाँच सय वर्षसम्म बाँचे । तिनका अरू छोराहरू र छोरीहरू पनि भए ।

  • उत्प 10:30-31
    2 पदहरू
    78%

    30तिनीहरूका क्षेत्र मेशादेखि सपरा जाने बाटो, पूर्वका पहाडसम्म थियो ।

    31तिनीहरूका वंशहरू र भाषाहरूअनुसार तिनीहरूका मुलुकहरू, जातिहरूअनुसार शेमका छोराहरू यिनीहरू नै थिए ।

  • १ इति 1:3-8
    6 पदहरू
    78%

    3हनोक, मतूशेलह, लेमेक ।

    4नोआका छोराहरू शेम, हाम र येपेत थिए ।

    5येपेतका छोराहरू गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास थिए ।

    6गोमेरका छोराहरू अशकनज, रीपत र तोगर्मा थिए ।

    7यावानका छोराहरू एलीशाह, तर्शीश, कित्तीम र रोदानीम थिए ।

    8हामका छोराहरू कूश, मिश्रइम, पूत र कनान थिए ।

  • उत्प 10:1-4
    4 पदहरू
    77%

    1¶ यिनीहरू नोआका सन्तानहरू थिए, अर्थात्, शेम, हाम, र येपेत । जलप्रलयपछि तिनीहरूका छोराहरू जन्मे ।

    2गोमेर, मागोग, मादे, यावान, तूबल, मेशेक र तीरास येपेतका छोराहरू थिए ।

    3अशकनज, रीपत र तोगर्मा गोमेरका छोराहरू थिए ।

    4एलीशाह, तर्शीश, कित्तीम र रोदानीम यावानका छोराहरू थिए ।

  • 18अर्वादी, समारी र हमातीहरूका पुर्खा भए । त्यसपछि कनानीहरूका वंशहरू फैलिए ।

  • 10नोआ शेम, हाम र येपेत तिन छोराहरूका बुबा भए ।

  • उत्प 10:6-7
    2 पदहरू
    74%

    6कूश, मिश्रइम, पूत र कनान हामका छोराहरू थिए ।

    7सेबा, हवीला, सब्ता, रामाह र सब्तका कूशका छोराहरू थिए । शेबा र ददान रामाहका छोराहरू थिए ।

  • 13मिश्रइम लूदी, अनामी, लहाबी, नप्‍तूही

  • 20योक्तानचाहिं अल्‍मोदद, शेलेप, हसर्मवित, येरह,

  • 18जहाजबाट बाहिर निस्केर आएका नोआका छोराहरू शेम, हाम र येपेत थिए । हाम कनानका पिता थिए ।

  • 36केनानका छोरा शेलह, अर्पक्षदका छोरा केनान, शेमका छोरा अर्पक्षद, नोआका छोरा शेम, लेमेखका छोरा नोआ,

  • 3योक्षान शेबा र ददानका पिता भए । अश्‍शूरी, लतूशी र लऊम्‍मीहरू ददानका सन्‍तान थिए ।

  • 21तिनीहरू जेठो ऊज, त्‍यसको भाइ बूज, र आरामका पिता कमूएल,